उत्पत्ति 24:4
तर तैँले मेरो देशमा मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्नी ल्याउनेछस् ।”
तर तैँले मेरो देशमा मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्नी ल्याउनेछस् ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
37मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्ये कुनै पनि विवाह गर्नलाई नल्याउनू ।
38बरु, तैँले मेरा पिताका परिवार र मेरा कुटुम्बहरूकहाँ गएर मेरो छोराको निम्ति पत्नी ल्याउनू ।'
39मैले मेरो मालिकलाई भनेँ, 'सायद त्यो स्त्री मेरो साथमा आउन मान्दिन होला?'
40तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्ने म हिँड्छु, उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, ताकि तैैँले मेरो कुटुम्ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउनेछस् ।
41तर तँ मेरो कुटुम्बकहाँ पुगिस् र तिनीहरूले तिनलाई दिएनन् भने तँ मेरो यस शपथबाट छुट्नेछस् ।'
5त्यस नोकरले तिनलाई भन्यो, “यदि त्यो स्त्री मेरो पछि लागेर यस देशमा आउने इच्छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?”
6अब्राहामले त्यसलाई भने, “तैँले मेरो छोरालाई त्यहाँ फर्काएर नलानू!
7मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनुहुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘तेरा सन्तानलाई म यो देश दिनेछु,’ उहाँले नै आफ्ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउनेछस् ।
8त्यो केटी तेरो पछि आउन इच्छा गरिन भने तँ मेरो यो शपथबाट मुक्त हुनेछस् । केवल तैँले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानू ।”
1¶ इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैँले कनानी स्त्रीहरूबाट आफ्नो निम्ति पत्नी नलिनू ।
2पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर् ।
3सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्; तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्न सक्नेछस् ।
4उहाँले तँलाई र तँ पछिका तेरा सन्तानहरूलाई अब्राहामले पाएको आशिष् देऊन्, ताकि परमेश्वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस् ।”
5यसरी इसहाकले याकूबलाई पठाए । तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए ।
6अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्नी ल्याउन त्यहाँबाट पद्दन-आराममा पठाएको देखे । याकूबले तिनलाई आशीर्वाद दिएर यस्तो आज्ञा दिएको पनि उनले देखे “तैँले कनानी स्त्रीहरूबाट आफ्नो निम्ति पत्नी नलिनू ।”
2अब्राहामले आफ्नो घरको सबै भन्दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्
3अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई पनि मेरो छोरोकी पत्नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु ।
51हेर्नुस्, रिबेका तपाईँको सामुन्ने छे । त्यसलाई लिएर जानुस्, र परमप्रभुले भन्नुभएजस्तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्नी होस् ।”
14यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस् । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु ।”
15त्यसले यो भनिसकेको पनि थिएन, रिबेका काँधमा गाग्रो राखेर आइन् । तिनी अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काको छोरो बतूएलकी छोरी थिइन् ।
58अनि तिनीहरूले रिबेकालाई डाकेर सोधे, “के तिमी यस मानिसको साथमा जान्छ्यौ?” तिनले भनिन्, “म जान्छु ।”
43म इनारको छेउमा उभिरहेछु, पानी भर्नलाई आउने स्त्रीलाई मैले 'तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,' भन्दा
44तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भनिन् भने, मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको स्त्री त्यही होस् ।
48अनि मैले आफ्नो शिर निहुराएर परमप्रभुको आराधना गरेँ, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्वरलाई धन्यको भनेँ, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्ति पत्ता लगाउन मलाई ठिक बाटोमा डोर्याउनुभएको थियो ।
66त्यसपछि आफूले गरेका सबै काम त्यस नोकरले इसहाकलाई बतायो ।
61तब रिबेका उठिन् र तिनका सहेलीहरूसँग ऊँटहरूमा चढेर त्यस मानिसको पछि लागिन् । यसरी रिबेकालाई लिएर त्यो नोकर आफ्नो बाटो लाग्यो ।
45तैंले त्यसमाथि गरेको काम बिर्सन्छ । त्यसपछि म तँलाई त्यहाँबाट लिन पठाउनेछु । मैले एकै दिनमा तिमीहरू दुवै जनालाई किन गुमाउने?”
46रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूको कारण मेरो जीवनै हैरान भइसक्यो । यदि याकूबले यस देशका स्त्रीहरूजस्तै हित्तीका छोरीहरूमध्ये एउटीलाई विवाह गर्यो भने मेरो लागि मेरो जीवनको के फाइदा हुन्छ र?”
20पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालिस वर्षका थिए ।
19'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्नो बाटो लाग ।
3तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ र त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ ।
23भन्यो, “तिमी कसकी छोरी हौ? कृपया मलाई भन, के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ छ?”
10आफ्ना मालिकका दशवटा ऊँट लिएर त्यो नोकर बिदा भयो । त्यसले आफ्ना मालिकबाट सबै किसिमका सौगात पनि लिएर गयो । ऊ बिदा भएर अराम-नाहारैमतिर नाहोरको सहरमा गयो ।
2तिनीकहाँ देखा परेर परमप्रभुले भन्नुभयो, “तल मिश्रमा नजा, मैले तँलाई बसोबास गर् भनेकै ठाउँमा बस् ।