निर्गमन 30:38

अनलक शाब्दिक बाइबल

अत्तरको रूपमा प्रयोग गर्न जसले योजस्तै कुनै धूप बनाउँछ, त्यो आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 30:33 : 33 जसले यस्तो अत्तर बनाउँछ वा जसले अरू कसैको शरीरमा यसलाई लगाइदिन्छ त्यो व्यक्ति तिमीहरूको जातिबाट बहिष्कृत हुनेछ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 30:31-37
    7 पदहरू
    89%

    31तैँले इस्राएलीहरूलाई भन्‍नू, “तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो परमप्रभुको निम्ति अलग गरिएको अभिषेक गर्ने तेल होस् ।

    32यसलाई मानिसको छालामा दल्नुहुँदैन, न त उही सुत्र प्रयोग गरेर यस्तो तेल बनाउनुहुन्छ किनकि यो परमप्रभुको निम्ति अलग गरिएको हो । तैँले यसलाई यसरी नै हेर्नुपर्छ ।

    33जसले यस्तो अत्तर बनाउँछ वा जसले अरू कसैको शरीरमा यसलाई लगाइदिन्छ त्यो व्यक्ति तिमीहरूको जातिबाट बहिष्कृत हुनेछ ।”

    34परमप्रभुले मोशालाई भन्‍नुभयो, “बराबरी परिमाणमा शुद्ध सेतो-धूपसहित खोटो, सेखलेट र हिङजस्तै चोपजस्ता सुगन्धित मसलाहरू लिनू ।

    35नुन मिसिएको शुद्ध र पवित्र हुने गरी धूपको रूपमा अत्तर बनाउनेले जस्तै गरी त्यसलाई बनाउनू ।

    36तैँले यसलाई मसिनो गरी पिस्‍नू । यसको थोरै भागलाई मैले तँसित भेट गर्ने भेट हुने पालमा राखिने गवाहीको सन्दुकको सामुन्‍ने राख्‍नू । तैँले यसलाई मेरो लागि अति पवित्र ठान्‍नू ।

    37तैँले बनाउने यो धूपजस्तै उही सुत्र प्रयोग गरेर आफ्नो लागि अर्को कुनै धूप नबनाउनू । यो मेरो लागि अति पवित्र होस् ।

  • लैव्य 18:27-30
    4 पदहरू
    78%

    27तिमीहरूभन्दा अगि यस भूमिमा बसोबास गर्ने मानिसहरूले यस्तै दुष्‍ट काम गरे, र यसैकारण सारा देश नै अपवित्र भयो ।

    28तिमीहरूका अपवित्रताका कारण तिमीहरूभन्दा अगिका मानिसहरूलाई झैँ त्यस भूमिले तिमीहरूलाई पनि उकेलेर बाहिर ननिकालोस् ।

    29तिमीहरूमध्ये जो कोहीले यस्ता घृणास्पद कामहरू गर्दछन् भने, तिनीहरू आफ्ना मानिसहरूबाट बहिष्‍कृत हुने छन् ।

    30तिमीहरूभन्दा अगि यहाँ अभ्यास हुने गरेका कुनै यस्ता घृणास्‍पद रीतिरिवाजहरूलाई तिमीहरूले अभ्यास नगरेर मेरो आज्ञा पालन गर्नू अनि यसरी तिमीहरूले यस्ता कामले आफैलाई अपवित्र बनाउने छैनौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”

  • लैव्य 17:8-9
    2 पदहरू
    73%

    8तैँले तिनीहरूलाई भन्‍नू, ‘इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी, जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ,

    9र त्यसलाई परमप्रभुकहाँ अर्पण गरिनलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने, त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।

  • लैव्य 23:29-30
    2 पदहरू
    73%

    29त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।

    30त्यस दिन कुनै पनि काम गर्ने मानिसलाई म परमप्रभुले नै त्यसका मानिसहरूका बिचमा नष्‍ट गर्ने छु ।

  • 25परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिको निम्ति मानिसहरूद्वारा अर्पण गर्न बाँकी पशुको बोसो जसले खान्छ, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।

  • 29तिनले अभिषेक गर्ने पवित्र तेल अत्तर बनाउनेले जस्तै सुगन्धित शुद्ध धूप बनाए ।

  • 8र त्यो जसले खान्छ त्यसले आफ्नो दोष बोकिरहने छ किनभने परमप्रभुको निम्ति जे पवित्र छ त्यो त्यसले अशुद्ध गरेको छ, र त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।

  • 3तिनीहरूलाई भन्, ‘तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने, त्यो मेरो नजिकबाट बहिष्‍कृत होस् । म परमप्रभु हुँ ।

  • गिन 15:30-31
    2 पदहरू
    71%

    30तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्‍ति स्वदेशी भए पनि परदेशी भए पनि त्यसले मेरो ईश्‍वर-निन्दा गर्छ । त्यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ ।

    31किनभने त्यसले मेरो वचनलाई घृणा गरेको छ, त्यो व्यक्‍तिलाई पूर्ण रूपमा बिलकुलै बहिष्कार गर्नुपर्छ ।

  • 40इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो, परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् ।

  • 5तिनीहरू भन्छन्, “टाढै खडा हो, मेरो नजिक नआइज, किनकि तँभन्दा म पवित्र छु ।' यी कुराहरू मेरो नाकमा दिनभरि बल्‍ने आगो धूँवा हुन् ।

  • 9तर त्यस धूपको वेदीमा तैँले अरू किसिमका धूप नबाल्नू, न त कुनै होमबलि वा अन्‍नबलि चढाउनू । यसमाथि कुनै अर्घबलि नचढाउनू ।

  • 25तैँले यी सामग्रीहरूबाट अभिषेक गर्ने पवित्र तेल अर्थात् सुगन्धित मसला बनाउनू । यो मेरो लागि सुरक्षित अभिषेक गर्ने पवित्र तेल हुनेछ ।

  • 14त्यसैले तिमीहरूले शबाथ मान्‍नू किनभने यो मेरो लागि अलग गरिएको तिमीहरूद्वारा मान्‍नुपर्ने पवित्र दिन हो । यसलाई अशुद्ध गर्ने कुनै पनि व्यक्ति निश्‍चय नै मारिनेछ । जसले शबाथमा काम गर्छ, त्यो व्यक्ति निश्‍चय नै आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।

  • 8यसरी म आफ्‍नो मुख त्‍यस मानिसको विरुद्धमा लगाउनेछु, र त्‍यसलाई एउटा सङ्केत र उखानको पात्र बनाउनेछु, किनकि त्‍यसलाई म आफ्‍ना मानिसहरूका बिचदेखि बहिष्‍कार गर्नेछु र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

  • 12यसो गर्ने मानिस, जो बिउँझेको छ र जसले उत्तर दिन्छ, त्यसले सेनाहरूका परमप्रभुकहाँ भेटी अर्पण गर्ने भए तापनि, परमप्रभुले त्यसलाई याकूबका पालहरूबाट बहिष्कृत गरून् ।

  • 31म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिने छु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुने छैनँ ।

  • लैव्य 7:20-21
    2 पदहरू
    70%

    20तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।

    21यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।’”

  • लैव्य 19:27-28
    2 पदहरू
    70%

    27तिमीहरूका कन्‍चेटको कपाल नखुर्कनू वा दाह्रीका कुना-कुना नकाट्नू ।

    28मरेको मानिसको निम्ति आफ्नो शरीर नकाट्‍नू वा आफ्नो शरीरमा खोपेर कुनै छाप नबनाउनू । म परमप्रभु हुँ ।

  • 20तर आफूलाई शुद्धिकरण गर्न इन्कार गर्ने, अशुद्ध रहने व्यक्‍तिलाई समुदायबाट बहिस्कार गर्नुपर्छ, किनभने त्यसले परमप्रभुको पवित्र स्थानलाई अशुद्ध तुल्यायो । अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन; त्यो अशुद्ध रहनेछ ।

  • 22तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • 20परमप्रभुबाहेक अन्य कुनै देवी-देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्‍ट गरिनुपर्छ ।

  • 3त्यसले आफ्नो बालक मोलोखलाई दिएर मेरो पवित्र ठाउँ र पवित्र नाउँ अशुद्ध बनाएको हुनाले म त्यसको विरुद्ध खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्कार गर्ने छु ।

  • 12किनकि जसले यी कुराहरू गर्छ, त्यो परमप्रभुको दृष्‍टिमा घृणित हुन्छ । यी घृणित कामहरूको कारणले गर्दा नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामु तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ।

  • 18शारीरिक खोट भएको मानिस परमप्रभुको नजिक नआओस्, जस्तै दृष्‍टिविहीन वा हिँड्न नसक्‍ने मानिस, विरूपित वा आकार विकृत भएको मानिस,

  • 18तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुन्छन् जस्तो तिनीहरूमा भरोसा गर्ने हरेक व्‍यक्‍ति हुन्छ ।

  • 8तिमीहरूका हातका कामहरूद्वारा, तिमीहरू बस्‍न गएका मिश्रदेशमा अरू देवताहरूलाई धुप बालेर तिमीहरूका हातले गरेका कामका दुष्‍टता तिमीहरूले मलाई चोट पुर्‍याएका छौ । तिमीहरू नष्‍ट गरिन र पृथ्वीका सबै जातिका बिचमा सराप र निन्दाको पात्र बन्‍न तिमीहरू त्यहाँ गएका छौ ।

  • निर्ग 31:11-12
    2 पदहरू
    69%

    11पवित्रस्थानको लागि अभिषेक गर्ने तेल र सुगन्धित धूप पनि यसमा पर्छन् । मैले तँलाई आज्ञा गरेबमोजिम यी कारीगारहरूले यी सबै थोक बनाऊन् ।”

    12तब परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 5पुजारीहरूले आफ्नो शिर नखौरून् वा तिनीहरूका दाह्रीका कुना-कुना नकाटून्, न त तिनीहरूले आफ्ना शरीरहरू काटून् ।

  • 12तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू । तिनीहरूलाई भन्‍नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ । जसले पर्वतलाई छुन्छ त्यो निश्‍चय नै मारिनेछ ।'

  • 15'कारीगरको हातले बनाएको जस्तै खोपेर वा ढालेर परमप्रभुको लागि घृणित मूर्ति गुप्‍तमा बनाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'

  • 38आफ्नो पापको कारण जीवन गुमाउनेहरूको धुपौराहरू ले । तिनीहरूलाई पिटेर वेदीलाई मोहर्ने पाताहरू बनाइयोस् । ती मानिसहरूले तिनीहरूलाई मेरो निम्ति अर्पण गरे । यसैले तिनीहरूलाई मेरो निम्ति अलग गर । तिनीहरू इस्राएलका मानिसहरूका निम्ति मेरो उपस्थितिको चिन्ह हुने छन् ।

  • 16किनकि यस्ता कुराहरू गर्ने अर्थात् बेइमानीपूर्वक काम गर्ने सबै परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित हुन् ।

  • 26तिमीहरूका घरमा कुनै पनि घृणित वस्तु ल्याएर त्यसको पुजा गर्न नथाल्नू । त्यसलाई पूर्ण रूपमा घृणा गर्नू र तिरस्कार गर्नू किनकि यो विनाशको निम्ति अलग गरिएको हो ।

  • 5त्यस मानिस र त्यसको वंशको विरुद्ध म आफै खडा हुने छु, र त्यसलाई र मोलोखसँग वेश्‍यागमन गर्ने सबैलाई बहिष्‍कृत गर्ने छु ।