गलातीहरू 6:16
यही नियमअनुसार जिउने सबैमा अनि परमेश्वरको इस्राएलमा शान्ति र कृपा रहोस् ।
यही नियमअनुसार जिउने सबैमा अनि परमेश्वरको इस्राएलमा शान्ति र कृपा रहोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
17अब उप्रान्त मलाई कसैले दु:ख नदेओस्, किनकि म आफ्नो शरीरमा येशूका चिन्हहरू धारण गर्दछु ।
18भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह रहोस् । आमेन ।
16तथापि, हामीले जे प्राप्त गरिसकेका छौँ, हामी त्यसमा अडिग रहौँ ।
17भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ । हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिँड्नेहरूलाई ध्यान दिएर हेर ।
14हरेकसित शान्तिमा बस्ने प्रयत्न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्न सक्दैन ।
12शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन् । ख्रीष्टको क्रुसको खातिर सतावट भोग्नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन् ।
13किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् ।
14हाम्रा प्रभु येशू ख्रीष्टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।
15किनकि न त खतना न बेखतना कुनै मूल्यको हो । बरु, नयाँ सृष्टि महत्त्वपूर्ण छ ।
23परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट भाइहरूलाई विश्वास सहितको प्रेम र शान्ति होस् ।
24कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।
36परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो ।
16शान्तिका परमेश्वर आफैँले तिमीहरूलाई सदासर्वदाका लागि शान्ति प्रदान गरून् ।
33शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहून् । आमेन!
6तर यो परमेश्वरका प्रतिज्ञाहरू चुकेकोजस्तो होइन, किनकि इस्राएलका सबै साँचो रूपमा इस्राएलका होइनन् ।
11अन्तमा भाइ हो, आनन्द गर! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ ।
5तर आफ्ना कुटिल मार्गहरूतिर लाग्नेहरूलाई परमप्रभुले तिनीहरूलाई खराबी गर्नेहरूसँगै डोर्याउनुहुनेछ । इस्राएलमा शान्ति होस् ।
19यसैले, शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ ।
15तिमीहरूका हृदयमा ख्रीष्टको शान्तिले राज्य गरोस् । यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ ।
10तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्जत र शान्ति आउनेछ, पहिले यहूदी र त्यसपछि ग्रिकहरूमाथि ।
14प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्ट येशूमा हुने तिमीहरू सबैलाई शान्ति होस् ।
15मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । विश्वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ । तिमीहरू सबैसँग अनुग्रह रहोस् । आमेन् ।
10त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।
18सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस ।
2मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।
3परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
25तिमीहरू सबैसँग अनुग्रह रहोस् ।
2एक अर्काको भार उठाओ, र यसरी तिमीहरूले ख्रीष्टको व्यवस्थालाई पुरा गर्नेछौ ।
23हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।
1¶ हामी विश्वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी परमेश्वरसँग शान्तिमा छौँ ।
6तिमीहरूले येशू ख्रीष्टलाई जुन प्रकारले प्राप्त गर्यौ, सोही प्रकारले उहाँमा हिँड ।
24[नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।
16म भन्दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ ।
10व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्छन् ।”
3हाम्रा परमेश्वर पिता र ख्रीष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
10प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु, कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ ।
19त्यसकारण मेरो विचार यो छ कि परमेश्वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन ।
1¶ त्यसकारण, अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन ।
12तिमीहरूलाई बहकाउनेहरूले त आफैँलाई नपुङ्सक तुल्याओस् ।
32तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्वरको मण्डलीको अपमान नगर ।
4तिनीहरू इस्राएलीहरू हुन् । धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्वरको आराधना र प्रतिज्ञाहरू उनीहरूकै हुन् ।
17त्यसैले म तिमीहरूलाई भन्दछु र प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन ।
7यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
30त्यसो भए, हामी के भनौँ त? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्वासद्वारा आउने धार्मिकता प्राप्त गरे ।
17किनकि परमेश्वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो ।
2हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् ।
26परमप्रभुले तिमीहरूमाथि कृपादृष्टिले हेर्नुभएको होस् र तिमीहरूलाई शान्ति दिनुभएको होस् ।'
26त्यसैले, सबै इस्राएली बचाइनेछन् जस्तो लेखिएको छ, “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ ।
14तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; श्राप नदेओ ।
11अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध परिएका छौ, तर तिमीहरू परमेश्वरमा अर्पण गरिएका छौ, येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरमा धर्मी ठहराइएका छौ ।