यहेज्केल 23:31
तँ आफ्नी दिदीकै चालमा हिंडेकी छेस्, यसैले त्यसको दण्डको कचौरा म तेरो हातमा दिनेछु ।'
तँ आफ्नी दिदीकै चालमा हिंडेकी छेस्, यसैले त्यसको दण्डको कचौरा म तेरो हातमा दिनेछु ।'
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
32परमप्रभु यसो भन्नुहुन्छ, ‘तैंले तेरी दिदीको कचौरा पिउनेछस्, जो ठुलो र गहिरो छ । तँ गिल्ला पात्र र हाँसोको विषय हुनेछेस्— यो कचौरामा धेरै अट्छ ।
33मतवालापन र दुःखले, त्रास र विनाशको कचौराले तँ पूर्ण हुनेछेस् । तेरी दिदी सामरियाको कचौरा ।
34तैंले त्यो पिउनेछेस् र त्यसलाई रित्तो पार्नेछेस् । त्यसपछि तैंले त्यो कचौरा टुक्रा-टुक्रा पार्नेछेस्, र ती टुक्राले आफ्ना स्तनहरू काट्नेछेस् । किनकि मैले नै यो घोषणा गरेको हुँ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।'
35यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्नो लज्जास्पद व्यवहार र यौनको अनैतिक कामहरूका दुष्परिणामहरू तैंले सहनुपर्नेछ' ।”
30वेश्याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।
45तँ आफ्नी आमाकी छोरी होस्, जसले आफ्नै पति र छोराछोरीलाई घृणा गरी, अनि आफ्नी दिदीहरूकी बहिनी होस् जसले आफ्नै पति र छोराछोरीलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो ।
46तेरी दिदी सामरिया थिई र त्यसका छोरीहरू उत्तरमा बस्थे, तेरी बहिनीचाहिं तेरो दक्षिणपट्टि बस्थी, अर्थात् सदोम र त्यसका छोरीहरू थिए ।
47तँ तिनीहरूका चालमा मात्र चलिनस् र तिनीहरूका घिनलाग्दा व्यवहारहरू र अभ्यासहरू मात्र नक्कल गरिनस् तर तेरा सबै चालमा तँ तिनीहरूभन्दा झन् भ्रष्ट भएको छस् ।
48जस्तो म जीवित छु, यो परमप्रभु परमेश्वरको घोषणा हो, तँ र तेरा छोरीहरूले जति धेरै दुष्टता गरेका छौ त्यति तेरी बहिनी सदोम र त्यसका छोरीहरूले गरेनन् ।
57तेरो दुष्टता प्रकट हुनुअघि । तर अहिले तँ एदोमका छोरीहरू र त्यसका वरिपरिका पलिश्तीहरूका छोरीहरूका बिचमा गिल्लाको पात्र बनेको छस् । मानिसहरूले तँलाई घृणा गर्छन् ।
58तैंले आफ्नो निर्लज्जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
61तब तैंले आफ्ना चालहरू सम्झनेछस् र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन ।
22परमप्रभु तेरा परमेश्वर, आफ्ना मानिसहरूका निम्ति बहस गर्नुहुने परमेश्वर यसो भन्नुहुन्छ, “हेर्, मैले तेरो हातबाट धरमराउने कचौरा— मेरो क्रोधको कचौरा— लिएको छु, ताकि तैंले फेरि त्यो पिउनेछैनस् ।
28तब तिनीहरूले पिउनलाई तेरो हातबाट कचौरा लिन इन्कार गरे भने, तैंले तिनीहरूलाई यसो भन्नू, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः तिमीहरूले निश्चय पनि यसलाई पिउनैपर्छ ।
51सामरियाले पनि तैंले गरेका पापहारूका आधा पनि गरेन । त्यसको साटोमा, तिनीहरूले गरेको भन्दा ज्यादै धेरै घिनलाग्दा काम तैंले गरिस्, र तैंले गरेका यी सबै घिनलाग्दा कामका कारणले तेरा दिदी-बहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् ।
52विशेषगरी तैंले आफ्नो निर्लज्जता देखाउँछेस् । यसरी तैंले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँभन्दा असल थिए भन्ने तैंले देखाइस् । तेरा दिदीबहिनी अब तँभन्दा असल देखिन्छन् । विशेषगरी तैंले आफ्नै निर्लज्जता देखाउँछेस्, किनकि यसरी तेरा दिदीबहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् ।
15किनकि परमप्रभु इस्राएलका परमेश्वरले मलाई यसो भन्नुभयो, “मेरो हातबाट क्रोधको मदिराले भरिएको यो कचौरा लि, र मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा ।
43तैंले आफ्नो युवावस्थाका दिनलाई सम्झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्ड म आफैं तेरो आफ्नै शिरमा खन्याइदिनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्दा व्यवहारहरूमा वेश्यवृति पनि थपेको छैनस् र?
26यौनले उन्मत्त तेरो मिश्रदेशका छिमेकीहरूसित पनि तैंले वेश्यावृत्ति गरेको छस्, र वेश्यावृत्तिका तेरा अरू धेरै कामले मलाई रिस उठाइस् ।
27हेर्, म आफ्नै हातले तँलाई हिर्काउनेछु र तेरो रोटी बन्द गर्नेछु । तेरो जीवन म तेरा शत्रुहरू, पलिश्तीहरूका छोरीहरूका हातमा सुम्पिदिनेछु जो तेरा घिनलाग्दा व्यवहार देखेर लज्जित भएका थिए ।
28तैंले अश्शूरीहरूसित पनि वेश्यावृत्ति गरिस्, किनभने तँ तृप्त हुन सकिनस् । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्ट भइनस् ।
38किनकि व्यभिचार र रगतको बगाएको निम्ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु ।
39तँलाई तिनीहरूका हातमा म सुम्पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्काउनेछन् र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन् र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन् ।
9यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।
11त्यसकी बहिनी ओहोलिबाले त्यो कुरा देखी, तर त्यो झन् बढी कामुक भई र आफ्नी दिदीभन्दा पनि बढी वेश्यावृत्तिको काम गर्न लागी ।
28किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः 'हेर्, म तँलाई उनीहरूकै हातमा दिनेछु, जसलाई तँ घृणा गर्छेस्, उनीहरूकै हातमा जसबाट तँ टाढा भएकी थिइस् ।
15तर तेरो आफ्नो सौन्दर्यमा तैंले भरोसा राखिस् र तेरो ख्यातिको कारणले तैंले एक वेश्याले झैं काम गरिस् । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्नो काम तैंले गरिस्, ताकि तेरो सौन्दर्य उसको भयो ।
55तेरी बहिनी सदोम र त्यसका छोरीहरू पहिलेको अवस्थामा फर्किनेछन्, र सामरिया र त्यसका छोरीहरू आफ्नो पहिलेको अवस्थामा फर्किनेछन् । त्यसपछि तँ र तेरा छोरीहरू आफ्नो पहिलेको अवस्थामा फर्किनेछौ ।
17मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्नो निम्ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्याले झैं काम गरिस् ।
35यसकारण ए वेश्या, परमप्रभुको वचन सुन् ।
36परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्नता देखाएको छस्, र तेरा सबै घिनलाग्दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्ना छोराछोरीका रगत चढाएको छस्,
12किनकि परमप्रभु यसो भन्नुहुन्छ, “हेर, कचौरा पिउनु नपर्नेले त निश्चय नै केही पिउनैपर्छ । के तँचाहिं दण्डविना उम्कन्छस् भनी सोच्छस्? तँ उम्कने छैनस्, किनकि तैंले निश्चय नै पिउनेछस् ।
17त्यसपछि बेबिलोनीहरू त्यसकहाँ त्यसको कामुक ओच्छ्यानमा आए र आफ्ना छाडा यौनले तिनीहरूले त्यसलाई अशुद्ध पारे । त्यसले जे गरेकी थिई त्यसद्वारा त्यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्यो उनीहरूसँग टाढा भई ।
18जब त्यसले आफ्ना वेश्यावृत्तिका कामहरू गरी र आफ्नो नग्नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्यसकी दिदीसँग म टाढा भएको थिएँ, त्यसरी नै म त्योसँग पनि टाढा भएँ ।
30तेरो हृदय कति बिरामी छ— यो परमप्रभु परमेश्वरको घोषणा हो— कि एक निर्लज्ज वेश्याका कामहरू जस्ता यी सबै कुराहरू तैंले गरिस्?
31हरेक गल्लीको मोडमा आफ्नो डाँडाका थानहरू र हरेक सार्वजनिक ठाउँमा तैंले गुमज पुजाकोठा बनाइस् । तापनि तँ वेश्याजस्तो थिइनस्, किनभने ज्याला लिन तैंले इन्कार गरिस् ।
17त्यसैले मैले परमप्रभुको हातबाट कचौरा लिएँ, र ती सबै जाति जसकहाँ परमप्रभुले मलाई पठाउनुभएको थियो, मैले तिनीहरूलाई पिउन लगाएँ,
18र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।
4तैंले बगाएको रगतको कारणले तँ दोषी भएको छस्, र तैंले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस् । तैंले आफ्ना दिनहरूको अन्त्य गरेको छस्, र तेरा वर्षहरूको अन्त्य आएको छ । यसैकारण म तँलाई जातिहरूका बिचमा गिल्ला र सबै देशमा हाँसोको पात्र बनाउनेछु ।
43तब व्भिचारले दिक्क भएकी स्त्रीको विषयमा मैले यसो भनें, 'अब उनीहरू त्यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्यसले उनीहरूसँग गर्नेछे ।’
17ए यरूशलेम जाग्, जाग्, खडा हो, तिमीहरू जसले परमप्रभुको हातको क्रोधको कचौरा पिएर मातेका छौ । तिमीहरू जसले कचौराबाट पिएका छौ र धरमराउने कचौराबाट रित्तिने गरी पिएका छौ ।
13हेर्, तैंले अन्यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्नो हातले प्रहार गरेको छु ।
7मैले भनें, “यी सबै कुरा गरेपछि त्यो म कहाँ फर्कन्छे', तर त्यो फर्किन । तब त्यसकी विश्वासहीन बहिनी यहूदाले यी सबै देखी ।
11आफ्नो छिमेकीकी पत्नीसँग घिनलाग्दा काम गर्ने मानिसहरू, र आफ्नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्नै बहिनीहरू—आफ्ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् ।
21हे ऊज देशमा बस्ने एदोमकी छोरी, रमा, र खुसी हो । तर तँलाई त्यो कचौरा पनि दिइने छ । तँ मात्नेछेस्, र नाङ्गो पारिने छेस् ।
15मेरी प्रिय जससित धेरै दुष्ट मनसाय थिए, त्यो किन मेरो मन्दिरमा छे? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्ट कामहरूको कारणले तँ आनन्द मनाउँछस् ।
16तँ महिमाले होइन तर शर्मले भरिनेछस् । अब यो तेरो पालो हो! पिई र आफ्नो गुप्तांग देखा! परमप्रभुको दाहिने हातमा भएको कचौरा तँकहाँ आउँदै छ, र कलंकले तेरो महिमालाई ढाक्नेछ ।
26त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्ताङ्ग देखिनेछ ।
9त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी ।
10तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।