उत्पत्ति 47:25

अनलक शाब्दिक बाइबल

तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ । हजुरको निगाह हामीमाथि रहोस्‌ । हामी फारोका कमारा हुनेछौँ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 33:15 : 15 एसावले भने, “म तिमीसित भएका केही मानिसहरूसित मेरा केही मानिसहरू छाडिदिन्छु ।” तर याकूबले भने, “किन त्यसो गर्ने?” मेरा मालिकको दृष्‍टिमा मैले निगाह पाए त भइहाल्यो नि ।”
  • उत्प 41:45 : 45 फारोले योसेफको नाउँ “सापनत-पानेह” राखिदिए । तिनले योसेफलाई पुजारी पोतीपेराकी छोरी आसनतसित विवाह गराइदिए । योसेफ मिश्र देशभरि जान्थे ।
  • उत्प 45:6-8 : 6 यी दुई वर्ष यो देशमा अनिकाल परिसकेको छ, र अझै पाँच वर्ष न हलो जोतिनेछ न कटनी गरिनेछ । 7 पृथ्वीमा एउटा बाँकी भागको रूपमा राखी ठुलो छुटकाराद्वारा तिमीहरूको जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो । 8 त्यसैले तिमीहरूले नभई परमेश्‍वरले नै मलाई यहाँ पठाउनुभएको हो, र उहाँले मलाई फारोका पिता, तिनका सबै घरानाका मालिक र सारा मिश्र देशका शासक तुल्याउनुभएको छ ।
  • उत्प 50:20 : 20 तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो, तर परमेश्‍वरले त्यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो, धेरै मानिसहरूलाई बचाउनको निम्ति, जुन तपाईंहरूले आज देख्‍नुहुन्छ ।
  • रूत 2:13 : 13 तिनले भनिन्, “मेरा मालिक, तपाईंको दृष्‍टिमा मैले कृपा पाउन सकूँ, किनभने म तपाईंका नोकर्नीहरूमध्येकी नभए तापनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ र तपाईंले मसँग दयापूर्वक कुरा गर्नुभएको छ ।”
  • नीति 11:26-27 : 26 अन्‍न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ । 27 परिश्रमसाथ भलाइको खोजी गर्नेले स्‍नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ ।
  • उत्प 6:19 : 19 हरेक जीवित प्रणीमध्ये ठुला जनावरहरू र
  • उत्प 18:3 : 3 तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्‍नो दासलाई छोडेर नजानुहोस्‌ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 47:18-19
    2 पदहरू
    79%

    18त्‍यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ कि हाम्रा रुपियाँ-पैसा सबै सकिए र गाईबस्‍तुका बथान पनि सबै मालिककै भएका छन् । अब हजुरको आँखाको सामुन्‍ने हामीसँग हाम्रै जिउ र जग्‍गाजमिनबाहेक अरू केही छैन ।

    19हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्‍ने किन नष्‍ट हुने? अन्‍नको साटोमा हामी र हाम्रो जमिनलाई किन्‍नुहोस्, र हामी आफ्‍ना जग्‍गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ । हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्‍गाजमिन पनि उजाड नहोऊन् ।”

  • उत्प 50:17-18
    2 पदहरू
    77%

    17‘तिमीहरूले योसेफलाई यसो भन, कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर’ ।” “अब बिन्‍ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌ ।” उनीहरूले यति भनेपछि योसेफ रोए ।

    18तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परे । तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ ।”

  • 21तिनीहरूले मोशा र हारूनलाई भने, “परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो र उहाँका दासहरूको दृष्‍टिमा तिरस्कृत तुल्याउनुभएको छ । हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको छ ।”

  • उत्प 39:4-5
    2 पदहरू
    76%

    4योसेफले तिनको कृपादृष्‍टि पाए । उनले पोतीफरको सेवा गरे । पोतीफरले योसेफलाई आफ्नो घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि अधिकार दिए, र ती उनको जिम्मामा लगाए ।

    5तिनको घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि योसेफलाई अधिकार दिएपछि योसेफको कारण परमप्रभुले त्यस मिश्रीको घरलाई आशिषित् गर्नुभयो । पोतीफरको घर र खेतमा भएका सबै कुरामाथि परमप्रभुको आशिष् रह्यो ।

  • उत्प 47:3-5
    3 पदहरू
    76%

    3फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्‍धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजुरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौँ ।”

    4त्यसपछि उनीहरूले फारोलाई भने, “हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ । कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूका बगालहरूको निम्ति चरन छैन । त्यसैले अब बिन्‍ती छ, हामी हजूरका दासहरूलाई गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति दिनुहोस् ।”

    5त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्‌ ।

  • 26यसैले मिश्र देशमा योसेफले उब्‍जनीको पाँचौँ हिस्‍सा फारोको हुन्‍छ भन्‍ने कुरा समेटिएको जग्‍गाजमिनको विषयमा एउटा ऐन बनाए, जुन आजसम्‍म प्रचलित छ । पुजारीहरूका जग्‍गाजमिन मात्र फारोको भएन ।

  • उत्प 44:16-19
    4 पदहरू
    75%

    16यहूदाले भने, “मेरा मालिकलाई हामी के भनौँ? हामी के बोलौँ? वा हामीले आफूलाई कसरी सफाइ दिऔँ? परमेश्‍वरले तपाईंका दासहरूको अपराध पत्ता लगाउनुभएको छ । हेर्नुहोस्, हामी मेरा मालिकहरूका दास हुन्छौँ– हामी र त्यो व्यक्ति जसको हातमा त्यो कचौरा फेला पर्‍यो ।

    17योसेफले भने, “मबाट यस्तो कहिल्यै हुनेछैन । त्यो मानिस जसको हातमा कचौरा फेरा पारियो, त्यो मात्रै मेरो दास हुनेछ । तर तिमीहरूचाहिँ शान्तिसित आफ्ना पिताकहाँ जाओ ।”

    18त्यसपछि यहूदा योसेफको नजिक आएर भने, “मेरा मालिक, बिन्ती छ, कि हजुरको दासलाई एउटा वचन बोल्न दिनुहोस् किनकि तपाईं फारोसमान हुनुहुन्छ ।

    19मेरा मालिकले आफ्ना दासहरूलाई यसो भनी सोध्‍नुभयो, 'के तिमीहरूका पिता वा भाइ छ?'

  • उत्प 44:9-10
    2 पदहरू
    74%

    9तपाईंको कुनै पनि दाससित त्यो कचौरा फेला पारियो भने त्यो मारियोस्, र हामी आफै पनि तपाईंका दास हुनेछौँ ।”

    10भण्डारेले भन्यो, “अब तपाईंहरूकै वचनअनुसार नै होस् । जससित त्यो कचौरा पाइन्छ, त्यो मेरो दास बनोस्, र अरूहरू निर्दोष हुनेछन् ।”

  • 16“योसेफका दाजुहरू आएका छन्” भन्‍ने खबर फारोको घरमा पुग्यो । यसले फारो र तिनका कामदारहरूलाई निकै खुसी पार्‍यो ।

  • उत्प 41:37-38
    2 पदहरू
    74%

    37फारो र तिनका सबै कामदारको दृष्‍टिमा यो सल्लाह राम्रो थियो ।

    38फारोले आफ्ना कामदारहरूलाई भने, “यिनीजस्तै परमेश्‍वरको आत्मा भएको अर्को कुनचाहिँ मानिस हामी पाउन सक्छौँ र?”

  • उत्प 47:23-24
    2 पदहरू
    74%

    23योसेफले जनताहरूलाई भने, “हेर, आज मैले फारोको निम्‍ति तिमीहरूका जग्‍गाजमिन र तिमीहरूलाई पनि किनेको छु । अब तिमीहरूका निम्‍ति बिउ यहाँ छ, र तिमीहरूले जमिनमा बिउ छर ।

    24तर फसलको बेलामा उब्‍जनीको पाँचौँ हिस्‍सा तिमीहरूले फारोलाई दिनुपर्छ । चार हिस्‍साचाहिँ खेतीलाई बिउको निम्‍ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्‍चाको खानाको निम्‍ति तिमीहरूको आफ्‍नै हुनेछ ।”

  • 7तिनीहरूले त्यसलाई भने, “किन मेरा मालिकले यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंका दासहरूले कहिल्यै यस्तो कुरा गर्न सक्दैनन् ।

  • 10र उहाँले तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए ।

  • 55सारा मिश्र अनिकालले तडपिँदा जनताहरूले अनाजको लागि फारोलाई पुकारे । फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ र तिनले भनेझैँ गर ।”

  • 4शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि ममाथि तपाईंहरूको निगाह छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदिनुहोस् ।

  • 10तिनीहरूले तिनलाई भने, “त्यसो होइन, हजुर । तपाईंका दासहरू अनाज किन्‍न आएका हुन् । हामी सबै एउटै मानिसका छोराहरू हौँ ।

  • 5इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”

  • उत्प 45:7-8
    2 पदहरू
    72%

    7पृथ्वीमा एउटा बाँकी भागको रूपमा राखी ठुलो छुटकाराद्वारा तिमीहरूको जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो ।

    8त्यसैले तिमीहरूले नभई परमेश्‍वरले नै मलाई यहाँ पठाउनुभएको हो, र उहाँले मलाई फारोका पिता, तिनका सबै घरानाका मालिक र सारा मिश्र देशका शासक तुल्याउनुभएको छ ।

  • 41फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु ।”

  • 5तिनीहरूले भने, “यदि हामीले तपाईंको नजरमा कृपा पाएका छौँ भने, यो भूमि तपाईंका दासहरू हामीलाई हाम्रो स्वामित्वमा दिइयोस् । हामीलाई यर्दन पारि नलैजानुहोस् ।”

  • 36परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूलाई खुसी तुल्याउन उत्सुक तुल्याइदिनुभएको थियो । त्यसैले इस्राएलीहरूले जे मागे तापनि मिश्रीहरूले दिए । यसरी इस्राएलीहरूले मिश्रीहरूलाई लुटे ।

  • 13कि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइहरू, दिदी-बहिनीहरू र तिनीहरूका सबै परिवारको जीवन बचाउनुहुने छ र तपाईंहरूले हामीलाई मृत्युबाट जोगाउनुहुने छ ।

  • 44फारोले योसेफलाई भने, “म फारो हुँ, र तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन ।”

  • 2तिनले भने, “मिश्रमा अनाज छ भनी मैले सुनेको छु । हामी जीवित रहनको लागि तल गएर हाम्रो लागि अनाज किन ।”