उत्पत्ति 4:5
तर कयिन र तिनका भेटीहरूलाई उहाँले ग्रहण गर्नुभएन । यसैले कयिन साह्रै रिसाए र तिनले रिस देखाए ।
तर कयिन र तिनका भेटीहरूलाई उहाँले ग्रहण गर्नुभएन । यसैले कयिन साह्रै रिसाए र तिनले रिस देखाए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस् र तैँले किन रिस देखाउँछस्?
7यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।”
8कयिनले आफ्ना भाइ हाबिललाई भने । अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे ।
9अनि परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाइको गोठालो हुँ र?”
10परमप्रभुले भन्नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको छ ।
11अब तँ जमिबाट श्रापित हुन्छस् जसले तेरो हातबाट बगेको तेरो भाइको रगत ग्रहण गर्न मुख उघारेको छ ।
12आज उप्रान्त तैँले खेती गर्दा यसले यसको सामर्थ्य (फल) दिनेछैन । तँ भगुवा र आवारा हुनेछस् ।”
13कयिनले परमप्रभुलाई भने, “मेरो दण्ड मैले सहन सक्नेभन्दा धेरै भयो ।
14वास्तवमा, आज तपाईंले मलाई यस जग्गाबाट धपाउनुभएको छ र म तपाईंको नजरबाट लुक्नेछु । म पृथ्वीमा भगुवा र आवारा हुनेछु र जसले भेट्टाउँछ त्यसले मलाई मार्नेछ ।”
15परमप्रभुले तिनलाई भन्नुभयो, “यदि कसैले कयिनलाई मार्छ भने, त्यसमाथि सात गुणा बदला लिइनेछ ।” अनि परमप्रभुले कयिनमाथि चिन्ह लगाउनुभयो, ताकि तिनलाई जसले भेट्टाए पनि आक्रमण नगरोस् ।
16यसैले कयिन परमप्रभुको उपस्थितिबाट गए र अदनको पूर्वतिर नोदको मुलुकमा बसोवास गरे ।
2अनि तिनले तिनको भाइ हाबिललाई जन्माइन् । हाबिल गोठालो भए, तर कयिन खेती गर्ने भए ।
3समय बित्दै जाँदा कयिनले तिनको जमिनको उब्जनीबाट केही परमप्रभुकहाँ भेटीको रूपमा ल्याए ।
4हाबिलको हकमा तिनले बगालका पहिले जन्मेकाहरू र केही बोसे भागहरू ल्याए । परमप्रभुले हाबिल र तिनका भेटीलाई ग्रहण गर्नुभयो,
12कयिनजस्तो होइन जो दुष्टको थियो र त्यसले आफ्नो भाइलाई मार्यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसका कामहरू दुष्ट थिए र उसको भाइका काम धार्मिक थिए ।
4विश्वासद्वारा नै हाबिलले कयिनले भन्दा उत्तम बलिदान चढाए । यसकारण, तिनी धर्मी हुन पुगे । यसरी, परमेश्वरप्रति तिनको भेटीको कारणले गर्दा तिनले सर्मथन पाए । त्यसैकारण, हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन् ।
1¶ तर यो कुराले योनालाई अप्रसन्न बनायो र तिनी धेरै रिसाए ।
59जब परमेश्वरले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो र इस्राएललाई पूर्ण रूपमा इन्कार गर्नुभयो ।
13तिमीहरू यसो पनि गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसु, रोदन र विलापले ढाक्छौ, किनभने तिमीहरूका हातका भेटीलाई उहाँले कृपासित ग्रहण गर्नुहुन्न, न त त्योतिर ध्यान नै दिनुहुन्छ ।
18नत्रता परमप्रभुले देख्नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ ।
15मोशा साह्रै रिसाए र परमप्रभुलाई भने, “तिनीहरूको भेटीको कदर नगर्नुहोस् । मैले तिनीहरूबाट एउटा गधा पनि लिएको छैनँ, र मैले तिनीहरू कसैलाई पनि हानि पुर्याएको छैनँ ।
19परमप्रभुले यो देख्नुभयो र तिनीहरूलाई इन्कार गर्नुभयो किनकि उहाँका छोराछोरीहरूले उहाँलाई चिढ्याए । उहाँले भन्नुभयो,
17यी जवानहरूको पाप परमप्रभुको सामु निकै ठुलो थियो, किनकि तिनीहरूले परमप्रभुको बलिदानलाई तुच्छ ठाने ।
17हिंसाले लिएको फाइदाको कारणले, म रिसाएँ, र मैले त्यसलाई दण्ड दिएँ । मैले आफ्नो मुख लुकाएँ र रिसाएँ, तर ऊ आफ्नो हृदयको मार्गमा पछाडितिर गयो ।
16परमप्रभु आफैले तिनीहरूलाई तितरबितर पारिदिनुभयो । उहाँले फेरि तिनीहरूको वास्ता गर्नुहुन्न । तिनीहरूले पुजारीहरूको आदर गर्दैनन्, र तिनीहरूले धर्म-गुरुहरूलाई निगाह गरेनन् ।
5हामानको सामु मोर्दकैले घुँडा नटेकेको र ननिहुरेको कुरा जब हामानले देखे, तब तिनी रिसले चूर भए ।
4उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे । तिनीहरूले योसेफलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे ।
29तब किन मेरो बासस्थानमा मलाई आवश्यक मेरा बलिदानहरू र भेटीहरूलाई तैंले किन तुच्छ ठान्छस्? इस्राएलका मेरा मानिसहरूको हरेक बलिदानको उत्तम थोकद्वारा आफैलाई मोटो बनाएर तैंले आफ्ना छोराहरूलाई किन मलाई भन्दा बढी आदर गर्छस्?'
17किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर उनले त्यो आशिष्को उत्तराधिकार प्राप्त गर्ने इच्छा गर्दा उनलाई अस्वीकार गरियो, किनभने उनले विलाप गर्दा आँशुका साथ पश्चात्ताप गर्ने मौकासमेत पाएन, यद्यपि उनले यसलाई चाहेका थिए ।
24यदि कयिनको बदला सात गुणा लिइन्छ भने लेमेखको बदला सतहत्तर गुणा लिइनेछ ।”
6पापका लागि न त पुरै होमबलि न बलिदानहरूमा तपाईं प्रसन्न हुनुभयो ।”