उत्पत्ति 26:1
¶ अब्राहामको समयमा परेको पहिलो अनिकालबाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो । इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए ।
¶ अब्राहामको समयमा परेको पहिलो अनिकालबाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो । इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6यसैकारण इसहाक गरारमा नै बसे ।
15तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले ढुङ्गा-माटोले पुरेर रोकिदिए ।
16त्यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हामीभन्दा ज्यादै शक्तिशाली छौ ।”
17त्यसैले इसहाक त्यहाँबाट निस्केर गए अनि गरारको बेँसीमा आफ्नो पाल टाँगेर बसोबास गरे ।
18तिनले आफ्ना पिताका पालोमा तिनीहरूले खनेका इनारहरू फेरि खने । अब्राहामको मृत्युपछि पलिश्तीहरूले ती रोकिदिएका थिए । अनि तिनले ती इनारहरूलाई आफ्ना पिताले राखेकै नाउँ राखिदिए ।
19इसहाकका नोकरहरूले बेँसीमा खन्दा बगिरहेको पानीको मूल भेट्टाए ।
20तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरेर भने “यो पानी हाम्रो हो ।” यसकारण इसहाकले त्यस इनारको नाउँ एसेक राखे, किनभने तिनीहरूले उनीसँग झगडा गरे ।
2तिनीकहाँ देखा परेर परमप्रभुले भन्नुभयो, “तल मिश्रमा नजा, मैले तँलाई बसोबास गर् भनेकै ठाउँमा बस् ।
10त्यो भूमिमा अनिकाल लागेको थियो, यसैले अब्राम बस्नलाई मिश्रतिर झरे (गए), किनकि त्यो भूमिमा निकै अनिकाल लागेको थियो ।
25इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे । तिनले आफ्नो पाल त्यहीँ नै टाँगे, र तिनका नोकरहरूले त्यहाँ एउटा इनार खने ।
26एक दिन अबीमेलेक आफ्ना मित्र अहुज्जत र आफ्नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट तिनीकहाँ आए ।
27इसहाकले तिनीहरूलाई भने, “घृणा गरेर तपाईंहरूले आफ्नो बिचबाट मलाई निकाल्नुभयो, अनि तपाईंहरू अहिले किन मकहाँ आउँदै
1¶ अब्राहाम त्यहाँबाट नेगेवको भूमितर्फ गए, र कादेश र शूरको बिचमा बसे । उनी गरारमा बसोबास गर्ने एक परदेशी थिए ।
2अब्राहामले आफ्नी पत्नी साराको बारेमा यस्तो भनेका थिए, “यिनी मेरी बहिनी हुन् ।” यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए ।
1¶ देशमा अति भयानक अनिकाल परेको थियो ।
12इसहाकले त्यस देशमा बालीनाली लगाए, र त्यही साल सय गुणा कटनी गरे । किनभने परमेश्वरले तिनलाई आशिष् दिनुभयो ।
13तिनी धनी भए, र अत्यन्तै धनाढ्य नहुञ्जेलसम्म झनझन बढेर गए ।
34अब्राहाम धेरै दिन पलिश्तीहरूको भूमिमा परदेशी भएर नै रहे ।
8इसहाक त्यहाँ बसेको धेरै दिनपछि पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट हेर्न पुगे । इसहाक आफ्नी पत्नी रिबेकासँग प्रेम-क्रीडा गरिरहेका थिए ।
9अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाएर भने, “हेर, तिनी पक्कै पनि तिम्री पत्नी हुन् । किन तिमीले ‘तिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले उनलाई भने, “किनभने तिनलाई प्राप्त गर्नको निम्ति कसैले मार्लान् भन्ने मैले सोचें ।”
19अब्राहामका छोरा इसहाकको वृत्तान्त यही हो । अब्राहाम इसहाकका पिता भए ।
62अब इसहाक नेगेवमा बसोबास गरिरहेका थिए, उनी बेअर-लहै-रोइबाट भर्खरै आएका थिए ।
5किन्न आउनेहरूमध्ये इस्राएलका छोराहरू पनि थिए किनकि कनान देशमा पनि अनिकाल परेको थियो ।
32तिनीहरूले बेर्शेबामा प्रतिज्ञा गरे, र त्यसपछि अबीमेलेक र सेनापति पीकोल पलिश्तीहरूको भूमिमा फर्के ।
22त्यस समय अबीमेलेक र तिनका सेनापति पीकोलले अब्राहामलाई यसो भने, “तिमीले गर्ने सबै कुरामा परमप्रभु तिमीसँगै हुनुहुन्छ ।
3तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ र त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ ।
15अबीमेलेकले भने, “हेर, मेरो भूमि तिम्रै अगि छ । जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस ।”
11त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्यो र ठुलो सङ्कष्ट आइपर्यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् ।
11अब्राहामको मृत्युपछि परमेश्वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो, र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे ।
32त्यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई बताए । तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ ।”
13घोर अनिकालको कारण पुरै देशमा कुनै खानेकुरा थिएन । अनिकालद्वारा मिश्र र कनान दुवै देश कमजोर भए ।