उत्पत्ति 13:16

अनलक शाब्दिक बाइबल

म तेरा सन्तानहरूलाई पृथ्वीका धुलो जत्तिकै प्रशस्‍त बनाउनेछु, यसैले कसैले पृथ्वीको धूलोलाई गन्‍न सक्छ भने मात्र तेरा सन्तानहरूलाई गन्‍न सक्‍नेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 28:14 : 14 तेरा सन्‍तान पृथ्‍वीको धुलोसरह हुनेछन्‌ । तँ पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिएर जानेछस्‌ । तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशिषित्् हुनेछन्‌ ।
  • गिन 23:10 : 10 याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्‍न सक्छ? मेरो मरण धार्मिक व्यक्‍तिको जस्तो होस् र मेरो जीवन त्यसको जस्तै होस्!”
  • उत्प 32:12 : 12 तर तपाईंले भन्‍नुभयो, 'निश्‍चय नै, म तेरो उन्‍नति गराउनेछु । म तेरा सन्तानहरूलाई गन्‍नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु' ।”
  • उत्प 15:5 : 5 अनि उहाँले तिनलाई बाहिर ल्याउनुभयो र भन्‍नुभयो, “आकाशतिर हेर् र ताराहरूलाई गन्, यदि तैले तिनीहरूलाई गन्‍न सक्‍छस् भने ।” अनि उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू पनि यस्तै हुनेछन् ।”
  • उत्प 22:17 : 17 म निश्‍चय नै तँलाई आशिष्‌ दिनेछु र म तेरा सन्‍तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्‍याउनेछु । तेरा सन्‍तानले आफ्‍ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन्‌ ।
  • १ राजा 3:8 : 8 तपाईंका दास तपाईंले छान्नुभएका मानिसहरूका बिचमा छन् जो असङ्ख्य र अनगिन्ती छन् ।
  • १ राजा 4:20 : 20 यहूदा र इस्राएलका मानिसहरू समुद्र छेउका बालुवाजत्तिकै असङ्ख्य थिए । तिनीहरू खाँदै र पिउँदै थिए अनि खुसी थिए ।
  • १ इति 21:5 : 5 त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।
  • १ इति 27:23 : 23 दाऊदले बीस वर्षदेखि मुनिकाहरूको जनसंख्‍या लिएनन्, किनभने परमप्रभुले इस्राएलको संख्‍या आकाशका ताराहरूझैं बढाउने प्रतिज्ञा गर्नुभएको थियो ।
  • २ इति 17:14-18 : 14 तिनीहरू आआफ्‍नो पिताका घरानाअनुसार सूचिकृत गरिएका दलहरू यी नै थिएः यहूदाबाट हजारका फौज पतिहरू, फौज पति अदनाह र तिनका साथमा तीन लाख योद्धाहरू । 15 तिनीपछि फौज पति येहोहानान र तिनका साथमा दुई लाख असी हजार मानिसहरू। 16 तिनीपछि जिक्रीका छोरा अमसिया, जसले स्वेच्छाले परमप्रभुका सेवाको निम्ति आफूलाई समर्पित गरे । अनि तिनीसँग दुई लाखको योद्धाहरू । 17 बेन्‍यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्‍यादा, र तिनका साथमा धनु र ढालले सुसज्‍जित भएका दुई लाखको फौज । 18 तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज ।
  • यशा 48:18-19 : 18 तिमीहरूले मेरा आज्ञाहरू मात्र पालन गरेका भए । तिमीहरूका शान्ति र समृद्धि नदीझैं बग्‍ने थियो र तिमीहरूका उद्धार समुद्रको छालझैं हुनेथियो । 19 तिमीहरूका सन्तानहरू बालुवाझैं असंख्या हुने थिए र तिमीहरूका गर्भबाट जन्‍मेका छोराछोरीका बलुवाका कणझैं अनगिन्ति हुने थिए । तिनीहरूका नाउँ मेरो सामुबाट काटिने वा मेटिने थिएन ।
  • यिर्मि 33:22 : 22 जसरी आकाशका ताराहरू गन्‍न सकिंदैन, र समुद्र किनारमा बालुवा जोखिन सकिंदैन, त्यसरी नै मेरा दास दाऊद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूको सङ्ख्या म बढाउनेछु' ।”
  • रोमी 4:16-18 : 16 यसैले, यो विश्‍वासद्वारा हुन्छ, ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्‍चित छ । अनि यी सन्तानहरूले केवल व्यवस्था जान्‍नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्‍वासबाट आएकाहरूलाई पनि समेट्छन् । किनकि उनी हामी सबैका पिता हुन् । 17 जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्‍वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउन सक्‍नुहुन्छ । 18 यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्‍वरमा दृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने ।
  • इब्रा 11:12 : 12 त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए, जसलाई गन्‍नै सकिँदैन ।
  • प्रका 7:9 : 9 यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्‍न नसक्‍ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए ।
  • उत्प 12:2-3 : 2 म तँलाई ठुलो जाति बनाउनेछु, म तँलाई आशिष् दिनेछु, तेरो नाउँ महान् हुनेछ र तँ आशिष् हुनेछस् । 3 तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई अनादर गर्नेलाई म सराप दिनेछु । तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन् ।
  • उत्प 25:1-9 : 1 ¶ अब्राहामले अर्की एउटी पत्‍नी विवाह गरे । 2 तिनको नाउँ कतूरा थियो । तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्‍माइन्‌ । 3 योक्षान शेबा र ददानका पिता भए । अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू ददानका सन्‍तान थिए । 4 मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए । यी सबै कतूराका सन्‍तान थिए । 5 अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई दिए । 6 तर आफू जीवित छँदै तिनका उपपत्‍नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्‍ना छोरा इसहाकबाट छुट्‍याएर तिनीहरूलाई पूर्व देशतिर पठाए । 7 अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे । 8 अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए । 9 तिनका छोराहरू इसहाक र इश्‍माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको मम्रेनजिकको मक्‍पेलाको ओडारमा गाडे । 10 त्‍यो खेत अब्राहामले हेतका छोराहरूबाट किनेका थिए । अब्राहाम आफ्‍नी पत्‍नी सारासित त्‍यहीँ नै गाडिए । 11 अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो, र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे । 12 साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्तान यिनै थिए । 13 जन्‍म क्रमको सूचीअनुसार इश्‍माएलका छोराहरूका नाउँ यी नै थिएः इश्‍माएलको जेठो छोरो नबायोत, केदार, अदबेल, 14 मिब्‍साम, मिश्‍मा, दुमा, मस्‍सा, 15 हदद, तेमा, यतूर, नापीश र केदमा । 16 इश्‍माएलका छोराहरू यी नै थिए । तिनीहरूका बस्‍ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै थिए । 17 इश्‍माएलको जम्‍मा उमेर एक सय सैँतिस वर्ष हुँदा तिनको मृत्‍यु भयो र तिनी आफ्‍ना पिता-पुर्खाहरूसँगै मिल्‍न गए । 18 तिनीहरूको बसोबास मिश्रको सिमानानजिक भएको अश्‍शूर देशतिर पर्ने हवीलादेखि शूरसम्‍म थियो । तिनीहरू एक-अर्काको शत्रुतामा बसे । 19 अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो । अब्राहाम इसहाकका पिता भए । 20 पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालिस वर्षका थिए । 21 तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे । परमप्रभुले तिनको प्रार्थना सुन्‍नुभयो, र तिनकी पत्‍नी रिबेका गर्भवती भइन्‌ । 22 तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्‍तो भयो?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन् । 23 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो कोखमा दुई जाति छन्, तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन् । एक जाति अर्कोभन्‍दा बलवान्‌ हुनेछ, र जेठाले कान्‍छाको सेवा गर्नेछ ।” 24 तिनको सुत्‍केरी हुने बेला आउँदा तिनको कोखमा जुम्‍ल्‍याहा थिए । 25 जेठोचाहिँ शरीरभरि रौँको लुगा लगाएजस्‍तै रातो वर्णको जन्‍म्‍यो । तिनीहरूले त्‍यसको नाउँ एसाव राखे । 26 त्‍यसपछि त्‍यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्‍चा समातिरहेको थियो । त्‍यसको नाउँ याकूब राखियो । इसाहककी पत्‍नीले तिनीहरूलाई जन्‍माउँदा तिनी साठी वर्ष पुगेका थिए । 27 बालकहरू बढे, र एसावचाहिँ सिपालु सिकारी र मैदानमा डुलिहिँड्‌ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्‍त स्‍वभावका मानिस भए । 28 इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्‌ । 29 याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए । 30 एसावले याकूबलाई भने, “कृपया, मलाई त्‍यो रातो सुरुवा खान देऊ, म थकित छु ।” यसैकारण उनलाई एदोम भनियो । 31 याकूबले भने, “पहिले तपाईंको ज्‍येष्‍ठ-अधिकार मलाई बेच्‍नुहोस्‌ ।” 32 एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?” 33 याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे । 34 याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्‍नो बाटो लागे । यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए ।
  • उत्प 26:4 : 4 तेरा सन्‍तानलाई आकाशका ताराहरूझैँ बढाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु । संसारका सबै जातिहरूले तेरै सन्‍तानहरूद्वारा आशिष्‌ पाउनेछन् ।
  • उत्प 28:3 : 3 सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्; तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्‍न सक्‍नेछस् ।
  • उत्प 17:6 : 6 म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु । तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन् ।
  • उत्प 17:16 : 16 म त्यसलाई आशिष् दिनेछु, र त्यसद्वारा म तँलाई एउटा छोरो दिनेछु । म त्यसलाई आशिष् दिनेछु, र त्यो जाति-जातिहरूकी आमा हुनेछे । जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्‍न हुनेछन् ।”
  • उत्प 17:20 : 20 इश्माएको विषयमा मैले तेरो बिन्ति सुनेँ । हेर्, म त्यसलाई आशिष् दिनेछु, र त्यसलाई फल्दो‍-फुल्दो बनाएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु । त्यो बाह्र जातिका अगुवाहरूका पिता हुनेछ, र त्यसलाई म ठुलो जाति बनाउनेछु ।
  • उत्प 18:18 : 18 अब्राहामबाट एउटा ठुलो र शक्तिशाली जाति बन्‍नेछ, र त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌ ।
  • उत्प 21:13 : 13 त्यस कमारी स्‍त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो ।”
  • उत्प 35:11 : 11 परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ । फल्दै-फुल्दै वृद्धि हुँदै जा । तँबाट एउटा जाति र जाति-जातिहरूको समूह उदय हुनेछ, अनि तेरा सन्तानहरूका बिचमा राजाहरू हुनेछन् ।
  • उत्प 36:1-9 : 1 ¶ एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए । 2 एसावले कनानीहरूबाट आफ्ना पत्‍नीहरू ल्याए । उनका पत्‍नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा; 3 र इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत । 4 आदाले एसावबाट एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन् । 5 ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन् । कनान देशमा जन्मेका एसावका छोराहरू यी नै थिए । 6 एसावले आफ्ना पत्‍नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्‍त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्‍गै अर्को देशमा गए । 7 तिनीहरू सँगै बस्‍नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे । तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्‍न सकेन । 8 यसैकारण एसाव (जसलाई एदोम पनि भनिन्छ) सेइरको पहाडी देशमा बसोबास गरे । 9 सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए । 10 एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्‍नी आदाका छोरा एलीपज; एसावकी पत्‍नी बासमतका छोरा रूएल । 11 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए । 12 एसावका छोरा एलीपजकी उपपत्‍नी तीम्‍नले अमालेकलाई जन्माइन् । एसावकी पत्‍नी आदाका नातिहरू यी नै थिए । 13 रूएलका छोराहरू यस प्रकार थिए: नहत, जेरह, शम्मा र मिज्‍जा । एसावकी पत्‍नी बासमतका नातिहरू यी नै थिए । 14 एसावकी पत्‍नी, अनाकी छोरी र सिबोनकी नातिनी ओहोलीबामाका छोराहरू यी नै थिए । तिनले एसावबाट येऊश, यालाम र कोरह जन्माइन् । 15 एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए: एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान, ओमार, सपो, कनज, 16 कोरह, गाताम र अमालेक । एदोम देशमा एलीपजबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए । 17 एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिएः नहत, जेरह, शम्मा र मिज्‍जा । एदोम देशमा रूएलबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए । ती एसावकी पत्‍नी बासमतका नातिहरू थिए । 18 एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिएः येऊश, यालाम र कोरह । अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन् । 19 एसावका छोराहरू यी नै थिए, र तिनीहरूका नजिकका घरानाहरू यी नै हुन् । 20 होरी सेइरका छोराहरू यी नै थिएः लोतान, शोबाल, सिबोन, अना, 21 दीशोन, एसेर र दीशान जो त्यस देशका बासिन्दाहरू थिए । एदोमको देशमा सेइरबाट जन्मेका बासिन्दा होरीहरूका नजिकका घरानाहरू यी नै थिए । 22 लोतानका छोराहरू होरी र हेमान थिए, र तीम्‍न लोतानकी बहिनी थिइन् । 23 शोबालका छोराहरू यिनै थिएः अल्बान, मानहत, एबाल, शपो र ओनाम । 24 सिबोनका छोराहरू यिनै थिएः अय्‍या र अना । आफ्ना बुबा सिबोनका गधाहरू चराउँदै गर्दा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने अना यिनी नै हुन् । 25 अनाका छोराछोरीहरू यी थिएः दीशोन र अनाकी छोरी ओहोलीबामा । 26 दीशोनका छोराहरू यी थिएः हेमदान, एश्‍बान, यित्रान र करान । 27 एसेरका छोराहरू यी थिएः बिल्हान, जावान र अकान । 28 दीशानका छोराहरू यी थिएः ऊज र आरान । 29 होरीहरूका नजिकका घरानाहरू यी थिए: लोतान, शोबाल, सिबोन, अना, 30 दीशोन, एसेर र दीशान । सेइर देशमा तिनीहरूका नजिकका घरानाहरूको सूचीअनुसारका होरीहरूका नजिकका घरानाहरू यी नै थिए । 31 इस्राएलीहरूमाथि कुनै राजाले शासन गर्नुअगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै थिए । 32 बओरका छोरा बेलाले एदोममा राज्य गरे, र उनको सहरको नाम दिन्हावा थियो । 33 बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे । 34 योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे । 35 हुशामको मृत्युपछि बददका छोरा हददले उनको स्थानमा राज्य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए । उनको सहरको नाम अवीत थियो । 36 हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे । 37 सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे । 38 शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्य गरे । 39 अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हदरले उनको स्थानमा राज्य गरे । उनको सहरको नाम पाऊ थियो । उनकी पत्‍नीको नाम महेतबेल थियो । तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् । 40 एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिएः तीम्‍न, अल्वा, यतेत, 41 ओहोलीबामा, एलाह, पीनोन, 42 कनज, तेमान, मिब्सार, 43 मग्दीएल र ईराम । तिनीहरूका देशमा तिनीहरूका बसोबासअनुसारका एदोमका नजिकका घरानाका मुखियाहरू यी नै थिए । एदोमीहरूका पिता एसाव यिनी नै थिए ।
  • उत्प 46:3 : 3 उहाँले भन्‍नुभयो, “म परमेश्‍वर हुँ, तेरा बुबाका परमेश्‍वर । मिश्रमा जान नडरा, किनकि त्‍यहाँ म तँबाट एउटा ठुलो जाति बनाउनेछु ।
  • निर्ग 1:7 : 7 इस्राएलीहरू फल्दै-फुल्दै र सङ्ख्यामा अत्यधिक बढ्दै गए, अनि तिनीहरू शक्तिशाली भए र तिनीहरूद्वारा देश भरियो ।
  • निर्ग 32:13 : 13 तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु । तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्' ।”
  • व्यव 1:10 : 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको वृद्धि गराउनुभएको छ, अब हेर आज तिमीहरू आकाशका तारापुञ्‍जजस्तै धेरै भएका छौ ।
  • न्या 6:3 : 3 यस्‍तो भयो, जति बेला इस्राएलीहरूले आफ्‍ना बालीहरू लगाउँथे, त्‍यति बेला मिद्दानीहरू र अमालेकीहरू र पूर्वका मानिसहरूले इस्राएलीहरूलाई आक्रमण गर्थे ।
  • न्या 6:5 : 5 तिनीहरूले आफ्‍ना पाल्तु वस्तुहरू र पालहरू लिएर आउँदा, तिनीहरू सलहहरूका हुलझैं हुन्‍थे, र तिनीहरूका मानिसहरू र ऊँटहरू गन्‍न असम्भव हुन्थ्यो । त्यस देशलाई नष्‍ट गर्नको निम्ति तिनीहरूले आक्रमण गर्थे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 28:13-14
    2 पदहरू
    83%

    13परमप्रभुले त्‍यसमाथि उभिएर याकूबलाई भन्‍नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्‍वर र इसहाकका परमेश्‍वर हुँ । जुन भूमिमा तँ ढल्‍किरहेको छस्‌ त्‍यो म तँलाई र तेरा सन्‍तानहरूलाई दिनेछु ।

    14तेरा सन्‍तान पृथ्‍वीको धुलोसरह हुनेछन्‌ । तँ पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिएर जानेछस्‌ । तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशिषित्् हुनेछन्‌ ।

  • उत्प 26:3-4
    2 पदहरू
    83%

    3यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष्‌ दिनेछु, किनकि म यी देशहरू तँ र तेरा सन्तानलाई दिनेछु, अनि तेरो बुबा अब्राहामसँग मैले शपथ खाएर दिएको प्रतिज्ञा म पुरा गर्नेछु ।

    4तेरा सन्‍तानलाई आकाशका ताराहरूझैँ बढाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु । संसारका सबै जातिहरूले तेरै सन्‍तानहरूद्वारा आशिष्‌ पाउनेछन् ।

  • उत्प 22:17-18
    2 पदहरू
    81%

    17म निश्‍चय नै तँलाई आशिष्‌ दिनेछु र म तेरा सन्‍तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्‍याउनेछु । तेरा सन्‍तानले आफ्‍ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन्‌ ।

    18तेरा सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌ ।”

  • 15तैँले देखेका यी सबै भूमि, म तँलाई र तेरा सन्तानहरूलाई सदाको निम्ति दिनेछु ।

  • 12तर तपाईंले भन्‍नुभयो, 'निश्‍चय नै, म तेरो उन्‍नति गराउनेछु । म तेरा सन्तानहरूलाई गन्‍नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु' ।”

  • 5अनि उहाँले तिनलाई बाहिर ल्याउनुभयो र भन्‍नुभयो, “आकाशतिर हेर् र ताराहरूलाई गन्, यदि तैले तिनीहरूलाई गन्‍न सक्‍छस् भने ।” अनि उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू पनि यस्तै हुनेछन् ।”

  • 17उठ्, भूमिको चारैतिर हिँड्, किनकि यो म तँलाई दिनेछु ।”

  • 10त्यसपछि परमप्रभुका दूतले त्यसलाई भने, “म तेरा सन्तानहरूलाई औधी बढाउनेछु, कि तिनीहरू गन्‍न नै नसकिने गरी धेरै हुनेछन् ।”

  • उत्प 17:6-9
    4 पदहरू
    76%

    6म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु । तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन् ।

    7तँ र तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्‍तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु ।

    8तँ बसेको देश अर्थात् सारा कनान तँ र तँपछि आउने तेरा सन्तानलाई सधैँको निम्ति अधिकारको रूपमा दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।”

    9त्यसपछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैँलेचाहिँ मेरो करार पालन गर्नुपर्छ, तँ र तँपछिका तेरा सन्तानहरूले तिनीहरूका पुस्तौँसम्म ।

  • 25तपाईंले यो जान्‍नुहुनेछ, तपाईंको सन्तान महान् हुनेछ, तपाईंका छोराछोरी जमिनको घाँसझैं हुनेछन् ।

  • 13तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु । तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्' ।”

  • उत्प 35:11-12
    2 पदहरू
    75%

    11परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ । फल्दै-फुल्दै वृद्धि हुँदै जा । तँबाट एउटा जाति र जाति-जातिहरूको समूह उदय हुनेछ, अनि तेरा सन्तानहरूका बिचमा राजाहरू हुनेछन् ।

    12मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई दिनेछु । तँपछि उदय हुने तेरा सन्तानहरूलाई पनि म यो देश दिनेछु ।”

  • 13त्यस कमारी स्‍त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो ।”

  • 4र भन्‍नुभयो, 'हेर, म तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु, र तेरो वृद्धि गराउनेछु । तँबाट म जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु । म यो देश अनन्‍त अधिकारको रूपमा तेरा सन्‍तानलाई दिनेछु ।’

  • उत्प 12:2-3
    2 पदहरू
    75%

    2म तँलाई ठुलो जाति बनाउनेछु, म तँलाई आशिष् दिनेछु, तेरो नाउँ महान् हुनेछ र तँ आशिष् हुनेछस् ।

    3तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई अनादर गर्नेलाई म सराप दिनेछु । तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन् ।

  • 2त्यसपछि मेरो र तेरो बिचको आफ्नो करार म पक्‍का गर्नेछु, र तँलाई अत्यन्तै वृद्धि गराउनेछु ।”

  • 14उहाँले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई आशिष्‌‌ दिनेछु, र तँलाई ज्यादै वृद्धि गराउनेछु ।”

  • उत्प 28:3-4
    2 पदहरू
    73%

    3सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्; तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्‍न सक्‍नेछस् ।

    4उहाँले तँलाई र तँ पछिका तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, ताकि परमेश्‍वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस्‌ ।”

  • 18अब्राहामबाट एउटा ठुलो र शक्तिशाली जाति बन्‍नेछ, र त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌ ।

  • 16अब यी प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएको थियो । यसले धेरै मानिसहरूलाई जनाउने गरी “सन्तानहरूलाई” भन्दैन, तर यसको सट्टामा “तिम्रो सन्तानलाई” भनेर यसले एक जनालाई मात्र जनाउँछ, जो ख्रीष्‍ट हुनुहुन्छ ।

  • 19तिमीहरूका सन्तानहरू बालुवाझैं असंख्या हुने थिए र तिमीहरूका गर्भबाट जन्‍मेका छोराछोरीका बलुवाका कणझैं अनगिन्ति हुने थिए । तिनीहरूका नाउँ मेरो सामुबाट काटिने वा मेटिने थिएन ।

  • 18यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ ।”

  • 2त्यसका सन्तानहरू पृथ्वीमा शक्तिशाली हुनेछन् । भक्‍त मानिसका सन्तानहरू धन्यका हुनेछन् ।

  • 3किनकि तँ दाहिनेतिर र देब्रेतिर फैलिनेछस्, तेरा सन्तानहरूले जातिहरूलाई जित्‍नेछन् र उजाड सहरहरूमा पुनः बसोवास गर्नेछन् ।

  • 12त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए, जसलाई गन्‍नै सकिँदैन ।

  • उत्प 17:19-20
    2 पदहरू
    71%

    19परमेश्‍वरले भन्‍नुभयो, “होइन, तर तेरी पत्‍नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ इसहाक राख्‍नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु ।

    20इश्माएको विषयमा मैले तेरो बिन्ति सुनेँ । हेर्, म त्यसलाई आशिष् दिनेछु, र त्यसलाई फल्दो‍-फुल्दो बनाएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु । त्यो बाह्र जातिका अगुवाहरूका पिता हुनेछ, र त्यसलाई म ठुलो जाति बनाउनेछु ।