उत्पत्ति 49:25
तेरा बुबाका परमेश्वरले तँलाई सहायता गर्नुहुन्छ, र सर्वशक्तिमान् परमेश्वरले माथि स्वर्गका आशिष्हरू, तल अगाधका आशिष्हरू, अनि स्तन र गर्भका आशिष्हरूले आशिषित्् तुल्याउनुहुनेछ ।
तेरा बुबाका परमेश्वरले तँलाई सहायता गर्नुहुन्छ, र सर्वशक्तिमान् परमेश्वरले माथि स्वर्गका आशिष्हरू, तल अगाधका आशिष्हरू, अनि स्तन र गर्भका आशिष्हरूले आशिषित्् तुल्याउनुहुनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
26तेरा बुबाका आशीर्वादहरू प्राचीन पहाडहरूका आशीर्वादभन्दा महान् छन् वा प्राचीन डाँडाहरूका वाञ्छनीय कुरा हुन्छन् । ती सबै योसेफको शिरमा होऊन्, त्यसका दाजुभाइहरूमध्येका प्रधानको शिरमा पनि ।
24तापनि त्यसको धनु स्थिर रहनेछ, र याकूबका शक्तिशाली परमेश्वरका हातको कारण र ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्यसका हातहरू सिपालु हुनेछन्, ती गोठाला, इस्राएलको चट्टानद्वारा ।
28परमेश्वरले तँलाई आकाशको शीत र पृथ्वीको प्रचुरता अनि धेरै दाखमद्य र अन्न देऊन् ।
29मानिसहरूले तेरो सेवा गरून् र जाति-जातिहरूले तँलाई दण्डवत् गरून् । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्डवत् गरून् । तँलाई सराप्नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष् दिनेहरू सबैले आशिष् पाऊन् ।”
3सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्; तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्न सक्नेछस् ।
4उहाँले तँलाई र तँ पछिका तेरा सन्तानहरूलाई अब्राहामले पाएको आशिष् देऊन्, ताकि परमेश्वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस् ।”
15इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्वरको सामुन्ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्वरले मेरो जीवनभरि आजसम्म मेरो वास्ता गर्नुभएको छ,
16ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् । मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् । पृथ्वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून् ।”
13योसेफको विषयमा मोशाले भनेः माथि आकाशबाट झर्ने अनमोल शीत र तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस् ।
13उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने छ; आशिष् दिनुहुने छ र गुणात्मक रूपमा वृद्धि गराउनुहुने छ । तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिमीहरूको शरीरको फल, भूमिको फल, तिमीहरूको अन्न, तिमीहरूको नयाँ दाखमद्य, तिमीहरूको तेल, तिमीहरूको गाईवस्तु र तिमीहरूको बगाललाई वृद्धि गरी आशिष् दिनुहुने छ ।
14अरू सबै जातिभन्दा तिमीहरू सुखि हुने छौ । तिमीहरूका बिचमा कोही पनि निसन्तान हुने छैन, र तिमीहरूका गाईवस्तुमध्ये एउटै पनि बैला हुने छैन ।
39उनका पिता इसहाकले जवाफ दिएर भने, “हेर्, तँ बस्ने जमिन पृथ्वीको प्रशस्तताबाट बाहिरै हुनेछ, आकाशको शीतबाट बाहिर ।
15साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् ।
16तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्नुहुनेको निगाहले आशिषित् होस् । योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस् ।
19तर तिनका बुबाले अस्वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ । यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ । तापनि यसको भाइचाहिँ योभन्दा महान् हुनेछ, र त्यसका सन्तान जाति-जातिहरूको एक समूह हुनेछ ।”
20इस्राएलले तिनीहरूलाई त्यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्तो आशीर्वाद दिनेछन्, ‘परमेश्वरले तँलाई एफ्राइम र मनश्शेजस्तै बनाऊन्’।” यसरी तिनले मनश्शेभन्दा एफ्राइमलाई नै अगाडि राखे ।
11परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ । फल्दै-फुल्दै वृद्धि हुँदै जा । तँबाट एउटा जाति र जाति-जातिहरूको समूह उदय हुनेछ, अनि तेरा सन्तानहरूका बिचमा राजाहरू हुनेछन् ।
3याकूबले योसेफलाई भने, “सर्वशक्तिमान् परमेश्वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो । उहाँले मलाई आशीर्वाद दिनुभयो
4र भन्नुभयो, 'हेर, म तँलाई फल्दो-फुल्दो बनाउनेछु, र तेरो वृद्धि गराउनेछु । तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु । म यो देश अनन्त अधिकारको रूपमा तेरा सन्तानलाई दिनेछु ।’
3यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष् दिनेछु, किनकि म यी देशहरू तँ र तेरा सन्तानलाई दिनेछु, अनि तेरो बुबा अब्राहामसँग मैले शपथ खाएर दिएको प्रतिज्ञा म पुरा गर्नेछु ।
4तेरा सन्तानलाई आकाशका ताराहरूझैँ बढाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु । संसारका सबै जातिहरूले तेरै सन्तानहरूद्वारा आशिष् पाउनेछन् ।
17म निश्चय नै तँलाई आशिष् दिनेछु र म तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्याउनेछु । तेरा सन्तानले आफ्ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन् ।
13परमप्रभुले त्यसमाथि उभिएर याकूबलाई भन्नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर हुँ । जुन भूमिमा तँ ढल्किरहेको छस् त्यो म तँलाई र तेरा सन्तानहरूलाई दिनेछु ।
14तेरा सन्तान पृथ्वीको धुलोसरह हुनेछन् । तँ पश्चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिएर जानेछस् । तँ र तेरा सन्तानहरूद्वारा नै पृथ्वीका सबै मानिसहरू आशिषित्् हुनेछन् ।
28यी इस्राएलका बाह्र कुल हुन् । आफ्ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदा भनेका कुरा यही हो । प्रत्येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए ।
4तिमीहरूका सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूका पशु, तिमीहरूका गाईवस्तुसाथै तिमीहरूका बाछा-बाछीमाथि
8ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् । तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् । तेरा बुबाका छोराहरू तेरो सामुन्ने निहुरिनेछन् ।
3तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई अनादर गर्नेलाई म सराप दिनेछु । तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन् ।
22योसेफ एउटा फलवन्त लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खालमाथि फैलिन्छन् ।
23परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो कोखमा दुई जाति छन्, तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन् । एक जाति अर्कोभन्दा बलवान् हुनेछ, र जेठाले कान्छाको सेवा गर्नेछ ।”
9योसेफले आफ्ना बुबालाई भने, “यिनीहरू परमेश्वरले मलाई यहाँ दिनुभएका मेरा छोराहरू हुन् ।” इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, ताकि म तिनीहरूलाई आशीर्वाद दिऊँ ।”
19तिमीहरूका सन्तानहरू बालुवाझैं असंख्या हुने थिए र तिमीहरूका गर्भबाट जन्मेका छोराछोरीका बलुवाका कणझैं अनगिन्ति हुने थिए । तिनीहरूका नाउँ मेरो सामुबाट काटिने वा मेटिने थिएन ।
11परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले आफूले प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई हजारौँ गुणा वृद्धि गरी तिमीहरूलाई आशिष् दिनुभएको होस् ।
12तर तपाईंले भन्नुभयो, 'निश्चय नै, म तेरो उन्नति गराउनेछु । म तेरा सन्तानहरूलाई गन्नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु' ।”
22त्यसबाहेक तेरा दाजुभाइहरूभन्दा तँमाथि भएकोले मैले आफ्नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा म तँलाई दिन्छु ।”
14उहाँले भन्नुभयो, “निश्चय नै म तँलाई आशिष् दिनेछु, र तँलाई ज्यादै वृद्धि गराउनेछु ।”