उत्पत्ति 22:12
उनले भने, “तेरो हात त्यस केटामाथि नउठा, न त त्यसलाई केही गर, आफ्नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस् भन्ने देखेर तैँले परमेश्वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ
उनले भने, “तेरो हात त्यस केटामाथि नउठा, न त त्यसलाई केही गर, आफ्नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस् भन्ने देखेर तैँले परमेश्वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5अब्राहामले आफ्ना जवान मानिसहरूलाई भने, “तिमीहरू गधासँग यहीँ बस, अनि म र यो केटो त्यहाँ जानेछौँ । हामी पूजा गर्नेछौँ र तिमीहरूकहाँ फेरि फर्केर आउनेछौँ ।”
6त्यसपछि अब्राहामले होमबलिको निम्ति दाउरा लिए र आफ्नो छोरो इसहाकलाई बोकाए । उनले आगो र छुरी आफ्नो हातमा लिए अनि ती दुवै जना सँगसँगै गए ।
7इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा,” अनि तिनले भने, “म यहीँ छु, मेरो छोरा ।” त्यसले भन्यो, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिको लागि थुमाचाहिँ खोइ?”
8अब्राहामले भने, “मेरो छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ ।” अनि ती दुवै सँगसँगै गए ।
9परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा राखे । त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे ।
10अब्राहामले आफ्नो छोरालाई मार्न छुरी उठाए ।
11त्यसपछि परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु ।”
13।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्झेर फसेको देखे । अब्राहामले गएर त्यस भेडालाई ल्याए, र तिनका छोराको सट्टामा त्यसैलाई होमबलि चढाए ।
14यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे, र “परमप्रभुको डाँडामा जुटाइनेछ” भनी आजसम्म पनि भनिन्छ ।
15परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई बोलाएर भने,
16यो परमप्रभुको घोषणा हो, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले
1¶ यी कुराहरूपछि परमेश्वरले अब्राहामको जाँच गर्नुभयो । उहाँले तिनलाई भन्नुभयो, “ए अब्राहाम!” अब्राहमले भने, “म यहीँ छु ।”
2त्यसपछि परमेश्वरले भन्नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा । त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्, जुन म तँलाई बताउनेछु ।”
17आफ्नो जाँच हुँदा विश्वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए, जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए । उनले नै प्रतिज्ञाहरू प्राप्त गरेका थिए ।
6अब्राहामले त्यसलाई भने, “तैँले मेरो छोरालाई त्यहाँ फर्काएर नलानू!
12तर परमप्रभुले अब्राहामलाई भन्नुभयो, “त्यो केटो र तेरी कमारी स्त्रीको निम्ति दुःख नमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ ।
6त्यसपछि परमप्रभुले तिनलाई सपनामा भन्नुभयो, “हो, यो मलाई पनि थाहा छ, कि तैँले आफ्नो हृदयको इमान्दारीमा यो गरिस्, र मैले नै तँलाई मेरो विरूद्ध पाप गर्नबाट बचाएँ । यसैकारण मैले तँलाई त्यस स्त्रीलाई छुन दिइनँ ।
13परमप्रभुले त्यसमाथि उभिएर याकूबलाई भन्नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर हुँ । जुन भूमिमा तँ ढल्किरहेको छस् त्यो म तँलाई र तेरा सन्तानहरूलाई दिनेछु ।
11अब्राहामले भने, “किनभने यस ठाउँमा निश्चय नै परमप्रभुको कुनै भय छैन र तिनीहरूले मलाई मेरी पत्नीको कारणले मार्नेछन् भनी मैले विचार गरेँ ।
23यसैकारण अब मसँग यहाँ परमप्रभुको सामु प्रतिज्ञा गर, कि तिमीले म, मेरा सन्तति र मेरा उत्तराधिकारीहरूसँग कुनै छल गर्नेछैनौ । मैले तिमीलाई प्रतिज्ञामा जस्तो विश्वसनीयता देखाएँ तिमीले पनि त्यस्तै विश्वसनीयता म, र तिमी बसोबास गर्दै आएको यस भूमिप्रति देखाउनू ।”