उत्पत्ति 44:20

अनलक शाब्दिक बाइबल

हामीले हजुरलाई भन्यौँ, 'हाम्रा वृद्ध पिता हुनुहुन्छ, र उहाँले बुढेसकालमा जन्माउनुभएको उहाँको एउटा छोरो पनि छ । तर तिनका दाजु मरिसके, र तिनकी आमापट्टिबाट तिनी मात्रै बाँकी छन्, र तिनका पिताले तिनलाई माया गर्नुहुन्छ ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 37:3 : 3 इस्राएलले आफ्ना सबै छोराहरूमध्ये योसेफलाई धेरै माया गर्दथे किनभने उनी तिनका बुढेसकालका छोरा थिए । तिनले उनको निम्ति एउटा सुन्दर वस्‍त्र बनाइदिए ।
  • उत्प 42:38 : 38 याकूबले भने, “मेरो छोरो तिमीहरूसितै तल जानेछैन । किनकि तिनका दाजु मरिसके र तिनी एक्लै छन् । तिमीहरू जाने बाटोमा तिनीमाथि कुनै खतरा आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्‍याउनेछौ ।”
  • उत्प 43:7-8 : 7 तिनीहरूले भने, “ती मानिसले हामी र हाम्रो परिवारको बारेमा सबै कुरा सोधपुछ गरे । तिनले भने, 'के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ? के तिमीहरूको अर्को भाइ छ?' हामीले तिनका प्रश्‍नहरूको जवाफ मात्र दिएका हौँ । तिनले 'तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ' भन्छन् भनी हामीले कसरी जान्‍न सक्थ्यौँ र? 8 यहूदाले आफ्ना पिता इस्राएललाई भने, “केटोलाई मसितै पठाउनुहोस् । तपाईं, हामी र हाम्रा छोराछोरीहरू बाँच्न सकून् भनी हामी उठेर गइहाल्नेछौँ ।
  • उत्प 44:27-30 : 27 तपाईंका दास मेरा पिताले हामीलाई भन्‍नुभयो, 'मेरी पत्‍नीले मेरा लागि दुई जना छोरा जन्माएकी कुरा त तिमीहरूलाई थाहै छ । 28 एउटाले मलाई छाडेर गइसकेपछि मैले भनेँ, 'निश्‍चय नै, त्यसलाई धुजाधुजा पारिएको छ, र त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ । 29 अब तिमीहरूले यसलाई पनि मबाट लिएर गयौ र यसमाथि कुनै हानि आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ ।' 30 त्यसकारण म हजुरका दास मेरा पिताकहाँ पुग्दा ती ठिटा मसित छैनन् भने उहाँको जीवन ती ठिटाको जीवनमा जोडिएकाले
  • उत्प 46:21 : 21 बेन्‍यामीनका छोराहरू बेला, बेकेर, अश्‍बेल, गेरा, नामान, एही, रोश, मुप्‍पीम, हुप्‍पीम र आर्द थिए ।
  • उत्प 49:8 : 8 ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् । तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् । तेरा बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌ ।
  • लू 7:12 : 12 जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो ।
  • उत्प 37:19 : 19 उनका दाजुहरूले एक-अर्कासँग भने, “हेर, त्यो स्वप्‍न-दर्शी आउँदै छ ।
  • उत्प 37:33-35 : 33 याकूबले आफ्ना छोराको लुगा चिने र भने, “यो त मेरो छोराको लुगा हो । उसलाई जङ्गली जनावरले खाएछ । योसेफलाई पक्‍कै पनि त्यसले टुक्रा-टुक्रा पार्‍यो होला ।” 34 याकूबले आफ्ना वस्‍त्र च्याते र आफ्नो कम्मरमा भाङ्‍ग्रा लगाए । तिनले आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे । 35 तिनका सबै छोराछोरीहरू तिनलाई सान्त्वना दिन तिनको नजिक आए, तर तिनले त्यो इन्कार गरे । तिनले भने, “म मेरो छोराको निम्ति शोक गर्दै चिहानमा पुग्‍नेछु ।” उनका बुबा उनको निम्ति रोए ।
  • उत्प 42:13 : 13 तिनीहरूले भने, “हामी तपाईंका दासहरू बार्‍ह जना दाजुभाइ छौँ र हामी कनान देशका एउटै मानिसका छोराहरू हौँ । हेर्नुहोस्, कान्छोचाहिँ अहिले हाम्रा पितासित छन् र एक जना भाइचाहिँ अब जिउँदो छैनन् ।”
  • उत्प 42:36 : 36 याकूबले तिनीहरूलाई भने, “तिमीहरूले मबाट मेरा सन्तानहरू खोसेर मलाई शोकित तुल्याएका छौ । योसेफ अब जीवित छैन, शिमियोन पनि छैन र तिमीहरूले बेन्यामीन पनि मबाट लैजानेछौ । यी सबै कुरा मेरो विरुद्धमा छन् ।”
  • उत्प 35:18 : 18 उनको प्राण जाने बेलामा उनी चिच्‍च्याउँदै गर्दा उनले त्यसको नाउँ बेन-ओनी राखिन्, तर त्यसका पिताले त्यसलाई बेन्यामीन नाउँ दिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 44:21-34
    14 पदहरू
    87%

    21त्यसपछि तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, 'तिनलाई लिएर आओ ताकि मैले तिनलाई देख्‍न सकूँ ।'

    22त्यसपछि हामीले हजुरलाई भन्यौँ, 'ठिटोले आफ्ना पितालाई छाड्न सक्दैनन् । किनकि तिनले आफ्ना पितालाई छाड्नुपर्‍यो भने तिनका पिता मर्नेछन् ।'

    23तब तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, तिमीहरूको कान्छो छोरो तिमीहरूसँगै नआएसम्म तिमीहरूले मेरो अनुहार हेर्नेछैनौ ।'

    24त्यसपछि हामी तपाईंका दास मेरा पिताकहाँ जाँदा हामीले उहाँलाई तपाईंका वचनहरू सुनायौँ ।

    25हाम्रा पिताले भन्‍नुभयो, 'फेरि गएर हाम्रा लागि अनाज किन ।'

    26त्यसपछि हामीले भन्यौँ, 'हामी तल जान सक्दैनौँ । हाम्रो कान्छो भाइ हामीसित गयो भने मात्र हामी तल जान सक्छौँ किनकि कान्छो भाइ हामीसित नगएसम्म हामीले ती मानिसको अनुहार हेर्न सक्दैनौँ ।'

    27तपाईंका दास मेरा पिताले हामीलाई भन्‍नुभयो, 'मेरी पत्‍नीले मेरा लागि दुई जना छोरा जन्माएकी कुरा त तिमीहरूलाई थाहै छ ।

    28एउटाले मलाई छाडेर गइसकेपछि मैले भनेँ, 'निश्‍चय नै, त्यसलाई धुजाधुजा पारिएको छ, र त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ ।

    29अब तिमीहरूले यसलाई पनि मबाट लिएर गयौ र यसमाथि कुनै हानि आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ ।'

    30त्यसकारण म हजुरका दास मेरा पिताकहाँ पुग्दा ती ठिटा मसित छैनन् भने उहाँको जीवन ती ठिटाको जीवनमा जोडिएकाले

    31उहाँले मेरो साथमा ती ठिटालाई नदेख्‍नुहुँदा उहाँ मर्नुहुनेछ । तपाईंका दासहरूले हाम्रा पिताको फुलेको कपाललाई शोकमै पातलामा पुर्‍याउनेछन् ।

    32किनकि तपाईंका दास मेरा पिताको अगि म ती ठिटाको जमानी बसेको छु, र भनेको छु, 'मैले तिनलाई तपाईंकहाँ ल्याइनँ भने म मेरा पिताको सामु सदाको लागि दोषी ठहरिनेछु ।'

    33त्यसकारण ती ठिटाको साटोमा तपाईंका दासलाई नै हजुरको दासको रूपमा बस्‍न दिनुहोस्, र ती ठिटालाई तिनका दाजुहरूसँगै जान दिनुहोस् ।

    34किनकि ठिटालाई नलिईकन म कसरी मेरा पिताकहाँ जान सक्छु र? मेरा पितामाथि आइपर्ने खराबी हेर्नदेखि म डराएको छु ।”

  • उत्प 44:18-19
    2 पदहरू
    87%

    18त्यसपछि यहूदा योसेफको नजिक आएर भने, “मेरा मालिक, बिन्ती छ, कि हजुरको दासलाई एउटा वचन बोल्न दिनुहोस् किनकि तपाईं फारोसमान हुनुहुन्छ ।

    19मेरा मालिकले आफ्ना दासहरूलाई यसो भनी सोध्‍नुभयो, 'के तिमीहरूका पिता वा भाइ छ?'

  • उत्प 43:6-8
    3 पदहरू
    79%

    6इस्राएलले भने, “तिमीहरूको अर्को भाइ थियो भनी ती मानिसलाई बताएर तिमीहरूले किन ममाथि सङ्कष्‍ट ल्यायौ?”

    7तिनीहरूले भने, “ती मानिसले हामी र हाम्रो परिवारको बारेमा सबै कुरा सोधपुछ गरे । तिनले भने, 'के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ? के तिमीहरूको अर्को भाइ छ?' हामीले तिनका प्रश्‍नहरूको जवाफ मात्र दिएका हौँ । तिनले 'तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ' भन्छन् भनी हामीले कसरी जान्‍न सक्थ्यौँ र?

    8यहूदाले आफ्ना पिता इस्राएललाई भने, “केटोलाई मसितै पठाउनुहोस् । तपाईं, हामी र हाम्रा छोराछोरीहरू बाँच्न सकून् भनी हामी उठेर गइहाल्नेछौँ ।

  • उत्प 42:32-33
    2 पदहरू
    79%

    32हामी बार्‍ह जना दाजुभाइ छौँ, र एउटै पिताका छोराहरू हौँ । एक जना अब जीवित छैन र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन् ।'

    33त्यस देशका मालिकले हामीलाई भने, 'यसैद्वारा तिमीहरू इमानदार मानिस हौ कि होइनौ भनेर म थाहा पाउनेछु । तिमीहरूमध्ये एक जना यहीँ बस, अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर आफ्नो बाटो लाग ।

  • 13तिनीहरूले भने, “हामी तपाईंका दासहरू बार्‍ह जना दाजुभाइ छौँ र हामी कनान देशका एउटै मानिसका छोराहरू हौँ । हेर्नुहोस्, कान्छोचाहिँ अहिले हाम्रा पितासित छन् र एक जना भाइचाहिँ अब जिउँदो छैनन् ।”

  • उत्प 42:36-38
    3 पदहरू
    76%

    36याकूबले तिनीहरूलाई भने, “तिमीहरूले मबाट मेरा सन्तानहरू खोसेर मलाई शोकित तुल्याएका छौ । योसेफ अब जीवित छैन, शिमियोन पनि छैन र तिमीहरूले बेन्यामीन पनि मबाट लैजानेछौ । यी सबै कुरा मेरो विरुद्धमा छन् ।”

    37रूबनले आफ्ना पितालाई यसो भने, “मैले बेन्यामीन तपाईंकहाँ फर्काएर ल्याइनँ भने तपाईंले मेरा दुई छोरालाई मार्न सक्‍नुहुन्छ । तिनलाई मेरो जिम्मामा सुम्पिदिनुस्, र म तिनलाई फेरि तपाईंकहाँ ल्याउनेछु ।”

    38याकूबले भने, “मेरो छोरो तिमीहरूसितै तल जानेछैन । किनकि तिनका दाजु मरिसके र तिनी एक्लै छन् । तिमीहरू जाने बाटोमा तिनीमाथि कुनै खतरा आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्‍याउनेछौ ।”

  • 14सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसको सामु तिमीहरूलाई कृपा देखाऊन् ताकि तिनले तिमीहरूका अर्का दाजु र बेन्यामीनलाई छुटकारा दिऊन् । मेरा सन्तानहरूको कारणले म शोकित हुनैपर्छ भने म हुँला ।”

  • उत्प 45:12-13
    2 पदहरू
    73%

    12तिमीहरूसित बोल्ने म योसेफ नै हुँ भनी तिमीहरूका आँखाले देखेका छौ र मेरा भाइ बेन्यामीनले पनि देखेका छन् ।

    13मैले मिश्रमा हासिल गरेको इज्‍जत र मैले प्राप्‍त गरेका सबै थोकको विषयमा तिमीहरूले मेरा पितालाई बताउनू । हतारसँग गएर मेरा पितालाई ल्याओ ।”

  • 20तिमीहरूका कान्छा भाइ मकहाँ लिएर आओ र तिमीहरूको कुरा साँचो ठहरिनेछ अनि तिमीहरू मर्नेछैनौ ।” त्यसैले तिनीहरूले त्यसै गरे ।

  • 16यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो

  • उत्प 43:2-4
    3 पदहरू
    72%

    2तिनीहरूले मिश्रबाट ल्याएका अनाज खाइसकेपछि तिनीहरूका पिताले तिनीहरूलाई भने, “फेरि हाम्रो लागि अन्‍न किन्‍नलाई जाओ ।”

    3यहूदाले भने, “ती मानिसले हामीलाई गम्भीरतापूर्वक चेताउनी दिएका छन्, 'तिमीहरूले आफ्ना भाइलाई सँगै ल्याएनौ भने तिमीहरूले मेरो मुहार हेर्नेछैनौ ।'

    4तपाईंले हाम्रा भाइलाई हामिसितै पठाउनुभयो भने हामी तल झरेर तपाईंका लागि अन्‍न किन्‍नेछौँ ।

  • 7तिनीहरूले त्यसलाई भने, “किन मेरा मालिकले यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंका दासहरूले कहिल्यै यस्तो कुरा गर्न सक्दैनन् ।

  • 27तिनले तिनीहरूको भलाकुसारीको बारेमा सोधपुछ गरे, “तपाईंहरूले बताउनुभएका तपाईंहरूका वृद्ध पिता सञ्चै हुनुहुन्छ? के तिनी अझै जीवितै छन्?”

  • 5त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्‌ ।

  • 31योसेफले आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई यसो भनेर खबर दिनेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्‌ ।

  • 29तिनले आफ्ना आँखा उठाउँदा तिनले आफ्नी आमाका छोरा आफ्ना भाइ बेन्यामीनलाई देखेपछि तिनले भने, “तिमीहरूले मलाई बताएको तिमीहरूका कान्छा भाइ यिनै हुन्?” त्यसपछि तिनले भने, “मेरा छोरा, तिमीमाथि परमेश्‍वर अनुग्रही हुनुभएको होस्!”