उत्पत्ति 26:11

अनलक शाब्दिक बाइबल

यसकारण अबीमेलेकले सबै मानिसहरूलाई चेताउनी दिएर भने, “यी मानिस अथवा यिनकी पत्‍नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्‍चय नै मृत्‍युदण्‍ड हुनेछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 105:15 : 15 उहाँले भन्‍नुभयो, “मेरो अभिषिक्‍त जनलाई नछोओ र मेरा अगमवक्‍ताहरूका हानि नगर ।”
  • नीति 6:29 : 29 आफ्नो छिमेकीकी पत्‍नीसित सुत्‍ने पुरुष पनि त्यस्तै हुन्छ । त्यससित सुत्‍ने मानिस दण्डविना उम्कने छैन ।
  • जक 2:8 : 8 किनकि सेनाहरूका परमप्रभुले मलाई सम्मानित गर्नुभएर तिमीहरूलाई लुट्ने जातिहरूको विरुद्ध मलाई पठाउनुभएपछि (किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले परमेश्‍वरका आँखाको नानीलाई छुन्छ!) उहाँले भन्‍नुभयो,
  • उत्प 20:6 : 6 त्यसपछि परमप्रभुले तिनलाई सपनामा भन्‍नुभयो, “हो, यो मलाई पनि थाहा छ, कि तैँले आफ्नो हृदयको इमान्दारीमा यो गरिस्, र मैले नै तँलाई मेरो विरूद्ध पाप गर्नबाट बचाएँ । यसैकारण मैले तँलाई त्यस स्‍त्रीलाई छुन दिइनँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 26:6-10
    5 पदहरू
    87%

    6यसैकारण इसहाक गरारमा नै बसे ।

    7त्‍यस ठाउँका मानिसहरूले तिनकी पत्‍नीको विषयमा सोधपुछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्‌” भने । किनकि तिनले यस्तो सोचे, “रिबेकालाई प्राप्‍त गर्नको लागि यस ठाउँका मानिसहरूले मलाई मार्नेछन्, किनकी तिनी धेरै सुन्दरी छिन् ।”

    8इसहाक त्‍यहाँ बसेको धेरै दिनपछि पलिश्‍तीहरूका राजा अबीमेलेकले झ्‍यालबाट हेर्न पुगे । इसहाक आफ्‍नी पत्‍नी रिबेकासँग प्रेम-क्रीडा गरिरहेका थिए ।

    9अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाएर भने, “हेर, तिनी पक्‍कै पनि तिम्री पत्‍नी हुन् । किन तिमीले ‘तिनी मेरी बहिनी हुन्‌’ भन्‍यौ?” इसहाकले उनलाई भने, “किनभने तिनलाई प्राप्‍त गर्नको निम्ति कसैले मार्लान्‌ भन्‍ने मैले सोचें ।”

    10अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्‍नीसित सजिलै नराम्रो कर्म गर्ने थियो, र तिमीले हामीमाथि दोष ल्‍याउने थियौ ।”

  • उत्प 20:2-11
    10 पदहरू
    80%

    2अब्राहामले आफ्नी पत्‍नी साराको बारेमा यस्तो भनेका थिए, “यिनी मेरी बहिनी हुन् ।” यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए ।

    3तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्‍नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्‍त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्यो अरू कसैकी पत्‍नी हो ।”

    4अबीमेलेक तिनको नजिक गएका थिएनन् र उनले भने, “परमप्रभु के तपाईंले धार्मिक जातिलाई पनि मार्नुहुन्छ र?

    5के त्यो आफैँले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेर भनेको थिएन र? त्यस स्‍त्रीले पनि, ‘तिनी मेरा दाजु हुन्’ भनेर भनेकी थिई । मेरो हृदयको इमान्दारी र मेरा निर्दोष हातद्वारा मैले यो गेरको हुँ ।”

    6त्यसपछि परमप्रभुले तिनलाई सपनामा भन्‍नुभयो, “हो, यो मलाई पनि थाहा छ, कि तैँले आफ्नो हृदयको इमान्दारीमा यो गरिस्, र मैले नै तँलाई मेरो विरूद्ध पाप गर्नबाट बचाएँ । यसैकारण मैले तँलाई त्यस स्‍त्रीलाई छुन दिइनँ ।

    7यसैकारण, त्यस मानिसकी पत्‍नीलाई फर्काइदे, किनभने त्यो एउटा अगमवक्ता हो । त्यसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्‍नेछस् । तर यदि तैँले त्यसलाई फर्काइनस् भने, यो थाहा गर्, कि तँ र तेरा सबै निश्‍चय नै मर्नेछन् ।”

    8अबीमेलेक बिहानै उठे र आफ्ना सबै नोकरहरूलाई बोलाए । तिनले यी सबै कुरा ती मानिसहरूलाई बताए, र तिनीहरू धेरै डराए ।

    9त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्‍यौ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने काम गर्‍यौ ।”

    10अबीमेलेकले अब्राहामलाई भने, “के कुराले तिमीलाई यस्तो काम गर्न लगायो?”

    11अब्राहामले भने, “किनभने यस ठाउँमा निश्‍चय नै परमप्रभुको कुनै भय छैन र तिनीहरूले मलाई मेरी पत्‍नीको कारणले मार्नेछन् भनी मैले विचार गरेँ ।

  • 18किनभने अब्राहामकी पत्‍नी साराको कारण अबीमेलेकको घरानाका सबै स्‍त्रीलाई परमप्रभुले बाँझी बनाउनुभएको थियो ।

  • 22कुनै पुरुषले अर्काकी पत्‍नीसित सहवास गरिरहेको फेला पर्‍यो भने सहवास गर्ने पुरुष र स्‍त्री दुवै जना मारिऊन् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।

  • 29आफ्नो छिमेकीकी पत्‍नीसित सुत्‍ने पुरुष पनि त्यस्तै हुन्छ । त्यससित सुत्‍ने मानिस दण्डविना उम्कने छैन ।

  • उत्प 21:25-26
    2 पदहरू
    73%

    25अब्राहामले अबीमेलेकसँग तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि गुनासो गरे ।

    26अबीमेलेकले भने, “यो काम कसले गर्‍यो मलाई थाहा भएन । तिमीले यस विषयमा मलाई पहिले नै भनेनौ, र मैले यसबारे आजसम्म केही सुनेको छैनँ ।”

  • व्यव 22:24-25
    2 पदहरू
    72%

    24दुवै जनालाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू । सहरभित्र भएर पनि केटी नचिच्‍च्याएकीले त्यसलाई ढुङ्गाले हानेर मार्नू । आफ्नो छिमेकीकी पत्‍नीको सतीत्व नष्‍ट गरेकोले पुरुषलाई ढुङ्गाले हानेर मार्नू । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।

    25तर कुनै पुरुषले मगनी भएकी केटीलाई खेतमा फेला पारी त्योसित जबरजस्ती सहवास गरेको रहेछ भने पुरुष मात्र मारियोस् ।

  • 22त्यस समय अबीमेलेक र तिनका सेनापति पीकोलले अब्राहामलाई यसो भने, “तिमीले गर्ने सबै कुरामा परमप्रभु तिमीसँगै हुनुहुन्छ ।

  • 15अबीमेलेकले भने, “हेर, मेरो भूमि तिम्रै अगि छ । जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस ।”

  • 12मिश्रीहरूले तिमीलाई देख्‍दा 'यो यसकी पत्‍नी हो' भन्‍ने छन् र तिनीहरूले मलाई मार्ने छन्, तर तिनीहरूले तिमीलाईचाहिँ जीवितै राख्‍नेछन् ।

  • न्या 9:53-54
    2 पदहरू
    71%

    53तर एउटी स्‍त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्‍लेटो झारी र त्यसले तिनको खप्पर फुट्‍यो ।

    54त्यसपछि उनले आफ्नो हतियार बोक्‍ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्‍नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्‍त्रीले त्यसलाई मारी ।’” त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे ।

  • लैव्य 20:10-11
    2 पदहरू
    71%

    10अर्कै पुरुषको पत्‍नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्‍नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।

    11आफ्नो बुबाकी पत्‍नीसँग सुत्‍ने मानिसले आफ्नो बुबाको नग्‍नतालाई प्रकट गर्दछ । त्यो छोरा र त्यसको बुबाकी पत्‍नी दुवै मारिनुपर्छ । तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने छ ।

  • 26एक दिन अबीमेलेक आफ्‍ना मित्र अहुज्‍जत र आफ्‍नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट तिनीकहाँ आए ।

  • उत्प 12:18-19
    2 पदहरू
    70%

    18फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको? तिनी तिम्रो पत्‍नी थिइन् भनी मलाई किन बताएनौ?

    19'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्‍नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्‍नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्‍नो बाटो लाग ।

  • 44अबीमेलेक र उनीसँग भएका समुहहरूले आक्रमण गरेर सहरको ढोकालाई थुनिदिए । अरू दुई समुहले भने मैदानमा भएकाहरू सबैलाई आक्रमण गरे र तिनीहरूलाई मारे ।

  • 12कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यसलाई निश्‍चय नै मारिनैपर्छ ।

  • 56यसरी परमप्रभुले अबीमेलेकले आफ्ना सत्तरी दाजुभाइहरूलाई मारेर आफ्ना बुबाको विरुद्ध गरेका दुष्‍टताको बदला लिनुभयो ।