यहेज्केल 47:3

अनलक शाब्दिक बाइबल

ती मानिस पूर्वतिर गइरहँदा, तिनको हातमा एउटा नाप्‍ने टाँगो थियो । तिनले एक हजार हात नापे र तिनले मलाई त्यो पानीको बाटोहुँदै गोलिगाँठोसम्म पानी आउने ठाउँमा ल्याए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 40:3 : 3 अनि उहाँले मलाई त्यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसाजस्ता देखिन्‍थे । तिनको हातमा सूतीको डोरी र नाप्‍ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए ।
  • जक 2:1 : 1 ¶ अनि मैले माथितिर हेरें र एउटा मानिसले आफ्नो हातमा नाप्ने डोरी लिएको देखें ।
  • लू 24:49 : 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्‍ति प्राप्‍त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।”
  • प्रेरि 2:4 : 4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।
  • प्रेरि 2:33 : 33 यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्‍नु र देन्‍नु हुन्छ ।
  • प्रेरि 10:45-46 : 45 पत्रुससँगै आएका यहूदी विश्‍वासीहरू छक्‍क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो । 46 किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्‍वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए,
  • प्रेरि 11:16-18 : 16 कसरी उहाँले भन्‍नुभएको थियो, तब मैले प्रभुका वचनहरूलाई सम्झेँ, ‘‘यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ।’’ 17 हामीले प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्दा उहाँले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने, परमेश्‍वरको विरोध गर्ने म को थिएँ र?’’’ 18 जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन् । तर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे र भने, ‘‘परमेश्‍वरले गैर-यहूदीहरूलाई पनि जीवनको निम्ति पश्‍चात्ताप दिनुभएको छ ।’’
  • प्रका 11:1 : 1 ¶ मलाई नाप्‍ने निगालोको एउटा टाँगो दिइयो । “उठ र परमेश्‍वरको मन्दिर र वेदी, र जसले त्यसमा आराधना गर्दछन् तिनीहरूको नाप लेऊ भनी मलाई भनियो ।
  • प्रका 21:15 : 15 मसँग बोल्नुहुनेसँग सहर र त्यसका पर्खालहरू नाप्‍नलाई एउटा सुनको नाप्‍ने लौरो थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 47:4-8
    5 पदहरू
    91%

    4त्‍यसपछि तिनले फेरि एक हजार हात नापे र मलाई पानीको बाटोहुँदै घुँडासम्म पानी आउने ठाउँमा ल्याए । अनि तिनले अर्को एक हजार हात नापे र मलाई कम्मरसम्म पानी आउने ठाउँमा ल्याए ।

    5त्‍यसपछि तिनले एक हजार हात नापे, तर त्यहाँ एउटा नदी थियो जसलाई मैले तर्न सकिनँ किनभने पानी बढेको थियो र पौडिन मिल्‍ने गरी गहिरो थियो । त्यो तर्न नसकिने नदी थियो ।

    6ती मानिसले मलाई भने, “ए मानिसको छोरो, के तँ यो देख्‍न सक्छस्?” र तिनले मलाई बाहिर ल्याए र त्‍यो नदीको किनारमा हिंडाए ।

    7जब म हिंड्दै थिएँ, नदीको दुवैपट्टिको किनारमा धेरै वटा रूखहरू थिए ।

    8ती मानिसले मलाई भने, “यो पानी पूर्वी इलाकातिर र तल अराबामा जान्छ । यो पानी खारा समुद्रमा बगेर जान्छ र त्यसलाई ताजा बनाउँछ ।

  • यहे 47:1-2
    2 पदहरू
    83%

    1¶ त्यसपछि ती मानिसले मलाई फेरि मन्दिरको ढोकामा लगे, र पूर्वपट्टि मन्‍दिरको मन्दिरको सँघारमुनिबाट पानी बगिरहेको थियो, किनकि मन्दिरको अगाडिको भाग पूर्व फर्केको थियो, र पानीचाहिं मन्दिरको दक्षिणतिर, वेदीको दाहिनेतिर बगिरहेको थियो ।

    2यसैले तिनले मलाई उत्तरी ढोकाबाट बाहिर निकाले, र पूर्वपट्टि फर्किएको ढिकाको वरिपरि डोर्‍याए, र त्यो ढोकाबाट दक्षिणतिर पानी बगिरहेको थियो ।

  • यहे 40:2-3
    2 पदहरू
    77%

    2परमेश्‍वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्‍च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए ।

    3अनि उहाँले मलाई त्यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसाजस्ता देखिन्‍थे । तिनको हातमा सूतीको डोरी र नाप्‍ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए ।

  • जक 2:1-2
    2 पदहरू
    75%

    1¶ अनि मैले माथितिर हेरें र एउटा मानिसले आफ्नो हातमा नाप्ने डोरी लिएको देखें ।

    2मैले भनें, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” उहाँले मलाई भन्‍नुभयो, यरूशलेमलाई नाप्न, त्यसको लमाइ र चौडाइ थाहा गर्न” ।”

  • यहे 42:15-19
    5 पदहरू
    74%

    15ती मानिसले भित्री मन्‍दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।

    16तिनले पूर्वी भागलाई एउटा नाप्‍ने लौरोले नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।

    17तिनले उत्तरी भागलाई नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।

    18तिनले दक्षिणी भागलाई पनि नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।

    19तिनी फर्केर पश्‍चिमी भागलाई पनि नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।

  • यहे 40:5-6
    2 पदहरू
    74%

    5त्यहाँ मन्दिरको क्षेत्रलाई घेर्ने एउटा पर्खाल थियो । ती मानिसको हातमा भएको नाप्‍ने लौरोको लमाइ छ हात लामो थियो । हरेक हातमा एक हात लमाइ र चार औंला चौडाइ थियो । तिनले त्यो पर्खालको नाप लिए, र त्यो एक नाप्‍ने लौरोजति चौडा र एक लौरो अग्लो थियो ।

    6त्‍यसपछि तिनी पुर्व फर्किएको मन्दिरको ढोकामा गए । तिनी त्यसको खुट्किला चढेर माथि गए र ढोकाको सँघारलाई नापे, त्यो एक लौरो गहिरो थियो ।

  • यहे 40:47-49
    3 पदहरू
    74%

    47अनि तिनले चोकको नाप लिए । त्यो एक सय हात लामो र एक सय हात चौडा गरी वर्गाकार थियो, र वेदीचाहिं मन्‍दिरको अगाडि थियो ।

    48अनि ती मानिसले मलाई मन्‍दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए ।

    49दलानको लमाइ बिस हात थियो, र त्यसको गहिराइ एघार हात थियो । त्यसमा जानलाई खुट्किलाहरू थिए र त्यसको दुवै पट्टि खम्बाहरू थिए ।

  • 32तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो ।

  • 3त्यसपछि ती मानिस महा-पवित्र स्थानभित्र गए र ढोकाको चौकोसहरू नापे । ती दुई हात थिए, र ढोकाको चौडाइ छ हात थियो । दुवैतिरका भित्ताका चौडाइ सात हात थियो ।

  • 35त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्यसको नाप लिए । त्यसको नाप अरू ढोका बराबर थियो ।

  • यहे 40:27-28
    2 पदहरू
    72%

    27दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो ।

    28अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए, जसको नाप अरू ढोका बराबर थियो ।

  • 19त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे । त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो ।

  • 30सहरका बाहिर निस्कने ढोकाहरू यी नै हुन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ,

  • 1¶ मलाई नाप्‍ने निगालोको एउटा टाँगो दिइयो । “उठ र परमेश्‍वरको मन्दिर र वेदी, र जसले त्यसमा आराधना गर्दछन् तिनीहरूको नाप लेऊ भनी मलाई भनियो ।

  • यहे 40:23-24
    2 पदहरू
    71%

    23उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्‍तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो ।

    24त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए ।

  • यहे 42:1-2
    2 पदहरू
    71%

    1¶ त्यसपछि ती मानिसले मलाई उत्तरी भागको बाहिरी चोकमा लगे, र तिनले मलाई बाहिरी चोक र उत्तरतिरको बाहिरी भित्तामा भएका बर्दलीहरूमा मलाई ल्याए ।

    2यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो ।

  • 17त्यसपछि ती मानिसले मलाई मन्दिरको बाहिरी चाकमा ल्याए । हेर, त्यहाँ कोठाहरू थिए, र चोकमा ढुङ्गाहरू छापिएको थियो, र ढुङ्गाहरू छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए ।

  • 21तब तिनले मलाई बाहिरी चोकमा ल्याए र तिनले मलाई त्यस चोकका चार कुनाबाट हिंड्न लगाए, र मैले चोकका हरेक कुनामा अर्को एउटा चोक देखें ।

  • 17तिनले त्यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्‍दा त्यो पैँसट्ठी मिटरको थियो । (जुन स्वर्गदूतहरूले पनि नापेको हो ) ।

  • यहे 40:8-11
    4 पदहरू
    70%

    8तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो लामो थियो ।

    9तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो गहिरो थियो । ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए । योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो ।

    10त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।

    11त्‍यसपछि ती मानिसले ढोकाको चौडाइ नापे, त्यो दश हात थियो, र तिनले ढोकाको लमाइ नापे, त्‍यो तेह्र हात थियो ।

  • 1¶ त्‍यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे ।

  • यहे 37:1-2
    2 पदहरू
    69%

    1¶ परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्‍याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्‍नुभयो । त्‍यो हाडहरूले भरिएको थियो ।

    2त्‍यसपछि उहाँले मलाई ती वरिपरि घुमाउनुभयो । हेर, त्यहाँ बेसीमा तिनीहरूका सङ्‍ख्‍या धेरै थिए । हरे, ती धेरै सुक्खा थिए ।

  • 13अनि ती मानिसले पवित्र-स्थानको नाप लिए । त्यसको लमाइ एक सय हात थियो । बेग्लै रहेको भवनको भित्ता र चोक पनि एक सय हात लामो थियो ।

  • 1¶ त्‍यसपछि ती मानिसले मलाई मन्दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे । ती दुवैपट्टि छ हात चौडा थिए ।

  • 15ती करारको सन्दुक बोक्‍नेहरू यर्दन नदीमा आउने र तिनीहरूका खुट्टाले पानी छुने बित्तिकै (कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ)

  • 16सहरको नाप यी हुनेछन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ । दक्षिणतिर ४,५०० हात लामो हुनेछ । पूर्वतिर ४,५०० हात लामो हुनेछ । अनि पश्‍चिमतिर ४,५०० हात लामो हुनेछ ।

  • 18पूर्वपट्टि त्यो सिमाना हौरान र दमस्कसको बिचमा गिलाद र इस्राएल देशको बिचमा भएको यर्दन नदीको छेउमा हुनेछ । तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्‍नुपर्छ । पूर्वी सिमानाचाहिं पूर्वी समुद्रसम्म हुनेछ ।

  • 15मसँग बोल्नुहुनेसँग सहर र त्यसका पर्खालहरू नाप्‍नलाई एउटा सुनको नाप्‍ने लौरो थियो ।

  • 25मैले इनारहरू खनेको छु र पानी पिएको छु । मिश्रदेशका सबै नदीहरूलाई मेरा गोडाको पैतालमुनि मैले सुकाएको छु ।