उत्पत्ति 8:11

अनलक शाब्दिक बाइबल

साँझमा त्यो ढुकुर तिनीकहाँ फर्क्यो । हेर! त्यसको चुच्‍चोमा भर्खरै टिपिएको ताजा भद्राक्षको पात थियो । त्यसैले, पानी जमिनबाट घटेछ भनी नोआले थाहा पाए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 8:15 : 15 तिनीहरूले तिनीहरूका सबै सहर र यरूशलेममा यसो भन्दै घोषणा गर्नुपर्छ, “लेखिएअनुसार छाप्रा बनाउनलाई पहाडी देशमा गएर जैतून, जङ्गली जैतून, मेहदी, खजूरका हाँगाहरूसाथै अन्य पातहरू भएका हाँगाहरू लिएर आओ ।”
  • जक 4:12-14 : 12 मैले फेरि तिनलाई सोधें, “सुनको तेल बगरहने यी दुइ सुनका नलीहरूका छेउमा भएका जैतूनका यी दुइ हाँगाहरू के हुन्?” 13 अनि तिनले मलाई भने, “के तिमीलाई यी कुराहरू के हुन् भन्‍ने थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।” 14 अनि तिनले भने, “यी दुइ नयाँ जैतूनकोतेलका छोराहरू हुन् जो सारा पृथ्वीका परमप्रभुको अगि खडा हुन्छन् ।”
  • रोमी 10:15 : 15 र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र? जस्तो लेखिएको छ, “असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा?”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 8:1-10
    10 पदहरू
    85%

    1¶ परमेश्‍वरले नोआ, तिनीसित जहाजमा भएका सबै जङ्गली पशुहरू र सबै पालिने पशुहरूलाई सम्झनुभयो । परमेश्‍वरले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न थाल्यो ।

    2अगाधका मूलहरू र स्वर्गका झ्यालहरू बन्द गरिए, अनि पानी पर्न रोकियो ।

    3जलप्रलयको पानी पृथ्वीमा बिस्तारै घट्यो, र एक सय पचास दिनपछि पानी निकै घट्यो ।

    4सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पर्वतहरूमा अडियो ।

    5दसौँ महिनासम्म पानी निरन्तर घटिरह्‍यो । त्यही महिनाको पहिलो दिनमा पर्वतहरूका टाकुराहरू देखा परे ।

    6चालिस दिनपछि नोआले आफूले बनाएको जहाजको झ्याल खोले ।

    7तिनले एउटा कागलाई उडाइदिए र जमिनको पानी नसुकुञ्‍जेलसम्म त्यो यताउता उडिरह्‍यो ।

    8त्यसपछि जमिनको सतहबाट पानी घटेको छ कि छैन भनेर हेर्न तिनले एउटा ढुकुरलाई पठाए ।

    9तर ढुकुरले आफ्नो खुट्टा राख्‍ने ठाउँ कतै पाएन, र त्यो जहाजमा नै तिनीकहाँ फर्क्यो किनकि पानीले अझै पनि पुरै जमिनलाई ढाकिरहेको थियो । तिनले आफ्नो हात पसारेर त्यसलाई समाती जहाजभित्र ल्याए ।

    10अरू सात दिन पर्खेर तिनले फेरि जहाजबाट त्यस ढुकुरलाई पठाइदिए ।

  • उत्प 8:12-20
    9 पदहरू
    85%

    12अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई पठाइदिए । त्यो फेरि फर्केर तिनीकहाँ आएन ।

    13नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनमा जमिनबाट पानी सुक्यो । नोआले जहाजको छत खोलेर बाहिर हेरे र तिनको सुक्खा भूमि देखे ।

    14दोस्रो महिनाको सत्ताइसौँ दिनमा जमिन सुक्खा भयो ।

    15परमेश्‍वरले नोआलाई भन्‍नुभयो,

    16“तँ, तेरी पत्‍नी, तेरा छोराहरू र तेरा बुहारीहरू जहाजबाट निस्केर आओ ।

    17तँसित भएका सबै जीवित प्राणीहरू अर्थात् पक्षीहरू, पशुहरू, पृथ्वीको सतहमा हरेक घस्रने प्राणीलाई तँसँगै बाहिर लिएर आइज ताकि तिनीहरू पृथ्वीमा पशस्त मात्रामा फल्दै-फुल्दै, वृद्धि हुँदै र भरिँदै जाऊन् ।”

    18त्यसैले नोआ आफ्ना छोराहरू, आफ्नी पत्‍नी र आफ्ना बुहारीहरूसँगै बाहिर निस्के ।

    19हरेक जीवित प्राणी, हरेक घस्रने जन्तु, हरेक पक्षी र पृथ्वीमा चलहल गर्ने हरेक प्राणी तिनीहरूका आ-आफ्ना जात-जातअनुसार जहाजबाट बाहिर निस्के ।

    20नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले शुद्ध पशुहरू र शुद्ध पक्षीहरूमध्ये केहीलाई लिई वेदीमा होमबलि चढाए ।

  • उत्प 7:10-13
    4 पदहरू
    73%

    10सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो ।

    11नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा विशाल अगाधका मूलहरू फुटे र आकाशका झ्यालहरू खुले ।

    12चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्‍यो ।

    13त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्‍नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे ।

  • उत्प 7:23-24
    2 पदहरू
    72%

    23यसरी, मानव-जातिदेखि ठुला जनावरहरू र घस्रने जन्तुसम्म पृथ्वीको सतहमा भएको हरेक प्राणीसाथै आकाशका चराचुरुङ्गीहरू मासिए । तिनीहरू सबै नै पृथ्वीबाट नष्‍ट गरिए । नोआ र तिनीसित जहाजमा हुनेहरू मात्र बाँचे ।

    24एक सय पचास दिनसम्म पृथ्वीमा पानी घटेन ।

  • उत्प 9:16-17
    2 पदहरू
    71%

    16परमेश्‍वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।”

    17तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मेरो र पृथ्वीमा भएका सबै जीवित प्राणीको बिचमा मैले स्थापित गरेको करारको चिन्ह यही हो ।”

  • उत्प 7:17-18
    2 पदहरू
    71%

    17त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो । अनि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो ।

    18पानीले सारा पृथ्वीलाई पूर्ण रूपमा ढाक्यो अनि जहाज पानीको सतहमाथि तैरियो ।

  • उत्प 7:7-8
    2 पदहरू
    70%

    7जलप्रलयको पानीको कारणले नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी र तिनका बुहारीहरू सँगसँगै जहाजभित्र प्रवेश गरे ।

    8शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी, परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएझैँ

  • उत्प 9:10-11
    2 पदहरू
    70%

    10पक्षीहरू, पालिने पशुहरू र जहाजबाट बाहिर आउनेदेखि पृथ्वीमा भएका हरेक जीवित प्राणीसित म मेरो करार स्थापित गर्दै छु ।

    11जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्‍ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु । पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन ।

  • 8तर नोआले परमप्रभुको निगाह पाए ।

  • उत्प 7:4-5
    2 पदहरू
    69%

    4किनकि अबको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्‍वीमा पानी बर्साउनेछु । मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्‍ट गर्नेछु ।”

    5परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे ।

  • 8त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो,

  • 15जीवनको सास हुने सबै प्राणीका जोडी-जोडी नोआकहाँ आएर जहाजभित्र प्रवेश गरे ।

  • 1¶ परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ । किनकि मेरो सामु यो पुस्तामा मैले तँलाई धर्मी देखेको छु ।