उत्पत्ति 43:12

अनलक शाब्दिक बाइबल

तिमीहरूले दुई गुणा रुपियाँ-पैसा पनि लिएर जाओ । तिमीहरूका बोरा खोल्दा मुखमा फेला परेका रुपियाँ-पैसा पनि सँगै लिएर जाओ । सायद त्यो भुल थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 42:25 : 25 त्यसपछि योसेफले आफ्ना दाजुहरूका झोलाहरू अनाजले भरी हरेकको रुपियाँ-पैसा उसकै बोराभित्र हाल्न र यात्राको लागि सरसामानको बन्दोवस्त गरिदिन आफ्ना नोकरहरूलाई आज्ञा गरे ।
  • उत्प 42:35 : 35 तिनीहरूले आफ्ना बोराहरू खोल्दा हरेकको बोराभित्र चाँदीको पोको रहेछ । तिनीहरू र तिनीहरूका पिताले चाँदीको पोको देखेपछि तिनीहरू डराए । तिनीहरूका पिता
  • रोमी 12:17 : 17 खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर ।
  • रोमी 13:8 : 8 एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्था पालना गरेको हुन्छ ।
  • २ कोरि 8:21 : 21 हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ ।
  • फिलि 4:8 : 8 अन्तमा भाइहरू हो, जे कुराहरू सत्य छन्, जे कुराहरू आदरणीय छन्, जे कुराहरू न्यायसङ्गत छन्, जे कुराहरू शुद्ध छन्, जे कुराहरू प्रेमयोग्य छन्, जे कुराहरू असल नामका छन्, यदि केही श्रेष्‍ठता छ र प्रशंसा गरिनुपर्ने केही कुराहरू छन् भने, यी नै कुराहरूका बारेमा विचार गर ।
  • १ थेस 4:6 : 6 यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।
  • १ थेस 5:21 : 21 सबै कुराको जाँच गर, जे असल छ त्यसमा लागिरहो ।
  • इब्रा 13:8 : 8 येशू ख्रीष्‍ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 43:13-15
    3 पदहरू
    82%

    13तिमीहरूका भाइलाई पनि सँगै लैजाओ । उठेर फेरि ती मानिसकहाँ जाओ ।

    14सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसको सामु तिमीहरूलाई कृपा देखाऊन् ताकि तिनले तिमीहरूका अर्का दाजु र बेन्यामीनलाई छुटकारा दिऊन् । मेरा सन्तानहरूको कारणले म शोकित हुनैपर्छ भने म हुँला ।”

    15ती मानिसहरूले उपहार, दुई गुणा रुपियाँ-पैसा र बेन्यामीनलाई लिए, र तिनीहरू उठेर मिश्रतर्फ झरे, अनि योसेफको सामु हाजिर भए ।

  • उत्प 43:20-24
    5 पदहरू
    82%

    20“हजुर, हामी पहिलो पटक अन्‍न किन्‍न आयौँ ।

    21हामी विश्राम स्थलमा पुग्यौँ, अनि बोराहरू खोल्दा हरेकको रुपियाँ-पैसा हरेकको बोराको मुखैमा थियो । त्यहाँ हाम्रा सबै रुपियाँ-पैसा थिए । हामीले ती हामीसँगै ल्याएका छौँ । अन्‍न किन्‍नलाई हामीले थप रुपियाँ-पैसा पनि ल्याएका छौँ ।

    22हाम्रा रुपियाँ-पैसा हाम्रा बोराहरूमा कसले राखिदियो भनी हामीलाई थाहा छैन ।”

    23भण्डारेले भन्यो, “तपाईंहरूलाई शान्ति होस् । नडराउनुहोस् । तपाईंका परमेश्‍वर र तपाईंका पिताका परमेश्‍वरले नै तपाईंका बोराहरूमा तपाईंहरूको रुपियाँ-पैसा हालिदिएको हुनुपर्छ । मैले तपाईंहरूको रुपियाँ-पैसा त पाएकै थिएँ ।” त्यसपछि भण्डारेले शिमियोनलाई तिनीहरूकहाँ ल्यायो ।

    24भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लग्यो । त्यसले पानी दियो, र तिनीहरूले आ-आफ्ना गोडा धोए । त्यसले तिनीहरूका गधाहरूलाई पनि दानापानी दियो ।

  • उत्प 44:7-8
    2 पदहरू
    78%

    7तिनीहरूले त्यसलाई भने, “किन मेरा मालिकले यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंका दासहरूले कहिल्यै यस्तो कुरा गर्न सक्दैनन् ।

    8हामीले हाम्रा बोराहरूका मुखमा फेला पारेका रुपियाँ-पैसा त हामीले कनान देशबाट फेरि तपाईंकहाँ फर्काएर ल्यायौँ । तब कसरी हामीले हाम्रा मालिकको घरबाट चाँदी वा सुन चोर्न सक्छौँ?

  • उत्प 44:1-2
    2 पदहरू
    78%

    1¶ योसेफले तिनको घरको भण्डारेलाई आज्ञा दिए, “ती मानिसहरूले लैजान सक्‍नेजति अनाज तिनीहरूका बोराहरूमा भरिदेऊ, र हरेकको बोराको मुखमा हरेकको रुपियाँ-पैसा पनि हालिदेऊ ।

    2कान्छोको बोराको मुखमा मेरो चाँदीको कचौरा र तिनले अनाजको लागि ल्याएको रुपियाँ-पैसा पनि हालिदेऊ ।” भण्डारेले योसेफले भनेझैँ गर्‍यो ।

  • उत्प 42:33-35
    3 पदहरू
    78%

    33त्यस देशका मालिकले हामीलाई भने, 'यसैद्वारा तिमीहरू इमानदार मानिस हौ कि होइनौ भनेर म थाहा पाउनेछु । तिमीहरूमध्ये एक जना यहीँ बस, अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर आफ्नो बाटो लाग ।

    34तिमीहरूका कान्छो भाइ मकहाँ लिएर आओ । तब तिमीहरू जासुस नभई इमानदार मानिस रहेछौ भनी मैले थाहा पाउनेछु । त्यसपछि म तिमीहरूका दाजुलाई छाडिदिनेछु र तिमीहरू यस देशमा व्यापार गरेर बस' ।”

    35तिनीहरूले आफ्ना बोराहरू खोल्दा हरेकको बोराभित्र चाँदीको पोको रहेछ । तिनीहरू र तिनीहरूका पिताले चाँदीको पोको देखेपछि तिनीहरू डराए । तिनीहरूका पिता

  • उत्प 42:25-29
    5 पदहरू
    77%

    25त्यसपछि योसेफले आफ्ना दाजुहरूका झोलाहरू अनाजले भरी हरेकको रुपियाँ-पैसा उसकै बोराभित्र हाल्न र यात्राको लागि सरसामानको बन्दोवस्त गरिदिन आफ्ना नोकरहरूलाई आज्ञा गरे ।

    26आफ्ना गधाहरूमा अनाज लादेर तिनका दाजुहरू त्यहाँबाट प्रस्थान गरे ।

    27विश्राम स्थलमा आफ्नो गधालाई दाना दिनलाई बोरा खोल्दा एक जनाले आफ्नो रुपियाँ-पैसा देखे । यो तिनको बोराको मुखैमा थियो ।

    28तिनले आफ्ना दाजुभाइहरुलाई भने, “मेरो रुपियाँ-पैसा त फिर्ता गरिएको रहेछ । हेर त, यो त मेरै बोराभित्र छ ।” तिनीहरूको हंसले ठाउँ छाड्यो । तिनीहरू डरले काम्दै यसो भने, “परमेश्‍वरले यो हामीलाई के गर्नुभएको?”

    29तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने,

  • उत्प 43:9-11
    3 पदहरू
    77%

    9म तिनको जमानी हुनेछु । तपाईंले मसित लेखा लिनुहुनेछ । मैले तिनलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु ल्याइनँ भने म सदाको लागि त्यसको दोषी हुनेछु ।

    10किनकि हामीले ढिला नगरेका भए निश्‍चय नै अहिलेसम्म त हामी दोस्रो पटक यहाँ फर्किसकेका हुने थियौँ ।”

    11तिनीहरूका पिता इस्राएलले तिनीहरूलाई भने, “त्यसो हो भने, अब यसो गर । तिमीहरूका झोलाहरूमा यस देशमा सबैभन्दा उत्तम उब्जनीहरू हाल । ती मानिसलाई यी उपहारहरू लिएर जाओः सुगन्धित लेप, मह, मसला र मूर्र, पेस्ता र हाडे-बदाम ।

  • 2तिनीहरूले मिश्रबाट ल्याएका अनाज खाइसकेपछि तिनीहरूका पिताले तिनीहरूलाई भने, “फेरि हाम्रो लागि अन्‍न किन्‍नलाई जाओ ।”

  • उत्प 43:17-18
    2 पदहरू
    75%

    17त्यस भण्डारले योसेफले भनेजस्तो गर्‍यो । त्यसले ती मानिसहरूलाई योसेफको घरभित्र ल्यायो ।

    18ती मानिसहरू योसेफको घरमा लगिएकाले तिनीहरू डराए । तिनीहरूले भने, “पहिलो पटक हाम्रा बोराहरूमा फर्काइएको रुपियाँ-पैसाको कारण हामीलाई यहाँ ल्याइएको हो । तिनले हाम्रो विरुद्धमा मौका खोजेका हुन सक्छन् । तिनले हामीलाई गिरफ्तार गरी दास बनाउन सक्छन्, हाम्रा गधाहरू लैजान सक्छन् ।”

  • उत्प 43:6-7
    2 पदहरू
    73%

    6इस्राएलले भने, “तिमीहरूको अर्को भाइ थियो भनी ती मानिसलाई बताएर तिमीहरूले किन ममाथि सङ्कष्‍ट ल्यायौ?”

    7तिनीहरूले भने, “ती मानिसले हामी र हाम्रो परिवारको बारेमा सबै कुरा सोधपुछ गरे । तिनले भने, 'के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ? के तिमीहरूको अर्को भाइ छ?' हामीले तिनका प्रश्‍नहरूको जवाफ मात्र दिएका हौँ । तिनले 'तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ' भन्छन् भनी हामीले कसरी जान्‍न सक्थ्यौँ र?

  • 11त्यसपछि हरेक मानिसले हतार-हतारमा आ-आफ्नो बोरा भुइँमा झारी तिनीहरूले आ-आफ्ना बोरा खोल्यो ।

  • 4तपाईंले हाम्रा भाइलाई हामिसितै पठाउनुभयो भने हामी तल झरेर तपाईंका लागि अन्‍न किन्‍नेछौँ ।

  • 25हाम्रा पिताले भन्‍नुभयो, 'फेरि गएर हाम्रा लागि अनाज किन ।'

  • 23आफ्ना पिताका लागि तिनले यी थोकहरू पठाएः मिश्रका असल-अलस थोकहरू लादिएका दसवटा गधा; अनाज, रोटी र आफ्ना पिताको यात्राका लागि आवश्यक खाद्यपदार्थहरूले लादिएका दसवटा गधैनी ।

  • 14मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्‍नबाट प्राप्‍त सबै रुपियाँ योसेफले जम्‍मा गरे । त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए ।

  • 25तिनीहरू भोजन गर्न बसे । तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे । तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए ।

  • 32किनकि तपाईंका दास मेरा पिताको अगि म ती ठिटाको जमानी बसेको छु, र भनेको छु, 'मैले तिनलाई तपाईंकहाँ ल्याइनँ भने म मेरा पिताको सामु सदाको लागि दोषी ठहरिनेछु ।'

  • 20तिमीहरूका कान्छा भाइ मकहाँ लिएर आओ र तिमीहरूको कुरा साँचो ठहरिनेछ अनि तिमीहरू मर्नेछैनौ ।” त्यसैले तिनीहरूले त्यसै गरे ।