उत्पत्ति 30:25

अनलक शाब्दिक बाइबल

राहेलले योसेफलाई जन्माएपछि याकूबले लाबानलाई भने, “मलाई बिदा दिनुहोस्, ताकि म मेरो आफ्नै घर र मेरो देशमा जान सकूँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 24:54 : 54 तब त्‍यो र त्‍यसका साथमा भएका मानिसहरूले खाए र पिए । तिनीहरूले त्‍यो रात त्‍यहीँ बिताए अनि बिहान उठेपछि त्‍यसले भन्‍यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्‌ ।”
  • उत्प 24:56 : 56 तर त्‍यसले तिनीहरूलाई भन्‍यो, “परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको हुनाले मलाई नअलमल्‍याउनुहोस्‌ । मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु ।”
  • उत्प 26:3 : 3 यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष्‌ दिनेछु, किनकि म यी देशहरू तँ र तेरा सन्तानलाई दिनेछु, अनि तेरो बुबा अब्राहामसँग मैले शपथ खाएर दिएको प्रतिज्ञा म पुरा गर्नेछु ।
  • उत्प 27:44-45 : 44 तँप्रति तेरो दाजुको रिस नमरुञ्‍जेल केही दिन त्‍यहाँ उनीसँग बस्‌ र 45 तैंले त्यसमाथि गरेको काम बिर्सन्छ । त्यसपछि म तँलाई त्‍यहाँबाट लिन पठाउनेछु । मैले एकै दिनमा तिमीहरू दुवै जनालाई किन गुमाउने?”
  • उत्प 28:13 : 13 परमप्रभुले त्‍यसमाथि उभिएर याकूबलाई भन्‍नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्‍वर र इसहाकका परमेश्‍वर हुँ । जुन भूमिमा तँ ढल्‍किरहेको छस्‌ त्‍यो म तँलाई र तेरा सन्‍तानहरूलाई दिनेछु ।
  • उत्प 28:15 : 15 हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि म तेरो रक्षा गर्नेछु । म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु । किनकि मैले तँलाई प्रतिज्ञा गरेका कुरा पुरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ ।”
  • उत्प 31:13 : 13 म बेथेलको परमेश्‍वर हुँ जहाँ तैँले खामोलाई अभिषेक गरिस् र मसित भाकल गरिस् । अब उठ् र यस देश छाडेर तेरो जन्मभूमिमा फर्कि' ।”
  • उत्प 31:55 : 55 लाबान बिहान सबेरै उठे । तिनले आफ्ना नातिहरू, आफ्ना छोरीहरूलाई चुम्बन गरी आशिष् दिए । त्यसपछि लाबान बिदा भई घर फर्के ।
  • प्रेरि 7:4-5 : 4 त्यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे । त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्‍नुहुन्छ । 5 उहाँले तिनलाई कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्‍त पाइला राख्‍ने ठाउँसम्म पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेथियो र त्यसपछि तिनका सन्तानहरूलाई दिनुहुनेथियो भनी तिनीसित प्रतिज्ञा गर्नुभयो ।
  • इब्रा 11:9 : 9 तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे ।
  • इब्रा 11:15-16 : 15 साँच्‍चै नै तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए । 16 तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण, परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।
  • उत्प 18:33 : 33 अब्राहामसित कुरा गरिसक्‍ने बित्तिकै परमप्रभु गइहाल्‍नुभयो, र अब्राहामचाहिँ आफ्‍नो घर फर्के ।
  • उत्प 24:6-7 : 6 अब्राहामले त्‍यसलाई भने, “तैँले मेरो छोरालाई त्‍यहाँ फर्काएर नलानू! 7 मलाई मेरा पिताको घर र मेरो जन्‍मभूमिबाट यहाँ ल्‍याउनुहुने स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘तेरा सन्‍तानलाई म यो देश दिनेछु,’ उहाँले नै आफ्‍ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैँले मेरो छोराको लागि त्‍यहाँबाट एउटी पत्‍नी ल्‍याउनेछस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 30:26-28
    3 पदहरू
    85%

    26मलाई मेरा पत्‍नीहरू र मेरा छोराछोरीहरू दिनुहोस् जसको निम्ति मैले तपाईंको सेवा गरेको छु । मलाई जान दिनुहोस् किनकि मैले तपाईंको सेवा गरेको त तपाईंलाई थाहै छ ।”

    27लाबानले तिनलाई भने, “मैले तिम्रो दृष्‍टिमा निगाह पाएको छु भने पर्ख, किनभने पूर्वलक्षणको प्रयोगद्वारा मैले थाहा पाएको छु, कि तिम्रो कारणले गर्दा परमप्रभुले मलाई आशिष् दिनुभएको छ ।

    28त्यसपछि तिनले भने, “तिम्रो ज्याला कति भयो, मलाई भन । म तिरिदिनेछु ।”

  • 24उनले यसो भन्दै त्यसको नाउँ योसेफ राखिन्, “परमप्रभुले मलाई अर्को छोरो दिनुभएको छ ।”

  • 21त्‍यसपछि याकूबले लाबानलाई भने, “मैले सेवा गर्ने दिनहरू पुरा भएको हुनाले मलाई मेरी पत्‍नी दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ ।”

  • 5यसरी इसहाकले याकूबलाई पठाए । तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए ।

  • उत्प 31:3-4
    2 पदहरू
    76%

    3तब परमप्रभुले याकूबलाई भन्‍नुभयो, “तेरा पुर्खाहरू र तेरा आफन्तहरूको देशमा फर्केर जा, र म तँसित हुनेछु ।”

    4याकूबले राहेल र लेआलाई आफ्नो बगालको खेतमा बोलाउन पठाए,

  • 25तिनीहरू मिश्रबाट यात्रा गरी कनान देशमा आफ्ना पिताकहाँ आए ।

  • 55लाबान बिहान सबेरै उठे । तिनले आफ्ना नातिहरू, आफ्ना छोरीहरूलाई चुम्बन गरी आशिष् दिए । त्यसपछि लाबान बिदा भई घर फर्के ।

  • 7याकूबले आफ्ना बाबुआमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएको पनि एसावले देखे ।

  • 18तिनले पद्दन-आराममा आफूले प्राप्‍त गरेका आफ्ना सबै गाईबस्तु र सबै सम्पत्तिलाई आफ्नो अगिअगि पठाए । त्यसपछि तिनी कनान देशमा आफ्ना पिता इसहाककहाँ जान निस्के ।

  • 19लाबानले भने, “त्‍यसलाई अर्को मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो । मसँगै बस ।”

  • 16तिनीहरू बेथेलबाट प्रस्थान गरे । तिनीहरू एप्रात आइपुग्‍न अलिकति दुरी बाँकी छँदा नै राहेललाई सुत्केरी व्यथा लाग्यो । उनलाई ज्यादै पीडा भएको थियो ।

  • 19याकूबकी पत्‍नी राहेलका छोराहरू योसेफ र बेन्‍यामीन थिए ।

  • 2पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌ ।

  • 24राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ र बेन्यामीन ।

  • उत्प 29:15-16
    2 पदहरू
    74%

    15त्यसपछि लाबानले याकूबलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्‍याला कति हो मलाई भन ।”

    16लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्‍छीको नाउँ राहेल थियो ।

  • उत्प 31:13-14
    2 पदहरू
    73%

    13म बेथेलको परमेश्‍वर हुँ जहाँ तैँले खामोलाई अभिषेक गरिस् र मसित भाकल गरिस् । अब उठ् र यस देश छाडेर तेरो जन्मभूमिमा फर्कि' ।”

    14राहेल र लेआले तिनलाई जवाफ दिएर भने, “के हाम्रा पिताको घरमा हाम्रा निम्ति हकको कुनै भाग छ र? के उहाँले हामीलाई विदेशीहरूलाई जस्तै व्यवहार गर्नुभएको छैन र?

  • 12याकूबले राहेललाई आफू तिनका बाबुको नातेदार र रिबेकाको छोरा भएको कुरा बताए । तब राहेल दौडेर गइन्‌ र आफ्‍ना बाबुलाई यो कुरा बताइन्‌ ।

  • 25याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्‌ । तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्‍ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?”

  • 31योसेफले आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई यसो भनेर खबर दिनेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्‌ ।

  • उत्प 31:25-27
    3 पदहरू
    73%

    25लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए । गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे ।

    26लाबानले याकूबलाई भने, “तिमीले मेरा छोरीहरूलाई युद्धका कैदीहरूलाई जस्तै गरी लगेर मलाई छल गरी यो के गरेको?

    27किन तिमीले मलाई नबताईकन सुटुक्‍क भागेर धोका दियौ? गीत गाउँदै वीणा र खैँजडी बजाउँदै उत्सवको साथमा मैले तिमीलाई बिदा गर्ने थिएँ ।

  • 42मेरा पिताका परमेश्‍वर जो अब्राहामका परमेश्‍वर र इसहाकका भय हुनुहुन्छ, उहाँ मसित नहुनुभएको भए निश्‍चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो । परमेश्‍वरले ममाथिको थिचोमिचो र मैले गरेको कडा परिश्रम देख्‍नुभएको छ । त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो ।”

  • 33लाबान याकूब र लेआको पालसाथै दुई जना कमारीका पालभित्र गए, तर तिनले ती घर-देवताहरू पाएनन् । तिनी लेआको पालबाट बाहिर आई राहेलको पालभित्र पसे ।

  • 30अब तिमीले आफ्ना पिताको घरमा फर्कने चाहना गरेकाले तिमी आइसकेका छौ । तर तिमीले मेरा घर-देवताहरू किन चोरी गर्‍यौ?

  • 10जब याकूबले आफ्‍ना मामा लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, याकूबले नजिक आएर इनारको मुखको ढुङ्गा गुडाए, अनि आफ्‍ना मामा लाबानका भेडाहरूलाई पानी खुवाए ।

  • 30म आउनुअगि तपाईंसित थोरै मात्र थियो तर अहिले प्रचुर मात्रामा वृद्धि भएका छन् । मैले जहाँसुकै काम गरे तापनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ । अब मेरो आफ्नै घरानाको निम्तिचाहिँ मैले कहिले बन्दोवस्त गर्ने?”

  • 3उनले भनिन्, “हेर्नुहोस्, मेरी कमारी बिल्हा यहीँ छे । त्योसित सहवास गर्नुहोस् ताकि त्यसले मेरो निम्ति सन्तान जन्माउन सकोस्, र त्यसद्वारा मसित सन्तान हुनेछ ।”

  • 17फारोले योसेफलाई भने, “तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ ।