उत्पत्ति 29:5

अनलक शाब्दिक बाइबल

उनले तिनीहरूलाई भने, “तिमीहरू नाहोरका छोरो लाबानलाई चिन्‍छौ?” तिनीहरूले भने, “हामी तिनलाई चिन्‍छौँ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 24:24 : 24 तिनले त्‍यसलाई भनिन्, “म नाहोरबाट मिल्‍काले जन्‍माएका बतूएलकी छोरी हुँ ।”
  • उत्प 24:29 : 29 रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए । लाबान दौडेर बाहिर बाटोमा इनारनेर भएका त्‍यस मानिसतिर गए ।
  • उत्प 31:53 : 53 अब्राहामका परमेश्‍वर, नाहोरका परमेश्‍वर र तिनीहरूका पिताका परमेश्‍वरले हाम्रो बिचमा न्याय गरून् । याकूबले आफ्ना पिता इसहाकको भयलाई साक्षी मानी शपथ खाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 4याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले भने, “हामी हारानका हौँ ।”

  • 6उनले तिनीहरूलाई सोधे, “के उहाँ सन्‍चै हुनुहुन्‍छ?” तिनीहरूले भने, “उहाँ सन्‍चै हुनुहुन्‍छ, र हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन्‌ ।”

  • उत्प 29:12-16
    5 पदहरू
    75%

    12याकूबले राहेललाई आफू तिनका बाबुको नातेदार र रिबेकाको छोरा भएको कुरा बताए । तब राहेल दौडेर गइन्‌ र आफ्‍ना बाबुलाई यो कुरा बताइन्‌ ।

    13आफ्‍ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्‌नलाई दौडेर गएर तिनलाई अँगालो हालेर चुम्‍बन गरे, अनि तिनलाई आफ्‍नो घरमा ल्‍याए । याकूबले लाबानलाई सबै कुरा बताइदिए ।

    14लाबानले तिनलाई भने, “वास्‍तवमा तिमी मेरो हाड र मासु हौ ।” त्यसपछि याकूब तिनीसँग करिब एक महिना बसे ।

    15त्यसपछि लाबानले याकूबलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्‍याला कति हो मलाई भन ।”

    16लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्‍छीको नाउँ राहेल थियो ।

  • 29रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए । लाबान दौडेर बाहिर बाटोमा इनारनेर भएका त्‍यस मानिसतिर गए ।

  • उत्प 30:27-29
    3 पदहरू
    74%

    27लाबानले तिनलाई भने, “मैले तिम्रो दृष्‍टिमा निगाह पाएको छु भने पर्ख, किनभने पूर्वलक्षणको प्रयोगद्वारा मैले थाहा पाएको छु, कि तिम्रो कारणले गर्दा परमप्रभुले मलाई आशिष् दिनुभएको छ ।

    28त्यसपछि तिनले भने, “तिम्रो ज्याला कति भयो, मलाई भन । म तिरिदिनेछु ।”

    29याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्तो सेवा गरेको छु र तपाईंका गाईबस्तु कसरी सप्रेका छन् भनी तपाईं जान्‍नुहुन्छ ।

  • 7तिनीहरूले भने, “ती मानिसले हामी र हाम्रो परिवारको बारेमा सबै कुरा सोधपुछ गरे । तिनले भने, 'के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ? के तिमीहरूको अर्को भाइ छ?' हामीले तिनका प्रश्‍नहरूको जवाफ मात्र दिएका हौँ । तिनले 'तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ' भन्छन् भनी हामीले कसरी जान्‍न सक्थ्यौँ र?

  • उत्प 29:9-10
    2 पदहरू
    72%

    9याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला, राहेल आफ्‍ना बुबाका भेडाहरू लिएर त्‍यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् ।

    10जब याकूबले आफ्‍ना मामा लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, याकूबले नजिक आएर इनारको मुखको ढुङ्गा गुडाए, अनि आफ्‍ना मामा लाबानका भेडाहरूलाई पानी खुवाए ।

  • 50तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो । हामी तपाईंलाई खराब अथवा असल केही भन्‍न सक्‍दैनौँ ।

  • 2पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌ ।

  • 12उहाँले भन्‍नुभयो, 'तेरा आँखा उठाएर सबै बोका बगालमाथि चढिरहेको हेर् । तिनीहरू छिर्केमिर्के, पेटारे र थोप्ले छन् किनकि लाबानले तँलाई गरेको हरेक कुरा मैले देखेको छु ।

  • 14राहेल र लेआले तिनलाई जवाफ दिएर भने, “के हाम्रा पिताको घरमा हाम्रा निम्ति हकको कुनै भाग छ र? के उहाँले हामीलाई विदेशीहरूलाई जस्तै व्यवहार गर्नुभएको छैन र?

  • उत्प 31:1-2
    2 पदहरू
    72%

    1¶ याकूबले लाबानका छोराहरूले यसो भनेका सुने, “हाम्रा पिताका सबै थोक याकूबले लिएका छन्, र हाम्रा पिताका सम्पत्तिबाट नै तिनले यी सबै सम्पत्ति पाएका हुन् ।”

    2याकूबले लाबानको व्यवहार देखे । याकूबप्रति लाबानको मनसाय परिवर्तन भइसकेको याकूबले देखे ।

  • 8योसेफले आफ्ना दाजुहरूलाई चिने, तर तिनीहरूले भने तिनलाई चिनेनन् ।

  • 19लाबानले भने, “त्‍यसलाई अर्को मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो । मसँगै बस ।”

  • 23भन्‍यो, “तिमी कसकी छोरी हौ? कृपया मलाई भन, के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ छ?”

  • 25लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए । गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे ।

  • 43लाबानले याकूबलाई जवाफ दिई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्; यी नातिनातिनाहरू मेरै नातिनातिनाहरू हुन् र यी बगालहरू मेरै बगालहरू हुन् । तिमीले देखेका यी सबै मेरै हुन् । तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के नै गर्न सक्छु र?

  • 29तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने,

  • उत्प 31:4-5
    2 पदहरू
    70%

    4याकूबले राहेल र लेआलाई आफ्नो बगालको खेतमा बोलाउन पठाए,

    5र तिनीहरूलाई भने, “मप्रतिको तिमीहरूका पिताको मनसाय परिवर्तन भएको म देख्छु, तर मेरा पिताका परमेश्‍वर मसित हुनुभएको छ ।

  • 5यसरी इसहाकले याकूबलाई पठाए । तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए ।

  • उत्प 31:32-33
    2 पदहरू
    70%

    32तपाईंका घर-देवताहरू जोसुकैले चोरेको भए तापनि अबदेखि त्यो बाँच्नेछैन । हाम्रा आफन्तहरूको उपस्थितिमा तपाईंसित भएको कुनै थोक मसित छ भने चिनेर लैजानुहोस् ।” राहेलले ती चोरेकी थिइन् भनी याकूबलाई थाहा थिएन ।

    33लाबान याकूब र लेआको पालसाथै दुई जना कमारीका पालभित्र गए, तर तिनले ती घर-देवताहरू पाएनन् । तिनी लेआको पालबाट बाहिर आई राहेलको पालभित्र पसे ।

  • 8एसावले भने, “मैले भेटेका यी सबै दलको अर्थ के हो?” याकूबले जवाफ दिए, “मेरा मालिकको दृष्‍टिमा निगाह प्राप्‍त गर्नलाई हो ।”