उत्पत्ति 36:4

अनलक शाब्दिक बाइबल

आदाले एसावबाट एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 1:35 : 35 एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।
  • अय्यू 2:11 : 11 जब अय्यूबका तिन जना मित्रले तिनीमाथि आइपरेका यी सबै खराबीको बारेमा सुने, तब तिनीहरू हरेक आ-आफ्नो ठाउँबाट निस्केर आए, अर्थात् एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती । तिनीसँगै शोक गर्न र तिनलाई सान्त्वना दिन तिनीहरूले समय निकाले ।
  • निर्ग 2:18 : 18 जब ती केटीहरू आफ्ना पिता रूएलकहाँ गए तब तिनले सोधे, “आज तिमीहरू किन यति चाँडै घर आएका छौ?”
  • गिन 10:29 : 29 रूएल मोशाका ससुरा थिए । मोशाले होबाबसँग कुरा गरे र भने, “हामी परमप्रभुले भन्‍नुभएको ठाउँतिर यात्रा गरिरहेका छौँ । परमप्रभुले भन्‍नुभयो, 'म यो तिमीहरूलाई दिने छु ।' हामीसँगै आउनुहोस् र हामीले तपाईंलाई असल गर्ने छौँ । परमप्रभुले इस्राएलको निम्ति असल गर्ने प्रतिज्ञा गर्नुभएको छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 36:8-19
    12 पदहरू
    89%

    8यसैकारण एसाव (जसलाई एदोम पनि भनिन्छ) सेइरको पहाडी देशमा बसोबास गरे ।

    9सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए ।

    10एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्‍नी आदाका छोरा एलीपज; एसावकी पत्‍नी बासमतका छोरा रूएल ।

    11एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए ।

    12एसावका छोरा एलीपजकी उपपत्‍नी तीम्‍नले अमालेकलाई जन्माइन् । एसावकी पत्‍नी आदाका नातिहरू यी नै थिए ।

    13रूएलका छोराहरू यस प्रकार थिए: नहत, जेरह, शम्मा र मिज्‍जा । एसावकी पत्‍नी बासमतका नातिहरू यी नै थिए ।

    14एसावकी पत्‍नी, अनाकी छोरी र सिबोनकी नातिनी ओहोलीबामाका छोराहरू यी नै थिए । तिनले एसावबाट येऊश, यालाम र कोरह जन्माइन् ।

    15एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए: एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान, ओमार, सपो, कनज,

    16कोरह, गाताम र अमालेक । एदोम देशमा एलीपजबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए ।

    17एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिएः नहत, जेरह, शम्मा र मिज्‍जा । एदोम देशमा रूएलबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए । ती एसावकी पत्‍नी बासमतका नातिहरू थिए ।

    18एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिएः येऊश, यालाम र कोरह । अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन् ।

    19एसावका छोराहरू यी नै थिए, र तिनीहरूका नजिकका घरानाहरू यी नै हुन् ।

  • उत्प 36:5-6
    2 पदहरू
    81%

    5ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन् । कनान देशमा जन्मेका एसावका छोराहरू यी नै थिए ।

    6एसावले आफ्ना पत्‍नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्‍त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्‍गै अर्को देशमा गए ।

  • उत्प 36:1-3
    3 पदहरू
    81%

    1¶ एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए ।

    2एसावले कनानीहरूबाट आफ्ना पत्‍नीहरू ल्याए । उनका पत्‍नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा;

    3र इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत ।

  • १ इति 1:34-37
    4 पदहरू
    81%

    34अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।

    35एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।

    36एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्‍न र अमालेक थिए ।

    37रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए ।

  • उत्प 36:40-43
    4 पदहरू
    72%

    40एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिएः तीम्‍न, अल्वा, यतेत,

    41ओहोलीबामा, एलाह, पीनोन,

    42कनज, तेमान, मिब्सार,

    43मग्दीएल र ईराम । तिनीहरूका देशमा तिनीहरूका बसोबासअनुसारका एदोमका नजिकका घरानाका मुखियाहरू यी नै थिए । एदोमीहरूका पिता एसाव यिनी नै थिए ।

  • उत्प 26:34-35
    2 पदहरू
    71%

    34चालिस वर्षको हुँदा एसावले हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्‍याए ।

    35तिनीहरूले इसहाक र रिबेकाको जीवनमा दुःख ल्याए ।

  • 9तब एसाव इश्‍माएलकहाँ गए, र उनका आफ्‍ना पत्‍नीहरूबाहेक अब्राहामका छोरा इश्‍माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए ।

  • उत्प 22:22-24
    3 पदहरू
    70%

    22र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए ।

    23बतूएल रिबेकाका पिता भए । अब्राहामका भाइ नाहोरबाट मिल्‍काले जन्माएका आठ छोराहररू यी नै थिए ।

    24यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्‍माई ।

  • 20आदाले याबाललाई जन्माइन् । तिनी पालमा बस्‍नेहरू र पशु पालन गर्नेहरूका पिता बने ।

  • 23शोबालका छोराहरू यिनै थिएः अल्बान, मानहत, एबाल, शपो र ओनाम ।

  • 40शोबालका छोराहरू अल्‍बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्‍या र अना थियो ।

  • 6नाराले तिनको निम्‍ति अहुज्‍जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्‍माइन्‌ । नाराका छोराहरू यि नै थिए ।

  • 26लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।