एज्रा 7:18
तिम्रा परमेश्वरलाई खुसी तुल्याउन तिमी र तिम्रा दाजुभाइलाई असल लागेअनुसार बाँकी चाँदी र सुनको प्रयोग गर्नू ।
तिम्रा परमेश्वरलाई खुसी तुल्याउन तिमी र तिम्रा दाजुभाइलाई असल लागेअनुसार बाँकी चाँदी र सुनको प्रयोग गर्नू ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13इस्राएलबाट आएका मेरो राज्यमा भएका कुनै पनि व्यक्ति आफ्ना पुजारी र लेवीहरूका साथमा यरूशलेममा जाने इच्छा गर्छ भने त्यो तिमीसँगै जान सक्छ भनी म हुकुम दिंदैछु।
14तिम्रो हातमा भएको परमेश्वरको व्यवस्थामुताबिक यहूदा र यरूशलेमको बारेमा सोधखोज गर्न म राजा र मेरा सात जना सल्लाहकारले तिमीलाई पठाएका छौं ।
15यरूशलेममा बास गर्नुहुने इस्राएलका परमेश्वरलाई तिनीहरूले सित्तैंमा चढाएका चाँदी र सुन लिएर जानू ।
16बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्ने जति चाँदी र सुनसाथै यरूशलेममा आफ्ना परमेश्वरका मन्दिरको निम्ति मानिसहरू र पुजारीहरूले खुसीसाथ जुन भेटीहरू दिन्छन्, ती पनि तिमीले लैजानू ।
17त्यसैले यस रकमले प्रशस्त मात्रामा गोरुहरू, भेडाहरू, थुमाहरू, अन्नबलि र अर्घबलि किन्नू । यरूशलेममा तिम्रा परमेश्वरको मन्दिरको वेदीमा ति चढाउनू ।
19तिमीलाई सित्तैंमा दिइएका चिजहरू यरूशलेममा तिम्रा परमेश्वरको मन्दिरको सेवाको लागि उहाँको सामु राख्नू ।
20तिम्रा परमेश्वरको मन्दिरको लागि आवश्यक कुनै पनि थोक किन्नलाई मेरो कोषबाट पैसा लिनू ।
21म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू,
22अर्थात् एक सय तोडा चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल र नूनचाहिं असिमित रूपमा दिनू ।
23स्वर्गका परमेश्वरबाट आउने कुनै पनि आज्ञा आउँछ भने उहाँको मन्दिरको लागि भक्तिसहित पुरा गर्नू । किनकि म र मेरा छोराहरूको राज्यमाथि उहाँको क्रोध पर्न किन दिनू?
25राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।
26मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतिस सय किलो चाँदीका वस्तुहरू, चौतिस सय किलोग्राम सुन,
27आठ किलो सुनका बाटाहरू र सुनजस्तै बहुमूल्य काँसाका दुईवटा भाँडा दिएँ ।
28तब मैले तिनीहरूलाई भनें, “तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको निम्ति स्वेच्छिक भेटी हुन् ।
29यरूशलेममा परमेश्वरको मन्दिरका कोठाहरूमा भएका पुजारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्नू ।”
30यरूशलेममा हाम्रा परमेश्वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्मा लिएर राखे ।
25तिमीहरूले त्यसलाई बेचेर पैसा आफ्नो हातमा लिन सक्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा जान सक्छौ ।
26त्यहाँ तिमीहरूले इच्छा लागेअनुसार खर्च गर्न सक्छौः गोरुको लागि वा भेडाको लागि वा दाखमद्यको लागि वा कडा दाखमद्यको लागि वा तिमीहरूको इच्छाअनुसार अन्य जुनसुकै थोकको लागि । त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका सामु खाने छौ अनि तिमीहरू र तिमीहरूको घराना रमाउने छौ ।
4राज्यको कुनै पनि क्षेत्रमा भएका मानिसहरू जहाँ त्यस देशका बाँकी बचेकाहरू बसोबास गर्दैछन्, तिनीहरूले यरूशलेममा भएको परमेश्वरको मन्दिर बनाउनलाई चाँदी र सुन, धनदौलत र गाईवस्तु अनि स्वेच्छा भेटी दिनुपर्छ ।”
5सुनबाट बनाउने कुराहरूका निम्ति सुन र चाँदीबाट बनाउने कुराहरूका निम्ति चाँदी, र अनि निपुण कारीगरले गर्ने कामलाई चाहिने सबै किसिमका कुराहरू म दिंदैछु । आज परमप्रभुलाई योगदान गर्न र आफैलाई उहाँमा अर्पण गर्न इच्छा गर्ने अरू कोही छ?”
6तिनीहरूका वरिपरि भएकाहरूले तिनीहरूको कामलाई चाँदी, सुनका चिजहरू, धन-सम्पत्ति, गाईवस्तु, मुल्यवान चिजहरू र स्वेच्छा भेटीहरू दिएर सहयोग गरे ।
7नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले ।
11राजाले हामानलाई भने, “तिमी र तिम्रा मानिसहरूलाई रुपियाँ-पैसा फिर्ता दिइएको म हेर्नेछु । तिमीलाई इच्छा छ त्यही त्यसले गर ।”
17अब राजाको हजुरीमा असल लागेमा, राजा कोरेसले यरूशलेममा परमेश्वरको मन्दिर बनाउन आज्ञा दिनुभएको थियो कि थिएन भनी बेबिलोनको अभिलेख संग्रहमा अनुसन्धान होस् । त्यसपछि राजाबाट हामीलाई आफ्नो निर्णय पठाउने कष्ट होस् ।”
7परमेश्वरको यस मन्दिरको काममा बाधा नदिनू । गभर्नर र यहूदी धर्म-गुरुहरूले त्यस ठाउँमा परमेश्वरको मन्दिर बनाउनेछन् ।
8परमेश्वरको यस मन्दिर बनाउने यी यहूदी धर्म-गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी म तिमीहरूलाई हुकुम दिंदैछुः तिनीहरूले आफ्नो काम रोक्न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ-पैसा दिनू ।
9तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू ।
13उनले तिनलाई लेवी र पुजारीहरूका दल-दलका निम्ति र परमप्रभुको मन्दिरका सेवामा गरिने सबै काम र त्यसमा प्रयोग गरिने सबै भाँडाहरूका निम्ति निर्देशनहरू दिए ।
14हरेक सेवामा प्रयोग गरिने सबै सुनका भाँडाहरूका तौल, र सबै चाँदीका भाँडाहरूका तौल तिनले तोकिदिए,
15सबै सुनका सामानहरूको निम्ति सुनको तौल, सामदान र तिनका दियाहरूका निम्ति, हरेक सामदानका निम्ति सुनको तौल, चाँदीका सामदान र तिनका दियाहरूका निम्ति सेवामा प्रयोग गरेअनुरूप चाहिंदो तौल तोकिदिए ।
5इच्छुक ह्रदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन्: सुन, चाँदी, काँसा,
10परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा तिमीहरूलाई दिइएको व्यवस्थालाई तिमीहरूले मान्नू ।
6त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ ।
7त्यहीँ नै तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु खाने छौ र तिमीहरू र तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ ।
8आज यहाँ हामीले गरिरहेका कुनै पनि कुरा नगर्नू । अहिले हरेकलाई आफ्नो दृष्टिमा जे ठिक लाग्छ, त्यसले त्यही गरिरहेको छ ।
5अब नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका परमेश्वरको मन्दिरका सुन र चाँदीका थोकहरू लिएर ल्याऊ र तिनलाई यरूशलेमकै मन्दिरमा फिर्ता पठाऊ । तिमीहरूले तिनलाई परमेश्वरको मन्दिरमा राख्नुपर्छ ।'
3तैँले तिनीहरूबाट प्राप्त गर्नुपर्ने भेटीहरू यिनै हुन्: सुन, चाँदी, र काँसा
71परिवारका केही कामकको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्का र २,२०० चाँदीका सिक्का दिए ।
72बाँकी मानिसहरूले २०,००० सुनका सिक्का, २,००० चाँदीका सिक्का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए ।
26परमेश्वरको व्यवस्था वा राजाको व्यवस्थालाई पूर्ण रूपमा पालन नगर्ने जोकसैलाई मृत्युदण्ड, देश निकाला, तिनीहरूका थोकहरू जफत वा कैद गरेर दण्ड दिनू ।
27हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्नुभयो,
19सबै चाँदी, सुन, र काँसाबाट बनेका थोकहरू अनि फलामलाई परमप्रभुको निम्ति अलग गरिएको छ । ती सबै परमप्रभुको घरमा जानुपर्छ ।”
3अब, मेरा परमेश्वरको मन्दिरमा मेरो आनन्दको कारणले यसको निम्ति आफ्नो निजी भण्डारबाट सुन र चाँदी म दिंदैछु । यस पवित्र मन्दिरको निम्ति मैले तयार गरेका सबै कुराहरूमा अरू थपः
18तिमीहरूले परमप्रभुको दृष्टिमा जे ठिक र असल छ, त्यही गर्नू ताकि तिमीहरूको भलो होस् र परमप्रभुले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएको देशमा गएर यसको अधिकार गर्न सक,
5किनकि तिमीहरूले मेरो चाँदी र सुन लग्यौ, र मेरा बहुमुल्य धनसम्पत्ति तिमीहरूले आफ्ना मन्दिरहरूमा लग्यौ ।
5तिमीहरूले परमप्रभुलाई मेलबलि अर्पण गर्दा तिमीहरू स्वीकारिनको निम्ति त्यो अर्पण गर ।
69तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्का, ५,००० चाँदीका सिक्का र पुजारीको १०० ओटा अलखाहरू ।
30यसकारण, 'जब तिमीहरूले यसको उत्तम हिस्सा दिन्छौ, लेवीहरूको निम्ति यो खलाबाट ल्याइएको अन्न र कोलबाट ल्याइएको दाखमद्यको रूपमा गनिन्छ' भनी तैँले तिनीहरूलाई भन् ।
18सियोनलाई तपाईंको सुभेच्छामा भलइ गर्नुहोस्, यरूशलेमको पर्खालहरू पनुःनिर्माण गर्नुहोस् ।