उत्पत्ति 34:2
त्यस देशका रजौटा हिव्वी हमोरको छोरा शकेमले उनलाई देखी उनलाई प्रकेर लगे र उनीसित सहवास गरे ।
त्यस देशका रजौटा हिव्वी हमोरको छोरा शकेमले उनलाई देखी उनलाई प्रकेर लगे र उनीसित सहवास गरे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3तिनी याकूबकी छोरी दीनासित मोहित भएका थिए । तिनले यी युवतीलाई प्रेम गरी स्नेहपूर्वक बोले ।
4शकेमले आफ्ना पिता हमोरलाई यसो भने, “मेरी पत्नी हुनलाई ती युवती मलाई ल्याइदिनुहोस् ।”
5अब याकूबले आफ्नी छोरी दीनालाई शकेमले अशुद्ध पारेको कुरा सुने । तिनका छोराहरू खेतमा गाईबस्तु चराउन गएका थिए । त्यसैले तिनीहरू नफर्कुञ्जेल याकूब चुप लागेर बसे ।
6शकेमका पिता हमोर याकूबसित कुराकानी गर्न गए ।
7याकूबका छोराहरू खेतबाट फर्कंदा तिनीहरूले यस विषयबारे सुने । तिनीहरूलाई चोट पुगेको थियो । याकूबकी छोरीमाथि जबरजस्ती सहवास गरेर तिनले इस्राएलको बेइज्जत गरेकाले तिनीहरू ज्यादै रिसाए । किनकि यस्तो कुरो गरिनुहुँदैनथ्यो ।
8हमोरले तिनीहरूलाई भने, “मेरो छोरो शकेमले तपाईंकी छोरी दीनालाई माया गर्छन् । कृपया, उनलाई तिनकी पत्नी हुन दिनुहोस् ।
9हामीसित अन्तरजातीय विवाह गर्नुहोस् । तपाईंका छोरीहरू हामीलाई दिनुहोस् र हाम्री छोरीहरू तपाईंहरूले लैजानुहोस् ।
1¶ अब लेआले याकूबको निम्ति जन्माएकी छोरी दीना त्यस देशका युवतीहरूसित भेट गर्न गइन् ।
24सहरका सबै मानिसले हमोर र तिनका छोरा शकेमको कुरा माने, अनि हरेक पुरुषको खतना गरियो ।
25तेस्रो दिनमा तिनीहरू अझै दर्दमा हुँदा याकूबका दुई जना छोरा शिमियोन र लेवी (दीनाका दाजुहरू) ले आ-आफ्नो तरवार लिई आफ्नो सुरक्षामा ढुक्क रहेको सहरमाथि आक्रमण गरी सबै पुरुषलाई मारे ।
26तिनीहरूले तरवारले हमोर र तिनका छोरा शकेमलाई मारे । तिनीहरूले दीनालाई शकेमको घरबाट लिएर गए ।
27याकूबका अन्य छोराहरू मरेकाहरूकहाँ आई सहरलाई लुटे किनकि ती मानिसहरूले तिनीहरूकी बहिनीलाई अशुद्ध बनाएका थिए ।
11शकेमले उनका पिता र उनका दाजुहरूलाई भने, “मलाई तपाईंहरूले निगाह गर्नुहोस्, र तपाईंहरूले मलाई जे भन्नुहुन्छ, म त्यही दिनेछु ।
12तपाईंहरूलाई इच्छा लागेमुताबिक जतिसुकै दाइजो र उपहार माग्नुुहोस् म ती दिनेछु, तर मलाई यी युवती पत्नी तुल्याउनलाई दिनुहोस् ।”
13शकेमले दीनालाई अशुद्ध तुल्याएकाले याकूबका छोराहरूले शकेम र तिनका पिता हमोरलाई छलपूर्वक जवाफ दिए ।
18तिनीहरूको कुराले हमोर र तिनका छोरा शकेमलाई खुसी तुल्यायो ।
19यिनीहरूले भनेका कुरा गर्न ती युवकले ढिला गरेनन् किनकि तिनी याकूबकी छोरीसित मोहित भएका थिए, र तिनी आफ्ना पिताको घरानामा सबैभन्दा इज्जतदार व्यक्ति थिए ।
20हमोर र तिनका छोरा शकेम तिनीहरूको सहरको द्वारमा गएर सहरका मानिसहरूलाई भने,
21“यी मानिसहरू शान्तिप्रिय छन् । त्यसैले यिनीहरू हामीसितै बसोबास गरी व्यापार गरून् किनकि वास्तवमा हाम्रो देश तिनीहरूका लागि पनि ज्यादै ठुलो छ । तिनीहरूका छोरीहरूलाई पत्नी बनाउनलाई लिऔँ र तिनीहरूलाई हाम्रा छोरीहरू दिऔँ ।