यहेज्केल 29:18

अनलक शाब्दिक बाइबल

ए मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा कडा परिश्रम गर्नलाई आफ्‍नो फौजले तयार राख्‍यो । हरेकको टाउको तालु खुइले नभएसम्म दलियो र हरेक कुमलाई खस्रो पारियो । तापनि टुरोसको विरुद्धमा त्‍यसले गरेको परिश्रमको सट्टा त्‍यसले र त्‍यसको सेनाले केही इनाम पाउन सकेनन्‌ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 27:6 : 6 त्यसैले अब म आफैले यी सबै देश मेरो दास, बेबिलोनका राजा नबूकदनेसरको हातमा दिंदैछु । साथै, त्यसको सेवा गर्नलाई जमिनका जीवित प्राणीहरू पनि म त्यसलाई दिंदैछु ।
  • यिर्मि 25:9 : 9 हेर्, मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो, तिनीहरूलाई म यस देश र यसका बासिन्दाहरूको विरुद्धमा र तिमीहरूका वरिपरि भएका सबै जातिको विरुद्धमा ल्याउनेछु । किनकि म तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु । म तिनीहरूलाई त्रास, गिल्ला र अनन्तको विनाशको पात्रमा परिणत गरिदिनेछु ।
  • यहे 26:7-9 : 7 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्‍याउनेछु । 8 त्‍यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ । 9 तेरो पर्खालमा हिर्काउनलाई त्‍यसले मूढाहरू राख्‍नेछ, र त्‍यसका हतियारले तेरा धरहराहरू ढाल्‍नेछ । 10 त्‍यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्‍नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्‍केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ । 11 त्‍यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्‍चिनेछ । त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्‍नेछन्‌ । 12 उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, र तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन्‌ र तेरा आरामदायी घरहरू भत्‍काउनेछन्‌ । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्‌ ।
  • यिर्मि 48:37 : 37 किनकि हरेक तालु खुइलेको छ, र हरेक दारी खौरिएको छ । हरेकको हात काटेर चिरिएको छ, र तिनीहरूका कम्मरको चारैतिर भाङ्ग्रा छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 29:19-20
    2 पदहरू
    80%

    19यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्‍यसले उसका धन-सम्‍पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्‍यो त्‍यसको फौजको ज्‍याला हुनेछ ।

    20त्‍यसले मेरो निम्ति गरेको परिश्रमको ज्‍यालाको रूपमा मिश्रदेश मैले त्‍यसलाई दिएको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 17तब सत्ताइसौं वर्षको पहिलो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • यहे 26:7-8
    2 पदहरू
    74%

    7किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्‍याउनेछु ।

    8त्‍यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ ।

  • यिर्मि 27:6-8
    3 पदहरू
    73%

    6त्यसैले अब म आफैले यी सबै देश मेरो दास, बेबिलोनका राजा नबूकदनेसरको हातमा दिंदैछु । साथै, त्यसको सेवा गर्नलाई जमिनका जीवित प्राणीहरू पनि म त्यसलाई दिंदैछु ।

    7किनकि उसको देशको निम्‍ति समय नआएसम्म सबै जातिले ऊ, उसको छोरो र उसको नातिको सेवा गर्नेछन् । त्यसपछि धेरै जातिहरू र महान् राजाहरूले त्यसलाई अधीन गर्नेछन् ।

    8त्‍यसैले बेबिलोनका राजा नबूकदनेसरको सेवा नगर्ने जाति वा राज्य र बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍न नमान्‍ने जोकसैलाई उसको हातद्वारा त्‍यो नष्‍ट नहुञ्जेल म तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, यो परमप्रभुको घोषणा हो ।

  • 14किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनका राजा नबूकदनेसरको सेवा गर्नलाई मैले यी सबै जातिको काँधमा फलामको जुवा राखेको छु, र तिनीहरूले उसको सेवा गर्नेछन् । शासन गर्नलाई मैले उसलाई जङ्गलका वन्यजन्तुहरू पनि दिएको छु' ।”

  • 1¶ बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य र तिनमा भएका सबै मानिसले यरूशलेम र यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः

  • 11किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ ।

  • यहे 28:11-12
    2 पदहरू
    70%

    11परमप्रभुको वचन फेरि मकहाँ यसो भनेर आयो,

    12“ए मानिसको छोरो, टुरोसका राजाको निम्‍ति विलाप गर्, र त्‍यसलाई भन्‌: 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँ सिद्धताको नमूना, अनि बुद्धिले पूर्ण र सुन्‍दरमा सिद्ध थिइस् ।

  • 10परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु ।

  • 9हेर्, मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो, तिनीहरूलाई म यस देश र यसका बासिन्दाहरूको विरुद्धमा र तिमीहरूका वरिपरि भएका सबै जातिको विरुद्धमा ल्याउनेछु । किनकि म तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु । म तिनीहरूलाई त्रास, गिल्ला र अनन्तको विनाशको पात्रमा परिणत गरिदिनेछु ।

  • 31तिनीहरूले तेरो लागि आफ्‍नो कपाल मुण्‍डन गर्नेछन्, र आफूमा भाङ्‌ग्रा बाँध्‍नेछन्, अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् र तिनीहरू कराउनेछन्‌ ।

  • यहे 26:2-4
    3 पदहरू
    69%

    2“ए मानिसको छोरो, किनभने यरूशलेमको विरुद्धमा टुरोस सहरले 'अहा! भनेको छ ।मानिसहरूका ढोकाहरू भत्‍केका छन् । त्‍यो मतिर फेर्केको छ । म भरपूर हुनेछु, किनभने त्‍यो भग्‍नावशेष भएको छ ।'

    3यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘हेर्, ए टुरोस, म तेरो विरुद्धमा छु, र समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्‍याउनेछु ।

    4उनीहरूले टुरोसका पर्खालहरू भत्‍काउनेछन्, र त्‍यसका धरहराहरू ढाल्‍नेछन्‌ । म त्‍यसको धूलो उडाउनेछु र त्यसलाई उजाड चट्टान बनाउनेछु ।

  • 2“अब ए मानिसको छोरो, टुरोसको विषयमा विलाप सुरु गर्‌ ।

  • 69%

    11तर बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍ने र उसको सेवा गर्ने जातिलाई चाहिं आफ्‍नै देशमा विश्राम गर्न म दिनेछु, यो परमप्रभुको घोषणा हो, र तिनीहरूले त्‍यसको खनजोत गर्नेछन्, र त्‍यहाँ आफ्ना घरहरू बनाउनेछन्' ।”

    12त्यसैले यहूदाका राजा सिदकियाहसित मैले बोलें र तिनलाई यो सन्देश दिएँ, “आफ्‍नो काँधमा बेबिलोनका राजाको जुवा थाप र ऊ र उसका मानिसहरूको सेवा गर, अनि तिमी बाँच्नेछौ ।

    13तिमी किन मर्ने—तिमी र तिम्रा मानिसहरू तरवार, अनिकाल र विपत्तिले किन मर्ने, जसरी बेबिलोनका राजाको सेवा गर्न इन्कार गर्ने जातिको विषयमा मैले घोषणा गरेको छु?

  • 1¶ यहोयाकीमको समयमा बेबिलोनका राजा नबूकदनेसरले यहूदालाई आक्रमण गरे । तिन वर्षसम्म यहोयाकीम तिनका सेवक भए । त्यसपछि यहोयाकीम फर्किए र नबूकदनेसरको विरुद्धमा विद्रोह गरे ।

  • 17फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्‍यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्‍छन्‌ र घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्‌ ।

  • 11बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए,

  • 10त्यसपछि तिनीहरूलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले नबूकदनेसरलाई मेरो सेवकको रूपमा बोलाउन सन्देशवाहकहरू पठाउनै लागेको छु । यर्मियाले गाडेका ती ढुङ्गाहरूमाथि म त्यसको सिंहासन बसाल्नेछु । नबूकदनेसरले तीमाथि आफ्नो मण्डप खडा गर्नेछ ।

  • 28यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो ।

  • २ राजा 24:10-11
    2 पदहरू
    68%

    10त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्‍यो र सहरलाई घेरा हाल्‍यो ।

    11बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए,

  • यहे 29:1-2
    2 पदहरू
    68%

    1¶ दशौं वर्षको दशौं महिनामा उक्‍त महिनाको बाह्रौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    2“ए मानिसको छोरो, तेरो मुख मिश्रदेशको राजा फारोतिर फर्का । त्‍यसको विरुद्धमा र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन्‌ ।

  • 14किनकि अरू धेरै जातिहरू र महान् राजाहरूले यी जातिहरूका मानिसहरूलाई कमारा तुल्याउनेछन् । तिनीहरूका कामहरू र तिनीहरूका हातका कार्यहरूका कारण म तिनीहरूलाई बदला लिनेछु ।”

  • 18तँबाट जन्मेका तेरा छोराहरू, जसलाई तँ आफैले हुर्काएको छस्— तिनीहरूले उनीहरूलाई लानेछन्, र उनीहरू बेबिलोनका राजदरबारमा नपुंसक बन्‍नेछन्' ।”

  • 11तब यो सारा देश उजाड र त्रासको पात्र हुनेछ, अनि सत्तरी वर्षसम्म यी जातिहरूले बेबिलोनका राजाको सेवा गर्नेछन् ।

  • 1¶ राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर यरूशलेमको विरुद्धमा आए । तिनले यसको सामु छाउनी हाले र तिनीहरूले यसको चारैतिर घेरा हाले ।

  • २ इति 36:6-7
    2 पदहरू
    68%

    6त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे ।

    7नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।

  • 10फारस, लूद र पूतका मानिसहरू तेरो फौजमा तेरा योद्धहरू थिए । तिनीहरूले आ-आफ्‍ना ढाल र टोप तँभित्रै टाँगे । तिनले तेरो गौरव दर्शाए ।

  • 1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 7तँबाट जन्मिएका छोराहरू, जसका बाबु तँ आफैं होस्, तिनीहरूले नै ती लानेछन् र बेबिलोनका राजाको दरबारमा तिनीहरू नपुङ्सकहरू बन्‍नेछन् ।’”

  • 58सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः बेबिलोनका चौडा पर्खालहरू पूर्ण रूपमा भत्काइनेछन्, र त्यसका अग्ला-अग्ला मूल ढोकाहरू जलाइनेछन् । तब त्यसलाई सहयोग गर्न आउने मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन् । जातिहरूले त्यसको लागि गर्न खोज्ने हरेक कुरो जलाइनेछ ।”

  • 33नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्‍तै पुरा भयो । तिनी मानिसहरूबाट निकालिए । तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो । तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो ।

  • 4अब, टुरोस, सीदोन र पलिश्‍तीका सबै क्षेत्रहरू, तिमीहरू किन मसँग रिसाउँछौ? के तिमीहरूले मलाई बदला लिन सक्छौ? तिमीहरूले मलाई बदला लियौ भने पनि, तिमीहरूको बदलालाई म तुरुन्तै तिमीहरूकै थाप्‍लोमा फर्काउनेछु ।

  • 15परमप्रभु परमेश्‍वर टुरोस सहरलाई यसो भन्‍नुहुन्‍छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्‍छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्‍केराले के टापुहरू काम्‍नेछैनन्‌ र?

  • 18त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर्, मैले बेबिलोनका राजा र त्यसको देशलाई दण्ड दिनै लागेको छु, जसरी मैले अश्शूरको देशलाई दण्ड दिएँ ।

  • 7यो परमप्रभुको घोषणा हो, यसपछि यहूदाका राजा सिदकियाह, त्यसका सेवकहरू, मानिसहरू अनि रुढी, तरवार र अनिकालको प्रहारद्वारा पछि यस सहरमा बाँकी रहेकाहरू सबैलाई बेबिलोनका राजा नबूकदनेसर, र तिनीहरूको जीवन लिन खोज्ने तिनीहरूका शत्रुहरूको हातमा म दिनेछु । त्‍यसपछि उसले तिनीहरूलाई तरवारले मार्नेछ । उसले तिनीहरूलाई दया देखाउने, छोडिदिने वा कृपा गर्नेछैन ।'

  • 28त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘ हेर्, यो सहरलाई कल्दीहरू र बेबिलोनका राजा नबूकदनेसरको हातमा मैले दिनै लागेको छु । उसले यो कब्जा गर्नेछ ।

  • 1¶ यहूदाका राजाको नवौँ वर्षको दसौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमका विरुद्धमा आफ्ना सबै सेना लिएर आए, र यसलाई घेराबन्दी गरे ।

  • 8किनभने हेर्! म तँलाई डोरीहरूले कसी राख्‍नेछु, यसरी तेरा घेराको दिन समाप्‍त नहोउञ्‍जेल तँ यताउता फर्कन सक्‍नेछैनस्‌ ।