उत्पत्ति 20:3

अनलक शाब्दिक बाइबल

तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्‍नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्‍त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्यो अरू कसैकी पत्‍नी हो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 20:7 : 7 यसैकारण, त्यस मानिसकी पत्‍नीलाई फर्काइदे, किनभने त्यो एउटा अगमवक्ता हो । त्यसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्‍नेछस् । तर यदि तैँले त्यसलाई फर्काइनस् भने, यो थाहा गर्, कि तँ र तेरा सबै निश्‍चय नै मर्नेछन् ।”
  • अय्यू 33:15 : 15 राती सपनामा, दर्शनमा, मानिसहरू मस्त निद्रामा पर्दा, ओछ्यानमा सुतेको समयमा,
  • भजन 105:14 : 14 उहाँले कसैलाई पनि तिनीहरूमाथि थिचोमिचो गर्ने अनुमति दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई हप्‍काउनुभयो ।
  • मत्त 1:20 : 20 जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो ।
  • मत्त 27:19 : 19 जब उनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, उनकी पत्‍नीले उनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।”
  • मत्त 2:12-13 : 12 परमेश्‍वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए । 13 तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ ।”
  • यहे 33:14-15 : 14 यसैले मैले दुष्‍टलाई यसो भनें, “तँ निश्‍चय नै मर्नेछस्”, तर त्‍तसपछि त्यसले आफ्नो पापको पश्‍चात्ताप गर्छ र न्यायपूर्ण र ठिक काम गर्छ भने, 15 र त्यसले ऋणको निम्ति आफूले दुष्‍टतापूर्वक राखेको धितो फिर्ता गर्छ, वा त्यसले चोरेको कुरालाई फिर्ता गर्छ, र जीवन दिने विधिहरू पालना गर्छ र फेरि पाप गर्दैन भने, तब त्यो निश्‍चय नै जिउनेछ । त्यो मर्नेछैन ।
  • योना 3:4 : 4 योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।”
  • उत्प 28:12 : 12 तिनले पृथ्वीमा खडा गरिएको एउटा भर्‍याङको सपना देखे । त्‍यसको टुप्‍पाचाहिँ आकाशसम्‍मै पुगेको रहेछ र परमेश्‍वरका दूतहरू त्‍यसमा उक्‍लने र ओर्लने गर्दा रहेछन्‌ ।
  • उत्प 31:24 : 24 राती सपनामा परमेश्‍वर अरामी लाबानकहाँ देखा पर्नुभई तिनलाई भन्‍नुभयो, “तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो ।”
  • उत्प 37:5 : 5 योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे ।
  • उत्प 37:9 : 9 उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । उनले भने, “हेर्नुहोस्, मैले अर्को सपना देखेँः सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत् गरे ।”
  • उत्प 40:8 : 8 तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन ।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्‍वरका नै होइनन् र? कृपया, मलाई ती बताउनुहोस् ।”
  • उत्प 41:1-9 : 1 ¶ दुई वर्षको अन्त्यमा फारोले एउटा सपना देखे । तिनी नील नदीको किनारमा उभिए । 2 नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे । 3 नील नदीबाट अरू सातवटा नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । तिनीहरू नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए । 4 त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा सप्रेका र मोटा-मोटा गाईलाई खाइदिए । अनि फारो ब्युँझे । 5 तिनी फेरि सुते र अर्को सपना देखे । सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रे । 6 त्यसपछि सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाए । 7 सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । फारो ब्युँझे, र यो त सपना पो रहेछ भनी तिनलाई थाहा भयो । 8 बिहान तिनको आत्मा बेचैन भयो । तिनले मिश्रका सबै जादुगर र बुद्धिमान् मानिसहरूलाई बोलाउन पठाए । फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए, तर फारोलाई सपनाहरूको अर्थ खोल्न सक्‍ने त्यहाँ कोही भएन । 9 त्यसपछि मुख्य पियाउनेले फारोलाई भने, “आज म मेरो दोषको बारेमा सोच्दै छु । 10 फारो आफ्ना नोकरहरूसित रिसाउनु भई मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्‍तानको कैदखानामा राख्‍नुभयो । 11 तिनी र मैले एउटै रात सपना देख्यौँ । हामीले आ-आफ्नो अर्थ भएका सपना देख्यौँ । 12 त्यहाँ हामीसित एक जना जवान हिब्रू मानिस थियो जो अङ्गरक्षकका कप्‍तानको नोकर थियो । हामीले त्यसलाई हाम्रा सपनाहरू बताएपछि त्यसले अर्थ खोलिदियो । त्यसले हामीलाई आ-आफ्ना सपनाअनुसार अर्थ खोलिदियो । 13 त्यसले हामीलाई अर्थ खोलिदिएअनुसार नै हुन आयो । फारोले मलाई मेरो पदमा पुनर्स्थापना गरिदिनुभयो, तर अर्को मानिसलाई झुण्ड्याइयो ।” 14 त्यसपछि फारोले योसेफलाई डाक्‍न पठाए । तिनीहरूले तिनलाई चाँडै नै झ्यालखानाबाट निकालेर ल्याए । तिनले दारी खौरेपछि लुगाहरू बद्लेर फारोकहाँ आए । 15 फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेँ, तर यसको अर्थ खोल्ने कोही भएन । तर तिमीले सपना सुन्यौ भने यसको अर्थ खोल्न सक्छौ भनी मैले तिम्रो बारेमा सुनेको छु ।” 16 योसेफले फारोलाई जवाफ दिए, “ममा यस्तो खुबी त छैन, तर परमेश्‍वरले फारोलाई निगाहसाथ जवाफ दिनुहुनेछ ।” 17 फारोले योसेफलाई बताए, “मेरो सपनामा म नील नदीको किनारमा उभिएँ । 18 नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे । 19 नील नदीबाट अरू सातवटा कमजोर, नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । मैले पुरै मिश्रभरि तीजस्ता नसप्रेका गाईहरू कहिल्यै देखेको छैनँ । 20 त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा मोटा-मोटा गाईलाई खाइदिए । 21 तिनीहरूले ती गाईहरूलाई खाइसकेपछि तिनीहरू खाएका जस्ता देखिँदैनथे किनकि तिनीहरू पहिलेजस्तै अझै पनि नसप्रेका देखिन्थे । त्यसपछि मेरो निद्रा खुल्यो । 22 मेरो अर्को सपनामा मैले सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका देखेँ । 23 त्यसपछि सुकेका, सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाउन थाले । 24 सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । मैले जादुगरहरूलाई यी सपनाहरू बताएँ, तर मलाई तिनको अर्थ खोलिदिने कोही भएन ।” 25 योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हुन् । परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ । 26 सातवटा असल गाई र सातवटा असल बाला सात वर्ष हुन् । सपनाहरू एउटै हुन् । 27 तीपछि आएका सातवटा दुब्ला-दुब्ला र नसप्रेका गाई सात वर्ष हुन्, र पूर्वीय बतासद्वारा ओइल्याइएका सातवटा बाला अनिकालका सात वर्ष हुन् । 28 मैले फारोलाई बताएको कुरा यही नै हो । परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ । 29 हेर्नुहोस्, मिश्रदेशभरि ठुलो सहकालको सात वर्ष हुनेछ । 30 त्यसपछि सात वर्षको अनिकाल पर्नेछ, र मिश्रभरि त्यस सात वर्षको सहकालको सम्झना हुनेछैन, अनि अनिकाले देशलाई सखाप पार्नेछ । 31 देशमा पछि आउने अनिकालको कारणले गर्दा सहकाललाई सम्झनेछैन किनकि यो अति नै भयानक हुनेछ । 32 फारोलाई सपना दोहोर्‍याइनुको कारणचाहिँ यही हो, कि परमेश्‍वरले यो विषयलाई पक्‍का गर्नुभएको छ, र उहाँले चाँडै यसो गर्नुहुनेछ । 33 अब फारोले कुशल र बुद्धिमान् मानिसको खोजी गरी तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस् । 34 फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् र तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन् । 35 सहरहरूमा खानाका लागि तिनीहरूले आउँदै गरेका यी असल वर्षहरूका सबै अनाज जम्मा गरून् । तिनीहरूले यसको सञ्चय गर्नुपर्छ । 36 मिश्रमा आउने सात वर्षको अनिकालको अवधिमा यी अनाज वितरण गरिनुपर्छ । यसरी अनिकालद्वारा देश सखाप हुनेछैन ।”
  • अय्यू 4:12-13 : 12 यति बेला कुनै कुरा गुप्‍तमा मकहाँ ल्याइयो, र मेरो कानले यसको बारेमा कानेखुसी सुन्यो । 13 जब मानिसहरू घोर निद्रामा पर्छन्, तब रातको सपनाहरूद्वारा विचारहरू आए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 20:4-12
    9 पदहरू
    85%

    4अबीमेलेक तिनको नजिक गएका थिएनन् र उनले भने, “परमप्रभु के तपाईंले धार्मिक जातिलाई पनि मार्नुहुन्छ र?

    5के त्यो आफैँले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेर भनेको थिएन र? त्यस स्‍त्रीले पनि, ‘तिनी मेरा दाजु हुन्’ भनेर भनेकी थिई । मेरो हृदयको इमान्दारी र मेरा निर्दोष हातद्वारा मैले यो गेरको हुँ ।”

    6त्यसपछि परमप्रभुले तिनलाई सपनामा भन्‍नुभयो, “हो, यो मलाई पनि थाहा छ, कि तैँले आफ्नो हृदयको इमान्दारीमा यो गरिस्, र मैले नै तँलाई मेरो विरूद्ध पाप गर्नबाट बचाएँ । यसैकारण मैले तँलाई त्यस स्‍त्रीलाई छुन दिइनँ ।

    7यसैकारण, त्यस मानिसकी पत्‍नीलाई फर्काइदे, किनभने त्यो एउटा अगमवक्ता हो । त्यसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्‍नेछस् । तर यदि तैँले त्यसलाई फर्काइनस् भने, यो थाहा गर्, कि तँ र तेरा सबै निश्‍चय नै मर्नेछन् ।”

    8अबीमेलेक बिहानै उठे र आफ्ना सबै नोकरहरूलाई बोलाए । तिनले यी सबै कुरा ती मानिसहरूलाई बताए, र तिनीहरू धेरै डराए ।

    9त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्‍यौ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने काम गर्‍यौ ।”

    10अबीमेलेकले अब्राहामलाई भने, “के कुराले तिमीलाई यस्तो काम गर्न लगायो?”

    11अब्राहामले भने, “किनभने यस ठाउँमा निश्‍चय नै परमप्रभुको कुनै भय छैन र तिनीहरूले मलाई मेरी पत्‍नीको कारणले मार्नेछन् भनी मैले विचार गरेँ ।

    12हुन त यिनी मेरो बुबाकी छोरी मेरी बहिनी हुन्, तर यिनी मेरी आमाकी छोरी होइनन्, र यिनी मेरी पत्‍नी भइन् ।

  • 2अब्राहामले आफ्नी पत्‍नी साराको बारेमा यस्तो भनेका थिए, “यिनी मेरी बहिनी हुन् ।” यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए ।

  • उत्प 26:8-11
    4 पदहरू
    80%

    8इसहाक त्‍यहाँ बसेको धेरै दिनपछि पलिश्‍तीहरूका राजा अबीमेलेकले झ्‍यालबाट हेर्न पुगे । इसहाक आफ्‍नी पत्‍नी रिबेकासँग प्रेम-क्रीडा गरिरहेका थिए ।

    9अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाएर भने, “हेर, तिनी पक्‍कै पनि तिम्री पत्‍नी हुन् । किन तिमीले ‘तिनी मेरी बहिनी हुन्‌’ भन्‍यौ?” इसहाकले उनलाई भने, “किनभने तिनलाई प्राप्‍त गर्नको निम्ति कसैले मार्लान्‌ भन्‍ने मैले सोचें ।”

    10अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्‍नीसित सजिलै नराम्रो कर्म गर्ने थियो, र तिमीले हामीमाथि दोष ल्‍याउने थियौ ।”

    11यसकारण अबीमेलेकले सबै मानिसहरूलाई चेताउनी दिएर भने, “यी मानिस अथवा यिनकी पत्‍नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्‍चय नै मृत्‍युदण्‍ड हुनेछ ।”

  • उत्प 20:17-18
    2 पदहरू
    77%

    17त्यसपछि अब्राहामले परमप्रभुसँग प्रार्थना गरे, र उहाँले अबीमेलेक, तिनकी पत्‍नी, र तिनका कमारीहरूलाई निको पार्नुभयो र तिनीहरूले छोरीछोरी जन्माउन सके ।

    18किनभने अब्राहामकी पत्‍नी साराको कारण अबीमेलेकको घरानाका सबै स्‍त्रीलाई परमप्रभुले बाँझी बनाउनुभएको थियो ।

  • उत्प 20:14-15
    2 पदहरू
    74%

    14त्यसपछि अबीमेलेकले अब्राहामलाई भेडाहरू, गोरुहरू, र कमारा-कमारीहरू दिए । तिनले अब्राहामकी पत्‍नी सारालाई पनि उनीकहाँ फर्काइदिए ।

    15अबीमेलेकले भने, “हेर, मेरो भूमि तिम्रै अगि छ । जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस ।”

  • उत्प 12:18-19
    2 पदहरू
    73%

    18फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको? तिनी तिम्रो पत्‍नी थिइन् भनी मलाई किन बताएनौ?

    19'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्‍नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्‍नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्‍नो बाटो लाग ।

  • 22त्यस समय अबीमेलेक र तिनका सेनापति पीकोलले अब्राहामलाई यसो भने, “तिमीले गर्ने सबै कुरामा परमप्रभु तिमीसँगै हुनुहुन्छ ।

  • उत्प 21:25-26
    2 पदहरू
    71%

    25अब्राहामले अबीमेलेकसँग तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि गुनासो गरे ।

    26अबीमेलेकले भने, “यो काम कसले गर्‍यो मलाई थाहा भएन । तिमीले यस विषयमा मलाई पहिले नै भनेनौ, र मैले यसबारे आजसम्म केही सुनेको छैनँ ।”

  • 15पमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई भनेर नबोलाउनू । तर त्यसको नाउँ सारा हुनेछ ।