यहेज्केल 27:16

अनलक शाब्दिक बाइबल

तेरा धेरै उत्‍पादनमा अरामले व्‍यापार गर्‍यो । तिनीहरूले तँलाई फिरोजा, बैजनी, रङ्ग लगाइएका वस्‍त्र, मलमलका कपडा, मूगा-मोती र मानिक तेरा व्‍यापारका सामानको रूपमा उपलव्‍ध गराए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 10:6 : 6 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गरेका कुरामाथि तिनीहरूले झमै थप गरे र बाल देवताहरू र अश्तोरेत देवीहरू, अरामका देवताहरू, सीदोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू र पलिश्तीहरूका देवीहरूको पुजा गरे । तिनीहरूले परमप्रभुलाई त्यागे र फेरि उहाँको आराधना गरेनन् ।
  • यहे 28:13 : 13 परमेश्‍वरको बगैंचा अदनमा तँ थिइस्‌ । हरेक बहुमूल्‍य पत्‍थरले तँ सिंगारिएको थिइस्‌: मानिक, पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्‌ । तेरा साज-सज्‍जा र प्रदर्शन सुनले बनेका थिए । तेरो सृष्‍टि भएको दिनमा नै ती तयार पारिएका थिए ।
  • उत्प 10:22 : 22 एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।
  • उत्प 28:5 : 5 यसरी इसहाकले याकूबलाई पठाए । तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए ।
  • २ शमू 8:5 : 5 जब दमसकसका आरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्न आए, तब दाऊदले बाइस हजार आरामी पुरुषलाई मारे ।
  • २ शमू 10:6 : 6 जब अम्‍मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्‍ने थाहा पाए, अम्‍मोनका मानिसहरूले दूतहरू पठाए र बेथ-रहोब र सोबाका बिस हजार आरामी पैदल सिपाही, दश हजार सिपाहीसहित माकाका राजा र बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए ।
  • २ शमू 15:8 : 8 किनकि तपाईंको दासले अरामको गशूरमा बस्दा यसो भनेर एउटा भाकल गरें, “परमप्रभुले मलाई यरूशलेममा ल्याउनुभयो भने, म परमप्रभुको आराधना गर्ने छु ।”
  • यशा 7:1-8 : 1 ¶ उज्‍जियाहको नाति, योतामका छोरा यहूदाको राजा आहाजको समयमा, अरामका राजा रसीन, र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा युद्ध गर्न माथि गए, तर तिनीहरू त्‍यसको विरुद्धमा विजयी हुन सकेनन् । 2 अरामले एफ्राइमसँग सन्‍धी गर्‍यो भनी दाऊदको घरानालाई बताइयो । तिनको हृदय काँप्यो, अनि तिनका मानिसहरूका हृदय जङ्गलका रुखहरू हावाले हल्लाएझैं काँप्यो । 3 तब परमप्रभुले यशैयालाई भन्‍नुभयो, “तेरो छोरा शार्यासूबलाई साथमा लिएर आहाजलाई भेट्न धोबीको खेत जाने बाटोमा माथिल्लो पोखरीको नहरको छेउमा जा । 4 उसलाई भन्, 'होसियार होऊ, शान्त बस, नडराऊ, रेसीन र अराम अनि रमल्याहको छोरा पेकहको भयङ्कर रिसको बलिरहेको अगुल्टोद्वारा त्रसित नहोऊ । 5 अराम, एफ्राइम र रमल्याहको छोराले तिम्रो विरुद्धमा खराब योजना गरेका छन् । तिनीहरूले भनेका छन्, 6 “हामी यहूदालाई आक्रमण गरौं र त्यसलाई त्रसित बनाऔं, र हामी त्यसभित्र पसौं र ताबेलका छोरालाई त्‍यहाँ हाम्रा राजा बनाऔं ।” 7 परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “त्‍यो कुरा हुन आउनेछैन । त्‍यस्‍तो हुनेछैन, 8 किनभने अरामको मुख्‍यालय दमसकस हो र दमसकसको मुखिया रेसीन हो । पैंसट्ठी वर्षभित्र, एफ्राइम टुक्रा-टुक्रा हुनेछ र त्यसमा कोही मानिस हुनेछैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 27:17-27
    11 पदहरू
    84%

    17यहूदा र इस्राएलको देशले तँसित व्‍यापार गर्दैथिए । तिनीहरूले तँलाई मिन्‍नीतको गहूँ, रोटी, मह, तेल र लेप तेरा व्यापारका सामानका रूपमा उपलव्‍ध गराए ।

    18तेरा सबै उत्‍पादन, धेरै धन-सम्‍पत्ति, र हेलबोनको दाखमद्य र जाहारको ऊनको व्यापारी दमस्‍कस थियो ।

    19इजालका दान र यावानले तँलाई फलाम, तेजपात र बोझो दिए । यी तेरा व्यापारका माल बने ।

    20ददानले तँसित घोडाका जीनपोशको व्‍यापार गर्‍यो ।

    21अरब देश र केदारका सबै मुखियाहरू तँसँग व्‍यापार गरे । तिनीहरूले थुमा, भेडा र बाख्रा उपलब्ध गराए ।

    22हरेक असल मसला र सबै किसिमका बहुमूल्‍य रत्‍नहरू बेच्‍न शेबा र रामाहका व्‍यापारीहरू तँकहाँ आए । व्‍यापारका सामानको रूपमा तिनीहरूले तँलाई सुन दिए ।

    23शेबा, अश्‍शूर र किल्‍मदसँगै हारान, कन्‍नेह र अदनका व्‍यापारीहरूले तँसित व्‍यापार गरे ।

    24नीलो रङ्गका कपडा, बुट्टादार कपडाहरू,र डोरीहरूले बाँधेर रङ्गीचङ्गी र बुट्टादार राडीपाखी र राम्ररी बुनेका लुगा तेरा बजारमा बेच्‍नेहरू यिनीहरू नै थिए ।

    25तर्शीशका जहाजहरूले तेरा व्‍यापारका सामानहरू ढुवानी गर्थे । समुद्रका बिचमा व्‍यापारका सामानले तँ भरिपूर्ण, गह्रौं भएको थिइस् ।

    26तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन् । पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्‍वंस पारेको छ ।

    27तेरा धन-सम्‍पत्ति, सामान र व्‍यापारका माल । तेरा माझीहरू र तेरा नावीहरू, र जहाज बनाउनेहरू । तेरा व्‍यापारीहरू र तँसँग भएका तेरा युद्धका योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो सर्वनाशको दिनमा समुद्रको गहिरोमा डुब्‍नेछन्‌ ।

  • यहे 27:2-15
    14 पदहरू
    83%

    2“अब ए मानिसको छोरो, टुरोसको विषयमा विलाप सुरु गर्‌ ।

    3र समुद्रको ढोकामा हुने, धेरैवटा टापुमा बस्‍ने मानिसहरूमा व्‍यापार गर्ने टुरोसलाई यसो भन्, परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छः 'ए टुरोस, तैंले भनेको छस्, “म सुन्दरतामा सिद्ध छु ।'

    4तेरा सिमानाहरू समुद्रको बिचमा छन् । तँलाई निर्माण गर्नेहरूले तँलाई पूर्ण रूपले सुन्‍दर बनाए ।

    5तिनीहरूले तेरा सबै काठपात हर्मन पर्वतका सल्‍लाहरूबाट बनाए । तिनीहरूले तेरा लागि मस्‍तूल बनाउनलाई लेबनानको देवदारु ल्‍याए ।

    6तेरा पतवारहरू तिनीहरूले बाशानबाट ल्‍याएका फलाँटबाट बनाए । साइप्रसका सल्‍लाका काठले तिनीहरूले जहाजका तला बनाए, र त्‍यसलाई हस्‍ती-हाडको जलप लगाए ।

    7तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपडाबाट बनेको थियो । त्‍यसैले तेरो झन्‍डाको काम गर्‍यो । एलीशाहको किनारका नीलो र बैजनी रङ्गका कपडा तेरो चँदुवाका निम्‍ति प्रयोग भए ।

    8सीदोन र अर्वादमा बस्‍ने मानिसहरू तेरा पतवार चलाउनेहरू थिए । टुरोसका ज्ञानीहरू तँसँग थिए । तिनीहरू तेरा नावीहरू थिए ।

    9गबालका दक्ष अनुभवी कारीगरहरू तँसित जहाजमा थिए । समुद्रका सबै जहाजहरू र तिनका नाविकहरूले व्यापारका निम्ति तेरा सामान ल्याउँथे ।

    10फारस, लूद र पूतका मानिसहरू तेरो फौजमा तेरा योद्धहरू थिए । तिनीहरूले आ-आफ्‍ना ढाल र टोप तँभित्रै टाँगे । तिनले तेरो गौरव दर्शाए ।

    11तेरा फौजका अर्वाद र हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि थिए । गमादका मानिसहरू तेरा धरहरामा थिए । तिनीहरूले आ-आफ्‍ना ढाल तेरा चारैतिरका पर्खालमा टाँगे । तिनीहरूले तेरो सुन्‍दरता पूर्ण बनाए ।

    12तँसँग बेच्नको निम्ति चाँदी, फलाम, जस्‍ता र सीसाजस्ता सामानका प्रशस्‍त धनसम्‍पत्ति भएको कारणले तर्शीश तेरो व्‍यापारको साझेदार थियो । तिनीहरूले तेरा मालसामान किने र बेचे ।

    13यावान, तूबल र मेशेकले तँसित कमारा-कमारी र काँसाका भाँडाहरूको व्‍यापार गरे । तिनीहरूले तेरा सामानका कारोबार गरे ।

    14बेथ-तोगर्माका मानिसहरूले तेरो व्‍यापारको सामानको रूपमा घोडाहरू, सुमारेका घोडाहरू र खच्‍चरहरू दिए ।

    15तेरा किनारहरूमा रोडसका मानिसहरू तेरा व्‍यापारीहरू थिए । व्यापारका सामानहरू तेरा हातमा थिए । तिनीहरूले तँलाई सीङ्, हस्‍ती हाड र अब्‍नुसको काठ दाम रूपमा दिए ।

  • यहे 27:32-34
    3 पदहरू
    80%

    32तेरो निम्‍ति तिनीहरूले विलाप गर्नेछन्, र तँलाई हेरेर तिनीहरूले शोकगीत गाउनेछन् । टुरोस जस्तै को छ, जो समुद्रको बिचमा चुप शान्‍त पारिएको छ ।

    33जब समुद्र किनारमा तेरा व्‍यापारका माल जान्‍थे, तिनले धेरै जना मानिसलाई सन्‍तुष्‍ट पार्थे । तेरा धेरै धन-सम्‍पत्ति र व्‍यापारका मालले तैंले पृथ्‍वीका राजाहरूलाई धनी तुल्‍याइस्‌ ।

    34तर समुद्रले गहिरो पानीले जब तँलाई ध्वंस पार्‍यो, तब तेरा तेरा मालहरू र तेरा सबै चालक दल डुबे ।

  • प्रका 18:11-16
    6 पदहरू
    80%

    11पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्नेछन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्‍नेछैन ।

    12सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, चहकिलो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर,

    13तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव आत्माहरू ।

    14तेरो सबै शक्‍तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् ।

    15यी सामानका व्‍यापारीहरू जसले व्‍यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने र चर्को गरी विलाप गर्नेछन् ।

    16तिनीहरूले भन्‍नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् ।

  • यहे 16:10-14
    5 पदहरू
    76%

    10तँलाई बुट्टादार वस्‍त्र पहिराएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाएँ । मैले तँलाई मलमलको कपडामा बेह्रें, र रेशमी लुगाले तँलाई ढाकें ।

    11त्यसपछि मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाएँ, र तेरो गलामा सिक्री पहिराएँ ।

    12मैले तेरो नाकमा नत्‍थ लगाएँ र कानमा लुर्का लगाएँ, तेरो शिरमा सुन्‍दर मुकुट पहिराएँ ।

    13यसरी तँ सुन र चाँदीले आभूषित भइस्, र तैंले मलमल र रेशमी र बुट्टादार कपडा लगाइस् । तैंले मसिनो पीठो, मह र भद्राक्षको तेल खाइस्, र तँ अत्‍यन्‍तै सुन्‍दरी थिइस्, र तँ रानी भइस्‌ ।

    14तेरो सौन्‍दर्यको कारणले तेरो ख्‍याति जातिहरूका बिचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्‍दर्य सिद्ध थियो—यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • यहे 28:12-13
    2 पदहरू
    73%

    12“ए मानिसको छोरो, टुरोसका राजाको निम्‍ति विलाप गर्, र त्‍यसलाई भन्‌: 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँ सिद्धताको नमूना, अनि बुद्धिले पूर्ण र सुन्‍दरमा सिद्ध थिइस् ।

    13परमेश्‍वरको बगैंचा अदनमा तँ थिइस्‌ । हरेक बहुमूल्‍य पत्‍थरले तँ सिंगारिएको थिइस्‌: मानिक, पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्‌ । तेरा साज-सज्‍जा र प्रदर्शन सुनले बनेका थिए । तेरो सृष्‍टि भएको दिनमा नै ती तयार पारिएका थिए ।

  • 5ठुलो बुद्धि र आफ्‍नो व्यापारले तैंले आफ्‍नो धन-सम्‍पत्ति बढाएको छस् । यसैले आफ्‍नो धन-सम्‍पत्तिको कारणले तेरो हृदय अहंकारी छ ।

  • 8मुकुटहरू दिने टुरोसको विरुद्धमा यो योजना कसले बनाएको हो, जसका व्यापारीहरू शासकहरू छन्, जसका व्यापारीहरू पृथ्वीमा नै आदरणिय छन्?

  • 9तर्शीशबाट पिटिएका चाँदी अनि उपज देशबाट सुनारहरू, शुद्ध पार्नेका हातद्वारा बनाइएका सुन तिनीहरूले ल्याउँछन्, तिनीहरूका वस्‍त्रहरू निलो र बैजनी कपडा हुन् । तिनीहरूका सिपालु मानिसहरूले यी सबै कुरा बनाए ।

  • 5किनकि तिमीहरूले मेरो चाँदी र सुन लग्‍यौ, र मेरा बहुमुल्य धनसम्पत्ति तिमीहरूले आफ्ना मन्दिरहरूमा लग्‍यौ ।

  • यहे 16:16-18
    3 पदहरू
    70%

    16तब आफ्‍ना केही वस्‍त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँडाका थानहरू बनाइस्, र त्‍यहीं नै तैंले वेश्‍याले झैं व्यवहार गरिस् । यस्‍तो नहुनुपर्थ्‍यो । न त यस्तो कुराको अस्तित्वमा हुनुपर्थ्यो ।

    17मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्‍नो निम्‍ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्‍याले झैं काम गरिस्‌ ।

    18तैंले आफ्‍ना बुट्टादार कपडाहरू लिइस् र तिनीहरूलाई ढाकिस् र मेरो तेल र अत्तर तैंले तिनीहरूका अगि चढाइस्‌ ।

  • 18त्यसका नाफाहरू र कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछ । ती भण्डारमा राखिने वा कोषमा जम्‍मा गरिने छैन, किनकि त्यसका नाफाहरू पमप्रभुको उपस्थितिमा बस्‍नेहरूलाई दिइनेछ र तिनीहरूलाई प्रशस्त खाना आपुर्ती गर्न प्रयोग गरिनेछ, र यसरी तिनीहरूसँग उत्तम गुणस्तर लुगा हुनेछ ।

  • 18तेरा धेरै पाप र बेईमान व्‍यापारको कारणले तैंले आफ्‍ना पवित्र ठाउँहरूलाई बिटुलो पारेको छस्‌ । यसैले मैले तँबाटै एउटा आगो निकालेको छु । त्‍यसले तँलाई भस्‍म पार्नेछ। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्‍टिमा म तँलाई जमिनमा खरानी तुल्‍याउनेछु ।