उत्पत्ति 33:16
त्यसैले त्यही दिन एसाव सेइरतर्फ फर्कन आफ्नो बाटो लागे ।
त्यसैले त्यही दिन एसाव सेइरतर्फ फर्कन आफ्नो बाटो लागे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15एसावले भने, “म तिमीसित भएका केही मानिसहरूसित मेरा केही मानिसहरू छाडिदिन्छु ।” तर याकूबले भने, “किन त्यसो गर्ने?” मेरा मालिकको दृष्टिमा मैले निगाह पाए त भइहाल्यो नि ।”
3याकूबले एदोमको क्षेत्रमा पर्ने सेइर देशमा आफ्ना दाजु एसावकहाँ आफूभन्दा अगिअगि सन्देशवाहकहरू पठाए ।
4तिनले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्नेछौः तपाईंका दास याकूब यसो भन्छन्, 'म लाबानसित बस्दै आएकोले अहिलेसम्म आउन ढिलो भएको हो ।
8यसैकारण एसाव (जसलाई एदोम पनि भनिन्छ) सेइरको पहाडी देशमा बसोबास गरे ।
9सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए ।
30इसहाकले आशिष् दिइसक्ने बित्तिकै याकूब आफ्ना पिता इसहाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।
6एसावले आफ्ना पत्नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्गै अर्को देशमा गए ।
8एसावले भने, “मैले भेटेका यी सबै दलको अर्थ के हो?” याकूबले जवाफ दिए, “मेरा मालिकको दृष्टिमा निगाह प्राप्त गर्नलाई हो ।”
9एसावले भने, “मेरा भाइ, मसित प्रशस्त छ । तिम्रो जे हो, ती आफैसित राख ।”
12तब एसावले भने, “हामी आफ्नो बाटो लागौँ । म तिम्रो अगिअगि जानेछु ।”
8त्यसैले हामी सेइरमा बस्ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ । यो ठाउँ एलात र एस्योन-गेबेर अनि अराबाट पर पर्छ । तब हामी फर्केर मोआबको उजाड-स्थानको बाटो लाग्यौँ ।
4एसाव याकूबलाई भेट्न दौडिए; अङ्गालो हाले; अङ्कमाल गरे र चुम्बन गरे । त्यसपछि तिनीहरू रोए ।
1¶ एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए ।
1¶ तब याकूब आफ्नो बाटो लागे र पूर्वका मानिसहरूको देशमा पुगे ।
8तिनले भने, “एसावले आएर एउटा दललाई अाक्रमण गरे भने बाँकी रहेको दल भाग्नेछ ।
19दोस्रो दल, तेस्रो दल अनि बगालहरूको पछिपछि लाग्ने सबै मानिसलाई पनि याकूबले निर्देशन दिए । तिनले भने, “तिमीहरूले एसावलाई भेट्दा उही कुरो भन्नू ।
20तिमीहरूले यसो पनि भन्नू, 'तपाईंका दास याकूब हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।” किनकि तिनले यस्तो सोचे, “मैले मेरो अगिअगि पठाएका उपहारहरूले म तिनलाई खुसी पार्नेछु । त्यसपछि मैले तिनलाई भेट्दा सायद तिनले मलाई स्वीकार गर्नेछन् ।”
10याकूब बेर्शेबा छोडेर हारानतिर लागे ।
1¶ याकूबले माथि हेर्दा एसाव आउँदै थिए, र तिनीसित चार सय मानिस थिए । तिनले आफ्ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई जना कमारीको बिचमा विभाजन गरे ।