निर्गमन 35:30

अनलक शाब्दिक बाइबल

मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलबाट हूरका नाति, ऊरीका छोरा बजलेललाई डाक्‍नुभएको छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 31:1-6 : 1 ¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, 2 “हेर्, मैले यहूदाको कुलबाट हूरको नाति, ऊरीको छोरो बजलेललाई डाकेको छु । 3 सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन मेरा आत्माले भरिपूर्ण पारेको छु । 4 त्यसले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछ । 5 सबै किसिमका कारीगरीका काम गर्न त्यसले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छ । 6 त्योबाहेक मैले दानको कुलबाट अहीसामाकको छोरो ओहोलीआबलाई नियुक्त गरेको छु । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिनीहरूले बनाउन सकून् भनेर सबै बुद्धिमानीहरूका ह्रदयमा मैले सिप हालिदिएको छु । तिनीहरूले बनाउने सामग्रीहरू यिनै हुन्:
  • याक 1:17 : 17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न ।
  • १ राजा 7:13-14 : 13 सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाउन लगाए । 14 हुराम नप्ताली कुलकी एउटी विधवाका छोरा थिए । तिनका पिता टुरोसवासी काँसाका कारिगर थिए । हुराम बुद्धि र समझशक्तिले भरिएका र काँसाका महान् काम गर्ने सिप भएका मानिस थिए । सोलोमन राजाको लागि काँसाको काम गर्न तिनी राजाकहाँ आए ।
  • यशा 28:26 : 26 त्यसको परमेश्‍वरले त्यसलाई सिकाउनुहुन्छ । उहाँले त्यसलाई बुद्धिमनीसाथ सिकाउनुहुन्छ ।
  • १ कोरि 3:10 : 10 परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्‍तिले कसरी बनाउँदै छ भन्‍ने बारेमा सावधान रहनुपर्छ ।
  • १ कोरि 12:4 : 4 वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ ।
  • १ कोरि 12:11 : 11 तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 31:1-3
    3 पदहरू
    93%

    1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो,

    2“हेर्, मैले यहूदाको कुलबाट हूरको नाति, ऊरीको छोरो बजलेललाई डाकेको छु ।

    3सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन मेरा आत्माले भरिपूर्ण पारेको छु ।

  • निर्ग 38:22-23
    2 पदहरू
    88%

    22यहूदाको कुलबाट हुरका नाति, ऊरीका छोरा बजलेलले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेक थोक बनाए ।

    23दानको कुलबाट अहीसामाकका छोरा ओहोलीआबले खोप्‍ने र सिपालु शिल्पकारले जस्तै अनि बुट्टा भर्नेले जस्तै निलो, बैजनी, रातो ऊनसाथै मसिनो सुती कपडामा बजलेलसँगै काम गरे ।

  • निर्ग 36:1-3
    3 पदहरू
    80%

    1¶ यसैले बजलेल, ओहोलीआब र परमप्रभुले पवित्रस्थान बनाउने काम गर्न ज्ञान र दक्षता दिनुभएको हरेक सिपालु व्यक्‍तिले उहाँको आज्ञामुताबिक काम गरून् ।”

    2मोशाले बजलेल, ओहोलीआब र हरेक सिपालु व्यक्ति जसको मनमा उहाँको काम गर्न परमप्रभुले सिप दिनुभएको थियो र जसको ह्रदयमा उहाँले प्रेरणा दिनुभएको थियो, ती सबैलाई बोलाए ।

    3पवित्रस्थान निर्माणको लागि इस्राएलीहरूले ल्याएका सबै भेटी तिनीहरूले मोशाबाट प्राप्‍त गरे । मानिसहरूले अझै पनि राजीखुसीले हरेक बिहान भेटीहरू ल्याउँदै थिए ।

  • निर्ग 35:31-35
    5 पदहरू
    76%

    31उहाँले सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन उहाँका आत्माले भरिपूर्ण पार्नुभएको छ ।

    32तिनले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछन् ।

    33सबै किसिमका कारीगरीका काम गर्न तिनले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छन् ।

    34तिनले र दानको कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले यो तिनको ह्रदयमा राखिदिनुभएको छ ।

    35तिनीहरूले सबै किसिमका शिल्पकारी, खोप्‍ने, चित्र बनाउने काम, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडा र जुलहाको काम गरून् भनेर उहाँले तिनीहरूलाई सिपले भरिपूर्ण पार्नुभएको छ । सबै किसिमका काममा तिनीहरू शिल्पकारी र कलापूर्ण रचनाकारहरू हुन् ।

  • 20हूर ऊरीका पिता बने, र ऊरी बजलेलका पिता बने ।

  • 29इस्राएलीहरूले परमप्रभुको निम्ति स्वैच्छिक भेटी ल्याए । हरेक स्‍त्री र पुरुष जस-जसको ह्रदय इच्छुक थियो, तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै सरसामान ल्याए ।

  • 5साथै हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्‍थानको सामुन्‍ने थियो । सोलोमन र त्‍यो सभा त्‍याहाँ गए ।

  • निर्ग 31:5-6
    2 पदहरू
    72%

    5सबै किसिमका कारीगरीका काम गर्न त्यसले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छ ।

    6त्योबाहेक मैले दानको कुलबाट अहीसामाकको छोरो ओहोलीआबलाई नियुक्त गरेको छु । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिनीहरूले बनाउन सकून् भनेर सबै बुद्धिमानीहरूका ह्रदयमा मैले सिप हालिदिएको छु । तिनीहरूले बनाउने सामग्रीहरू यिनै हुन्:

  • 10तिमीहरूका बिचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस्:

  • निर्ग 35:4-5
    2 पदहरू
    69%

    4मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, “परमप्रभुले आज्ञा दिनुभएको कुरा यही नै हो ।

    5इच्छुक ह्रदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन्: सुन, चाँदी, काँसा,

  • 17नाउँअनुसार अभिलेख राखिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए, र

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 3मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नूः

  • निर्ग 39:42-43
    2 पदहरू
    68%

    42यसरी इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनुभएमुताबिक सबै काम गरे ।

    43मोशाले सबै कामको जाँच गर्दा तिनीहरूले गरेका पाए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे । तब मोशाले तिनीहरूलाई आशिष् दिए ।

  • 1¶ मोशाले इस्राएलका मानिसहरूका कुलका अगुवाहरूलाई भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ ।

  • 48गरिएन, किनभने परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 34मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे ।

  • 15त्यसपछि मोशाले परमप्रभुलाई भने,

  • 29मोशाले लेवीहरूलाई भने, “आज तिमीहरू परमप्रभुको सेवामा राखिएका छौ किनकि आज परमप्रभुले तिमीहरूलाई आशिष् देऊन् भनेर तिमीहरू हरेकले आ-आफ्ना छोरा र भाइको विरुद्धमा कारबाही गरेका छौ ।”

  • 16मोशाले परमप्रभुको वचनअनुसार उहाँले आज्ञा गर्नुभएबमोजिम तिनीहरूको गन्ती गरे ।

  • 12तब परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 5त्यसैले मोशाले परमप्रभुको वचनमा इस्राएलका मानिसहरूलाई आज्ञा दिए, “योसेफका सन्तानहरूका कुलले भनेको कुरा सही हो ।

  • 17तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • 11परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 14मोशाले धर्म-गुरुहरूलाई भनेका थिए, “यहीँ बस्‍नुहोस् र हामी तपाईंहरूकहाँ नआउञ्‍जेलसम्म पर्खेर बस्‍नुहोस् । हारून र हूर तपाईंहरूसितै छन् । कसैको केही वादविवाद भएमा तिनीहरूकहाँ जानू ।”

  • 11तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • 13त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 40परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा मोशाले इस्राएलका मानिसहरूलाई भने ।

  • 7यसकारण मेरो निम्‍ति सुन, चाँदी, काँसा र फलाम, अनि बैजनी, रातो र नीलो ऊनी धागोको काम गर्न सक्‍ने एक जना निपुण कारीगर पठाइदिनुहोस्‌। तिनी काठ कुँदेर सबै कुरा बनाउन जान्‍ने मानिस पनि होऊन्‌ । तिनले मेरा बुबा दाऊदले जुटाउनुभएका यहूदा र यरूशलेममा भएका निपुण कारीगरहरूसँग काम गर्नेछन्‌ ।

  • 37मोशा र हारूनले भेट हुने पालमा सेवा गर्ने कहातीहरूका कुल-कुल र परिवार-परिवारअनुसार सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।

  • 38कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए ।

  • 1¶ परमप्रभु मोशासँग बोल्नुभयो,

  • 31मोशाले ज्वालालाई देखेपछि तिनी छक्‍क परे । त्यसलाई हेर्न तिनी नजिक जाँदा त्यहाँ परमप्रभुको आवाज आयो,

  • 1¶ मोशाले इस्राएलका सारा समुदायलाई भेला गरी तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई गर्नू भनी आज्ञा दिनुभएका कुराहरू यी नै हुन् ।

  • 3मैले बुद्धिको आत्माले भरिपूर्ण पारेका सबै बुद्धिमान् मानिसहरूलाई तैँले भन्‍नू कि तिनीहरूले हारूनका निम्ति पोशाकहरू बनाऊन् जसले तिनलाई मेरो पुजारी भएर सेवा गर्न अलग गरून् ।

  • 42परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले इस्राएलका सबै जेठा-जेठाको गन्ती गरे ।