उत्पत्ति 37:34

अनलक शाब्दिक बाइबल

याकूबले आफ्ना वस्‍त्र च्याते र आफ्नो कम्मरमा भाङ्‍ग्रा लगाए । तिनले आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 37:29 : 29 पछि रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन् । उनले आफ्ना लुगाहरू च्याते ।
  • २ शमू 3:31 : 31 दाऊदले योआब र तिनीसँग भएका सबै मानिसलाई यसो भने, “आफ्नो लुगा च्यात, भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीको सामु विलाप गर ।” दाऊद राजा मृत्‍यु संस्‍कारको लस्करमा लासको पछि-पछि हिंडे ।
  • १ राजा 20:31 : 31 बेन-हददका अधिकारीहरूले तिनलाई भने, “अब हेर्नुहोस्, इस्राएलको घरानाका राजाहरू कृपालु छन् भनी हामीले सुनेका छौँ । हाम्रा कम्मरको वरिपरि भाङ्ग्रा लगाएर शिरका वरिपरि फेटा बाँधेर इस्राएलका राजाकहाँ जाऔँ । सायद तिनले तपाईंको ज्यान जोगाउनुहुने छ ।”
  • १ राजा 21:27 : 27 जब आहाबले यी वचनहरू सुने तिनले आफ्ना लुगा च्याते, र आफ्नो शरीरमा भाङ्ग्रा लगाए अनि उपवास बसे । तिनी भाङ्ग्रा लगाई अत्यन्तै उदास भए ।
  • २ राजा 19:1 : 1 ¶ जब राजा हिजकियाले तिनीहरूको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते, भाङ्ग्रा लगाए र परमप्रभुको मन्दिरभित्र गए ।
  • १ इति 21:16 : 16 दाऊदले मास्‍तिर हेरे र परमप्रभुका स्‍वर्गदूतले आफ्‍नो हातमा नाङ्गो तरवार लिएर यरूशलेममाथि ताकेर आकाश र पृथ्‍वीका बीचमा खडा भएको देखे । तब भाङ्‌ग्रा लागाएका दाऊद र धर्म-गुरुहरू भूइँमा घोप्‍टो परे ।
  • एज्रा 9:3-5 : 3 जब मैले यो सुनें तब मैले मेरो लुगा र खास्टो च्यातें अनि मेरो शिरको कपाल र दाह्री उखेलें र दुःखित भई बसें । 4 साँझको बलिदान चढाउने समयसम्म नै म बसिरहँदा यस अविश्‍वासयोग्य कामको बारेमा इस्राएलका परमेश्‍वरको वचनदेखि डराउने सबै जना मकहाँ भेला भए । 5 तर साँझको बलिदानको समयमा आफ्‍नो च्यातिएकै लुगा र खास्टोमा विनम्र भएकै अवस्थामा म उठें, र घुँडा टेकें अनि परमप्रभु मेरा परमेश्‍वर हुनुभएतिर आफ्ना हात फैलाएँ ।
  • नहे 9:1 : 1 ¶ अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।
  • एस्थ 4:1-3 : 1 ¶ जब मोर्दकैले यी सबै कुरा थाहा पाए, तब तिनले आफ्ना लुगा च्याते अनि भाङ्ग्रा र खरानी लगाए । तिनी सहरको बिचमा गए, र ठुलो सोरले कराए, र विलाप गरे । 2 तिनी राजाको ढोकासम्म मात्र गए किनकि कसैलाई पनि भाङ्ग्रा लगाएर त्यसबाट जान अनुमति थिएन । 3 राजाको हुकुम र आदेश पुगेको हरेक प्रान्तमा यहूदीहरूका माझमा उपवास, रुवाबासी र विलासँगै ठुलो शोक थियो । तिनीहरूमध्ये धेरै जानले भाङ्ग्रा लगाए, र खरानीमा बसे ।
  • अय्यू 1:20 : 20 तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे ।
  • अय्यू 2:12 : 12 जब तिनीहरूले टाढैबाट आँखा उठाएर हेरे, तब तिनीहरूले उनलाई चिनेनन् । तिनीहरूले आफ्‍ना सोर उचालेर कराए र रोए । हरेकले आफ्नो लुगा च्याते, धूलो हावामा फाले र आ-आफ्ना शिरमा हाले ।
  • भजन 69:11 : 11 जब मैले भाङ्ग्रालाई मेरो लुगा बनाए, तब म तिनीहरूको ठट्टाको पात्र बनें ।
  • यशा 22:12-13 : 12 त्यस दिन परमप्रभु सर्वशक्तिमान् परमप्रभुले रुन, विलाप गर्न, कपाल खौरन र भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो । 13 तर त्‍यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्‍दैछन् ।
  • यशा 32:11 : 11 ए चैनमा बस्‍ने स्‍त्रीहरू, थरथर होओ । ए निर्धक्‍क हुनेहरू, घबराओ । आफ्ना राम्रा पोशाकहरू फुकाल र आफैलाई नाङ्गो पार । आफ्‍ना कम्मरको वरिपरि भाङ्ग्रा लगाओ ।
  • यशा 36:22-37:2 : 22 तब राजदरवारका निरीक्षक हिल्कियाहका छोरा एल्याकीम, शास्‍त्री शेब्‍ना र लेखक आसापका छोरा योआले आफ्‍ना लुगा च्यातेर हिजकियाकहाँ आए र प्रमुख कमाण्‍डरका कुरा तिनलाई सुनाए । 1 ¶ हिजकिया राजाले तिनीहरूको कुरा सुनेपछि, तिनले आफ्ना लुगा च्याते, आफूलाई भाङ्ग्राले ढाके र परमप्रभुको मन्‍दिरमा गए । 2 राजदरवारका निरीक्षक एल्याकीम, र शास्‍त्री शेब्‍ना र पुजारीहरूका धर्मगुरुहरूलाई सबैलाई भङ्ग्रा लगाएर तिनले आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए ।
  • यिर्मि 36:24 : 24 तर यी वचन सुन्‍ने न राजा न तिनका अधिकारीहरू डराए, न त तिनीहरूले आफ्ना लुगा नै च्याते ।
  • यो 2:13 : 13 आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्‍ना परमेश्‍वरकाहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्‍वसततामा प्रशस्‍त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्‍न ।
  • योना 3:5-8 : 5 निनवेका मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरे र तिनीहरूले उपवासको घोषणा गरे । तिमध्‍ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्‍ग्रा लगाए । 6 त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्‍यो । तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्‍त्र उतारे, आफूलाई भाङ्‍ग्रा ढाके, र खरानीमा बसे । 7 तिनले एउटा यस्तो घोषणाको सन्‍देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्‍तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन् । तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन् । 8 तर मानिस र पशु दुबैले भाङ्‍ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्‍वारमा पुकारा गरून् । हरेक व्‍यक्‍ति आफ्ना दुष्‍ट मार्ग र आफ्ना हातले हिंसात्‍मक कामबाट फर्कून् ।
  • मत्त 11:21 : 21 “धिक्‍कार तँलाई, ए खोराजीन! धिक्‍कार तँलाई, ए बेथसेदा! यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसकेका हुने थिए ।
  • मत्त 26:65 : 65 त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्‍वर-निन्दा सुन्‍नुभएको छ ।
  • प्रेरि 14:14 : 14 तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए ।
  • प्रका 11:3 : 3 मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।”
  • यहो 7:6 : 6 तब यहोशूले आफ्‍नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे ।
  • २ शमू 1:11 : 11 त्यसपछि दाऊदले आफ्नो लुगा च्याते र तिनीसँग भएका सबै मानिसहरूले त्यसै गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 35तिनका सबै छोराछोरीहरू तिनलाई सान्त्वना दिन तिनको नजिक आए, तर तिनले त्यो इन्कार गरे । तिनले भने, “म मेरो छोराको निम्ति शोक गर्दै चिहानमा पुग्‍नेछु ।” उनका बुबा उनको निम्ति रोए ।

  • उत्प 37:29-33
    5 पदहरू
    83%

    29पछि रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन् । उनले आफ्ना लुगाहरू च्याते ।

    30उनी आफ्ना दाजुभाइहरूकहाँ फर्के र भने, “त्यो केटो त त्यहाँ छैन! अब म कहाँ जाऊँ?”

    31तिनीहरूले एउटा बोका मारे अनि त्यसपछि योसेफको वस्‍त्र लिएर त्यसलाई रगतमा चोपे।

    32त्यस वस्‍त्रलाई तिनीहरूले आफ्ना बुबाकहाँ ल्याएर भने, “हामीले यो भेट्टायौँ । कृपया यो तपाईंको छोराको लुगा हो कि होइन हेर्नुहोस् ।”

    33याकूबले आफ्ना छोराको लुगा चिने र भने, “यो त मेरो छोराको लुगा हो । उसलाई जङ्गली जनावरले खाएछ । योसेफलाई पक्‍कै पनि त्यसले टुक्रा-टुक्रा पार्‍यो होला ।”

  • 36याकूबले तिनीहरूलाई भने, “तिमीहरूले मबाट मेरा सन्तानहरू खोसेर मलाई शोकित तुल्याएका छौ । योसेफ अब जीवित छैन, शिमियोन पनि छैन र तिमीहरूले बेन्यामीन पनि मबाट लैजानेछौ । यी सबै कुरा मेरो विरुद्धमा छन् ।”

  • 3इस्राएलले आफ्ना सबै छोराहरूमध्ये योसेफलाई धेरै माया गर्दथे किनभने उनी तिनका बुढेसकालका छोरा थिए । तिनले उनको निम्ति एउटा सुन्दर वस्‍त्र बनाइदिए ।

  • 23जब योसेफ दाजुहरूकहाँ आइपुगे, तिनीहरूले उनको त्यो सुन्दर वस्‍त्र च्यातिदिए ।

  • 10जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे । अनि त्‍यहाँ योसेफले सात दिनसम्‍म आफ्‍ना बुबाको निम्‍ति शोक गरे ।

  • 1¶ तब योसेफ यति व्याकुल भए कि तिनी आफ्‍ना बुबाको अनुहारमाथि घोप्‍टो परेर रोए, र तिनलाई चुम्बन गरे ।

  • 30योसेफ कोठाबाट बाहिर जान हतारिए किनकि तिनी आफ्ना भाइको बारेमा स्‍नेहले भरिएका थिए । तिनले रुने ठाउँ खोजे । तिनी आफ्नो कोठाभित्र पसी रोए ।

  • 38याकूबले भने, “मेरो छोरो तिमीहरूसितै तल जानेछैन । किनकि तिनका दाजु मरिसके र तिनी एक्लै छन् । तिमीहरू जाने बाटोमा तिनीमाथि कुनै खतरा आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्‍याउनेछौ ।”