उत्पत्ति 49:30
अर्थात् कनान देशमा मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडार, जुन अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए ।
अर्थात् कनान देशमा मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडार, जुन अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
31उनीहरूले अब्राहाम र तिनकी पत्नी सारालाई त्यहीँ गाडे । त्यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्नी रिबेकालाई पनि गाडे । त्यहीँ नै मैले लेआलाई गाडेँ ।
32त्यो खेत र त्यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनिएको थियो ।”
8तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्न तपाईंहरूलाई मन्जुर छ भने मेरो कुरो सुन्नुहोस् र सोहोरका छोरा एप्रोनसित मेरो निम्ति बिन्ती गरिदिनुहोस् ।
9उनका खेतको छेउमा भएको आफ्नो मक्पेलाको ओडार मलाई बेच्न भनिदिनुहोस् । उनले त्यो जमिन पुरा दाममा गाड्ने ठाउँको निम्ति सार्वजनिक रूपमा मलाई बेचून् ।”
10त्यस बेला एप्रोन हेतका छोराहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको प्रवेशद्वारको अगाडि आएका थिए, ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने,
11“होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस् । म तपाईंलाई त्यो खेत र त्यसमा भएको ओडार पनि दिन्छु । मेरा मानिसहरूका छोराहरूकै सामुन्ने म त्यो तपाईंलाई दिन्छु। म तपाईंलाई लाश गाड्नको निम्ति त्यो दिन्छु ।”
12अब्राहामले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत् गरे ।
13अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने, “तर यदि तपाईंको मन्जुरी भए मेरो कुरा सुन्नुहोस् । म त्यस जग्गाको मोल तिर्नेछु । मबाट पैसा लिनुहोस्, र म त्यहाँ लाश गाड्नेछु
14।” एप्रोनले अब्राहामलाई भने,
15“हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस् । जग्गाको मोल चाँदीका चार सय सिक्का हो, तर मेरो र तपाईंको बीचमा त्यो के हो र? लाशलाई गाड्नुहोस् ।”
16अब्राहामले एप्रोनको कुरा माने र तिनले एप्रोनलाई हेतका छोराहरूका सामुन्ने उनले भने जस्तै व्यापारीहरूमा प्रचलित तौलबमोजिम चाँदीका चार सय सिक्का जोखेर उनलाई दिए ।
17यसरी मक्पेलामा मम्रेनेरको एप्रोनको खेत र त्यसभित्र भएका ओडार र रूखहरूसमेत एप्रोनले
18त्यस सहरका ढोकाको अगाडि आएकाहरू हेतका छोराहरू सबैका सामु अब्राहामको अधिकारमा दिए ।
19त्यसपछि अब्राहामले आफ्नी पत्नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात् हेब्रोनमा भएको मक्पेलाक खेतको ओडारमा गाडे ।
20यसरी त्यो खेत र त्यसमा भएको ओडारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा भयो ।
13तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए, र हित्ती एप्रोनसँग खेतसहित अब्राहामले चिहान बनाउनलाई किनेको ओडार, अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडारमा तिनलाई गाडे ।
9तिनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको मम्रेनजिकको मक्पेलाको ओडारमा गाडे ।
10त्यो खेत अब्राहामले हेतका छोराहरूबाट किनेका थिए । अब्राहाम आफ्नी पत्नी सारासित त्यहीँ नै गाडिए ।
29तब तिनले तिनीहरूलाई यो आज्ञा दिएर यसो भने “म त मेरा मानिसहरूकहाँ मिल्न जान लागेको छु । हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड,
2सारा कनान देशको किर्यत-अर्बा अर्थात् हेब्रोनमा मरिन् । अब्राहामले साराको निम्ति शोक र विलाप गरे ।
3त्यसपछि अब्राहाम आफ्नी पत्नीको लाश भएको ठाउँबाट उठे, र हेतका छोराहरूलाई यसो भने,
4“म तपाईंहरूका बिचमा एक प्रवासी हुँ । मसँग भएको लाशलाई गाड्न चिहानको लागि तपाईंहरूसँग भएको कुनै जमिन मलाई दिनुहोस् ।”
5हेतका छोराहरूले अब्राहामलाई भने,
6“मालिक, हाम्रा कुरा सुन्नुहोस् । तपाईं हाम्रो बिचमा परमेश्वरका राजकुमार हुनुहुन्छ । हाम्रा चिहानमध्ये सबैभन्दा असलचाहिँ छानेर लाश गाड्नुहोस् । तपाईंले लाशलाई गाड्नुहोस्, हामीमध्ये कसैले पनि आफ्नो चिहान तपाईंलाई दिन इन्कार गर्नेछैन ।”
16तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो ।
19त्यसपछि तिनले एक सय चाँदीका सिक्कामा शकेमका पिता हमोरका छोराहरूबाट एउटा जग्गा किने र त्यहीँ नै आफ्नो पाल टाँगे ।
32इस्राएलका मानिसहरूले मिश्रबाट ल्याएका योसेफका हड्डीहरूलाई तिनीहरूले शकेममा गाडे, त्यो याकूबले शकेमका पिता हमोरका छोराहरूबाट किनेका थिए । तिनले यो एक सय चाँदीका टुक्रामा किने र यो योसेफका सन्तानहरूको उत्तराधिकार बन्यो ।
30म मेरा पिता-पुर्खाहरूसँग सुत्दा मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाडिदे ।” योसेफले भने, “तपाईंले भन्नुभएबमोजिम म गर्नेछु ।”