हबक्कूक 2:19
‘धिक्कार त्यसलाई जसले काठलाई उठ भन्छ, वा बोल्न नसक्ने ढुङ्गालाई जाग भन्छ ।’ के यी कुराहरूले सिकाउन सक्छन्? हेर्, त्यो सुन र चाँदीले मोहोरिएको छ, तर त्यसभित्र सास नै छैन ।
‘धिक्कार त्यसलाई जसले काठलाई उठ भन्छ, वा बोल्न नसक्ने ढुङ्गालाई जाग भन्छ ।’ के यी कुराहरूले सिकाउन सक्छन्? हेर्, त्यो सुन र चाँदीले मोहोरिएको छ, तर त्यसभित्र सास नै छैन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
18खोपेर बनाएको मुर्तिले तँलाई के लाभ हुन्छ? किनभने त्यो मुर्तिलाई खोपेर बनाउने, वा धातुलाई पगालेर मुर्ति बनाउनेचाहिँ झुटको शिक्षक हो, किनभने त्यसले यी बोल्न नसक्ने देवताहरू बनाएर आफ्नै हातका कलामाथि विश्वास गर्दछ ।
11किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्,
12‘धिक्कार त्यसलाई जसले रगतले शहर बनाउँछ, र जसले अधर्ममा नगर स्थापना गर्दछ ।’
17हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । हरेक सुनार उसका मूर्तिहरूद्वारा लाजमा पारिएको छ । किनभने उसले ढालेर बनाएका प्रतिमूर्तिहरू झूटा हुन्, र तिनमा जीवन हुँदैन ।
18ती बेकम्मा छन् । ती गिल्ला गर्नेहरूका काम हुन् । तिनीहरूको दण्डको समयमा ती नष्ट हुनेछन् ।
20तर परमप्रभु उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ । ए सारा भुमि उहाँको अगि शान्त होओ ।”
14हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको छ । किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन् । तिनमा जीवन छैन ।
15ती बेकम्मा छन्, गिल्ला गर्नेहरूको काम हुन् । तिनीहरूको दण्डको समयमा तिनीहरू नष्ट हुनेछन् ।
18तब तिमीहरूले परमेश्वरलाई केसँग तुलना गर्नेछौ? तिमीहरूले उहाँलाई कुन मूर्तीसँग तुलना गर्नेछौ?
19एउटा मूर्ती! एक जना कारीगरले यसलाई बनाउँछः सुनारले यसमा सुनको जलप लगाउँछ र यसको निम्ति चाँदीको सिक्री बनाउँछ ।
20बलि चढाउनलाई कसैले अग्राखकै दाउरा ल्याउँछ । नढल्ने मूर्ती बनाउन उसले एक जना निपुण कारीगर खोज्छ ।
9मूर्तीहरू बनाउने सबै जना केही पनि होइनन् । तिनीहरू प्रशन्न हुने थोकहरू व्यर्थ हुन् । तिनीहरूका गवाहीहरूले कुनै कुरा पनि देख्न वा जान्न सक्दैनन् र तिनीहरू लजमा पारिनेछन् ।
10कसले देवतालाई आकार दिन्छ वा व्यार्थको मूर्ती खोप्छ?
8तिनीहरू सबै उस्तै छन् । तिनीहरू बुद्धिहीन र मूर्ख छन् । तिनीहरू मूर्तीका चेलाहरू हुन् जुन काठबाहेक केही पनि होइन ।
27यी तिनै हुन् जसले रुखलाई भन्छन्, 'तिमी मेरा पिता हौ', र ढुङ्गालाई 'तिमीले मलाई जन्म दियौ' । किनकि तिनीहरूले मतर्फ पिठिउँ फर्काउँछन्, आफ्ना अनुहार होइन । तापनि सङ्कष्टको समयमा तिनीहरू भन्छन्, 'उठ्नुहोस् र हामीलाई बचाउनुहोस्!'
15जातिहरूका मूर्तीहरू सुन र चाँदीका मानसिहरूका हातका कामहरू हुन् ।
16ती मूर्तीहरूका मुख छन्, तर तिनीहरू बोल्दैनन् । तिनीहरूका आँखा छन्, तर तिनीहरूले देख्दैनन् ।
17तिनीहरूका कान छन्, तर तिनीहरूले सुन्दैनन्, न त तिनीहरूका मुखमा सास नै छ ।
18तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुन्छन् जस्तो तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति हुन्छ ।
4जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् ।
5ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्दैनन् ।
32तिमीहरूको मनमा उठेको विचार कहिले पुरा हुँनेछैन । तिमीहरू भन्छौ, “हामीहरू अरू जातिहरूजस्तै, काठ र ढुङ्गालाई पुज्ने अरू देशका जातिहरूजस्तै बनौं ।”
17बाँकी रहेको काठले उसले एउटा देउता अर्थात् आफ्नो खोपेको मूर्ती बनाउँछ । त्यसमा ऊ घोप्टो पर्छ र त्यसको आदर गर्छ, र यसो भन्दै त्यसमा प्रार्थना चढाउँछ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरो ईश्वर हुनुहुन्छ ।”
20त्यस दिन मानिहरूले सुन र चाँदीका आफ्ना मूर्तीहरू फाल्नेछन्, जसको पुजा गर्न तिनीहरू आफैले बनाएका छन्— ती तिनीहरूले छुचुन्द्रा र चमेराहरूका अगि फाल्नेछन् ।
4त्यसपछि तिनीहरूले सुन र चाँदीले त्यसलाई सजाउँछन् । त्यो नढलोस् भनेर तिनीहरूले त्यसलाई घन र किल्लाले ठोक्दछन् ।
28त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाइएका काठ र ढुङ्गाका अन्य देवताहरूको सेवा गर्ने छौ जसले न देख्छन् न सुन्छन् न खान्छन् न त सुँघ्छन् ।
20आफूलाई भेला पार र आओ! जातिहरूका माझबाटका आएका शरणार्थीहरू, एकसाथ भेला होओ! तिनीहरूसँग ज्ञान नै छैन, जसले खोपेका मूर्तिहरू बोक्छन् र बचाउन नसक्ने देवताहरूसँग प्रार्थना गर्छन् ।
17तिनीहरूलाई फर्काइनेछ, तिनीहरूलाई पुर्ण रूपमा लाजमा पारिनेछ, जसले कुँदिएको आकृतिहरूमा भरोसा गर्छन्, जसले धातुका आकृतिहरूलाई भन्छन्, “तपाईंहरू हाम्रा ईश्वरहरू हुनुहुन्छ” ।
18ए बहिरा हो, सुन । अनि अन्धाहरूले हेर, ताकि तिमीहरूले देख्न सक ।
15के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्यक्तिलाई उचालेको जस्तो भयो ।
8तिनीहरूको देश मूर्तीहरूले पनि भरिएको छ । तिनीहरूले आफ्नै हातहरूका कलाको, तिनीहरूका आफ्नै औंलाहरूले बनाएका कुराहरूको पुजा गर्छन् ।
6मानिहरूले झोलाबाट सुन खन्याउँछन् र चाँदीलाई तराजुमा जोख्नेछन् । तिनीहरूले सुनारलाई ज्याला लिन्छन् र त्यसबाट उसले एउटा देवता बनाउँछ । तिनीहरू त्यसको सामु घोप्टो पर्छन् र त्यसको पुजा गर्छन् ।
7तिनीहरूले त्यसलाई आफ्नो काँधमा राख्छन् र त्यो बोक्छन् । तिनीहरूले त्यसलाई एक ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा हुन्छ र त्यो हलचल गर्दैन । तिनीहरू त्यससँग पुकारा गर्छन्, तर त्यसले जवाफ दिन सक्दैन न कुनै व्यक्तिको कष्टबाट उसलाई छुटकारा दिन नै सक्छ ।
15'कारीगरको हातले बनाएको जस्तै खोपेर वा ढालेर परमप्रभुको लागि घृणित मूर्ति गुप्तमा बनाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
7ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्ना मुखबाट बोल्न सक्छन् ।
8तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति त्यस्तै हुन्छ ।
16'तैंले यहाँ के गरिरहेको छस्, अनि आफ्नो निम्ति चिहान खोप्न, उच्च टाउँमा चिहान खन्न र चट्टानमा विश्राम गर्ने ठाउँ कुँद्न तँलाई कसले अनुमति दियो?”
15अनि मानिसले त्यसलाई दाउरा बाल्न र आफूलाई न्यानो पार्न प्रयोग गर्छ । हो, उसले आगो बाल्छ र रोटी पकाउँछ । त्यसपछि उसले त्यसबाट एउटा देउता बनाउँछ र त्यसमा घोप्टो पर्छ । उसले एउटा मूर्ती बनाउँछ र त्यसमा घोप्टो पर्छ ।
7किनकि त्यो दिनमा तिमीहरूका आफ्नै हातले पापपुर्ण किसिमले बनाएका चाँदीका मूर्तीहरू र सुनका मूर्तीहरूबाट प्रत्येक व्यक्ति मुक्त हुनेछ ।
8तिनीहरूले आफ्नो हातका कामहरू अर्थात् वेदीहरूतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्नै औंलाले बनाएका अशेराका खम्बाहरू न सूर्यका प्रतिमाहरूलाई नै हेर्नेछन् ।
20के मानिसहरूले आफ्नै लागि ईश्वरहरू बनाउँछन् र? तर ति त ईश्वरहरू नै होइनन् ।”
19कसैले विचार गर्दैन, न तिनीहरूले बुझ्छन् र भन्छन्, “मैले रूखका केही भाग दाउरा बालें । हो, त्यसको भुङ्ग्रोमा मैले रोटी पनि पकाएको छु । त्यसको भुङ्ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको र खाएको छु । अब के मैले त्यो रूखबाट बचेको अरू भागबाट पुजा गर्न घिन लाग्ने कुरा बनाउनू र? के म काठको टुक्रामा घोप्टो पर्नू र?”
17तिनीहरूका बिचमा भएका काठ र ढुङ्गा, चाँदी र सुनले बनेका घिनलाग्दा मूर्तिहरूलाई तिमीहरूले देखेका छौ ।
22तिमीहरूले आफ्ना खोपिएका चाँदीका र सुनले बनाइएका आकृतिहरूलाई अपवित्र तुल्याउनेछौ । तिमीहरूले महिनावारीको फोहर फालेझैं ती फाल्नेछौ । तिनलाई तिमीहरू भन्नेछौ, “यहाँबाट गइहाल ।”