यहेज्केल 10:5

अनलक शाब्दिक बाइबल

करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्‍मै सुनिन्‍थ्‍यो, जुन सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुँदा सुनिने आवाज जस्‍तै थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 1:24 : 24 तब मैले तिनीहरूका पखेटाको आवाज सुनें । त्यो आवाज धेरै पानीको हल्‍लाजस्तै थियो । जब तिनीहरू हलचल गर्थे, तब सर्वशक्तिमान्‌को आवाजजस्तो हुन्‍थ्‍यो । आँधीको वर्षाजस्‍तो थियो । सेनाको आवाजजस्तो थियो । जब तिनीहरू ठिङ्ग उभिन्‍थे, तब तिनीहरूले आफ्‍ना पखेटा तल झार्थे ।
  • अय्यू 40:9 : 9 के तँसँग परमेश्‍वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्?
  • भजन 29:3-9 : 3 परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्‍वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ । 4 परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ । 5 परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्‍छ । परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ । 6 उहाँले लेबनानलाई बाछोझैं र सिरिओनलाई जवान गोरुझैं उफ्रन लगाउनुहुन्छ । 7 परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ । 8 परमप्रभुको सोरले उजाड-स्‍थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्‍थानलाई थर्कमान पार्नुहुन्छ । 9 परमप्रभुको सोरले फलाँटका रूखहरूलाई बङ्ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ । उहाँको मन्दिरमा हुने हरेकले भन्छ, “महिमा!”
  • भजन 68:33 : 33 आकाशका स्वर्गमा सवारहुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ । हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ ।
  • भजन 77:17 : 17 बादलहरूले पानी तल खन्‍याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे ।
  • निर्ग 19:16 : 16 तेस्रो दिनमा जब बिहान भयो गर्जन सुनियो र बिजुली चम्क्यो अनि पर्वतमा एउटा बाक्लो बादल देखा पर्‍यो र तुरहीको ठुलो आवाज आयो । छाउनीमा भएका सबै मानिस थरथर काँपे ।
  • निर्ग 19:19 : 19 जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे र परमप्रभुले तिनलाई सुन्‍ने गरी जवाफ दिनुभयो ।
  • निर्ग 20:18-19 : 18 सबै मानिसले गर्जनको आवाज सुने र बिजुली चम्केको देखे अनि तुरहीको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे । मानिसहरूले यो देख्दा तिनीहरू थरथर काँपे र टाढै बसे । 19 तिनीहरूले मोशालाई भने, “हामीसित कुरा गर्नुहोस् र हामी तपाईंको कुरा सुन्‍नेछौँ । तर परमेश्‍वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ ।”
  • व्यव 4:12-13 : 12 आगोको बिचबाट परमप्रभु तिमीहरूसित बोल्नुभयो । तिमीहरूले बोलिएको वचनको आवाज सुन्यौ तर त्यहाँ तिमीहरूले कुनै स्वरूप देखेनौ । तिमीहरूले आवाज मात्रै सुन्यौ । 13 उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दस आज्ञाको घोषणा गर्नुभयो । उहाँले तिनलाई दुईवटा शिला-पाटीमा लेख्‍नुभयो ।
  • १ राजा 7:9 : 9 यी भवनहरू ठिक तरिकाले मापन गरी करौँतीले काटी चारैतिर चिल्लो बनाइएका महङ्गा पत्थरहरूबाट सिङ्गारिएका थिए । यी ढुङ्गाहरू जगदेखि छतसम्म र विशाल चोकको बाहिरपट्टि पनि प्रयोग गरिएका थिए ।
  • २ इति 4:9 : 9 यसको साथै तिनले पुजारीहरूका चोक, र ठूलो चोक र चोकका ढोकाहरू बनाए र तिनका ढोकाहरूमा काँसाका जलप लगाए ।
  • अय्यू 37:2-5 : 2 सुन्‍नुहोस्, उहाँको आवाजको चर्को सोर, उहाँको मुखबाट बाहिर निस्‍कने आवाजलाई सुन्‍नुहोस् । 3 उहाँले त्‍यसलाई सारा आकाशमुनि पठाउनुहुन्छ, र उहाँले पृथ्वीको कुना-कुनासम्‍म आफ्नो बिजुली पठाउनुहुन्छ । 4 यसपछि एउटा आवाज गर्जन्छ । उहाँ आफ्नो ऐश्‍वर्यको आवाजले गर्जनुहुन्छ । उहाँको आवाज सुन्‍दा उहाँले बिजुलीको चमकलाई रोक्‍नुहुन्‍न । 5 परमेश्‍वर आफ्नो सोरसहित अचम्म तरिकाले गर्जनुहुन्छ । हामीले बुझ्नै नसक्‍ने महान् कुराहरू उहाँले गर्नुहुन्छ ।
  • यहे 46:21 : 21 तब तिनले मलाई बाहिरी चोकमा ल्याए र तिनले मलाई त्यस चोकका चार कुनाबाट हिंड्न लगाए, र मैले चोकका हरेक कुनामा अर्को एउटा चोक देखें ।
  • यूह 12:28-29 : 28 हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।” 29 तब उहाँको छेउमा उभिने भिडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्ज्यौ भने । अरूहरूले भने, “स्वर्गदूत उहाँसँग बोलेको हो ।”
  • इब्रा 12:18-19 : 18 किनकि तिमीहरू जलिरहेको पहाड, अन्धकार, बादल र छुन नसक्‍ने पहाडमा आएका छैनौ । 19 तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्‍ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए ।
  • प्रका 10:3-4 : 3 त्यसपछि तिनी सिंह गर्जेजस्तै ठुलो सोरमा कराए । जब तिनी कराए, तब सातवटा गर्जनले आफ्नो आवाज निकाले । 4 जब ती सातवटा गर्जनले आवाज निकाले, तब मैले लेख्‍नै लागेको थिएँ । तर मैले स्वर्गबाट यसो भनेको आवाज सुनेँ, “ ती सातवटा गर्जनले भनेका कुरा गुप्‍त राख । यसलाई नलेख ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 10:15-21
    7 पदहरू
    81%

    15तब मैले कबार नहरको किनारमा देखेका करूबहरू अर्थात्‌ जीवित प्राणीहरू उठे ।

    16जब ती करूबहरू हलचल गर्थे, तब छेउका ती पाङ्‌ग्राहरू पनि तिनीहरूसितै जान्‍थे, र जब ती करूबहरू भूइँबाट माथि ऊठ्‍नलाई आफ्‍ना पखेटा फैलाउँथे, तब ती पाङ्‌ग्राहरू फर्कंदैन थिए । तिनीहरूकै छेउमा ती रहन्थे ।

    17जब ती करूबहरू ठिङ्ग खडा हुन्‍थे, तब ती पाङ्‌ग्राहरू पनि ठिङ्ग खडा नै रहन्‍थे, र जब ती माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्‌थे, किनकि ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्राहरूमा थिए ।

    18तब परमप्रभुको महिमा मन्‍दिरको सँघारबाट निस्‍केर गयो र ती करूबहरूका माथि अडियो ।

    19ती करूबहरूले आ-आफ्‍ना पखेटाहरू फैलाएर माथि उठे र मैले हेर्दै गर्दा बाहिर गए, र ती पाङ्‌ग्राहरूले पनि तिनीहरूका पछिपछि त्‍यसै गरे । परमप्रभुका मन्दिरको पूर्वतिरका ढोकाको मुखैमा तिनीहरू खडा भए, र इस्राएलका परमेश्‍वरको महिमा माथिबाट तिनीहरूमा आयो ।

    20कबार नहरको किनारमा इस्राएलका परमेश्‍वरको मुन्‍तिर मैले देखेका ती जीवित प्राणीहरू यी नै थिए, यसैले तिनीहरू त करूबहरू रहेछन्‌ भनी मैले थाहा पाएँ ।

    21ती प्रत्‍येकका चार वटा अनुहार र चार वटा पखेटा थिए, र तीनका पखेटामुनि मानिसका हातहरूजस्‍तै देखिन्‍थे,

  • यहे 1:22-25
    4 पदहरू
    80%

    22ती जीवित प्राणीहरूका शिरको मास्‍तिर विशाल अर्धगोलाकार क्षेत्रजस्‍तै थियो । त्यो तिनीहरूको शिरमाथिबाट फैलिएको भयावह स्फटिकझैं देखिन्थ्यो ।

    23त्‍यो विशाल अर्धगोलाकार क्षेत्र मुन्‍तिर ती हरेक प्राणीका पखेटाहरू सोझै फैलिएका थिए र एउटाको पखेटाले अर्काको पखेटालाई छुन्‍थ्‍यो । हरेक जीवित प्राणीका आफूलाई ढाक्‍ने एकजोडी पखेटा थिए । हरेकसित आफूलाई ढाक्‍ने जोडी थियो ।

    24तब मैले तिनीहरूका पखेटाको आवाज सुनें । त्यो आवाज धेरै पानीको हल्‍लाजस्तै थियो । जब तिनीहरू हलचल गर्थे, तब सर्वशक्तिमान्‌को आवाजजस्तो हुन्‍थ्‍यो । आँधीको वर्षाजस्‍तो थियो । सेनाको आवाजजस्तो थियो । जब तिनीहरू ठिङ्ग उभिन्‍थे, तब तिनीहरूले आफ्‍ना पखेटा तल झार्थे ।

    25जब तिनीहरू ठिङ्ग उभिए र आफ्‍ना पखेटा तल झारे, तब तिनीहरूका शिरहरू मास्‍तिरको विशाल अर्धगोलाकार क्षेत्रबाट एउटा आवाज आयो ।

  • यहे 10:1-4
    4 पदहरू
    79%

    1¶ जब मैले करूबहरूका शिरदेखि मास्‍तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरें । तीभन्‍दा माथि सिंहासनजस्‍तो स्‍वरूपमा नीरजस्‍तो केही कुरा देखा पर्‍यो ।

    2तब परमप्रभुले ती सूती कपडा लगाएका मानिससँग बोल्‍नुभयो र यसो भन्‍नुभयो, “करूबहरूका मुन्‍तिर रहेका पाङ्‌ग्राहरूका बिचमा जा, र ती करूबहरूका बिचमा भएको जलिरहेको आगोको भुङ्‌ग्रो लिएर आफ्‍ना दुवै हातमा भर् र ती सहरको माथि छरिदे ।” तब मैले हेर्दाहेर्दै ती मानिस गए ।

    3ती मानिस भित्र जाँदा करूबहरूचाहिं मन्‍दिरको दाहिनेपट्टि खडा भए, र भित्री चोक बादलले भरियो ।

    4परमप्रभुको महिमा करूबहरूबाट मास्‍तिर उठ्यो र मन्‍दिरको सँघारमाथि गयो । यसले मन्‍दिरलाई बादलले भरिदियो, र चोकचाहिं परमप्रभुको महिमाको चमकले भरिपूर्ण भयो ।

  • 22ती करूबहरूले आफ्‍ना पखेटा र आफ्‍ना छेउमा भएका पाङ्‌ग्राहरू माथि उचाले र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका माथि थियो ।

  • यहे 10:6-10
    5 पदहरू
    78%

    6यस्‍तो भयो, परमेश्‍वरले त्‍यो सूती कपडा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुहुँदा, “ती करूबहरूका माझमा भएका पाङ्‌ग्राहरूका बिचबाट आगो ले,” तब ती मानिस भित्र गए र एउटा पाङ्‌ग्राको छेउमा खडा भए ।

    7करूबहरूका बिचमा भएको त्‍यो आगोतिर करूबहरूका बिचबाट एउटा करूबले आफ्‍नो हात छिराए, र त्‍यो माथि उठाए र सूती कपडा लाउने मानिसको हातमा त्‍यो राखिदिए । ती मानिसले त्‍यो लिए र फर्केर बाहिर गए ।

    8ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्‍तै केही कुरा देखें ।

    9अनि मैले हेरें, र देखें । करूबहरूका छेउमा चार वटा पाङ्‌ग्रा थिए— प्रत्‍येक करूबको छेउमा एउटा पाङ्‌ग्रा थियो, र ती पाङ्ग्रा पीतमणीजस्‍ता देखिन्‍थे ।

    10ती चारै पाङ्‌ग्राहरू एकै किसिमका थिए, एकअर्कामा खप्टिएका देखिन्थे ।

  • यहे 3:12-13
    2 पदहरू
    77%

    12तब आत्‍माले मलाई माथि उठाउनुभयो, र मैले आफ्‍नो पछिल्‍तिर ठुलो भुकम्पको आवाज सुनेंः “परमप्रभुको महिमा उहाँको वासस्‍थानमा धन्‍यको होस्!”

    13त्‍यो आवाज ती जीवित प्राणीहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्‍केको र तिनीहरूसँग भएका ती पाङ्‌ग्राहरूका आवाज थियो, र एउटा ठुलो भुकम्पको आवाज थियो ।

  • २ इति 3:10-13
    4 पदहरू
    77%

    10तिनले महा-पवित्रस्‍थानको निम्ति दुई करूबका प्रतिरूप बनाए । कालिगरहरूले तिनमा सुनको जलप लगाए ।

    11यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्‍म बीस हात लामा थिए । एउटा करूबको एउटा पखेटा कोठाको भित्तालाई छुने गरी पाँच हातको थियो । यसै गरी अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।

    12अर्को करूबको एउटा पखेटा मन्‍दिरको भित्ता छुने गरी पाँच हातको थियो । त्‍यसको अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।

    13यी करूबका पखेटा बीस हातसम्‍म फिंजिएका थिए । करूबहरू आफ्‍ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्‍दिरको मुख्‍य सभा कोठातिर फर्केका थिए ।

  • 24पहिलो करूबको एउटा पखेटा पाँच हात लामो थियो भने अर्को पखेट पनि पाँचै हात लामो थियो । एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म दस हात थियो ।

  • १ राजा 6:26-27
    2 पदहरू
    75%

    26एउटा करूबको उचाइ दस हात थियो र अर्कोको उचाइ पनि उत्ति नै थियो ।

    27सोलोमनले करूबहरूलाई सबैभन्दा भित्री कोठामा राखे । ती करूबका पखेटाहरू बाहिरतिर फैलिएका थिए । एउटा करूबको एउटा पखेटाले एकापट्टिको भित्तालाई र अर्को करूबको एउटा पखेटाले अर्कोपट्टिको भित्तालाई छुन्थे । तिनीहरूका अर्का पखेटाहरूले चाहिँ महा-पवित्रस्थानको बिच भागमा एक-अर्कालाई छुन्थे ।

  • 11उहाँ करूबहरूमा सवार हुनुभयो र उड्नुभयो । उहाँलाई हावाको पखेटाहरूमा देखियो ।

  • २ इति 5:7-8
    2 पदहरू
    75%

    7पुजारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे ।

    8करूबहरूले आफ्‍ना पखेटा सन्‍दूक राखिएको ठाउँमाथि फैलाएका थिए, र तिनले सन्‍दूक र त्‍यसलाई बोक्‍ने डन्‍डाहरूलाई ढाके ।

  • 10उहाँ करूबमा चढ्नुभयो र उड्नुभयो । हावाको पखेटाहरूमा उहाँ सवार हुनुभयो ।

  • यहे 10:12-13
    2 पदहरू
    75%

    12तिनीहरूका सम्‍पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्‌ग्राहरूसमेत सम्‍पूर्ण आँखाले भरिएका थिए ।

    13मैले सुन्‍दा, ती पाङ्‌ग्राहरूलाई “घुम्‍ने पाङ्‌ग्रा” भनियो ।

  • 20करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाऊन् र प्रायश्‍चित्तको ढकनीलाई छाया पारून् । करूबहरू एक-अर्काको आमनेसामने होऊन् र तिनीहरूले प्रायश्‍चित्तको ढकनीतर्फ हेरून् ।

  • 9करूबहरूले आ-आफ्ना पखेटाहरू माथितिर फैलाएका थिए, र प्रायश्‍चित्तको ढकनीलाई छाया पारेका थिए । करूबहरू आमनेसामने थिए, र तिनीहरूले प्रायश्‍चित्तको ढकनीतर्फ हेरेका थिए ।

  • 3तब इस्राएलका परमेश्‍वरको महिमाचाहिं करूबहरूदेखि मास्‍तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो । तब परमप्रभुले त्‍यो सूती कपडा लगाएको र कलम भिरेको मानिसलाई आफ्‍नो छेउमा बोलाउनुभयो ।

  • १ राजा 8:6-7
    2 पदहरू
    73%

    6पुजारीहरूले परमप्रभुको करारको सन्दुकलाई त्यसको उचित स्थान अर्थात् करूबहरूको छायामुनि मन्दिरको महा-पवित्रस्थानमा लगेर राखे ।

    7किनकि करूबहरूले सन्दुक राखिएको ठाउँको माथि आ-आफ्ना पखेटा फैलाएका थिए, र ती पखेटाले सन्दुक र त्यसका डन्डाहरूमाथि छाया पारेका थिए ।

  • यशा 6:2-4
    3 पदहरू
    73%

    2उहाँ माथिल्तिर सराफहरू थिए । प्रत्‍येकका छ-छवटा पखेटाहरू थिए । दुई वटा पखेटाहरूले प्रत्‍येकले आफ्नो मुहार छोप्थे र दुई वटा पखेटाले तिनले आफ्‍ना खुट्टा छोप्थे र दुई वटाले ती उड्थे ।

    3प्रत्‍येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।”

    4ती कराइरहेकाहरूको आवाजले सँघारका जगहरू हल्लिए र मन्‍दिर धूँवाले भरिएको थियो ।

  • 5माझमा चार जीवित प्राणीहरूजस्ता थिए । तिनीहरूका स्‍वरूप यस्‍तो थियोः तिनीहरू मानिसको स्‍वरूपजस्‍ता थिए,

  • 11तिनीहरूका मुहार यस्‍तै थिए, र तिनीहरूका पखेटाचाहिं बाहिर मास्‍तिर फैलिएका थिए । हरेकका दुईवटा पखेटाले चाहिं एउटाले अर्काको पखेटालाई छोएका थिए, र दुईवटा पखेटाले आ-आफ्‍ना शरीर ढाकेका थिए ।

  • 19जब ती जीवित प्राणीहरू चलहल गर्थे, तब ती पाङ्‌ग्राहरू पनि साथसाथै हिंड्‌थे । जब ती जीवित प्राणीहरू जमिनबाट माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि उठ्‌थे ।

  • 89जब मोशा परमप्रभुसँग कुरा गर्न भेट हुने पालभित्र गए, तिनले उहाँको बलिरहेको आवाज सुने । परमप्रभु दुईवटा करूबको बिचबाट गवाहीको सन्दूकमाथि रहेको कृपा-आसनमाथिबाट तिनीसित बोल्नुभयो ।

  • 5करारको सन्दुकको माथि ईश्‍वरीय महिमाका करूबहरूले प्रायश्‍चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौँ ।

  • 8तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए । ती चारैका मुहार र पखेटाहरू यस्ता थिएः