उत्पत्ति 26:22
तिनी त्यो ठाउँ छोडेर गए अनि तिनले अर्को इनार खने, तर तिनीहरूले त्यसमा चाहिँ झगडा गरेनन् । यसकारण तिनले त्यसको नाउँ रहोबोत राखेर यसो भने, “अब परमप्रभुले हामी निम्ति बस्ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्दो-फुल्दो हुनेछौँ ।”
तिनी त्यो ठाउँ छोडेर गए अनि तिनले अर्को इनार खने, तर तिनीहरूले त्यसमा चाहिँ झगडा गरेनन् । यसकारण तिनले त्यसको नाउँ रहोबोत राखेर यसो भने, “अब परमप्रभुले हामी निम्ति बस्ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्दो-फुल्दो हुनेछौँ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले ढुङ्गा-माटोले पुरेर रोकिदिए ।
16त्यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हामीभन्दा ज्यादै शक्तिशाली छौ ।”
17त्यसैले इसहाक त्यहाँबाट निस्केर गए अनि गरारको बेँसीमा आफ्नो पाल टाँगेर बसोबास गरे ।
18तिनले आफ्ना पिताका पालोमा तिनीहरूले खनेका इनारहरू फेरि खने । अब्राहामको मृत्युपछि पलिश्तीहरूले ती रोकिदिएका थिए । अनि तिनले ती इनारहरूलाई आफ्ना पिताले राखेकै नाउँ राखिदिए ।
19इसहाकका नोकरहरूले बेँसीमा खन्दा बगिरहेको पानीको मूल भेट्टाए ।
20तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरेर भने “यो पानी हाम्रो हो ।” यसकारण इसहाकले त्यस इनारको नाउँ एसेक राखे, किनभने तिनीहरूले उनीसँग झगडा गरे ।
21तब तिनीहरूले अर्को इनार खने, र त्यसमा पनि तिनीहरूले झगडा गरे । यसकारण तिनले त्यसको नाउँ सित्ना राखे ।
23त्यसपछि इसहाक बेर्शेबामा गए ।
32त्यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई बताए । तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ ।”
33तिनले त्यस इनारको नाउँ शिबा राखे, यसकारण त्यस सहरको नाउँ आजसम्म पनि बेर्शेबा नै छ ।
25इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे । तिनले आफ्नो पाल त्यहीँ नै टाँगे, र तिनका नोकरहरूले त्यहाँ एउटा इनार खने ।
30तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्त गर्नुहुनेछ ।”
31यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए ।
32तिनीहरूले बेर्शेबामा प्रतिज्ञा गरे, र त्यसपछि अबीमेलेक र सेनापति पीकोल पलिश्तीहरूको भूमिमा फर्के ।
14त्यसैले त्यस इनारको नाउँ बेअर-लहै-रोइ राखियो, जुन कादेश र बेरेदको बिचमा पर्छ ।
25अब्राहामले अबीमेलेकसँग तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि गुनासो गरे ।
2तिनले हेर्दा मैदानमा एउटा इनार देखे, र त्यसको नजिक भेडाका तिनवटा बगाल बसिरहेका थिए । किनकि त्यही इनारबाट तिनीहरूले बगाललाई पानी खुवाउँथे, र इनारको मुख ढाक्ने ढुङ्गा ठुलो थियो ।
3सबै बगालहरू त्यहाँ जम्मा भएपछि गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्थे । त्यसपछि तिनीहरूले त्यो ढुङ्गालाई इनारको मुखमा फेरि पहिलेकै ठाउँमा राखिदिन्थे ।
11अब्राहामको मृत्युपछि परमेश्वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो, र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे ।
12इसहाकले त्यस देशमा बालीनाली लगाए, र त्यही साल सय गुणा कटनी गरे । किनभने परमेश्वरले तिनलाई आशिष् दिनुभयो ।
13तिनी धनी भए, र अत्यन्तै धनाढ्य नहुञ्जेलसम्म झनझन बढेर गए ।
62अब इसहाक नेगेवमा बसोबास गरिरहेका थिए, उनी बेअर-लहै-रोइबाट भर्खरै आएका थिए ।
7अब्राम र लोतका गाईवस्तुहरू र भेडाबाख्राका गोठालाहरूबिच झगडा भयो । त्यस बेला त्यहाँ कनानीहरू र परिज्जीहरू बस्दथे ।
8यसैले अब्रामले लोतलाई भने, “तिम्रो र मेरा गोठालाहरूबिच झगडा नहोस्, आखिर हामी त परिवार नै हौँ ।
16तिनीहरूले त्यहाँबाट बेओरसम्म यात्रा गरे । त्यो इनारमा परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूलाई भेला गर् र म तिनीहरूलाई पानी दिन्छु ।”
17त्यसपछि इस्राएलले यो गीत गायो, “इनारको मूल फुटेर निस्क्यो! यसको गीत गाओ,
3तिनी नेगेवबाट बेथेतिर गइरहे, जहाँ पहिले तिनको पाल थियो, त्यो बेथेल र ऐको बिचमा थियो ।
25तिनले त्यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्त छन्, र रात गुजार्नलााई कोठा पनि छन् ।”
15अबीमेलेकले भने, “हेर, मेरो भूमि तिम्रै अगि छ । जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस ।”
14यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस् । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु ।”
19परमेश्वरले लहीमा भएको खाल्डोलाई चिरिदिनुभयो र त्यहाँबाट पानी निस्कियो । जब तिनले पानी पिए, तब तिनको शक्ति फर्कियो र तिनी ताजा भए । यसैले तिनले त्यस ठाउँको नाउँ एन-हक्कोरे राखे, र आजको दिनसम्मै त्यो लहीमा छ ।
42यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ, 'हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर, मेरो यात्रा सफल गराइदिने तपाईंको इच्छा भए,
19त्यसैले अब्राहाम आफ्ना जवान मानिसहरूकहाँ फर्केर आए, र तिनीहरू बेर्शेबासम्म सँगसँगै गए, अनि उनी बेर्शेबामा बसोबास गरे ।
8त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्चिमतिर र ऐलाई पूर्वतिर पारेर तिनको पाल टाँगे । त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे ।
16हाम्रा पिताबाट परमेश्वरले लैजानुभएका सबै सम्पत्ति अब हाम्रा र हाम्रा छोराछोरीहरूका भएका छन् । त्यसो भए, अब परमेश्वरले तपाईंलाई जे भन्नुभएको छ, सो गर्नुहोस् ।”
29रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए । लाबान दौडेर बाहिर बाटोमा इनारनेर भएका त्यस मानिसतिर गए ।
22तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्तो भयो?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन् ।
2तिनीकहाँ देखा परेर परमप्रभुले भन्नुभयो, “तल मिश्रमा नजा, मैले तँलाई बसोबास गर् भनेकै ठाउँमा बस् ।
30म आउनुअगि तपाईंसित थोरै मात्र थियो तर अहिले प्रचुर मात्रामा वृद्धि भएका छन् । मैले जहाँसुकै काम गरे तापनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ । अब मेरो आफ्नै घरानाको निम्तिचाहिँ मैले कहिले बन्दोवस्त गर्ने?”