यहेज्केल 20:4
के तँ तिनीहरूको न्याय गर्नेछस्? ए मानिसको छोरो, के तँ तिनीहरूको न्याय गर्नेछस्? तिनीहरूका आफ्ना पुर्खाहरूका घिनलाग्दा कामको बारेमा तिनीहरूलाई जानकारी दे ।
के तँ तिनीहरूको न्याय गर्नेछस्? ए मानिसको छोरो, के तँ तिनीहरूको न्याय गर्नेछस्? तिनीहरूका आफ्ना पुर्खाहरूका घिनलाग्दा कामको बारेमा तिनीहरूलाई जानकारी दे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
36परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के तैंले ओहोला र ओहोलिबाको न्याय गर्नेछस्? त्यसैले तिनीहरूका घृणित कामहरूका तिनीहरूलाई विरोध गर,
37किनकि तिनीहरूले व्यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्ना मूर्तिहरूसित व्यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन् ।
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
2“अब ए मानिसको छोरो, के तँ न्याय गर्छस्? के तँ त्यो रगतको सहरको न्याय गर्छस्? त्यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे ।
30यसकारण इस्राएलको घरानालाई यसो भन्: 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरू आफ्ना पुर्खाहरूका चालमा हिंडेर तिमीहरू आफूलाई पनि किन बिटुलो पार्छौ? घिनलाग्दा कुराहरूको खोजी गरेर किन तिमीहरू वेश्याहरूझैं काम गर्छौ?
31जब तिमीहरू आफ्ना उपहारहरू चढाउँछौ— जब तिमीहरू आफ्ना छोराहरूलाई आगोमा हिंड्न लगाउँछौ— तब आजको दिनसम्म पनि तिमीहरूले आफ्ना मूर्तिहरूको कारणले आफैलाई बिटुलो पार्छौ । यसैले ए इस्राएलको घराना, मसँग सोधपूछ गर्न मैले तिमीहरूलाई किन दिनु? जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— तिमीहरूले मलाई सोधपूछ गर्न म दिनेछैनँ ।
2“ए मानिसको छोरो, यरूशलेमलाई त्यसका घिनलाग्दा कामहरूका बारेमा जानकारी दे,
26तिनीहरूका उपहारहरूद्वारा मैले तिनीहरूलाई अशुद्ध घोषणा गरें— तिनीहरूले गर्भका हरेक जेठोको बलिदान चढाए र तिनीहरूलाई आगोमा हिंड्न लगाए—कि मैले तिनीहरूलाई त्रसित बनाउन सकूँ यसरी म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’
27यसकारण, ए मानिसको छोरो, इस्राएलका घरानासँग बोल् र तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यसमा पनि तिमीहरूका पुर्खाहरू मप्रति विश्वासघाती बनेर मेरो निन्दा गरे ।
3“ए मानिसको छोरो, इस्राएलका धर्म-गुरुहरूलाई घोषणा गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः के तिमीहरू मसित सोधपूछ गर्न आएका छौ? जस्तो म जीवित छु, तिमीहरूले मलाई सोधपूछ गर्नेछैनौ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।'
6यसैले उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, तिनीहरू के गर्दैछन्, तँ देख्छस्? इस्राएलको घरानाले मलाई आफ्नो पवित्रस्थानबाट टाढा हटाउनलाई घिनलाग्दा काम यी नै हुन् । तर तँ फर्कनेछस् र अझ बढी घिनलाग्दा कामहरू देख्नेछस् ।”
15त्यसैले उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? फर्की र यीभन्दा पनि बढी घिनलाग्दा कुराहरू हेर् ।”
12उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, इस्राएलका घरानाका धर्म-गुरुहरूले अँध्यारोमा के गरिरहेका के तँ देख्छस्? आफ्नो मूर्तिको गुप्त कोठामा तिनीहरू प्रत्येकले यसो गर्छन् किनकि तिनीहरू भन्छन्, 'परमप्रभुले हामीलाई देख्नुहुन्न। परमप्रभुले देशलाई त्याग्नुभएको छ' ।”
13तब उहाँले मलाई भन्नुभयो, “फेरि फर्की र तिनीहरूले गरिरहेका अरू ठुला घिनलाग्दा कामहरू हेर् ।”
17उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र? किनकि तिनीहरूले देशलाई हिंसाले भरेका छन् र आफ्ना नाकमा हाँगा राखेर मलाई रिस उठाउनलाई तर्केका छन् ।
6तब विद्रोही इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ए इस्राएलको घराना, तेरा सबै घिनलाग्दा कामहरू अब अति भएका छन्,
2तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
3“ए मानिसको छोरो, यी मानिसहरूले आफ्ना मूर्तिहरूलाई आफ्ना हृदयमा राखेका छन्, र आफ्नो अधर्मका ठक्कर लाग्ने ढुङ्गा आफ्नै अनुहारका सामु राखेका छन् । के तिनीहरूले मेरो बारेमा सोध्न पाउँछन् र?
21तर आफ्ना घृणित प्रतिमाहरू र घिनलाग्दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिं म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्याइदिनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
18तिनीहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू तिनीहरूले तिमीहरूलाई नसिकाऊन् भन्नाका लागि यसो गर्नू । तिनीहरूको मार्ग पछ्यायौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका विरुद्धमा पाप गर्ने छौ ।
9तेरा घिनलाग्दा कामहरूको कारण तँलाई म यस्तो गर्नेछु, जो मैले अघि कहिल्यै गरेको थिइनँ र न म फेरि कहिल्यै गर्नेछु ।
10यसकारण तेरै बिचमा बुबाहरूले छोराछोरीलाई र छोराहरूले आफ्ना बुबाहरूलाई खानेछन्, किनकि म तँमाथि दण्ड ल्याउनेछु र तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु ।
18उजाड-स्थान मैले तिनीहरूका छोराछोरीलाई भनें, “तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिंड न त तिनीहरूका नियमहरू पालन गर, न त तिनीहरूका मूर्तिहरूले आफूलाई बिटुलो पार्ने काम गर ।
10ए मानिसको छोरो, यस मन्दिरको विषयमा तँ आफैले इस्राएलको घरानालाई भन्नू ताकि तिनीहरू आफ्ना अपराधहरूका कारण शर्ममा परून् । तिनीहरूले यो वर्णनमाथि विचार गरून् ।
9“ए मानिसको छोरो, के इस्राएलका घराना, त्यो विद्रोही घरानाले, 'तिमी यो के गर्दैछौ?' भनेर सोधेन?
27तिमीहरूभन्दा अगि यस भूमिमा बसोबास गर्ने मानिसहरूले यस्तै दुष्ट काम गरे, र यसैकारण सारा देश नै अपवित्र भयो ।
4यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर । ए मानिसको छोरो, अगमवाणी गर ।”
43आफ्ना जुन व्यवहार र कामहरूले तिमीहरूले आफूलाई अशुद्ध पार्यौ, ती त्यहाँ तिमीहरूले सम्झनेछौ, र तिमीहरूले गरेका सबै दुष्ट कामहरूका निम्ति आफ्नै दृष्टिमा तिमीहरूले आफूलाई तुच्छ ठान्नेछौ ।
3अब अन्त्य तँमाथि आएको छ, किनकि म आफ्नो क्रोध तँमाथि पठाउँदैछु, र तेरो चालअनुसार म तेरो न्याय गर्नेछु । तब तेरा सबै घिनलाग्दा कामहरू तँमाथि नै ल्याउनेछु ।
4किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
7मैले तिनीहरूलाई भनें, “हरेक मानिसले आफ्ना दृष्टिबाट घिनलाग्दा कुराहरू र मिश्रदेशका मूर्तिहरू हटाओस् । आफूलाई अशुद्ध नपार । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।”
4र यस बारेमा तिमीहरूलाई बताइयो भने वा तिमीहरूले यस बारेमा सुन्यौ भने तिमीहरूले होसियारीसाथ अनुसन्धान गर्नू । इस्राएलमा त्यस्तो घृणित कुरो गरिएको साँचो र निश्चित ठहरियो भने तिमीहरूले गर्नुपर्ने कुरो यही हो ।
43तैंले आफ्नो युवावस्थाका दिनलाई सम्झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्ड म आफैं तेरो आफ्नै शिरमा खन्याइदिनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्दा व्यवहारहरूमा वेश्यवृति पनि थपेको छैनस् र?
16तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
17“ए मानिसको छोरा, जब इस्राएलको घराना आफ्नो देशमा बसोबास गरे, तब तिनीहरूले त्यस देशलाई आफ्ना चालहरू र कामहरूले अशुद्ध पारे । मेरा सामु तिनीहरूका चालहरू स्त्रीको रजस्वलाको अशुद्धताझैं थिए ।
20अनि तैंले मेरो निम्ति जन्माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस् । के तेरा वेश्यावृत्तिका कामहरू साना कुराहरू हुन्?
21तैंले मेरा छोराछोरीलाई मूर्तिहरूका निम्ति मारिस् र तिनीहरूलाई आगोमा हिंड्न लगाइस् ।
16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।
9तब उहाँले मलाई भन्नुभयो, “जा र तिनीहरूले त्यहाँ गरिरहेका घिनलाग्दा दुष्ट कामहरू हेर् ।”
6यसकारण इस्राएलका घरानालाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः पश्चात्ताप गर र आफ्ना मूर्तिहरूदेखि फर्क । सबै घिनलाग्दा कुराबाट आफ्ना मुख फर्काओ ।
30यसकारण, ए इस्राएलका घराना, म तिमीहरू हरेक मानिसको न्याय उसको चालअनुसार गर्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो । पश्चात्ताप गर, आफ्ना सबै अपराधहरूबाट फर्क, ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्ने ढुङ्गाहरू नबनून् ।
24तिनीहरूले मेरा नियमहरू नमानेका हुनाले र तिनीहरूले मेरा विधिहरूलाई इन्कार गरेका र मेरा शबाथहरूलाई बिटुलो पारेका हुनाले मैले यसो गर्ने निर्णय गरें । तिनीहरूका आँखाहरूले आफ्ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे ।
11आफ्नो छिमेकीकी पत्नीसँग घिनलाग्दा काम गर्ने मानिसहरू, र आफ्नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्नै बहिनीहरू—आफ्ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् ।
18तब तिनीहरू त्यहाँ जानेछन् र त्यो ठाउँबाट हरेक घृणित र घिनलाग्दा कुराहरू हटाउनेछन् ।
17“ए मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको रक्षक तुल्याएको छु, यसैले मैरो मुखको वचन सुन् र तिनीहरूलाई मेरो चेताउनी दे ।
29यसैले तिनीहरूले गरेका सबै घृणित कामका कारणले मैले देशलाई उजाड र बेकामको तुल्याएपछि तिनीहरूले म परमप्रभु हुँ भन्ने जान्नेछन् ।
24“ए मानिसको छोरो, त्यसलाई भन्, 'तँ शुद्ध नगरिएको देश होस् । क्रोधको दिनमा त्यहाँ वर्षा हुँदैन ।
31त्यसपछि आफ्ना दुष्ट चालहरू र आफ्ना कामहरू जो असल थिएनन् सो तिमीहरूले याद गर्नेछौ, र तिमीहरूका आफ्ना पापहरू र आफ्ना घिनलाग्दा कामहरूका कारणले तिमीहरूले आफ्ना अनुहारहरूमा घृणा प्रदर्शन गर्नेछौ ।
36जसरी मिश्रदेशको उजाड-स्थान मैले तिमीहरूका पुर्खाहरूको न्याय गरें, त्यसरी नै म तिमीहरूको न्याय म गर्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
12तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ, जसका विधिहरूमा तिमीहरू हिंडेका, र जसका नियमहरू तिमीहरूले पालन गरेका छैनौ । बरु, तिमीहरूका वरिपरि भएका जातिहरूका विधिहरू तिमीहरू पालन गरेका छौ ।”