यहेज्केल 12:4
निर्वासनको लागि तेरा सामनाहरू दिउँसै तिनीहरूका आँखाकै सामुन्ने बाहिर निकाल्नेछस् । तिनीहरूका आँखाकै सामुन्ने कोही निर्वासनमा जानेझैं बेलुकी जानेछस् ।
निर्वासनको लागि तेरा सामनाहरू दिउँसै तिनीहरूका आँखाकै सामुन्ने बाहिर निकाल्नेछस् । तिनीहरूका आँखाकै सामुन्ने कोही निर्वासनमा जानेझैं बेलुकी जानेछस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2“ए मानिसको छोरो, तँ एउटा विद्रोही घरानाको बिचमा बस्छस्, जहाँ तिनीहरूका हेर्ने आँखा त छन् तर तिनीहरू देख्दैनन् । अनि तिनीहरूका सुन्ने कान त छन् तर सुन्दैनन्, किनभने तिनीहरू विद्रोही घराना हुन् ।
3यसकारण ए मानिसको छोरो, निर्वासित भएको व्यक्तिझैं आफ्ना सामान पोको पार्, र दिउँसै तिनीहरूले देख्ने गरी जान सुरु गर्, किनकि तिनीहरूकै सामु तँलाई म निर्वासित तुल्याउनेछु । तिनीहरू विद्रोही घराना भए तापनि शायद तिनीहरूले बुझ्लान् ।
5तिनीहरूले देख्ने गरी पर्खालमा प्वाल पार्, र त्यसैबाट बाहिर निक्लेर जा ।
6तिनीहरूले हेरिरहँदा तैंले आफ्नो सामान काँधमा उठा, र ती अँध्यारोमा बोकेर बाहिर लैजा । आफ्नो मुख छोप्, किनकि तैंले भुइँ देख्नुहुँदैन, किनभने इस्राएलका घरानाको निम्ति मैले तँलाई एउटा चिन्हको रूपमा अलग गरेको छु ।”
7यसरी जस्तो मलाई आज्ञा गरियो त्यस्तै मैले गरें । निर्वासनको लागि मैले आफ्ना सामानहरू दिउँसो बाहिर निकालें, र बेलुका हातले पर्खालमा प्वाल पारें । मैले आफ्ना सामानहरू अँध्यारोमा बाहिर निकालें, र तिनीहरूले हेर्दाहेर्दै ती आफ्ना काँधमा बोकें ।
8त्यसपछि बिहान परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
11यसो भन्, 'तिमीहरूका निम्ति म एउटा चिन्ह हुँ ।’ मैले जसो गरेको छु, तिनीहरूलाई त्यस्तै गरिनेछ । तिनीहरू निर्वासन र कैदमा जानेछन् ।
12तिनीहरूका बिचमा हुने शासकले साँझमा आफ्नो काँधमा सामान बोक्नेछ, र पर्खालबाट बाहिर जानेछ । तिनीहरूले पर्खाल फोर्नेछन् र आफ्ना सामानहरू बाहिर निकाल्नेछन् । आफ्ना आँखाले भूइँ नदेखोस् भनेर त्यसले आफ्नो मुख छोप्नेछ ।
6जब तैंले ती दिन पुरा गर्नेछन्, तब दोस्रो पटक दाहिनेतिर कोल्टे पर् र किनकि तैंले चालिस दिनसम्म यहूदाका घरानाको पाप बोक्नेछस् । मैले तँलाई प्रत्येक वर्षको लागि एक दिन तोकेको छु ।
7तेरो अनुहार यरूशलेमको घेरातर्फ फर्काएर राख् र पाखुरा नाङ्गै राखेर त्यस सहरको विरुद्धमा अगमवाणी भन् ।
8किनभने हेर्! म तँलाई डोरीहरूले कसी राख्नेछु, यसरी तेरा घेराको दिन समाप्त नहोउञ्जेल तँ यताउता फर्कन सक्नेछैनस् ।
3तिमीहरू सहरका पर्खालका धाँदाहरूका बिचबाट जानेछौ, तिमीहरू हरेक व्यक्ति सिधै त्यहाँबाट जानेछौ, र तिमीहरू हर्मोनतिर फालिनेछौ —यो परमप्रभुको घोषणा हो ।”
11त्यसपछि कैदमा परेका तेरा मानिसहरूकहाँ जा, र तिनीहरूलाई भन् । तिनीहरूले सुने पनि नसुने पनि तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ' ।”
25किनकि अब ए मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्, यसैले तँ तिनीहरूका बिचमा जान सक्दैनस् ।
17हेर्, परमप्रभुले तँलाई फाल्न लाग्नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्न लाग्नुभएको छ । उहाँले तँलाई कसेर समात्नुहुनेछ ।
17ए घेराबन्दीमा बाँचेका मानिसहरू हो, आ-आफ्नो पोकोपन्तरो जम्मा गर र देश छोड ।
4तर अब हेर, तिम्रा हातमा भएका साङ्लाबाट मैले तिमीलाई आज मुक्त गरेको छु । तिम्रो दृष्टिमा मसितै बेबिलोन आउनु उचित हो भने आऊ, र म तिम्रो हेरचाह गर्नेछु । तर तिम्रो दृष्टिमा मसितै बेबिलोन आउनु उचित होइन भने, त्यसो नगर । तिम्रो सामु भएको सबै देशलाई हेर । तिम्रो दृष्टिमा जहाँ जान ठिक र उचित लाग्छ, त्यहीँ जाऊ ।”
12लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्नो हात उठाउनेछु ।’
23त्यसको साटोमा, तिमीहरूका फेटा तिमीहरूका टाउकामा र तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा हुनेछन् । तिमीहरूले शोक गर्नेछैनौ न त रुनेछौ, किनकि तिमीहरू आफ्ना पापहरूको कारणले पग्लेर जानेछौ, र हरेक मानिसले आफ्ना भाइको निम्ति सुस्केरा हाल्नेछ ।
24यसरी इजकिएलचाहिं तिमीहरूका निम्ति एउटा चिन्ह हुनेछ । उसले जे गरेको छ ती हरेक कुरा तिमीहरूले पनि गर्नेछौ । तब म नै परमप्रभु परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ' ।”
25“तर ए मानिसको छोरो, तिनीहरूका आनन्द, गर्व, तिनेहरूले हेर्ने र इच्छा गर्ने तिनीहरूका मन्दिरलाई मैले कब्जा गरेको दिनमा— र मैले तिनीहरूका छोराछोरी लिएर जाँदा—
26त्यस दिनमा तँलाई समाचार दिनलाई एक जना शरणार्थी तँकहाँ आउनेछ ।
12छाउनीबाहिर तिमीहरूका लागि एउटा ठाउँ हुनुपर्छ ।
2जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् । तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्ना अत्याचारीहरूमाथि राज्य गर्नेछन् ।
3त्यो दिनमा तिमीहरूका कष्ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्छ,
2यस्तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्नेछन्, 'हामी कहाँ जाने?' तब तैंले तिनीहरूलाई भन्नुपर्छ, 'परमप्रभु यसो भन्नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।'
6‘हेर्, यस्ता दिनहरू आउँदैछन् जति बेला तेरा दरवारमा भएका हरेक कुरा, आजको दिनसम्म तेरा पुर्खाहरूले भण्डारण गरेका कुराहरू बेबिलोनमा लगिनेछ । परमप्रभु भन्नुहुन्छ, कुनै कुरा पनि छोडिनेछैन ।
14जो झुकेका छ, परमप्रभुले मुक्त गर्न हतार गर्नुहुनेछ । ऊ मर्ने र तल खाडलमा जानेछैन, न रोटीको कमी हुनेछ ।
4“युद्धको लागि आफैलाई देवताहरूकहाँ अर्पण गर । उठ, हामी मध्यदिनमा आक्रमण गरौं । दिन ढल्कँदै जानु र बेलुकीको छायाँ पर्दै जानु धेरै नराम्रो कुरा हो ।
17'हेर्, ती दिन आउँदैछन् जतिबेला तेरा पुर्खाहरूले आजको दिनसम्म तेरो दरबारमा जम्मा गरेर राखेको हरेक थोक बेबिलोनमा लगिनेछ । परमप्रभु भन्नुहुन्छ, कुनै कुरा पनि छाडिनेछैन ।
11तँ एक्लै खडा भएको दिनमा, अनजान मानिसहरूले त्यसको धन खोसेर लगेका र परदेशीहरू त्यसका मूल ढोकाहरूभित्र पसेका र यरूशलेमको निम्ति चिट्ठा हालेका दिनमा, तँ पनि तीमध्ये एकझैं थिइस् ।
16“ए मानिसको छोरो, हेर्, तेरो आँखाका इच्छालाई म विपतिबाट हटाउँदैछु, तर तैंले शोक गर्नुहुँदैन न त रुनु हुन्छ, र तेरा आँखाबाट आँसु झर्नुहुँदैन ।
4तब उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन् ।
4त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”
4त्यसपछि तँ देब्रेतिर कोल्टे परेर सुत्, र इस्राएलका घरानाको पाप त्यसमाथि राख् । जति समयसम्म तँ यसरी इस्राएलको घरानाको विरुद्धमा कोल्टो परिरहन्छस्, त्यति दिनसम्म तैंले तिनीहरूको पाप बोक्नेछस् ।
4“तैंले किनेको पटुका जुन तेरो कम्मरको चारैतिर बाँधिएको छ, त्यसलाई निकाल्, र उठ र परातमा जा । त्यहाँ चट्टानको धाँदोमा त्यसलाई लुका ।”
11तिमी बाहिरै पर्ख, र तिमीले ऋण दिएको व्यक्ति धरौटी लिएर बाहिरै आओस् ।
5यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, हेर्, मैले तँमाथि त्रास ल्याउनै लागेको छु, यो त्रास तेरो वरिपरि भएका सबैबाट आउनेछ । यसको सामु तिमीहरू हरेक तितरबितर हुनेछौ । ती भाग्नेहरूलाई जम्मा गर्ने कोही पनि हुनेछैन ।
4यसकारण, हेर, म तिमीहरूलाई पूर्वका मानिसहरूकहाँ तिनीहरूका सम्पत्तिझैं सुम्पिदिनेछु । उनीहरूले तिमीहरूका विरुद्धमा छाउनी हाल्नेछन्, र तिमीहरूकै बिचमा आफ्ना पालहरू खडा गर्नेछन् । उनीहरूले तिमीहरूका फल खानेछन् र तिमीहरूको दूध पिउनेछन् ।
24आत्माले मलाई माथि उठाउनुभयो र परमेश्वरका आत्माद्वारा दिइएको दर्शनमा कल्दीमा निर्वासित भएकाहरूकहाँ ल्याउनुभयो । तब मैले देखेको त्यो दर्शन मबाट मास्तिर गइहाल्यो ।
18तब तिनीहरू त्यहाँ जानेछन् र त्यो ठाउँबाट हरेक घृणित र घिनलाग्दा कुराहरू हटाउनेछन् ।
31त्यस दिनमा घरको माथिल्लो तल्लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क ।
10सियोनकी छोरी, प्रसववेदनाकी स्त्रीझैँ बच्चा जन्माउनको निम्ति पीडा र वेदनामा पर् । किनभने अब तँ सहरबाट बाहिर जानेछस्, मैदानमा बस्नेछस्, र बेबिलोनमा जानेछस् । त्यहाँ तँलाई बचाइनेछ । त्यहाँ परमप्रभुले तिमीहरूका शत्रुका हातबाट तिमीहरूलाई बचाउनुहुनेछ ।
4तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्ति म तिनीहरूमाथि आफ्ना आँखा लगाउनेछु ।”
9यसैले जसरी आँधी माथि जान्छ त्यसरी तँ जानेछस् । तँ, तेरा सबै फौज, तँसँग भएका धेरै जना सिपाही त्यस देशलाई ढाक्ने बादलझैं हुनेछन् ।
14लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्नेछ ।
11शाफीरका निवासीहरू, नग्नता र शर्ममा हिँड । सानानका निवासीहरू बाहिर ननिस्क । बेथ एजेल विलाप गर्दछ, किनकि तिनीहरूको सुरक्षा-स्थान खोसिएको छ ।
67तिमीहरूका ह्रदयमा हुने डर र तिमीहरूका आँखाले देख्नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले 'राति भइदिए हुन्थ्यो!' भन्ने छौ भने राति तिमीहरूले 'बिहान भइदिए हुन्थ्यो!' भन्ने छौ ।
10ए मानिसको छोरो, यस मन्दिरको विषयमा तँ आफैले इस्राएलको घरानालाई भन्नू ताकि तिनीहरू आफ्ना अपराधहरूका कारण शर्ममा परून् । तिनीहरूले यो वर्णनमाथि विचार गरून् ।
12उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, र तेरा व्यापारका मालहरू लुट्नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा आरामदायी घरहरू भत्काउनेछन् । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्नेछन् ।