उत्पत्ति 36:38
शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्य गरे ।
शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्य गरे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
47हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्ला राजा भए ।
48सम्ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए ।
49शौल मरेपछि तिनको ठाउँमा अक्बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे ।
50अक्बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन् ।
36हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे ।
37सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे ।
39अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हदरले उनको स्थानमा राज्य गरे । उनको सहरको नाम पाऊ थियो । उनकी पत्नीको नाम महेतबेल थियो । तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।
5जब तिनको हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब ऊ पनि त्यसरी नै आफ्नो तरवारमा छेडिएर मर्यो ।
6यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे, यसै गरी तिनका परिवारका सबै जना एकैपटक मरे ।
7जब मैदानमा भएका सबै इस्राएलीले आ-आफ्ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडे र भागे । अनि पलिश्तीहरू त्यहाँ आए र बसोबास गरे ।
8भोलिपल्ट यस्तो भयो, जब पलिश्तीहरू मारिएकाहरूलाई लुट्नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मरेका भेट्टाए ।
4तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुत र त्यसले मलाई छेडिदे । नत्रता यी बेखतनाहरू आउनेछन् र मलाई दुर्व्यवहार गर्नेछन् ।” तर तिनका हतियार बोक्नेले त्यसो गरेन, किनकि ऊ साह्रै डराएका थियो । त्यसैले शाऊलले आफ्नै तरवार लिए र यसमाथि उनिए ।
5जब तिनका हतियार बोक्नेले शाऊल मरेको देखे, तिनी पनि त्यसैगरी आफ्नो तरवारमा उनिएर तिनीसँगै मरे ।
6यसरी शाऊल, तिनका तिन जना छोरा र तिनका हतियार बोक्ने मरे— यी मानिसहरू सबै त्यसै दिन मरे ।
7जब मैदानको पारीपट्टि भएका इस्राएलका मानिसहरू र यर्दनको पारिपट्टि भएकाहरूले इस्राएलका मानिसहरू भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरूले आफ्ना सहरहरू छाडे र भागे, अनि पलिश्तीहरू आए र तिनीहरूमा बसोबास गरे ।
8भोलिपल्ट यसो भयो, जब पलिश्तीहरू मृतकहरूलाई लूट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे ।
2पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।
33बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे ।
34योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे ।
1¶ त्यसको केही समयपछि अम्मोनीहरूका राजा नाहाशको मृत्यु भयो, र तिनको सट्टामा तिनका छोरा राजा भए ।
12तब शाऊल र तिनका छोराहरूका मृत शरीर ल्याउन सबै योद्धाहरू गए, र तिनीहरूलाई याबेशमा ल्याए । तिनीहरूका हड्डीहरू त्यहाँ फँलाटको रूखमुनि गाडे र सात दिनसम्म उपवास बसे ।
13यसरी परमप्रभुप्रतिको विश्वासहीनताको कारणले शाऊल मरे । तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए।
14तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्य सुम्पनुभयो ।
1¶ जब शाऊलका छोरा ईश्बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भयो भनी सुने, तब तिनको हातहरू कमजोर भए र सारा इस्राएल पीडामा पर्यो ।
2शाऊलका छोराका दुई जना मानिस थिए जो सिपाहरूका समूहहरूका कप्तानहरू थिए । एक जनाको नाउँ बानाह र अर्काको नाउँ रेकाब थियो, जो बेन्यामीनको मानिस बेरोती रिम्मोनका छोराहरू थिए (किनभने बेरोतलाई बेन्यामीनको हिस्सा ठानिन्छ,
1¶ शाऊलले राज्य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए । तिनले इस्रालमाथि चालिस वर्ष राज्य गरेका थिए,
3यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।
7अब उप्रान्त, तिमीहरूको हात बलियो पार । साहसी होओ किनकि तिमीहरूका मालिक शाऊल मरेका छन् र यहूदाका घरानाले मलाई आफ्ना राजा अभिषेक गरेका छन् ।”
8तर शाऊलका फौजका कमाण्डरले नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई लिए र महनोममा ल्याए ।
2पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।
1¶ पछि यस्तो भयो, अम्मोनका मानिसहरूका राजाको मृत्यु भयो, र पछि तिनका छोरा हानून तिनको सट्टामा राजा भए ।
28तिनी दिर्घ जीवन, धन-सम्पत्ति र मानमा आनन्द भई वृद्धावस्थामा मरे । तिनीपछि तिनका छोरा सोलोमन राजा भए ।
17त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्युमा यो विलापको गित गाए ।
31किनकि यिशैका छोरा पृथ्वीमा रहेसम्म, न तँ रहेनेछस् न त तेरो राज्य नै रहनेछ । अब कसैलाई पठा र त्यसलाई मकहाँ लिएर आइज, किनकि त्यो मरिनैपर्छ ।”
37यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो ।
33नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए ।
4दाऊदले तिनलाई भने, “कृपया मलाई भन, के के भएका छन्।” तिनले जवाफ दिए, “मानिसहरू युद्धबाट भागे । धेरै जना ढलेका छन् र धेरै जना मरेका छन् । शाऊल र उनका छोरा जोनाथन पनि मरेका छन् ।”
11जब याबेश-गिलादका बासिन्दाहरूले पलिश्तीहरूले शाऊललाई गरेका कुरा सुने,
6बाशा आफ्ना पित्रहरूसित सुत्न गए, र तिनलाई तिर्सामा गाडियो । तिनको ठाउँमा तिनका छोरा एलाह राजा भए ।
36तिनका जेठा छोरा अब्दोन, अनि तिनका छोराहरू सूर, कीश, बाल, नेर, नादाब,
39नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए ।
24अरामका राजा हजाएल मरे, र तिनको ठाउँमा तिनका छोरा बेन-हदद राजा भए ।