25यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: अब म आफ्नो पवित्र नाउँको निम्ति जोशसाथ काम गर्दा म याकूबको सुदिन फर्काउनेछु, र इस्राएलका सारा घरानामाथि दया देखाउनेछु ।
26तब तिनीहरूका लाज र तिनीहरूले मलाई धोका दिएका सबै विद्रोह तिनीहरूले नै भोग्नेछन् । तिनीहरू आफ्नो देशमा सुरक्षित बसेको समयामा यी सबै तिनीहरूले बिर्सिनेछन् । त्यहाँ तिनीहरूलाई त्रसित गर्ने कोही हुनेछैन ।
27जब मानिसहरूबाट म तिनीहरूलाई पुनःस्थापित गर्नेछु र तिनीहरूका शत्रुहरूका देशहरूबाट म तिनीहरूलाई भेला गराउनेछु, तब धेरै जातिहरूका नजरमा म आफैंलाई पवित्र देखाउनेछु ।
28तब म परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्, किनकि मैले नै तिनीहरूलाई जातिहरूका बिचमा कैदमा पठाएँ, तर तिनीहरूलाई म तिनीहरूकै देशमा भेला गराउनेछु । तिमध्ये कसैलाई पनि म जातिहरूका बिचमा छोड्नेछैन ।
29इस्राएलको घरानामा मैले आफ्नो आत्मा खन्याउँदा, म फेरि तिनीहरूबाट आफ्नो मुहार लुकाउनेछैनँ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”