उत्पत्ति 30:43

अनलक शाब्दिक बाइबल

याकूबले ज्यादै उन्‍नति गरे । तिनका ठुला-ठुला बगालहरू, नोकर-चाकरहरू ऊँटहरू र गधाहरू थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 30:30 : 30 म आउनुअगि तपाईंसित थोरै मात्र थियो तर अहिले प्रचुर मात्रामा वृद्धि भएका छन् । मैले जहाँसुकै काम गरे तापनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ । अब मेरो आफ्नै घरानाको निम्तिचाहिँ मैले कहिले बन्दोवस्त गर्ने?”
  • उत्प 24:35 : 35 परमप्रभुले मेरा मालिकलाई धेरै आशिष्‌ दिनुभएको छ र तिनी एक ठुला मानिस भएका छन्‌ । उहाँले तिनलाई बगालहरू र बथानहरू, सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ ।
  • उत्प 26:13-14 : 13 तिनी धनी भए, र अत्‍यन्‍तै धनाढ्य नहुञ्‍जेलसम्म झनझन बढेर गए । 14 तिनका धेरै भेडाबाख्रा, गाईवस्तु र ठुलो परिवार भयो । यसैकारण पलिश्‍तीहरूले तिनको डाह गरे ।
  • उत्प 13:2 : 2 अब्राम पशुहरू, चाँदी र सुनमा धेरै धनाढ्य थिए ।
  • उत्प 12:16 : 16 फारोले तिनको खातिर अब्रामलाई राम्रो व्यवहार गरे र तिनलाई गोरु, गधाहरू, नोकरीहरू, गधैनीहरू र ऊँटहरू दिए ।
  • उत्प 28:15 : 15 हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि म तेरो रक्षा गर्नेछु । म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु । किनकि मैले तँलाई प्रतिज्ञा गरेका कुरा पुरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ ।”
  • उत्प 31:7-8 : 7 तिमीहरूका पिताले मलाई ठगेका छन्, र मेरो ज्याला दस पटक बद्लेका छन्, तर परमेश्‍वरले तिनलाई मेरो हानि गर्न दिनुभएको छैन । 8 'थोप्ले जनावरहरू तिम्रो ज्याला हुनेछ' भनी तिनले भन्दा सबै बगालले थोप्ले पाठा-पाठी नै जन्माए । 'पेटारेहरू तिम्रो ज्याला हुनेछ' भनी तिनले भन्दा सारा बगालले पेटारे पाठा-पाठीहरू नै जन्माए ।
  • उत्प 31:42 : 42 मेरा पिताका परमेश्‍वर जो अब्राहामका परमेश्‍वर र इसहाकका भय हुनुहुन्छ, उहाँ मसित नहुनुभएको भए निश्‍चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो । परमेश्‍वरले ममाथिको थिचोमिचो र मैले गरेको कडा परिश्रम देख्‍नुभएको छ । त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो ।”
  • उत्प 32:10 : 10 तपाईंका दासको निम्ति तपाईंले गर्नुभएका करारको विश्‍वासयोग्यता र भरोसाका सबै कार्यको निम्ति म योग्यको छैनँ । किनकि यही लौरो लिएर मात्र मैले यर्दन तरेँ, र अहिले मेरा दुईवटा दल छन् ।
  • उत्प 33:11 : 11 कृपया, तपाईंको लागि ल्याइएको यो उपहारलाई ग्रहण गर्नुहोस् किनभने परमेश्‍वरले मसित अनुग्रहसाथ व्यवहार गर्नुभएको छ, र मसित प्रशस्तै छ ।” यसरी याकूबले बिन्ती गरेपछि एसावले त्यसलाई स्वीकार गरे ।
  • उत्प 36:7 : 7 तिनीहरू सँगै बस्‍नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे । तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्‍न सकेन ।
  • उप 2:7 : 7 मैले कमारा-कमारीहरू किनेँ । मेरो दरबारमा जन्मेका कमराहरू पनि थिए । यरूशलेममा मभन्दा अगि शासन गरेका कुनै पनि राजाको भन्दा मेरो भेडा-बाख्राका बगाल र गाईवस्तुका बथान बढी थिए ।
  • यहे 39:10 : 10 तिनीहरूले मैदानबाट काठ बटुल्नेछैनन् वा जङ्गलबाट रूखहरू काट्नेछैनन्, किनभने तिनीहरूले हतियारहरू बाल्नेछन् । तिनीहरूबाट लान इच्‍छा गर्नेहरूबाट नै तिनीहरूले लिनेछन् । तिनीहरूलाई लुट्‍न इच्‍छा गर्नेहरूलाई नै तिनीहरूले लुट्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 35परमप्रभुले मेरा मालिकलाई धेरै आशिष्‌ दिनुभएको छ र तिनी एक ठुला मानिस भएका छन्‌ । उहाँले तिनलाई बगालहरू र बथानहरू, सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ ।

  • 3तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए । तिनी पूर्वमा भएका सबै मानिसहरूमध्‍ये सबभन्‍दा महान् मानिस थिए ।

  • उत्प 30:39-42
    4 पदहरू
    79%

    39ती बगालहरू हाँगाहरूका सामुन्‍ने मिसिने भएकाले तिनीहरूले पाठापाठी पनि त्यस्तै छिर्केमिर्के, पेटारे र थोप्ले ब्याए ।

    40याकूबले यी थुमाहरूलाई छुट्‌ट्याए, तर बाँकी बगाललाई चाहिँ छिर्केमिर्के जनावरहरूतिर फर्काएर राखे अनि सबै काला थुमालाई चाहिँ लाबानको बगालमा राखिदिए । त्यसपछि तिनले आफ्नो बगाललाई चाहिँ अलग गरे र लाबानको बगालसित मिसाएनन् ।

    41बलिया भेडाहरू मिसिँदा याकूबले बगालहरूका सामुन्‍ने डूँडमा ती हाँगाहरू राखिदिन्थे ताकि तिनीहरू हाँगाहरूकै बिचमा गर्भवती होऊन् ।

    42तर बगालमा भएका कमजोर जनावरहरू आउँदा तिनले तिनीहरूको सामु हाँगाहरू राख्दैनथ्ये । यसरी कमजोर जनावरहरू लाबानका भए र बलियाहरू याकूबका भए ।

  • उत्प 26:13-14
    2 पदहरू
    77%

    13तिनी धनी भए, र अत्‍यन्‍तै धनाढ्य नहुञ्‍जेलसम्म झनझन बढेर गए ।

    14तिनका धेरै भेडाबाख्रा, गाईवस्तु र ठुलो परिवार भयो । यसैकारण पलिश्‍तीहरूले तिनको डाह गरे ।

  • उत्प 32:14-16
    3 पदहरू
    77%

    14दुई सयवटा बाख्री, बिसवटा बोका,

    15तिसवटा दुध दिने ऊँट र तिनीहरूका बच्‍चा, चालिसवटा गाई र दसवटा साँढे, बिसवटा गधैनी र दसवटा गधा ।

    16तिनले बथान-बथान गरी यी सबै आफ्ना कमाराहरूको जिम्मा लगाइदिए । तिनले तिनीहरूलाई भने, “मेरो अगिअगि जाओ र हरेक बथानको बिचमा खाली ठाउँ राख ।”

  • 16फारोले तिनको खातिर अब्रामलाई राम्रो व्यवहार गरे र तिनलाई गोरु, गधाहरू, नोकरीहरू, गधैनीहरू र ऊँटहरू दिए ।

  • उत्प 30:29-30
    2 पदहरू
    76%

    29याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्तो सेवा गरेको छु र तपाईंका गाईबस्तु कसरी सप्रेका छन् भनी तपाईं जान्‍नुहुन्छ ।

    30म आउनुअगि तपाईंसित थोरै मात्र थियो तर अहिले प्रचुर मात्रामा वृद्धि भएका छन् । मैले जहाँसुकै काम गरे तापनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ । अब मेरो आफ्नै घरानाको निम्तिचाहिँ मैले कहिले बन्दोवस्त गर्ने?”

  • उत्प 31:17-18
    2 पदहरू
    74%

    17त्यसपछि याकूब उठे, र तिनले आफ्ना छोराहरू र पत्‍नीहरूलाई ऊँटहरूमाथि राखे ।

    18तिनले पद्दन-आराममा आफूले प्राप्‍त गरेका आफ्ना सबै गाईबस्तु र सबै सम्पत्तिलाई आफ्नो अगिअगि पठाए । त्यसपछि तिनी कनान देशमा आफ्ना पिता इसहाककहाँ जान निस्के ।

  • 5मेरा गोरुहरू, गधाहरू, बगालहरू, कमारा-कमारीहरू छन् । तपाईंको दृष्‍टिमा मैले निगाह पाउन सकूँ भनी मैले मेरा मालिकलाई यो खबर पठाएको छु' ।”

  • 12परमप्रभुले अय्यूबको जीवनको अगिल्लो समयमा भन्दा पछिल्लो समयमा झन् धेरै आशिष् दिनुभयो । तिनका चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधैनी थिए ।

  • 3सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्; तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्‍न सक्‍नेछस् ।

  • 43लाबानले याकूबलाई जवाफ दिई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्; यी नातिनातिनाहरू मेरै नातिनातिनाहरू हुन् र यी बगालहरू मेरै बगालहरू हुन् । तिमीले देखेका यी सबै मेरै हुन् । तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के नै गर्न सक्छु र?

  • 7तिनीहरू सँगै बस्‍नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे । तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्‍न सकेन ।

  • गिन 31:44-45
    2 पदहरू
    72%

    44तिस हजार गोरु,

    45३०,५०० गधा,

  • 2धनी मानिसको ठुलो संख्यामा भेडाबाख्रा र गाईवस्तु थिए,

  • उत्प 31:9-10
    2 पदहरू
    71%

    9यसरी परमेश्‍वरले तिमीहरूका पिताका गाईबस्तु मलाई दिनुभएको छ ।

    10एक पटक बगाल मिसिने समयमा मैले सपनामा बोकाहरू बगालमा सँगसँगै भएको देखेँ । बोकाहरू छिर्केमिर्के, पेटारे र थोप्ले थिए ।

  • 12उहाँले भन्‍नुभयो, 'तेरा आँखा उठाएर सबै बोका बगालमाथि चढिरहेको हेर् । तिनीहरू छिर्केमिर्के, पेटारे र थोप्ले छन् किनकि लाबानले तँलाई गरेको हरेक कुरा मैले देखेको छु ।

  • 34एकसट्ठी हजार गधा,

  • 6तिनीहरूले आफ्‍ना गाईबस्‍तु र कनान देशमा जम्‍मा गरेका मालसामानहरूसँगै लगे । याकूब र तिनका जम्‍मै सन्तान मिश्रमा गए ।

  • 7राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई ।

  • 12त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई ।

  • 23आफ्ना पिताका लागि तिनले यी थोकहरू पठाएः मिश्रका असल-अलस थोकहरू लादिएका दसवटा गधा; अनाज, रोटी र आफ्ना पिताको यात्राका लागि आवश्यक खाद्यपदार्थहरूले लादिएका दसवटा गधैनी ।

  • 1¶ याकूबले माथि हेर्दा एसाव आउँदै थिए, र तिनीसित चार सय मानिस थिए । तिनले आफ्ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई जना कमारीको बिचमा विभाजन गरे ।