यहेज्केल 45:20

अनलक शाब्दिक बाइबल

हरेक मानिसबाट अजानमा वा अज्ञानतामा हुने पापको निम्ति महिनाको सातौं दिनमा यस्तो गर्नू । यसरी तिमीहरूले मन्दिरको निम्ति प्रायश्‍चत गर्नेछौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 4:27-35 : 27 यदि आम मानिसमध्ये कसैले परमप्रभुले उसलाई नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ, 28 र त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा त्यसले आफ्नो दोष स्वीकार्छ भने, त्यसले आफूले गरेको पापको निम्ति एउटा निष्‍खोट बाख्री बलिको लागि ल्याओस् । 29 त्यसले त्यस पापबलिको टाउकोमाथि आफ्नो हात राखोस् र होमबलिकै स्थानमा त्यस पापबलिलाई मारोस् । 30 पुजारीले केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् । बाँकी रगतचाहिँ त्यसले वेदीको फेदमा खन्याओस् । 31 मेलबलिबाट झैँ त्यसले जम्मै बोसोलाई काटी झिकोस् । परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति पुजारीले त्यो वेदीमा जलाओस् । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र उसलाई क्षमा हुने छ । 32 यदि त्यस मानिसले पापबलिको निम्ति भेडाको बच्‍चा ल्याउँछ भने, त्यसले एउटा निष्‍खोट पाठी ल्याओस् । 33 त्यसले आफ्नो हात त्यस पापबलिको टाउकोमाथि राखोस् र होमबलिलाई मार्ने स्थानमा त्यसलाई पापबलिको निम्ति मारोस् । 34 पुजारीले पापबलिको केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र त्यसको जम्मै रगत त्यसले वेदीको फेदमा खन्याओस् । 35 मेलबलिको निम्ति चढाइएको भेडाको बच्‍चाको बोसोझैँ त्यसले जम्मै बोसो काटी झिकोस्, र पुजारीले परमप्रभुको वेदीमाथिको होमबलिमा त्यो जलाओस् । पुजारीले त्यस मानिसले गरेको पापको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ ।
  • लैव्य 16:20 : 20 त्यसले महा-पवित्र स्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्‍चित्त गरेर सक्‍काएपछि त्यसको जिउँदो बोका अर्पण गरोस् ।
  • भजन 19:12 : 12 कसले आफ्ना सबै गल्तीहरू बुझ्‍न सक्छ? मलाई लुकेका गल्तीहरूबाट शुद्ध पार्नुहोस् ।
  • यहे 45:15 : 15 इस्राएलका राम्रो पानी पाएका क्षेत्रहरूका हरेक दुई सय पशुहरूका निम्ति बगालबाट एउटा भेडो वा बोको मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई होमबलि वा मेलबलिको निम्ति प्रयोग हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यहे 45:18 : 18 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा, तिमीहरूले बथानबाट एउटा निष्खोट साँढे लिनू र पवित्र-स्थानको निम्ति पापबलि चढाउनु ।
  • रोमी 16:18-19 : 18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ । 19 किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्‍ने म चाहन्छु ।
  • इब्रा 5:2 : 2 तिनले अजान र कमजोरहरूसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्दछ, किनकि तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 16:29-30
    2 पदहरू
    76%

    29यो तिमीहरूका निम्ति सधैँ एउटा विधि बनोस्, कि सातौँ महिनाको दसौँ दिनमा, तिमीहरूका बिचमा जन्मेको वा तिमीहरूका बिचमा बास गर्ने परदेशी सबैले आफैलाई नम्र बनाओस् र कुनै काम नगरोस् ।

    30किनभने तिमीहरूका सबै पापबाट तिमीहरूलाई शुद्ध गर्नका निम्ति यस दिनमा तिमीहरूका खातिर प्रायश्‍चित्त गरिने छ, यसैकारण तिमीहरू परमप्रभुको अगि शुद्ध हुने छौ ।

  • यहे 45:21-23
    3 पदहरू
    74%

    21पहिलो महिनाको चौधौं दिनमा, तिमीहरूको निम्ति सात दिनको एउटा पर्व हुनेछ । तिमीहरूले अखमिरी रोटी खानुपर्छ ।

    22त्यस दिनमा, शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको रूपमा एउटा साँढे तयार गर्नेछन् ।

    23सात दिनको पर्वमा, शासकले परमप्रभुको निम्ति होमबलि तयार गर्नेछन्: सात दिनसम्म हरेक दिन सातवटा साँढे र सात वटा निष्खोट भेडा, र हरेक दिन पापबलिको रूपमा एउटा बोको ।

  • यहे 45:17-19
    3 पदहरू
    74%

    17चाडहरू र औंसीका उत्सवहरू र शबाथ दिनहरू—इस्राएलको घरानाका सबै तोकिएका चाडहरूमा होमबलि, अन्‍नबलि, र अर्घबलिका निम्ति पशुहरू तयार गर्ने जिम्मेवारी शासकको हुनेछ । तिनैले इस्राएलको घरानाको निम्ति प्रायश्‍चित गर्न पापबलि, अन्‍नबलि, होमबलि, र मेलबलिको प्रबन्‍ध गर्नेछन् ।

    18परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा, तिमीहरूले बथानबाट एउटा निष्खोट साँढे लिनू र पवित्र-स्थानको निम्ति पापबलि चढाउनु ।

    19पुजारीले पापबलिको रगतबाट केही लिनेछन् र मन्‍दिरको ढोकाका चौकोसहरू, वेदीको सिमानाका चार किनारहरू, र भित्री चोकको ढोकाको चौकोसहरूमा लगाउनेछन् ।

  • 25सातौं महिनाको पन्ध्रौं दिनमा, चाडमा, शासकले यी सात दिनहरूमा यी बलिहरू चढाउनेछन्: पापबलि, होमबलि, अन्‍नबलि, र तेलको बलि ।

  • यहे 43:25-26
    2 पदहरू
    73%

    25सात दिनसम्म तैंले पापबलिको निम्ति एउटा बोको दिनदिनै तयार गर्नू, र पुजारीहरूले पनि एउटा बथानका त्‍यो निष्खोट साँढे र बगालको त्‍यो निष्खोट भेडो तयार गरून् ।

    26तिनीहरूले वेदीको निम्ति सात दिनसम्म प्रायश्‍चित गरून् र त्यसलाई शुद्ध पारून् । यसरी तिनीहरूले त्यसलाई पवित्र पार्नुपर्छ ।

  • यहे 44:26-27
    2 पदहरू
    73%

    26कुनै पुजारी अधुद्ध भएपछि, तिनीहरूले त्यसको निम्ति सात दिन गन्‍नेछन् ।

    27अनि त्यो पवित्र-स्थानमा, अर्थात् पवित्र-स्थानमा सेवा गर्नलाई भित्री चोकमा प्रवेश गर्ने दिनमा, त्यसले आफ्नो निम्ति पापबलि ल्याओस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • लैव्य 23:27-28
    2 पदहरू
    73%

    27“सातौँ महिनाको दसौँ दिन प्रायश्‍चित्तको दिन हो । त्यस बेला एउटा पवित्र सभा होस्, र तिमीहरूले आफैलाई नम्र बनाएर परमप्रभुको निम्ति आगोद्वारा बलि अर्पण गर्नू ।

    28त्यस दिन तिमीहरूले काम नगर्नू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई त्यो दिन प्रायश्‍चित्तको दिन हो ।

  • 34आजको दिनमा जे गरियो, त्यो तिमीहरूको प्रायश्‍चित्तको निम्ति परमप्रभुले आज्ञा गर्नुभएको हो ।

  • 7पुजारीले परमप्रभुको अगि त्यसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसले जेसुकै गरेर दोषी भएको भए तापनि त्यसलाई क्षमा हुने छ ।”

  • लैव्य 14:19-20
    2 पदहरू
    72%

    19अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ ।

    20त्यसपछि पुजारीले होमबलि र अन्‍नबलिलाई वेदीमा अर्पण गर्ने छ । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, अनि त्यो शुद्ध हुने छ ।

  • यहे 43:20-21
    2 पदहरू
    71%

    20तब तैंले त्यसको केही रगत लिनू र वेदीका चारवटा सिङ, वेदीको चार सीङ्, चार कुना र वरिपरिको किनारमा लगाउनू अनि त्यसलाई शुद्ध गरेर त्यसको निम्ति प्रायश्‍चित गर्नू ।

    21अनि तैंले साँढेलाई पापबलिको निम्ति लैजानू र पवित्र- स्थानको बाहिरपट्टि मन्दिरको तोकिएको ठाउँमा त्‍यसलाई जलाउनू ।

  • 16जे पवित्र छ त्यसको विरुद्ध गरेको पापको कारण त्यसले परमप्रभुलाई प्रसन्‍न तुल्याउनुपर्छ, र त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई दिनुपर्छ । त्यसपछि दोषबलिको त्यो भेडा लिएर पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।

  • 20त्यसले त्यस साँढेलाई गर्नुपर्ने यस्तै नै हो । पापबलिको साँढेलाई त्यसले जे गरेको थियो, यस साँढेलाई पनि त्यस्तै गरोस्, र पुजारीले मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्ने छ, र तिनीहरूलाई क्षमा हुने छ ।

  • लैव्य 16:16-17
    2 पदहरू
    71%

    16इस्राएलका मानिसहरूका अशुद्ध कामहरू, तिनीहरूको विद्रोह र तिनीहरूका सारा पापको कारण पवित्रस्थानको निम्ति त्यसले प्रायश्‍चित्त गरोस् । त्यसले यो भेट हुने पालको निम्ति पनि गरोस्, जहाँ तिनीहरूका अशुद्ध कामहरूका बिचमा परमप्रभु तिनीहरू माझमा बास गर्नुहुन्छ ।

    17हारून महा-पवित्र स्थानमा प्रायश्‍चित्त गर्नको निम्ति प्रवेश गरेपछि त्यसले आफ्नो, आफ्नो परिवार र इस्राएलका सबै समुदायको निम्ति प्रायश्‍चित्त गर्न सकेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र नपसोस् ।

  • निर्ग 29:36-37
    2 पदहरू
    70%

    36हरेक दिन प्रायश्‍चित्तको लागि तैँले एउटा बाछो पापबलिको रूपमा चढाउनू । वेदीको लागि प्रायश्‍चित्त गरेर तैँले यसलाई शुद्ध पार्नू, र यसलाई मेरो लागि अलग गर्न यसलाई अभिषेक गर्नू ।

    37सात दिन लगाएर वेदीको लागि प्रायश्‍चित्त गर्नू अनि त्यसलाई परमप्रभुको निम्ति अलग गर्नू । तब वेदी मेरो लागि पूर्ण रूपमा पवित्र हुनेछ । वेदीलाई छुने जुनसुकै कुरो परमप्रभुको लागि पवित्र हुनेछ ।

  • लैव्य 16:33-34
    2 पदहरू
    70%

    33त्यसले महा-पवित्र स्थान, भेट हुने पाल, वेदी, पुजारीहरू र समुदायका सबै मानिसहरूका निम्ति प्रायश्‍चित्त गरोस् ।

    34इस्राएलका मानिसहरूका सबै पापका कारण यो सधैँका लागि तिमीहरूले तिनीहरूका निम्ति वर्षमा एक पटक प्रायश्‍चित्त गर्ने विधि होस् ।” परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै यो भयो ।

  • 35आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्‍नुपर्छ । तिमीहरूले कुनै नियमित काम गर्नुहुँदैन ।

  • 7सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ ।

  • 22त्यसपछि पुजारीले त्यस मानिसको लागि त्यसले गरेको पापको खातिर परमप्रभुको अगि दोषबलिको निम्ति त्यस भेडाद्वारा प्रायश्‍चित्त गर्ने छ । अनि त्यसले गरेको पाप क्षमा हुने छ ।

  • 28अजानमा पाप गर्ने व्यक्‍तिको निम्ति पुजारीले प्रायश्‍चित्त गर्नुपर्छ । प्रायश्‍चित्त गरेपछि त्यस मानिसलाई क्षमा गरिनेछ ।

  • लैव्य 16:19-20
    2 पदहरू
    70%

    19त्यसले त्यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्‍ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।

    20त्यसले महा-पवित्र स्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्‍चित्त गरेर सक्‍काएपछि त्यसको जिउँदो बोका अर्पण गरोस् ।

  • 22र आफ्नो प्रायश्‍चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।

  • 13त्यस मानिसले गरेका सबै पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ । अन्‍नबलिमा झैँ भेटीबाट बाँकी रहेको जति सबै पुजारीको हुने छ’ ।”

  • 18त्यसले बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा पुजारीकहाँ दोषबलिको रूपमा ल्याओस् । त्यसले अजानमा गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।

  • 27यदि आम मानिसमध्ये कसैले परमप्रभुले उसलाई नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ,

  • 12सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ ।

  • लैव्य 14:38-39
    2 पदहरू
    69%

    38यदि घरमा ढुसी आएको छ भने, पुजारी घरबाट बाहिर जाने छ र घरको ढोका सात दिनसम्‍म बन्‍द गरिदिने छ ।

    39सातौँ दिनमा पुजारी फर्कने छ र घरका पर्खालहरूमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ ।

  • 5तिमीहरूले आफ्नो प्रायश्‍चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका बलि चढाउनुपर्छ ।

  • 11पुजारीले एउटा चरालाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । यिनीहरूले त्यसको पापको प्रायश्‍चित्त गर्ने छन्, किनभने मुर्दाको नजिक परेर त्यसले पाप गर्‍यो । त्यसले त्यस दिन आफ्नो शिर शुद्ध पार्नुपर्छ ।

  • 7त्यसपछि त्यसले आफूले गरेको पाप स्वीकार गर्नुपर्छ । त्यसले आफू चुकेको मूल्य चुक्‍ता गर्नुपर्छ र पाँचौँ हिस्सा थप्‍नुपर्छ । यो त्यसले आघात पुर्‍याएको व्यक्‍तिकहाँ ल्याउनुपर्छ ।

  • 7पापबलि पनि दोषबलिजस्तै हो । यी दुवैका एउटै विधि छन् । तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्ने पुजारीकै ती हुने छन् ।

  • 10त्यसपछि निर्देशनहरूमा वर्णन गरिएअनुसार त्यसले दोस्रो चरोलाई होमबलिको रूपमा अर्पण गरोस्, र त्यसले गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ ।

  • 19तेस्रो र सातौँ दिनमा शुद्ध व्यक्‍तिले अशुद्ध व्यक्‍तिमाथि छर्कनुपर्छ । अशुद्ध व्यक्‍तिले सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ । त्यसले आफ्नो लुगा धुनुपर्छ र नुहाउनुपर्छ । त्यो साँझमा शुद्ध हुने छ ।

  • 23आठौँ दिनमा त्यसले यी सबै आफ्नो शुद्धिकरणको निम्ति पुजारीकहाँ परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस् ।

  • 25तिमीहरूले सातौँ दिनमा परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।