उत्पत्ति 34:26

अनलक शाब्दिक बाइबल

तिनीहरूले तरवारले हमोर र तिनका छोरा शकेमलाई मारे । तिनीहरूले दीनालाई शकेमको घरबाट लिएर गए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 32:42 : 42 म मेरा काँडहरूलाई रगतले मत्याउने छु, र मेरो तरवारले मारिएकाहरू र निर्वासितहरूको रगतसितै मासु र शत्रुहरूका शिर खाने छ ।”
  • २ शमू 2:26 : 26 त्यसपछि अबनेरले कराएर योआबलाई भने, “के सधैं तरवारले नाश गर्नैपर्छ? के त्‍यो अन्तमा तितो हुन्छ भनी तिमी जान्दैनौ? तिम्रा मानिसहरूलाई तिमीले आफ्‍ना दाजुभाइलाई खेद्‍न छोड भन्‍नुभन्‍दा पहिले कति लामो समय हुने छ?”
  • यशा 31:8 : 8 अश्शूर तरवारले ढल्‍नेछ । मानिसले नचालाएको तरवारद्वारा त्यो नाश हुनेछ । त्यो तरवारबाट भाग्‍नेछ र त्यसका जवान मानिसहरूलाई सित्तैंका काम गर्न लगाइनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 34:24-25
    2 पदहरू
    89%

    24सहरका सबै मानिसले हमोर र तिनका छोरा शकेमको कुरा माने, अनि हरेक पुरुषको खतना गरियो ।

    25तेस्रो दिनमा तिनीहरू अझै दर्दमा हुँदा याकूबका दुई जना छोरा शिमियोन र लेवी (दीनाका दाजुहरू) ले आ-आफ्नो तरवार लिई आफ्नो सुरक्षामा ढुक्‍क रहेको सहरमाथि आक्रमण गरी सबै पुरुषलाई मारे ।

  • उत्प 34:27-29
    3 पदहरू
    87%

    27याकूबका अन्य छोराहरू मरेकाहरूकहाँ आई सहरलाई लुटे किनकि ती मानिसहरूले तिनीहरूकी बहिनीलाई अशुद्ध बनाएका थिए ।

    28तिनीहरूले उनीहरूका बगालहरू, बथानहरू, गधाहरू, सबै सम्पत्ति र सहरमा भएको हरेक थोक लिएर गए ।

    29तिनीहरूका सबै केटाकेटी र पत्‍नीहरूलाई तिनीहरूले कैद गरे । घरहरूभित्र भएको हरेक थोक पनि तिनीहरूले कब्जा गरे ।

  • उत्प 34:1-8
    8 पदहरू
    83%

    1¶ अब लेआले याकूबको निम्ति जन्माएकी छोरी दीना त्यस देशका युवतीहरूसित भेट गर्न गइन् ।

    2त्यस देशका रजौटा हिव्वी हमोरको छोरा शकेमले उनलाई देखी उनलाई प्रकेर लगे र उनीसित सहवास गरे ।

    3तिनी याकूबकी छोरी दीनासित मोहित भएका थिए । तिनले यी युवतीलाई प्रेम गरी स्‍नेहपूर्वक बोले ।

    4शकेमले आफ्ना पिता हमोरलाई यसो भने, “मेरी पत्‍नी हुनलाई ती युवती मलाई ल्याइदिनुहोस् ।”

    5अब याकूबले आफ्नी छोरी दीनालाई शकेमले अशुद्ध पारेको कुरा सुने । तिनका छोराहरू खेतमा गाईबस्तु चराउन गएका थिए । त्यसैले तिनीहरू नफर्कुञ्‍जेल याकूब चुप लागेर बसे ।

    6शकेमका पिता हमोर याकूबसित कुराकानी गर्न गए ।

    7याकूबका छोराहरू खेतबाट फर्कंदा तिनीहरूले यस विषयबारे सुने । तिनीहरूलाई चोट पुगेको थियो । याकूबकी छोरीमाथि जबरजस्ती सहवास गरेर तिनले इस्राएलको बेइज्‍जत गरेकाले तिनीहरू ज्यादै रिसाए । किनकि यस्तो कुरो गरिनुहुँदैनथ्यो ।

    8हमोरले तिनीहरूलाई भने, “मेरो छोरो शकेमले तपाईंकी छोरी दीनालाई माया गर्छन् । कृपया, उनलाई तिनकी पत्‍नी हुन दिनुहोस् ।

  • 13शकेमले दीनालाई अशुद्ध तुल्याएकाले याकूबका छोराहरूले शकेम र तिनका पिता हमोरलाई छलपूर्वक जवाफ दिए ।

  • 20हमोर र तिनका छोरा शकेम तिनीहरूको सहरको द्वारमा गएर सहरका मानिसहरूलाई भने,

  • 18तिनीहरूको कुराले हमोर र तिनका छोरा शकेमलाई खुसी तुल्यायो ।