उत्पत्ति 24:11

अनलक शाब्दिक बाइबल

त्यसले ऊँटहरूलाई सहरको बाहिर इनारको नजिकै घुँडा टेक्‍न लगायो । त्यो साँझपख स्‍त्रीहरू पानी भर्न आउने बेला थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 9:11 : 11 जब तिनीहरू सहरतिर जानलाई पहाड चढे, तिनीहरूले पानी लिन आउने जवान स्‍त्रीहरूलाई भेटे । शाऊल र तिनका सेवकले तिनीहरूलाई सोधे, “के दर्शी यहाँ हुनुहुन्छ?”
  • निर्ग 2:16 : 16 अब मिद्यानका पूजाहारीका सात छोरी थिए । तिनीहरू आएर पानी भरे र तिनीहरूका पिताका भेडा-बाख्रालाई पानी खुवाउन डुँड भरे ।
  • यूह 4:7 : 7 एक जना सामरी स्‍त्री पानी लिन आइन् र येशूले तिनलाई भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।”
  • नीति 12:10 : 10 धर्मात्माले आफ्नो पशुका आवश्यकताहरूको वास्ता गर्छ, तर दुष्‍टको दया पनि क्रुर हुन्छ ।
  • उत्प 24:13-20 : 13 हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदै छन्‌ । 14 यसैले यसो होस्‌: जुन कन्‍यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु’ भन्‍छिन्, तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस्‌ । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्‍ने म त्‍यसैबाट थाहा पाउनेछु ।” 15 त्‍यसले यो भनिसकेको पनि थिएन, रिबेका काँधमा गाग्रो राखेर आइन्‌ । तिनी अब्राहामका भाइ नाहोरकी पत्‍नी मिल्‍काको छोरो बतूएलकी छोरी थिइन् । 16 ती जवान स्‍त्री अत्‍यन्‍त सुन्‍दरी र कुमारी थिइन् । तिनको कुनै मानिससित पनि सहवास भएको थिएन । इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन्‌ र उक्‍लेर आइन्‌ । 17 तब त्‍यो नोकर तिनलाई भेट गर्न दगुर्‍यो र भन्‍यो, “कृपया तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ ।” 18 तिनले “हजूर, पिउनुहोस्‌” भनेर तुरुन्‍तै गाग्रो झारिन्, र आफ्‍नो हातमा गाग्रो राखेर त्‍यसलाई पानी पियाइन् । 19 त्‍यसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्‍ति पनि तिनीहरूले पिई नसकुञ्‍जेल म पानी उघाएर दिनेछु ।” 20 तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी डुँडमा खन्‍याएर फेरि पानी उघाउन इनारतिर दौडेर गइन्, र तिनले सबै ऊँटहरूका निम्‍ति पनि पानी उघाइदिइन्‌ ।
  • उत्प 33:13-14 : 13 याकूबले तिनलाई भने, “मेरा मालिकलाई थाहै छ, कि यी केटाकेटीहरू सानै छन् र यी गाईबस्तुहरूले दुध चुसाउँदै छन् । तिनीहरूलाई एकै दिन मात्र बेसरी धपाइयो भने ती सबै मर्नेछन् । 14 यसैले मेरा मालिक आफ्ना दासभन्दा अगिअगि जानुहोस् भनी म बिन्ती गर्दछु । सेइरमा मेरा मालिककहाँ नआइपुगुञ्‍जेलसम्म म गाईबस्तुको चाल र केटाकेटीहरूको चालमा निकै बिस्तारै हिँड्नेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 24:12-21
    10 पदहरू
    83%

    12अनि त्यसले प्रार्थना गर्‍यो, “हे परमप्रभु मेरा मालिकका परमेश्‍वर, आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्‌ ।

    13हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदै छन्‌ ।

    14यसैले यसो होस्‌: जुन कन्‍यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु’ भन्‍छिन्, तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस्‌ । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्‍ने म त्‍यसैबाट थाहा पाउनेछु ।”

    15त्‍यसले यो भनिसकेको पनि थिएन, रिबेका काँधमा गाग्रो राखेर आइन्‌ । तिनी अब्राहामका भाइ नाहोरकी पत्‍नी मिल्‍काको छोरो बतूएलकी छोरी थिइन् ।

    16ती जवान स्‍त्री अत्‍यन्‍त सुन्‍दरी र कुमारी थिइन् । तिनको कुनै मानिससित पनि सहवास भएको थिएन । इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन्‌ र उक्‍लेर आइन्‌ ।

    17तब त्‍यो नोकर तिनलाई भेट गर्न दगुर्‍यो र भन्‍यो, “कृपया तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ ।”

    18तिनले “हजूर, पिउनुहोस्‌” भनेर तुरुन्‍तै गाग्रो झारिन्, र आफ्‍नो हातमा गाग्रो राखेर त्‍यसलाई पानी पियाइन् ।

    19त्‍यसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्‍ति पनि तिनीहरूले पिई नसकुञ्‍जेल म पानी उघाएर दिनेछु ।”

    20तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी डुँडमा खन्‍याएर फेरि पानी उघाउन इनारतिर दौडेर गइन्, र तिनले सबै ऊँटहरूका निम्‍ति पनि पानी उघाइदिइन्‌ ।

    21त्‍यो मानिसचाहिँ परमप्रभुले आफ्‍नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागेर तिनलाई हेरिरह्यो ।

  • उत्प 24:42-48
    7 पदहरू
    81%

    42यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ, 'हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर, मेरो यात्रा सफल गराइदिने तपाईंको इच्छा भए,

    43म इनारको छेउमा उभिरहेछु, पानी भर्नलाई आउने स्‍त्रीलाई मैले 'तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,' भन्‍दा

    44तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भनिन् भने, मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको स्‍त्री त्यही होस् ।

    45“मैले यी कुरा मनमनै भनिसक्‍न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्‍नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्‌ । मैले तिनलाई भनेँ, ‘कृपया मलाई पानी पिउन देऊ ।’

    46“तिनले तुरुन्‍तै आफ्‍नो काँधबाट गाग्रो झारेर भनिन्, ‘पिउनुहोस् र म तपाईंका ऊँटहरूका निम्‍ति पनि पानी पिउन दिनेछु ।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी पिउन दिइन्‌ ।

    47“मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधेँ । “तिनले भनिन्, ‘नाहोर र मिल्‍काका छोरा बतूएलकी छोरी हुँ ।’ तब मैले तिनको नाकमा नत्‍थ र हातमा बालाहरू लगाइदिएँ ।

    48अनि मैले आफ्‍नो शिर निहुराएर परमप्रभुको आराधना गरेँ, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्‍वरलाई धन्‍यको भनेँ, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्‍ति पत्ता लगाउन मलाई ठिक बाटोमा डोर्‍याउनुभएको थियो ।

  • उत्प 24:7-10
    4 पदहरू
    81%

    7मलाई मेरा पिताको घर र मेरो जन्‍मभूमिबाट यहाँ ल्‍याउनुहुने स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘तेरा सन्‍तानलाई म यो देश दिनेछु,’ उहाँले नै आफ्‍ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैँले मेरो छोराको लागि त्‍यहाँबाट एउटी पत्‍नी ल्‍याउनेछस् ।

    8त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने तँ मेरो यो शपथबाट मुक्‍त हुनेछस् । केवल तैँले मेरो छोरालाई चाहिँ त्‍यहाँ फर्काएर नलैजानू ।”

    9त्यसैले त्‍यस नोकरले आफ्‍ना मालिक अब्राहामको तिघ्रामुनि हात राखेर यस विषयमा तिनीसित शपथ खायो ।

    10आफ्‍ना मालिकका दशवटा ऊँट लिएर त्यो नोकर बिदा भयो । त्यसले आफ्ना मालिकबाट सबै किसिमका सौगात पनि लिएर गयो । ऊ बिदा भएर अराम-नाहारैमतिर नाहोरको सहरमा गयो ।

  • उत्प 24:28-32
    5 पदहरू
    79%

    28तब ती कन्‍या गइन् र आफ्‍नी आमाका परिवारलाई सबै कुरा बताइन्‌ ।

    29रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए । लाबान दौडेर बाहिर बाटोमा इनारनेर भएका त्‍यस मानिसतिर गए ।

    30जब उनले आफ्‍नी बहिनीको नाकमा नत्‍थ र हातमा बाला देखे र “त्‍यस मानिसले मलाई यसो भन्‍यो” भन्‍ने कुरा आफ्‍नी बहिनीबाट सुने, तब उनी त्‍यस मानिसकहाँ गए, त्यो मानिस इनारको छेउमा ऊँटहरूका नजिकै उभिइरहेको थियो ।

    31त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस्‌ । किन बाहिरै उभिरहनुहुन्‍छ? मैले तपाईंको निम्‍ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।”

    32तब त्‍यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्‍यो । उँटहरूलाई पराल र दाना दिइयो, अनि त्यस मानिस र त्‍यससित हुने मानिसहरूका निम्‍ति खुट्टा धुने पानी पनि दिइयो ।

  • उत्प 24:61-64
    4 पदहरू
    78%

    61तब रिबेका उठिन् र तिनका सहेलीहरूसँग ऊँटहरूमा चढेर त्‍यस मानिसको पछि लागिन् । यसरी रिबेकालाई लिएर त्‍यो नोकर आफ्‍नो बाटो लाग्‍यो ।

    62अब इसहाक नेगेवमा बसोबास गरिरहेका थिए, उनी बेअर-लहै-रोइबाट भर्खरै आएका थिए ।

    63इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्‍केका थिए । उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे ।

    64रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लिन् ।

  • उत्प 24:23-25
    3 पदहरू
    73%

    23भन्‍यो, “तिमी कसकी छोरी हौ? कृपया मलाई भन, के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ छ?”

    24तिनले त्‍यसलाई भनिन्, “म नाहोरबाट मिल्‍काले जन्‍माएका बतूएलकी छोरी हुँ ।”

    25तिनले त्‍यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्‍त छन्, र रात गुजार्नलााई कोठा पनि छन्‌ ।”

  • 54तब त्‍यो र त्‍यसका साथमा भएका मानिसहरूले खाए र पिए । तिनीहरूले त्‍यो रात त्‍यहीँ बिताए अनि बिहान उठेपछि त्‍यसले भन्‍यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्‌ ।”

  • उत्प 24:51-52
    2 पदहरू
    72%

    51हेर्नुस्, रिबेका तपाईँको सामुन्‍ने छे । त्‍यसलाई लिएर जानुस्, र परमप्रभुले भन्‍नुभएजस्‍तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्‍नी होस्‌ ।”

    52तिनीहरूका कुरा सुनेपछि अब्राहामको नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्‍डवत्‌ गर्‍यो ।

  • उत्प 24:3-5
    3 पदहरू
    72%

    3अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई पनि मेरो छोरोकी पत्‍नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु ।

    4तर तैँले मेरो देशमा मेरै कुटुम्‍बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्‍नी ल्‍याउनेछस् ।”

    5त्यस नोकरले तिनलाई भन्यो, “यदि त्‍यो स्‍त्री मेरो पछि लागेर यस देशमा आउने इच्‍छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्‍यहीँ नै लैजाने?”

  • 17त्यसपछि याकूब उठे, र तिनले आफ्ना छोराहरू र पत्‍नीहरूलाई ऊँटहरूमाथि राखे ।

  • 37मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्‍ये कुनै पनि विवाह गर्नलाई नल्‍याउनू ।

  • 35परमप्रभुले मेरा मालिकलाई धेरै आशिष्‌ दिनुभएको छ र तिनी एक ठुला मानिस भएका छन्‌ । उहाँले तिनलाई बगालहरू र बथानहरू, सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ ।

  • 4तर जब तिनी सुत्छन् तिनी सुत्‍ने ठाउँ ख्याल गर, ताकि पछि तिमी तिनीकहाँ गएर तिनको खुट्टातिरको ओढ्ने उठाएर त्यहाँ सुत्‍न सक्छौ । अनि तिमीले के गर्नुपर्छ त्यो तिनले बताउनेछन् ।”

  • 40तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्‍ने म हिँड्‌छु, उहाँले नै आफ्‍ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, ताकि तैैँले मेरो कुटुम्‍ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्‍नी ल्‍याउनेछस्‌ ।

  • 19त्यसपछि परमप्रभुले तिनका आँखा खोलिदिनुभयो, र तिनले पानीको एउटा कुवा देखिन् । तिनी गएर त्यस मशकमा पानी भरिन्, अनि बालकलाई पानी दिइन् ।

  • 59यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्‍यसका मानिसहरूका साथमा पठाइदिए ।