निर्गमन 6:12

अनलक शाब्दिक बाइबल

मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले त मेरो कुरा सुनेका छैनन् भने फारोले किन सुन्‍ने किनकि म बोल्नमा सिपालु छैनँ?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 4:10 : 10 तब मोशाले परमप्रभुलाई भने, “हे प्रभु, म बोल्नमा सिपालु छैनँ, न पहिले थिएँ न त तपाईं आफ्ना दाससित बोल्नुभएपछि नै । म बोल्न र जिब्रो चलाउनमा सुस्त छु ।”
  • निर्ग 6:30 : 30 तर मोशाले भने, “म बोल्नमा सिपालु नभएकोले फारोले किन मेरो कुरा सुन्लान् र?”
  • यिर्मि 1:6 : 6 मैले भनें, “हे परमप्रभु परमेश्‍वर, कसरी बोल्ने भनी मलाई थाहा छैन, किनकि म त धेरै सानो बालक छु ।”
  • यिर्मि 6:10 : 10 म कसलाई घोषणा गरूँ र चेताउनी दिऊँ ताकि तिनीहरूले मेरो कुरा सुनून्? हेर्, तिनीहरूका कान खतना गरिएका छैनन् । तिनीहरू ध्यान दिन सक्दैनन् । हेर्, तिनीहरूलाई सुधार्न परमप्रभुको वचन तिनीहरूकहाँ आएको छ, तर तिनीहरूले यसको इच्‍छा गर्दैनन् ।
  • निर्ग 6:9 : 9 मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन् ।
  • निर्ग 3:13 : 13 मोशाले परमेश्‍वरलाई भने, “म इस्राएलीहरूकहाँ गई 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' भन्दा तिनीहरूले 'उहाँको नाउँ के हो' भनी सोधे भने मैले तिनीहरूलाई के जवाफ दिने?”
  • निर्ग 4:29-31 : 29 तब मोशा र हारून गएर इस्राएलीहरूका सबै धर्म-गुरुलाई भेला गराए । 30 परमप्रभुले मोशालाई भन्‍नुभएका सबै कुरा हारूनले बताए । तिनले परमप्रभुको शक्तिका चिन्हहरू पनि मानिसहरूका सामु गरेर देखाइदिए । 31 मानिसहरूले विश्‍वास गरे । परमप्रभुले इस्राएलीहरूको वास्ता गर्नुहुन्छ र उहाँले तिनीहरूमाथि गरिएको थिचोमिचो देख्‍नुभएको छ भनी जब तिनीहरूले सुने, तिनीहरूले आ-आफ्ना शिर झुकाई उहाँको आराधना गरे ।
  • निर्ग 5:19-21 : 19 “तिमीहरूले दैनिक उत्पादन गर्ने इँटहरूको सङ्ख्या कम हुनुहुँदैन” भनी इस्राएली नाइकेहरूलाई बताइँदा तिनीहरू कष्‍टमा भएको तिनीहरूले देखे । 20 तिनीहरूले फारोकहाँबाट फर्केपछि मोशा र हारूनलाई भेटे जो दरबारबाहिर उभिरहेका थिए । 21 तिनीहरूले मोशा र हारूनलाई भने, “परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो र उहाँका दासहरूको दृष्‍टिमा तिरस्कृत तुल्याउनुभएको छ । हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको छ ।”
  • लैव्य 26:41 : 41 जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ- र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने,
  • व्यव 30:6 : 6 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू र तिमीहरूका सन्तानहरूका हृदयको खतना गरिदिनुहुने छ अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सारा हृदयले प्रेम गर्ने छौ अनि तिमीहरू जीवित हुने छौ ।
  • यशा 6:5 : 5 तब मैले भने, “मलाई धिक्‍कार होस्! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन्!”
  • यिर्मि 9:26 : 26 म मिश्र, यहूदा, एदोम, अम्मोन, मोआब र शिरमा आफ्नो कपाल छोटो गरी काट्ने सबै मानिसलाई दण्ड दिनेछु । किनकि यी सबै जाति बेखतनाका हुन्, र इस्राएलका सबै घरानासित बेखतनको हृदय छ ।”
  • प्रेरि 7:51 : 51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 6:27-30
    4 पदहरू
    94%

    27इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन अनुमति दिइयोस् भनी हारून र मोशाले मिश्रका राजा फारोलाई भने । यी तिनै मोशा र हारून थिए ।

    28परमप्रभु मिश्र देशमा मोशासित बोल्नुहुँदा

    29उहाँले भन्‍नुभयो, “म परमप्रभु हुँ । मैले तँलाई भन्‍ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्‍नू ।”

    30तर मोशाले भने, “म बोल्नमा सिपालु नभएकोले फारोले किन मेरो कुरा सुन्लान् र?”

  • निर्ग 6:9-11
    3 पदहरू
    81%

    9मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन् ।

    10तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

    11“इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।”

  • 13परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।

  • निर्ग 4:10-12
    3 पदहरू
    78%

    10तब मोशाले परमप्रभुलाई भने, “हे प्रभु, म बोल्नमा सिपालु छैनँ, न पहिले थिएँ न त तपाईं आफ्ना दाससित बोल्नुभएपछि नै । म बोल्न र जिब्रो चलाउनमा सुस्त छु ।”

    11परमप्रभुले तिनलाई भन्‍नुभयो, “मानिसको मुख बनाउने को हो? मानिसलाई गुँगो वा बैरो वा दृष्‍टिविहीन बनाउने को हो? के म परमप्रभुले नै होइनँ र?

    12त्यसैले अब जा र म तेरो मुखमा भएर के भन्‍ने भनी तँलाई सिकाउनेछु ।”

  • 1¶ मोशाले जवाफ दिए, “तर तिनीहरूले विश्‍वास गरेनन् वा मेरो कुरा नसुनी 'परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन' भनेमा के गर्ने नि?”

  • निर्ग 3:10-11
    2 पदहरू
    75%

    10अब म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजान सक् ।”

    11तर मोशाले परमेश्‍वरलाई भने, “फारोकहाँ गई मिश्रबाट इस्राएलीहरूलाई निकालेर ल्याउने म को हुँ र?”

  • 10म कसलाई घोषणा गरूँ र चेताउनी दिऊँ ताकि तिनीहरूले मेरो कुरा सुनून्? हेर्, तिनीहरूका कान खतना गरिएका छैनन् । तिनीहरू ध्यान दिन सक्दैनन् । हेर्, तिनीहरूलाई सुधार्न परमप्रभुको वचन तिनीहरूकहाँ आएको छ, तर तिनीहरूले यसको इच्‍छा गर्दैनन् ।

  • 13मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्‍नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्‍तिबाट छुटकारा दिनुभयो ।

  • 8म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन?”

  • 15त्यसपछि मोशाले परमप्रभुलाई भने,

  • निर्ग 5:22-23
    2 पदहरू
    71%

    22मोशा परमप्रभुकहाँ गई भने, “हे प्रभु, तपाईंले किन यो जातिमा कष्‍ट ल्याउनुभएको? तपाईंले पहिले मलाई किन दरबारमा पठाउनुभयो?

    23तपाईंको नाउँमा म फारोसित बोल्न आएदेखि तिनले यस जातिलाई कष्‍ट ल्याएका छन्, र तपाईंले अझै पनि आफ्नो जातिलाई मुक्त गर्नुभएको छैन ।”

  • 2परमेश्‍वर मोशासित बोल्नुभयो र भन्‍नुभयो, “म परमप्रभु हुँ ।

  • 1¶ परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,

  • 6मैले भनें, “हे परमप्रभु परमेश्‍वर, कसरी बोल्ने भनी मलाई थाहा छैन, किनकि म त धेरै सानो बालक छु ।”

  • 26परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 1¶ तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 6जसरी मिश्रीहरू र फारोले आफ्नो हृदय कठोर पारे त्‍यसरी तपाईंहरूले किन आफ्‍नो हृदय कठोर पार्नुहुन्छ? त्‍यस बेला परमेश्‍वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो । के मिश्रीहरूले मानिसहरू पठाएनन्, अनि तिनीहरूले छोडेर आएनन् र?

  • 11मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको? तपाईं किन मसँग खुसी हुनुहुन्‍न? तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्छ ।

  • 22फेरि परमप्रभुले मोशालाई बोल्नुभयो,

  • 12परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो । त्यसैले फारोले मोशा र हारूनको कुरा सुनेनन् । फारोले मोशाको कुरा सुन्‍नेथिएन भनी परमप्रभुले भन्‍नुभएझैँ भयो ।

  • 23परमप्रभुले मोशालाई भन्‍नुभयो, “के मेरो बहुली छोटो भएको छ? मेरो वचन सत्य हो वा होइन भनी अब तैँले देख्‍नेछस् ।”

  • 2तिनीहरूले भने, “के परमप्रभु मोशासँग मात्र बोल्नुभएको छ र? के उहाँ हामीसँगचाहिँ बोल्नुभएको छैन र?” तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्‍नुभयो ।

  • 3त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।

  • 15तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “ए मोशा, किन तँ मेरो पुकार गर्दै छस्? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे ।

  • 26म मिश्र, यहूदा, एदोम, अम्मोन, मोआब र शिरमा आफ्नो कपाल छोटो गरी काट्ने सबै मानिसलाई दण्ड दिनेछु । किनकि यी सबै जाति बेखतनाका हुन्, र इस्राएलका सबै घरानासित बेखतनको हृदय छ ।”

  • 16त्यसलाई भन्, 'हिब्रूहरूका परमेश्‍वर परमप्रभुले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'मेरो जातिलाई जान दे ताकि तिनीहरू उजाड-स्थानमा गएर मेरो आराधना गर्न सकून् । तैँले अहिलेसम्म मानेको छैनस् ।'

  • 11तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • 13त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 1¶ परमप्रभु मिश्र देशमा मोशा र हारूनसित बोल्नुभयो । उहाँले भन्‍नुभयो,

  • 9परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोले तेरो कुरा सुन्‍नेछैन । मैले मिश्र देशमा धेरै अचम्मका कामहरू गर्न सकूँ भनेर यसो भएको हो ।”

  • 12मोशाले परमप्रभुलाई भने, “हेर्नुहोस्, तपाईं मलाई भन्दै हुनुहुन्छ, 'यी मानिसहरूलाई यात्रामा लिएर जा,' तर तपाईंले मसँगै कसलाई पठाउनुहुनेछ भनी बताउनुभएको छैन । तपाईंले भन्‍नुभएको छ, 'म तँलाई नामद्वारै चिन्छु, र तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस् ।'

  • 20परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे ।

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा किनकि मैले त्यसको र त्यसका अधिकारीहरूका ह्रदय कठोर बनाइदिएको छु । तिनीहरूका बिचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ ।

  • 15तँ त्योसित कुरा गर् र त्यसले भन्‍नुपर्ने कुरा त्यसलाई बताइदे । म तिमीहरू दुवैसित हुनेछु र के गर्ने भनी म तिमीहरू दुवैलाई देखाउनेछु ।

  • 2मैले तँलाई आज्ञा गरेको हरेक कुरो तैँले भन्‍नू । फारोको देशबाट इस्राएलका मानिसहरूलाई जान दिइयोस् भन्‍नाका लागि तेरो दाजु हारूनले फारोसित बोल्नेछ ।

  • 34मोशा परमप्रभुको सामु उहाँसित बोल्न जाँदा तिनी बाहिर नआउञ्‍जेलसम्म तिनले घुम्टो उघार्थे । तिनी बाहिर आउँदा तिनलाई बताउन आज्ञा गरिएको कुरा तिनले इस्राएलीहरूलाई बताउँथे ।