उत्पत्ति 22:14
यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे, र “परमप्रभुको डाँडामा जुटाइनेछ” भनी आजसम्म पनि भनिन्छ ।
यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे, र “परमप्रभुको डाँडामा जुटाइनेछ” भनी आजसम्म पनि भनिन्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
7इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा,” अनि तिनले भने, “म यहीँ छु, मेरो छोरा ।” त्यसले भन्यो, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिको लागि थुमाचाहिँ खोइ?”
8अब्राहामले भने, “मेरो छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ ।” अनि ती दुवै सँगसँगै गए ।
9परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा राखे । त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे ।
10अब्राहामले आफ्नो छोरालाई मार्न छुरी उठाए ।
11त्यसपछि परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु ।”
12उनले भने, “तेरो हात त्यस केटामाथि नउठा, न त त्यसलाई केही गर, आफ्नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस् भन्ने देखेर तैँले परमेश्वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ
13।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्झेर फसेको देखे । अब्राहामले गएर त्यस भेडालाई ल्याए, र तिनका छोराको सट्टामा त्यसैलाई होमबलि चढाए ।
4तेस्रो दिन अब्राहामले माथि हेरे र टाढा त्यो ठाउँ देखे ।
5अब्राहामले आफ्ना जवान मानिसहरूलाई भने, “तिमीहरू गधासँग यहीँ बस, अनि म र यो केटो त्यहाँ जानेछौँ । हामी पूजा गर्नेछौँ र तिमीहरूकहाँ फेरि फर्केर आउनेछौँ ।”
1¶ यी कुराहरूपछि परमेश्वरले अब्राहामको जाँच गर्नुभयो । उहाँले तिनलाई भन्नुभयो, “ए अब्राहाम!” अब्राहमले भने, “म यहीँ छु ।”
2त्यसपछि परमेश्वरले भन्नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा । त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्, जुन म तँलाई बताउनेछु ।”
15परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई बोलाएर भने,
16यो परमप्रभुको घोषणा हो, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले
4तिनी आफूले पहिले नै बनाएका वेदी भएको ठाउँमा गए । यहाँ तिनले परमप्रभुको नाउँको पुकारा गरे ।
13त्यसपछि त्यसले आफूसँग बात गर्नुहुने परमेश्वरका दूतलाई यो नाउँ दिई, “तपाईं मलाई देख्नुहुने परमप्रभु हुनुहुन्छ,” किनकि त्यसले भनी, “के उहाँले मलाई देखिसकेपछि पनि म उहाँलाई साँच्चै देखिरहन्छु?”
27अब्राहाम बिहान सबेरै उठे र तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए ।
7परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र भन्नुभयो, “यो भूमि म तेरा सन्तानहरूलाई दिनेछु ।” यसैले अब्रामले तिनीकहाँ देखा पर्नुहुने परमप्रभुको निम्ति एउटा वेदी बनाए ।
8त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्चिमतिर र ऐलाई पूर्वतिर पारेर तिनको पाल टाँगे । त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे ।
15तब मोशाले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाउँ “परमप्रभु मेरो झण्डा हुनुहुन्छ” राखे ।
33अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे । त्यसपछि उनले अनन्तका परमेश्वरको आराधना गरे ।
13परमप्रभुले त्यसमाथि उभिएर याकूबलाई भन्नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर हुँ । जुन भूमिमा तँ ढल्किरहेको छस् त्यो म तँलाई र तेरा सन्तानहरूलाई दिनेछु ।
24यसैले गिदोनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले त्यसको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” भने । आजको दिनसम्म त्यो अबीएजेरी वंशको ओप्रामा छ ।
17आफ्नो जाँच हुँदा विश्वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए, जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए । उनले नै प्रतिज्ञाहरू प्राप्त गरेका थिए ।