यहेज्केल 21:19
“ए मानिसको छोरो, बेबिलोनका राजाको तरवार आउनलाई दुई वटा बाटो रोज् । ती दुवै बाटो एउटै देशबाट सुरु हुनेछन् र तीमध्ये एउटामा सहरतिर जाने चिन्ह हुनेछ ।
“ए मानिसको छोरो, बेबिलोनका राजाको तरवार आउनलाई दुई वटा बाटो रोज् । ती दुवै बाटो एउटै देशबाट सुरु हुनेछन् र तीमध्ये एउटामा सहरतिर जाने चिन्ह हुनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
20अम्मोनीहरूको सहर रब्बामा बेबिलोनी फौज आउनलाई एउटा बाटोमा निशाना बनाइदे । अर्कोमा तिनै फौजलाई यहूदामा र किल्ला भएको यरूशलेम सहरमा आउनलाई एउटा निशाना बनाइदे ।
21किनभने बेबिलोनका राजा जोखना हेर्नलाई चौबाटोमा, दोबाटोमा खडा हुनेछ । त्यसले केही काँडहरू चालाउनेछ र मूर्तिहरूसित सल्लाह लिनेछ, र त्यसले कलेजो जाँच्नेछ ।
22यसको विरुद्धमा भत्काउने मूढा राख्नलाई, गला खोलेर मार्ने हुकुम दिनलाई, युद्धको आवाज सुनाउलाई, मूल ढोका भत्काउने ठुला-ठुला मूढाहरू लाउनलाई, घेरा-मचान खडा गर्नलाई त्यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ ।
18परमप्रभुको वचन फेरि पनि यसो भनेर मकहाँ आयो,
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
2“ए मानिसको छोरो, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्थानहरूका विरुद्धमा बोल् । इस्राएल देशको विरुद्धमा अगमवाणी गर् ।
3इस्राएल देशलाई यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः हेर्, म तेरो विरुद्धमा छु । म आफ्नो तरवार त्यसको म्यानबाट थुत्नेछु र तेरा धर्मी मानिस र दुष्ट मानिस दुवैलाई काट्नेछु ।
4धर्मी र दुष्ट दुवैलाई म खतम गर्नलाई दक्षिणदेखि उत्तरसम्म हरेक प्राणीको विरुद्ध मेरो तरवार म्यानबाट निस्कनेछ ।
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
2“अब ए मानिसको छोरो, के तँ न्याय गर्छस्? के तँ त्यो रगतको सहरको न्याय गर्छस्? त्यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे ।
14अब ए मानिसको छोरो, अगमवाणी बोल् र आफ्ना हातले ताली बजा, किन तरवारले तेस्रो पल्ट पनि आक्रमण गर्नेछ । एक-एक जनालाई मार्ने तरवार । यो तरवार धेरै जनालाई मार्न र हरेक दिशाबाट तिनीहरूलाई छेड्नलाई हो ।
15तिनीहरूका हृदयहरू गलाउन र तिनीहरूका ढल्नेहरूको संख्या बढाउन, तिनीहरूका सबै ढोकामा मैले मार्नलाई तरवार राखेको छु । बिजुलीजस्तै चम्कनलाई त्यो बनाइएको छ, मार्नलाई त्यो समातिएको छ ।
16ए तरवार, दाहिनेतिर हान् । र देब्रेतिर प्रहार गर् । तेरो धार जता फर्काइन्छ त्यतै जा ।
8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
9“ए मानिसको छोरो, अगमवाणी बोल् र यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः “भन्: एउटा तरवार, एउटा तरवार! त्यो धारिलो र चम्किलो हुनेछ ।
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2“ए मानिसको छोरा, तेरा मानिसहरूलाई यो घोषणा गर् । तिनीहरूलाई यसो भन्, ‘जब म आफ्नो तरवारलाई कुनै देशको विरुद्धमा उठाउँछु, तब त्यस देशका मानिसहरूले आफूमध्ये एक जनालाई लिन्छन् र उसलाई आफ्ना रक्षक बनाउँछन् ।
8“यी मानिसलाई तैंले यसो भन्नुपर्छ, 'परमप्रभु यसो भन्नुहुन्छः हेर, मैले तिमीहरूका सामु जीवनको मार्ग र मृत्यको मार्ग प्रस्तुत गर्न लागेको छु ।
9यस सहरमा बस्ने कुनै पनि व्यक्ति तरवार, अनिकाल र विपत्तिले मर्नेछ, तर यहाँबाट बाहिर निस्केर जाने र तिमीहरूका विरुद्धमा घेराबन्दी गर्ने कल्दीहरूका सामु आफ्ना घुँडा टेक्ने कुनै पनि व्यक्ति बाँच्नेछ । उसले आफ्नो प्राण बचाउनेछ ।
10किनकि भलाइ होइन र विपत्ति ल्याउनलाई मैले यस सहरको विरुद्धमा आफ्नो अनुहार फर्काएको छु, यो परमप्रभुको घोषणा हो । यसलाई बेबिलोनका राजाको हातमा दिइएको छ, र उसले यसमा आगो लगाउनेछ ।'
21फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
28यसैले, ए मानिसको छोरो, तँ अगमवाणी बोल् र यसो भन्, 'अम्मोनका मानिसहरूमा आउन लागेको अपमानको बारेमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः एउटा तरवार, एउटा तरवार तरवार थुतिएको छ । नष्ट गर्नलाई त्यसमा धार लगाइएको छ । त्यसैले त्यो बिजुलीझैं हुनेछ!
11किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ ।
2यस्तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्नेछन्, 'हामी कहाँ जाने?' तब तैंले तिनीहरूलाई भन्नुपर्छ, 'परमप्रभु यसो भन्नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।'
1¶ “तर ए मानिसको छोरो, आफ्नो निम्ति एउटा इँट लिएर त्यो तेरो सामु राख् । त्यसपछि त्यसमाथि यरूशलेमको नक्सा बना ।
2तब त्यसका चारैतिर घेरा हाल्, र त्यसको विरुद्धमा किल्लाहरू बना । त्यसको वरिपरि घेरा-मचान खडा गर्, र त्सको वरिपरि छाउनी बना । त्यसलाई आक्रमण गरी भत्काउने मूढाहरू राख् ।
20त्यसपछि परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,
1¶ “तब ए मानिसको छोरो, आफ्नो लागि हजामको छुराजस्तै एउटा धारिलो तरवार ली र त्यसको धारले आफ्नो कपाल र दाह्री खौरी, त्यसपछि जोख्नलाई तराजू ली, र तेरो कपाललाई भाग लगा ।
2घेराबन्दीका दिन समाप्त हुन्छन्, तब रौंको एक तिहाइलाई सहरभित्र आगोमा जलाइदे, र अर्को एक तिहाइलाई चाहिं सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पारिदे । अनि बाँकी एक तिहाइचाहिं हावामा उडाइदे, र मानिसहरूलाई केद्न म तरवार थुत्नेछु ।
12ए मानिसको छोरो, गुहार माग् र विलाप गर् । किनकि त्यो तरवार मेरा मानिसहरूका विरुद्धमा आएको छ । त्यो इस्राएलका सबै अगुवाको विरुद्धमा छ। तिनीहरूलाई मेरा मानिसहरूसँगै तरवारमा फालिएका छन् । यसकारण आफ्नो तिग्रा ठटा ।
2“ए मानिसको छोरो, आफ्नो निम्ति आजको दिन, आजकै मिति लेख्, किनकि आजकै दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हालेको छ ।
1¶ तब उहाँले ठुलो सोरमा कराएर यसो भन्नुभएको मैले सुनें, “रक्षकहरू हरेकले आफ्ना हातमा नष्ट गर्ने हतियार लिएर सहरमा आऊन् ।”
15त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
24हेर्नुहोस्, यो सहर कब्जा गर्नलाई घेर-मचान सहरसम्मै आइपुगेको छ । तरवार, अनिकाल, विपत्तिको कारणले यो सहरको विरुद्धमा लडाइँ गर्ने कल्दीहरूको हातमा यसलाई दिइएको छ । किनकि जे हुनेछ भनी तपाईंले भन्नुभयो, त्यो हुँदैछ, र तपाईंले त्यो हेर्दै हुनुहुन्छ ।
23परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
17त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ भयो,
11तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
12“विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्छ भनी तिमीहरू जान्दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्यो ।
36त्यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ,' भनेर तिमीहरूले भन्दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ ।
12बेबिलोनका पर्खालहरूमा झण्डा फहराओ । गार्डहरूलाई सजग बनाओ । पहरेदारहरू खडा गर । लुकेर हमला गर्ने ठाउँहरू तयार गर । किनभने बेबिलोनको विषयमा परमप्रभुले जे भन्नुभएको छ, त्यो उहाँले गर्नुहुनेछ ।
3यसकारण ए मानिसको छोरो, निर्वासित भएको व्यक्तिझैं आफ्ना सामान पोको पार्, र दिउँसै तिनीहरूले देख्ने गरी जान सुरु गर्, किनकि तिनीहरूकै सामु तँलाई म निर्वासित तुल्याउनेछु । तिनीहरू विद्रोही घराना भए तापनि शायद तिनीहरूले बुझ्लान् ।
19परमप्रभुले मलाई यसो भन्नुभयो, “जा र मानिसहरूका मूल ढोकामा खडा हो, जहाँबाट यहूदाका राजाहरू प्रवेश गर्छन् र जहाँबाट तिनीहरू बाहिर निस्कन्छन् । त्यसपछि यरूशलेमका अन्य सबै ढोकामा खडा हो ।
11परमप्रभुको वचन फेरि मकहाँ यसो भनेर आयो,
19तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन्?
4यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर । ए मानिसको छोरो, अगमवाणी गर ।”
10परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: त्यो दिन यसो हुनेछ, तेरो हृदयमा योजनाहरू बन्नेछन्, र तैंले दुष्ट युक्तिहरू रच्नेछस् ।’
4किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, म तँ र तेरा सबै प्रियलाई त्रासको वस्तु बनाउनेछु, किनकि तिनीहरू आफ्ना शत्रुहरूका तरवारले ढालिनेछन्, र तेरै आँखाले यो देख्नेछस् । सारा यहूदालाई बेबिलोनका राजाको हातमा म दिनेछु । त्यसले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लानेछ वा तरवारले आक्रमण गर्नेछ ।
2“परमप्रभु यसो भन्नुहुन्छः यस सहरमा बस्ने कुनै पनि व्यक्ति तरवार, अनिकाल र विपत्तिले मारिनेछ । तर निस्केर कल्दीहरूकहाँ जाने कुनै पनि व्यक्ति बाँच्नेछ । त्यसले आफ्नो प्राण बचाउनेछ, र जिउनेछ ।
3परमप्रभु यसो भन्नुहुन्छः यो सहर बेबिलोनका राजाको सेनाको हातमा दिइनेछ, र उसले यसलाई कब्जा गर्नेछ ।”
6किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, “जा, एक जना पहरेदार राख । उसले जे देख्छ सो बताउनुपर्छ ।