उत्पत्ति 47:6

अनलक शाब्दिक बाइबल

मिश्रदेश तिम्रै अगि छ । देशको सबैभन्‍दा असल ठाउँ गोशेन प्रदेशमा नै तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्‍ने बन्दोबस्त गर । उनीहरूमध्‍ये सक्षम मानिसहरूलाई गाईबस्‍तुहरूको जिम्मा देऊ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 47:11 : 11 तब योसेफले आफ्‍ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए । फारोको हुकुमअनुसार तिनले मिश्रमा भएको सबैभन्‍दा असल ठाउँ, अर्थात्‌ रामसेस भन्‍ने इलाकाको एउटा क्षेत्र उनीहरूलाई दिए ।
  • निर्ग 18:21 : 21 त्यस बाहेक, मानिसहरूका बिचबाट तिमीले योग्य मानिसहरूलाई छान जो परमेश्‍वरलाई आदर गर्ने, अन्यायलाई घृणा गर्ने सत्य मानिसहरू होऊन् । तिमीले तिनीहरूलाई हजार, सय, पचास र दसको समूहको रेखदेख गर्ने मानिसहरूको रूपमा जिम्मा दिनू ।
  • निर्ग 18:25 : 25 मोशाले सबै इस्राएलबाट योग्य मानिसहरू छाने र तिनीहरूलाई हजार, सय, पचास र दसको समूहमा नाइकेहरू बनाए ।
  • नीति 22:29 : 29 के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।
  • उत्प 47:4 : 4 त्यसपछि उनीहरूले फारोलाई भने, “हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ । कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूका बगालहरूको निम्ति चरन छैन । त्यसैले अब बिन्‍ती छ, हामी हजूरका दासहरूलाई गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति दिनुहोस् ।”
  • यूह 17:2 : 2 जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो, ताकि जसलाई तपाईंले तिनलाई दिनुभएको छ तिनीहरू सबैलाई अनन्त जीवन मिलोस् ।
  • १ शमू 21:7 : 7 त्यस दिन शाऊलका सेवकहरूमध्‍ये एक जना परमप्रभुको सामु रोकिएको थियो । त्यसको नाउँ एदोमी दोएग थियो, जो शाऊलका गोठालाको प्रमुख थियो ।
  • १ इति 27:29-31 : 29 शारोनमा चर्ने गाईबस्‍तु शारोनी शित्रैको जिम्‍मामा थिए, र बेसीमा चर्ने गाईबस्‍तु अदलैका छोरा शाफातको जिम्‍मामा थिए । 30 ऊँटहरू इश्‍माएली ओबीलको जिम्‍मामा थिए, र गधाहरू मेरोनोती येहदयाहको जिम्‍मामा थिए । भेडाबाख्रा हग्री याजीजको जिम्‍मामा थिए । 31 हग्री याजीज भेडाबाख्राका निरीक्षक थिए। यी अधिकारीहरू दाऊद राजाका सम्‍पत्तिका निरीक्षक थिए ।
  • २ इति 26:10 : 10 तिनले उजाड-स्‍थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने । पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे ।
  • नीति 21:1 : 1 ¶ राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ ।
  • उत्प 47:16 : 16 योसेफले तिनीहरूलाई भने, “यदि तिमीहरूका रुपियाँ-पैसा सिद्धिए भने गाईबस्‍तु ल्‍याओ र तिमीहरूका गाईबस्‍तुका सट्टामा म तिमीहरूलाई अन्‍न दिनेछु ।”
  • निर्ग 9:3-6 : 3 परमप्रभुको हात खेतहरू, घोडाहरू, गधाहरू, ऊँटहरू, गाईवस्तुहरू र भेडा-बाख्राहरूमाथि पर्नेछ र यसले डरलाग्दो रोग उत्पन्‍न गराउनेछ । 4 परमप्रभुले इस्राएलका गाईवस्तु र मिश्रका गाईवस्तु छुट्‌ट्याउनेहुनेछ र इस्राएलीहरूको कुनै पनि गाईवस्तु मर्नेछैन । 5 परमप्रभुले समय निधो गरिसक्‍नुभएको छ । उहाँले भन्‍नुभएको छ, “भोलि यस देशमा म यो काम गर्नेछु ।” 6 परमप्रभुले अर्को दिन त्यही गर्नुभयो । मिश्रका सबै गाईवस्तु मरे, तर इस्राएलीहरूका पशुहरू भने जीवितै रहे, एउटै पनि मरेन ।
  • निर्ग 9:10 : 10 त्यसैले मोशा र हारूनले भट्टीबाट खरानी लिएर फारोको सामुन्‍ने खडा भए । त्यसपछि मोशाले खरानीलाई हावामा फ्याँके । खरानीले मानिस र पशुहरूमा फोका र खटिरा ल्याए ।
  • निर्ग 9:21 : 21 तर परमप्रभुको सन्देशलाई गम्भीरतापूर्वक नलिनेहरूले तिनीहरूका दासदासीहरू र गाईवस्तुहरूलाई खेतहरूमा छाडिदिए ।
  • उत्प 13:9 : 9 के सारा भूमि तिम्रो सामु नै छैन र? तिमी जाऊ र मबाट अलग होऊ । यदि तिमी बायाँतरि गयौ भने म दायाँतिर जानेछु । वा यदि तिमी दाहिनेतिर गयौ भनौ म देब्रेतिर जानेछु ।”
  • उत्प 20:15 : 15 अबीमेलेकले भने, “हेर, मेरो भूमि तिम्रै अगि छ । जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस ।”
  • उत्प 34:10 : 10 तपाईंहरू हामीसितै बस्‍नुहोस् । तपाईंहरूलाई बसोबास गरी व्यापार गर्न र सम्पत्ति आर्जन गर्न यो देश खुला हुनेछ ।”
  • उत्प 45:18-20 : 18 तिमीहरूका पिता र घरानाहरूलाई लिएर मकहाँ आओ । म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु, र तिमीहरूले यस देशका स्वादिष्‍ट मासु खानेछौ । 19 अब तिमीहरूलाई आज्ञा दिइएको छ । तिमीहरूलाई यसो भन्‍ने आज्ञा पनि दिइएको छ, 'तिमीहरूका छोराछोरी र तिमीहरूका पत्‍नीहरूका लागि मिश्र देशका गाडाहरू लिएर जाओ । तिमीहरूका पितालाई लिएर आओ । 20 तिमीहरूका धन-सम्पत्तिको बारेमा चिन्ता नमान किनकि मिश्र देशका सबै असल-असल थोकहरू तिमीहरूकै हुन्' ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 47:11-12
    2 पदहरू
    83%

    11तब योसेफले आफ्‍ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए । फारोको हुकुमअनुसार तिनले मिश्रमा भएको सबैभन्‍दा असल ठाउँ, अर्थात्‌ रामसेस भन्‍ने इलाकाको एउटा क्षेत्र उनीहरूलाई दिए ।

    12योसेफले आफ्‍ना बुबा, दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए ।

  • उत्प 47:1-5
    5 पदहरू
    82%

    1¶ तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका बगाल र बथानहरू र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन्‌ । हेर्नुहोस्, अहिले उनीहरू गोशेन प्रदेशमा छन्‌ ।”

    2तिनले आफ्‍ना दाजुहरूमध्‍येबाट पाँच जनालाई लिएर फारोलाई चिनाइदिए ।

    3फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्‍धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजुरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौँ ।”

    4त्यसपछि उनीहरूले फारोलाई भने, “हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ । कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूका बगालहरूको निम्ति चरन छैन । त्यसैले अब बिन्‍ती छ, हामी हजूरका दासहरूलाई गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति दिनुहोस् ।”

    5त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्‌ ।

  • उत्प 45:17-18
    2 पदहरू
    81%

    17फारोले योसेफलाई भने, “तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ ।

    18तिमीहरूका पिता र घरानाहरूलाई लिएर मकहाँ आओ । म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु, र तिमीहरूले यस देशका स्वादिष्‍ट मासु खानेछौ ।

  • उत्प 45:8-10
    3 पदहरू
    81%

    8त्यसैले तिमीहरूले नभई परमेश्‍वरले नै मलाई यहाँ पठाउनुभएको हो, र उहाँले मलाई फारोका पिता, तिनका सबै घरानाका मालिक र सारा मिश्र देशका शासक तुल्याउनुभएको छ ।

    9हतार-हतार मेरा पिताकहाँ गएर उहाँलाई यसो भन, “तपाईंका छोरा योसेफ यसो भन्छन्, 'परमेश्‍वरले मलाई सारा मिश्रको मालिक बनाउनुभएको छ । मकहाँ आउन विलम्ब नगर्नुहोस् ।

    10तपाईं गोशेन प्रदेशमा बस्‍नुहुनेछ, र तपाईं, तपाईंका छोराछोरीहरू, तपाईंका नातिनातिनाहरू, तपाईंका बगालहरू, तपाईंका बथानहरू र तपाईंसित भएका सबै मेरो नजिकै हुनुहुनेछ ।

  • 7तब योसेफले आफ्‍ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए ।

  • उत्प 46:31-34
    4 पदहरू
    76%

    31योसेफले आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई यसो भनेर खबर दिनेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्‌ ।

    32उनीहरू सबै गाईबस्‍तु पाल्‍ने भएकाले गोठाला हुन्‌ । उनीहरूले आफ्‍ना सबै बगाल, बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्‌ ।’

    33जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्‍दा के हो?’ भनी सोध्‍छन्,

    34तब तपाईंहरूले यसो भन्‍नुपर्छ, ‘हजुरका दासहरू हामी बाबु-छोराहरू हाम्रा युवावस्थादेखि अहिलेसम्‍म गाईबस्‍तु पाल्‍दै आएका छौँ ।’ तपाईंहरूले यसो गर्नुभयो भने तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने हरेक गोठालोचाहिँ मिश्रीहरूको लागि घृणाको पात्र हो ।”

  • 28गोशेनमा तिनलाई भेट्‌न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्‍नो अगि पठाए ।

  • 20तिमीहरूका धन-सम्पत्तिको बारेमा चिन्ता नमान किनकि मिश्र देशका सबै असल-असल थोकहरू तिमीहरूकै हुन्' ।”

  • 8योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए । तर तिनीहरूका बालबच्‍चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोडिए ।

  • 41फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु ।”

  • 43फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए । मानिसहरू यसो भन्दै तिनको सामु चिच्‍च्याए, “घुँडा टेकेर झुक ।” फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए ।

  • उत्प 41:33-34
    2 पदहरू
    75%

    33अब फारोले कुशल र बुद्धिमान् मानिसको खोजी गरी तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस् ।

    34फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् र तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन् ।

  • उत्प 47:26-27
    2 पदहरू
    75%

    26यसैले मिश्र देशमा योसेफले उब्‍जनीको पाँचौँ हिस्‍सा फारोको हुन्‍छ भन्‍ने कुरा समेटिएको जग्‍गाजमिनको विषयमा एउटा ऐन बनाए, जुन आजसम्‍म प्रचलित छ । पुजारीहरूका जग्‍गाजमिन मात्र फारोको भएन ।

    27त्यसैले इस्राएल मिश्रको गोशेनमा बसोबास गरे । तिनका मानिसहरूले त्‍यहाँका जग्‍गाजमिन आफ्‍नो अधिकारमा लिए । तिनीहरूको फलिफाप भएर सङ्ख्या अत्यन्तै वृद्धि भयो ।

  • 6योसेफ मिश्रका अधिपति थिए । तिनले देशका सबै मानिसलाई अनाज बेच्थे । योसेफका दाजुहरू आए, र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।

  • 10र उहाँले तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए ।

  • 5तिनको घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि योसेफलाई अधिकार दिएपछि योसेफको कारण परमप्रभुले त्यस मिश्रीको घरलाई आशिषित् गर्नुभयो । पोतीफरको घर र खेतमा भएका सबै कुरामाथि परमप्रभुको आशिष् रह्यो ।

  • 19हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्‍ने किन नष्‍ट हुने? अन्‍नको साटोमा हामी र हाम्रो जमिनलाई किन्‍नुहोस्, र हामी आफ्‍ना जग्‍गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ । हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्‍गाजमिन पनि उजाड नहोऊन् ।”

  • 16योसेफले तिनीहरूलाई भने, “यदि तिमीहरूका रुपियाँ-पैसा सिद्धिए भने गाईबस्‍तु ल्‍याओ र तिमीहरूका गाईबस्‍तुका सट्टामा म तिमीहरूलाई अन्‍न दिनेछु ।”