यहेज्केल 41:17
भित्री पवित्र-स्थानको ढोकामाथि र भित्ताहरूमा भएका खाली ठाउँमा एउटा ढाँचा थियो ।
भित्री पवित्र-स्थानको ढोकामाथि र भित्ताहरूमा भएका खाली ठाउँमा एउटा ढाँचा थियो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5त्यसपछि ती मानिसले मन्दिरको भित्ता नापे । त्यो छ हात बाक्लो थियो । मन्दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए ।
6छेउका कोठाहरू तिन तहमा थिए, एउटामाथि अर्को कोठा, र दुवैतिर तिस कोठा थिए । छेउका सबै कोठालाई टेवा दिनको निम्ति मन्दिर भित्तामाथि पालीहरू थिए, किनभने मन्दिरका भित्तामा टेवाको निम्ति केही पनि राखिएको थिएन ।
7ती छेउका कोठाहरू जति माथि-माथि गए ती त्यति नै फराकिलो भए, र त्यो मन्दिर चारैतिर झन्-झन् अग्लो हुँदै गयो र मन्दिर जति अग्लो हुँदै गयो कोठाहरू पनि त्यति नै फराकिलो हुँदै गए, र तल्लो तहदेखि माथिल्लो तहसम्म एउटा भर्याङ थियो ।
8अनि मैले मन्दिरको चारैतिर उठेको भाग देखें, जुन छेउका कोठाहरूका निम्ति जग थिए । त्यो एक लौरो अग्लो अर्थात् छ हात थियो ।
9छेउका कोठाहरूका बाहिरी भागको चौडाइ पाँच हात थियो । पवित्र-स्थानमा यी कोठाहरूको बाहिरपट्टि खुला ठाउँ थियो ।
10यस खुला ठाउँको अर्को पट्टि पुजारीहरूका बाहिरी भागका कोठाहरू थिए । पवित्र-स्थानभरि नै त्यसको चौडाइ बिस हात थियो ।
11भित्री कोठाहरूका निम्ति अर्को खुला ठाउँबाट ढोकाहरू थिए । एउटा ढोकाको उत्तर भागमा थियो र अर्कोचाहिं दक्षिण भागमा । यो खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो ।
12पश्चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो । त्यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइ नब्बे हात थियो ।
13अनि ती मानिसले पवित्र-स्थानको नाप लिए । त्यसको लमाइ एक सय हात थियो । बेग्लै रहेको भवनको भित्ता र चोक पनि एक सय हात लामो थियो ।
14पवित्र-स्थानको अगाडिको चोकको अगाडि भागको चौडाइ पनि एक सय हात थियो ।
15अनि ती मानिसले पवित्र-स्थानको पछाडिको पश्चिममा रहेको भवन, र दुवैपट्टिको बार्दलीको लमाइ नापे, ती एक सय हात थिए । पवित्र-स्थान र दलान,
16भित्री भित्ताहरू र झ्यालहरू, साना झ्यालहरू, र तिनै तहमा वरिपरि भएका बार्दलीहरू काठले मोहोरिएका थिए ।
18त्यो करूबहरू र खजूरका रूखहरूले सुसज्जित थिए । हरेक करूबका बिचमा एउटा खजूरको रूख थिए, र हरेक करूबका दुईवटा अनुहार थिएः
19एकापट्टि मानिसको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो, र अर्को पट्टि जवान सिंहको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो । ती मन्दिरको सबैतिर खोपिएका थिए ।
20जमिनदेखि माथि ढोकासम्म, करूबहरू र खजूरका रूखहरू मन्दिरको बाहिरी भित्तामा खोपिएका थिए ।
21पवित्र-स्थानका ढोकाको चौकोस वर्गाकार थिए । हेर्दा तिनीहरूको बनावट,
29तिनले मन्दिरका चारैपट्टिका भित्री र बाहिरी कोठाहरूका सबै भित्तामा करूब, खजूरका बोट र फक्रेका फुलका बुट्टाहरू कुँदे ।
30सोलोमनले मन्दिरका भित्री र बाहिरी कोठाहरूका भुइँलाई सुनले मोहोरे ।
31सोलोमनले भित्री कोठाको प्रवेशद्वारको लागि पाँच पट्टिका थाम भएका जैतूनको काठका ढोकाहरू बनाए ।
1¶ त्यसपछि ती मानिसले मलाई मन्दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे । ती दुवैपट्टि छ हात चौडा थिए ।
2ढोकाको चौडाइ दश हात थियो । हरेक तर्फको भित्ता पाँच हात थियो । तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे । त्यो चालिस हात लामो र बिस हात चौडा थियो ।
3त्यसपछि ती मानिस महा-पवित्र स्थानभित्र गए र ढोकाको चौकोसहरू नापे । ती दुई हात थिए, र ढोकाको चौडाइ छ हात थियो । दुवैतिरका भित्ताका चौडाइ सात हात थियो ।
25पवित्र-स्थानका ढोकाहरूमा खोपिएका करूबहरू र खजूरका रूखहरू भित्ताहरूका जस्तै थिए, र अगाडिको भागमा दलानमाथि काठको पाली-छानो थियो ।
26दलानको दुवै भागमा साँघुरा झ्यालहरू र खजूरका रूखहरू थिए । यी मन्दिरका छेउका कोठाहरू थिए, र यी कोठाहरूमा पनि पाली-छानोहरू थिए ।
15ढोकाको अगाडिको भागदेखि दलानको अर्को छेउसम्म पचास हात थियो ।
16ढोकाभित्र चारैतिर कोठाहरूतर्फ र खम्बाहरूतर्फ बन्द झ्यालहरू थिए । अनि कौसीहरूमा पनि त्यस्तै थिए । त्यहाँ भित्र सबैतिर झ्यालहरू थिए, र हरेक चौखटमा खजूरका बोटका चित्रले सजाइएका थिए ।
17त्यसपछि ती मानिसले मलाई मन्दिरको बाहिरी चाकमा ल्याए । हेर, त्यहाँ कोठाहरू थिए, र चोकमा ढुङ्गाहरू छापिएको थियो, र ढुङ्गाहरू छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए ।
12ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्यो एक हात उच्च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए ।
13तिनले एउटा कोठाको छानोबाट अर्को कोठाको छानोसम्मको ढोकालाई नापे । पहिलो कोठाको ढोकादेखि दोस्रोसम्म पच्चीस हात थियो ।
5मुख्य सभाकक्षका भित्ताहरूको विपरीत तिनले यसको वरिपरि कोठाहरू बनाए अर्थात् तिनले भित्री र बाहिरी कोठा बनाए । तिनले चारैतिर कोठाहरू बनाए ।
6सबैभन्दा मुनिको तलाको चौडाइ पाँच हात, बिचको तलाको चौडाइ छ हात र तेस्रो तलाको चौडाइचाहिँ सात हात थियो । तिनले मन्दिरका चारैपट्टि बाहिरतिर मन्दिरको भित्तामा केही नघुसाऊन् भनी पालीहरू निर्माण गरे ।
15ती मानिसले भित्री मन्दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।
10पवित्र-स्थानको भित्री चोकको अगाडिको बाहिरी चोकको पूर्वीय भागको चोकमा पनि कोठाहरू थिए ।
11ती कोठाहरूका अगाडि बाटो थियो । ती कोठाहरूको वनावट उत्तरी भागका कोठाहरूजस्ता थिए । तिनीहरूका लमाइ, चौडाइ, बाहिर निस्कने ढोका, वनावट र ढोकाहरू उस्तै थिए ।
35त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्यसको नाप लिए । त्यसको नाप अरू ढोका बराबर थियो ।
36त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोका बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो ।
32तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो ।
9तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो गहिरो थियो । ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए । योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो ।
10त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।
3यी बार्दलीमध्ये केही भित्री चोकतिर फर्केका थिए र तिनीहरू पवित्र-स्थानबाट बिस हात टाढा थिए । त्यहाँ बार्दलीहरूका तिन तह थिए, र माथिहरू तलतिर फर्केका थिए, ती दुईको बिचमा खुला भाग थियो । केही बार्दलीहरूचाहिं बाहिरी चोक तिर फर्केका थिए ।
23पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुईवटा ढोका थिए ।
16तिनले मन्दिरको पछाडिपट्टि भुइँदेखि दलिनसम्म देवदारुका बिस हात लामा फल्याकहरू मिलाएर राखे । तिनले यसलाई भित्री कोठा अर्थात् महा-पवित्रस्थान बनाए ।
17महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालिस हात लामो थियो ।
7तिनले त्यसका दलिन, सँघार, भित्ता र ढोकाहरूमा सुनको जलप लगाए । तिनले त्यसका भित्ताहरूमा करूबहरू बुट्टा कुँदे ।
23उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो ।
24त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए ।
48अनि ती मानिसले मलाई मन्दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए ।
7रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो ।
19त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे । त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो ।
29त्यसका कोठा, पर्खाल, र दलानहरू अरू ढोका बराबर थिए । दलानमा चारैतिर झ्यालहरू थिए । भित्री ढोकाको र दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो ।