उत्पत्ति 17:12

अनलक शाब्दिक बाइबल

तिमीहरूका पुस्तौँसम्म तिमीहरूमा आठ दिन पुगेका हरेक पुरुषको खतना गरिनुपर्छ । यसमा तेरो घरमा जन्मेका र तेरो सन्‍तान नभए पनि विदेशीबाट दाम हालेर किनेका व्यक्‍ति पनि पर्दछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 12:3 : 3 आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ ।
  • लू 2:21 : 21 जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो । तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो ।
  • लू 1:59 : 59 अब बालक जन्मेको आठौँ दिनमा तिनीहरू बालकको खतना गर्न गए र तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे ।
  • निर्ग 12:48-49 : 48 कुनै परदेशी तिमीहरूका बिचमा बसेको छ र त्यसले परमप्रभुको निम्ति निस्तार-चाड मान्‍न चाहन्छ भने त्यसका सबै पुरुष नातेदारहरूको खतना गरिनुपर्छ । त्यसपछि मात्र त्यसले यो चाड मान्‍न पाउँछ । त्यो देशमै जन्मेका मानिसहरूजस्तै एक हुनेछ । तर बेखतने व्यक्तिले यसबाट खान पाउनेछैन । 49 स्वदेशी र तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी दुवैलाई उही नियम लागु हुनेछ ।”
  • फिलि 3:5 : 5 मेरो आठौँ दिनमा खतना गराइएको थियो, म इस्राएलका मानिसहरूमध्ये एक, बेन्यामीन कुलमा जन्मेको, हिब्रूहरूका हिब्रू हुँ; व्यवस्थाको विषयमा चाहिँ, एक फरिसी ।
  • उत्प 17:23 : 23 त्यसपछि अब्राहामले आफ्नो छोरो इश्माएल, र आफ्‍नो घरमा जन्मेका, र दाम हालेर किनेका सबै, परमेश्‍वरले भन्‍‍नुभएबमोजिम त्यसै दिन आफ्नो घरका सबै पुरुषहरूका खलडीको खतना गरे ।
  • उत्प 21:4 : 4 परमप्रभुले आज्ञा गर्नुभएझैँ आफ्नो छोरो आठ दिनको हुँदा अब्राहामले तिनको खतना गरिदिए ।
  • यूह 7:22-23 : 22 मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ । 23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ?”
  • प्रेरि 7:8 : 8 अनि उहाँले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो । त्यसैले, अब्राहाम इसहाकका पिता बने र तिनले आठौँ दिनमा उनको खतना गरे । इसहाक याकूबका पिता बने र याकूब बाह्र कुलका पिता बने ।
  • रोमी 2:28 : 28 किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 17:13-14
    2 पदहरू
    91%

    13तेरो घरमा जन्मेका र तेरो पैसाले किनेका सबैको खतना हुनैपर्छ । यसरी मेरो करार तिमीहरूको शरीरमा नित्य रहिरहने करार हुनेछ ।

    14खलडीको खतना नगरिएको पुरुष उसका मानिसहरूबाट बहिष्कार गरिनेछ । त्यसले मेरो करार भङ्‍ग गरेको छ ।”

  • लैव्य 12:2-3
    2 पदहरू
    85%

    2“इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘यदि कुनै स्‍त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्‍वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे ।

    3आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ ।

  • उत्प 17:9-11
    3 पदहरू
    83%

    9त्यसपछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैँलेचाहिँ मेरो करार पालन गर्नुपर्छ, तँ र तँपछिका तेरा सन्तानहरूले तिनीहरूका पुस्तौँसम्म ।

    10यो मेरो र तेरो र तँपछि आउने तेरा सन्‍तानहरूका बिचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार होः तिमीहरूका बिचमा भएका हरेक पुरुषको खतना हुनुपर्छ ।

    11तिमीहरूको खलडीको खतना हुनुपर्छ । मेरो र तिमीहरूको बिचको करारको चिन्ह यही हुनेछ ।

  • उत्प 17:23-27
    5 पदहरू
    82%

    23त्यसपछि अब्राहामले आफ्नो छोरो इश्माएल, र आफ्‍नो घरमा जन्मेका, र दाम हालेर किनेका सबै, परमेश्‍वरले भन्‍‍नुभएबमोजिम त्यसै दिन आफ्नो घरका सबै पुरुषहरूका खलडीको खतना गरे ।

    24तिनको खलडीको खतना गर्दा अब्राहाम उनान्सय वर्षका थिए ।

    25तिनको छोरो इश्माएलचाहिँ आफ्नो खलडीको खतना गर्दा तेह्र वर्षका थिए ।

    26अब्राहाम र इश्माएलको खतना एकै दिनमा भयो ।

    27तिनको घरमा जन्मेका र विदेशीबाट किनिएका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो ।

  • निर्ग 12:47-49
    3 पदहरू
    77%

    47इस्राएलका सारा समुदायले यसको पालन गर्नू ।

    48कुनै परदेशी तिमीहरूका बिचमा बसेको छ र त्यसले परमप्रभुको निम्ति निस्तार-चाड मान्‍न चाहन्छ भने त्यसका सबै पुरुष नातेदारहरूको खतना गरिनुपर्छ । त्यसपछि मात्र त्यसले यो चाड मान्‍न पाउँछ । त्यो देशमै जन्मेका मानिसहरूजस्तै एक हुनेछ । तर बेखतने व्यक्तिले यसबाट खान पाउनेछैन ।

    49स्वदेशी र तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी दुवैलाई उही नियम लागु हुनेछ ।”

  • 44तर दाम तिरेर किनिएको हरेक इस्राएली दासको खतना गरिएपछि त्यसले यो खान सक्छ ।

  • 8अनि उहाँले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो । त्यसैले, अब्राहाम इसहाकका पिता बने र तिनले आठौँ दिनमा उनको खतना गरे । इसहाक याकूबका पिता बने र याकूब बाह्र कुलका पिता बने ।

  • 4परमप्रभुले आज्ञा गर्नुभएझैँ आफ्नो छोरो आठ दिनको हुँदा अब्राहामले तिनको खतना गरिदिए ।

  • गिन 18:15-16
    2 पदहरू
    71%

    15मानिसहरूले परमप्रभुलाई अर्पण गर्ने मानिस र पशु दुवैका गर्भ खोल्ने पहिलो जन्मेकाहरू सबै तेरै हुने छन् । तथापि, मानिसहरूले जेठा छोरालाई किनेर फिर्ता लिनुपर्छ र तिनीहरूले अशुद्ध पशुहरूका पहिलो जन्मेकाहरूलाई किनेर फिर्ता गर्नुपर्छ ।

    16मानिसहरूले किनेर फिर्ता लिनुपर्नेहरूलाई एक महिनाको भएपछि किनेर फिर्ता गर्नुपर्छ । त्यसपछि मानिसहरूले पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार पाँच शेकेल तिरेर फिर्ता लिन सक्छन् । बिस गेराको एक शेकेल हुन्छ ।

  • 22मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ ।

  • १ कोरि 7:18-19
    2 पदहरू
    71%

    18के विश्‍वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो? उसले आफूलाई खतना नभएको जस्तो नदेखाओस् । विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो? उसले खतना नगरोस् ।

    19न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै हो ।

  • 5तथापि मिश्रबाट आएका सबै पुरुषको खतना भएको थियो, र मिश्रबाट आउँदा मरुभूमिमा जन्मेका कुनै पनि पुरुषको खतना भएको थिएन ।

  • 30त्यस्तै गरी तिमीहरूका गोरु र भेडाहरूलाई पनि यसै गर । सात दिनसिम्म तिनीहरू आ-आफ्ना माउसित बस्‍न सक्छन् तर आठौँ दिनमा चाहिँ तिमीहरूले ती मलाई देओ ।

  • 22यो सर्तमा मात्रै ती मानिसहरू हामीसित बसी एउटै जाति हुन सहमत छन्: तिनीहरूजस्तै हाम्रो हरेक पुरुषको खतना हुनुपर्छ ।

  • 9परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: इस्राएलका मानिसहरूका बिचमा बसोबास गर्ने कोही परदेशी जसको हृदय र शरीरको खतना भएको छैन, त्यो मेरो पवित्र ठाउँमा प्रवेश नगरोस् ।

  • निर्ग 13:11-13
    3 पदहरू
    70%

    11परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खानुभएझैँ उहाँले तिमीहरूलाई कनानीहरूको देशमा पुर्‍याई त्यो देश तिमीहरूलाई दिनुहुँदा

    12तिमीहरूले हरेकको गर्भको पहिले फल परमप्रभुको निम्ति अलग गर्नू ।

    13गधाको हरेक पहिलो फललाई एउटा पाठोद्वारा छुटाउनू । त्यो छुटाएनौ भने त्यसको घाँटी निमोठिदिनू । तर तिमीहरूका सबै छोराका बिचमा पहिलो फललाई तिमीहरूले छुटाउनैपर्छ ।

  • 45तिमीहरूका बिचमा बसोबास गर्ने परदेशीहरूबाट, तिमीहरूसँग भएका तिनीहरूका परिवारहरूबाट, र तिमीहरूको भूमिमा जन्मेका तिनीहरूका छोराछोरीहरूबाट पनि तिमीहरूले दासहरू किन्‍न सक्छौ । तिनीहरू तिमीहरूको सम्पत्ति बन्‍न सक्छन् ।

  • 15यो सर्तमा मात्रै हामी तपाईंहरूसित सहमत हुनेछौः हामीजस्तै तपाईंहरूको हरेक पुरुषको खतना हुनुपर्छ ।

  • 7यहोशूले खतना गरेका मानिसहरू परमप्रभुले तिनीहरूका सट्टामा उठाउनुभएका तिनीहरूका छोराछोरीहरू थिए, किनभने तिनीहरूको त्यस किसिमले खतना भएको थिएन ।

  • 16यसो गर्, किनभने तिनीहरू इस्राएलका मानिसहरूबाट पूर्ण रूपमा मेरा हुन् । तिनीहरूले गर्भ खोल्ने इस्राएलका सबै सन्तानका पहिले जन्मेका हरेक पुरुष बालकको स्थान लिनेछन् । मैले लेवीहरूलाई आफ्नै निम्ति लिएको छु ।

  • 16त्यसकारण, तिमीहरूका ह्रदयको खतना गर, र अबदेखि उसो हठी नहोओ ।

  • 28किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो ।

  • 14यदि कुनै विदेशी तिमीहरूसँग बसोबास गर्छ र परमप्रभुको आदरमा निस्तार-चाड मान्‍छ भने, त्यसले यसलाई पालन गर्नुपर्छ र निस्तार-चाडका सबै नियम पालन गरेर उहाँले आज्ञा गर्नुभएका सबै थोक गर्नुपर्छ र यसको निम्ति सबै नियम पालन गर्नुपर्छ । विदेशी र स्वदेशी सबैको निम्ति उही नियम हुनुपर्छ ।”

  • 8तैँले तिनीहरूलाई भन्‍नू, ‘इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी, जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ,