उत्पत्ति 35:5

अनलक शाब्दिक बाइबल

तिनलाई शकेमको नजिकै रहेको फलाँटको रुखमुनि गाडे । तिनीहरू यात्रा गर्दै अगाडि बढ्दा परमेश्‍वरले तिनीहरूका वरिपरिका सहरहरूमा त्रास फैलाइदिनुभयो । त्यसैले ती मानिसहरूले याकूबका छोराहरूलाई लखेटेनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 23:27 : 27 म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु ।
  • यहो 5:1 : 1 ¶ यर्दनको पश्‍चिमतिरका एमोरी राजाहरू र भूमध्य सागरको तटतिर कनानी राजाहरू इस्राएलका मानिसहरूले यर्दन नतरेसम्म यर्दनको पानी सुकाउनुभएको थियो भन्‍ने सुन्‍ने बित्तिकै तिनीहरूको हृदय शिथिल भयो र इस्राएलका मानिसहरूको कारण तिनीहरूमा कुनै आँट आएन ।
  • २ इति 17:10 : 10 यहूदाको वरिपरि भएका सबै राज्‍यहरूमा परमप्रभुको भय पर्‍यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्‌ ।
  • भजन 14:5 : 5 तिनीहरू डरले कम्छन्, किनकि परमेश्‍वर धर्मी सभामा हुनुहुन्छ ।
  • उत्प 34:30 : 30 याकूबले शिमियोन र लेवीलाई भने, “यस देशका बासिन्दाहरू अर्थात् कनानीहरू र परिज्‍जीहरूका सामु मलाई अप्रिय तुल्याएर तिमीहरूले ममाथि सङ्कष्‍ट ल्याएका छौ । मेरा मानिसहरू थोरै छन् तिनीहरू एकै ठाउँमा जम्मा भई ममाथि आक्रमण गरे भने म र मेरो घराना नष्‍ट हुनेछौँ ।
  • निर्ग 15:15-16 : 15 तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् । 16 आतङ्क र त्रास उनीहरूमाथि पर्नेछन् । हे परमप्रभु, तपाईंका मानिसहरू पार नहोउञ्‍जेल र तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्‍जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन् ।
  • निर्ग 34:24 : 24 किनकि म तिमीहरूका सामु जाति-जातिहरूलाई धपाउनेछु र तिमीहरूका सिमाना बढाइदिनेछु । तिमीहरू वर्षमा तिन पटक परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु देखा पर्न जाँदा कसैले पनि आफ्नो अधिकारको रूपमा तिमीहरूको देश कब्जा गर्ने इच्छा गर्नेछैन ।
  • व्यव 11:25 : 25 कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुने छ ।
  • यहो 2:9-9 : 9 तिनले भनिन्, “मलाई थाहा छ, परमप्रभुले यो भूमि तपाईंहरूलाई दिनुभएको छ र तपाईंहरूको डर हामीमाथि आइपरेको छ । यो भूमिमा बस्‍ने सबै मानिस तपाईंहरूको सामु शिथिल हुने छन् । 10 तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ । तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन र ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ । 11 हामीले यो सुन्‍ने बित्तिकै हाम्रा हृदय शिथिल भए, कसैसँग पनि साहस रहेन, किनभने परमप्रभु तपाईंहरूका परमेश्‍वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ ।
  • १ शमू 11:7 : 7 तिनले एक हल गोरु लिए र तिनलाई टुक्रा-टक्रा गरी काटे र ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए । तिनले भने, “शाऊल र शमूएलको पछि नआउने व्यक्‍तिको गोरुलाई यसै गरिनेछ ।” अनि परमप्रभुको भय मानिसहरूमाथि पर्‍यो र तिनीहरू एक जना मानिसझैं एकसाथ निस्केर आए ।
  • १ शमू 14:15 : 15 छाउनी, मैदान र मानिसहरू माझ त्रास फैलियो । चौकीहरू र लुट्ने टोलीहरू पनि त्रासित भए । पृथ्वी हल्लियो र त्यहाँ ठुलो त्रास छायो ।
  • २ इति 14:14 : 14 फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे, किनकि त्‍यहाँका बासिन्दाहरूमा परमप्रभुको त्रास परेको थियो । फौजले सबै बस्‍तीमा लूट मच्‍चाए र तिनीहरूसित धेरै लूटका माल भए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 4त्यसैले तिनीहरूले आ-आफ्ना हातमा भएका सबै विदेशी देवता र तिनीहरूका कानमा लगाएका कुण्डलहरू याकूबलाई दिए । याकूबले

  • 6याकूब तिनीसित भएका सबै मानिससित लूज अर्थात् बेथेलमा आइपुगे जुन कनान देशमा पर्छ ।

  • 29तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने,

  • 14फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे, किनकि त्‍यहाँका बासिन्दाहरूमा परमप्रभुको त्रास परेको थियो । फौजले सबै बस्‍तीमा लूट मच्‍चाए र तिनीहरूसित धेरै लूटका माल भए ।

  • 25तिनीहरू मिश्रबाट यात्रा गरी कनान देशमा आफ्ना पिताकहाँ आए ।

  • 38तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए ।

  • 7तब याकूब ज्यादै भयभीत भए र आत्तिए । त्यसैले तिनले आफूसित भएका मानिसहरू, बगालहरू, बथानहरू र ऊँटहरूलाई दल-दल गरी दुई भागमा विभाजन गरे ।

  • 23त्यसैले तिनले आफूसित आफ्ना आफन्तहरू लिई सात दिनसम्म तिनको पिछा गरे । लाबानले गिलादको पहाडी देशमा तिनलाई भेट्टाए ।

  • 1¶ परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बस् । तँ तेरा दाजु एसावबाट भाग्दा तँकहाँ देखा पर्नुहुने परमेश्‍वरको निम्ति एउटा वेदी बना ।”

  • 29तिनीहरूका सबै केटाकेटी र पत्‍नीहरूलाई तिनीहरूले कैद गरे । घरहरूभित्र भएको हरेक थोक पनि तिनीहरूले कब्जा गरे ।

  • 35तिनीहरूले आफ्ना बोराहरू खोल्दा हरेकको बोराभित्र चाँदीको पोको रहेछ । तिनीहरू र तिनीहरूका पिताले चाँदीको पोको देखेपछि तिनीहरू डराए । तिनीहरूका पिता

  • 10याकूब बेर्शेबा छोडेर हारानतिर लागे ।

  • 25उसले तिनीहरूलाई त्यो सहरभित्र जाने बाटो देखायो, र यसैले तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे, तर तिनीहरूले त्यस मानिस र उसका जम्मै परिवारलाई जान दिए ।