इब्रानीहरू 10:1

अनलक शाब्दिक बाइबल

¶ किनकि व्यवस्था हुन आउने असल कुराहरूको एक छायाँ मात्र हो, ती आफैँमा सत्य थोकहरू भने होइनन् । पुजारीहरूले वर्षैपिच्छे लगातार रूपमा चढाउने यस्ता बलिहरूले परमेश्‍वरको नजिक जान कहिल्यै पूर्ण बनाउन सकेन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • इब्रा 8:5 : 5 तिनीहरूले स्‍वर्गीय कुराहरूको नक्‍कल र छायाँको मात्र सेवा गर्दछन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्‍वरद्वारा मोशालाई चेतावनी दिइयो, परमेश्‍वरले भन्‍नुभयो, “हेर, तिमीलाई पहाडमा देखाइएको नमुनाबमोजिम तिमीले हरेक थोक बनाउनू ।”
  • कलस्सी 2:17 : 17 यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्‍ट हुनुहुन्छ ।
  • इब्रा 9:11 : 11 ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्य संस्करणहरूमा लेखिएको छ) ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो ।
  • इब्रा 9:23 : 23 त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्‍यो ।
  • इब्रा 7:18-19 : 18 किनभने पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्‍ने थियो । 19 किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन । तथापि, भविष्यको निम्ति उत्तम निश्‍चयता छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्‍न सक्छौँ ।
  • इब्रा 9:8-9 : 8 पवित्र आत्माले देखाउनुभयो, कि पहिलो पवित्रस्‍थान रहुञ्‍जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन । 9 वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् ।
  • इब्रा 9:25 : 25 उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पुजारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्दछन् ।
  • इब्रा 10:3-4 : 3 तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन् । 4 किनभने साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्भव छ ।
  • इब्रा 10:11-18 : 11 अर्कोतिर, हरेक पुजारी दिनहुँ परमेश्‍वरको सेवा गर्न खडा भइरहन्छ । उसले सधैँ उस्तै भेटीहरू चढाइरहेको हुन्छ, त्यसले कहिल्यै पनि पापलाई उठाई लान सक्दैन । 12 अर्कोतिर, ख्रीष्‍टले पापका निम्ति सधैँको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभएको छ । 13 उहाँका शत्रुहरूलाई आफ्नो पाउदानमा नपारेसम्म उहाँ पर्खिरहनुहुन्छ । 14 किनकि उहाँले एउटै बलिद्वारा परमेश्‍वरमा समर्पित भएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ । 15 र पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ, किनभने पहिला उहाँले भन्‍नुभयो, 16 “मैले तिनीहरूसँग बाँध्‍ने करार यही हो, ती दिनहरूपछि, परमप्रभु भन्‍नुहुन्छ । तिनीहरूका हृदयमा म मेरो व्यवस्था रखिदिनेछु, र तिनीहरूको मनमा पनि लेखिदिनेछु ।” 17 म कहिल्यै पनि तिनीहरूका पाप र दुष्कर्महरू सम्झनेछैनँ ।” 18 अब जहाँ यी कुराहरूको क्षमा हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • इब्रा 10:2-6
    5 पदहरू
    82%

    2नत्रता के बलि चढाउने काम बन्द हुने थिएन र? त्यसो हुँदो हो त, आराधकहरू एकै पल्टमा सधैँका लागि शुद्ध हुने थिए, तिनीहरूलाई थप पापको चेतना हुने थिएन ।

    3तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन् ।

    4किनभने साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्भव छ ।

    5जब ख्रीष्‍ट संसारमा आउनुभयो, उहाँले भन्‍नुभयो, “तपाईंले भेटीहरू र बलिदानहरू चाहनुभएन, बरु तपाईंले मेरो लागि एउटा शरीर तयार पारिदिनुभएको छ ।

    6पापका लागि न त पुरै होमबलि न बलिदानहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।”

  • इब्रा 9:5-13
    9 पदहरू
    81%

    5करारको सन्दुकको माथि ईश्‍वरीय महिमाका करूबहरूले प्रायश्‍चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौँ ।

    6यी थोकहरूलाई तयार गरिसकेपछि पुजारीहरू नियमित रूपमा बासस्‍थानको बाहिरी कोठामा सधैँ आफ्ना सेवाको काम गर्न प्रवेश गर्दथे ।

    7तर प्रधान पुजारी मात्रै हरेक वर्षको एक पल्ट दोश्रो कोठामा प्रवेश गर्दथे । उनले रगत लिएर आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका अपराधहरूका निम्ति बलि चढाउँछन् ।

    8पवित्र आत्माले देखाउनुभयो, कि पहिलो पवित्रस्‍थान रहुञ्‍जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन ।

    9वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् ।

    10ती विभिन्‍न किसिमका उत्सवका शुद्धिकरणहरू खाने र पिउने कुरासँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जसलाई नयाँ प्रकारले सृजना नगरेसम्म क्रमिक रूपमा राखिएको थियो ।

    11ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्य संस्करणहरूमा लेखिएको छ) ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो ।

    12बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो ।

    13किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्छन् र तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्‍वरमा समर्पित हुनुपर्छ भने,

  • इब्रा 7:18-20
    3 पदहरू
    78%

    18किनभने पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्‍ने थियो ।

    19किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन । तथापि, भविष्यको निम्ति उत्तम निश्‍चयता छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्‍न सक्छौँ ।

    20अनि यो शपथविना भएको होइन । एकातिर, ती अरूहरू शपथविना नै पुजारीहरू भएका थिए ।

  • इब्रा 10:8-12
    5 पदहरू
    78%

    8उहाँले पहिला भन्‍नुभयो, “पापका निम्ति न त बलिदानहरू, न भेटीहरू र होमबलिहरू नै तपाईंले चाहनुभयो, न त ती कुराहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।” (यी त व्यवस्थाअनुसार चढाइन्छन् ) ।

    9तब उहाँले भन्‍नुभयो, “हेर्नुहोस्, म तपाईंकै इच्छा पुरा गर्न आएको छु ।” दोस्रो अभ्यासलाई स्थापित गर्न उहाँले पहिलो अभ्यासलाई रद्द गर्नुहुन्छ ।

    10दोस्रो अभ्यासमा हामी उहाँको इच्छाबाट सधैँका निम्ति येशू ख्रीष्‍टको शरीरको बलिदानद्वारा परमेश्‍वरमा समर्पित भएका छौँ ।

    11अर्कोतिर, हरेक पुजारी दिनहुँ परमेश्‍वरको सेवा गर्न खडा भइरहन्छ । उसले सधैँ उस्तै भेटीहरू चढाइरहेको हुन्छ, त्यसले कहिल्यै पनि पापलाई उठाई लान सक्दैन ।

    12अर्कोतिर, ख्रीष्‍टले पापका निम्ति सधैँको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभएको छ ।

  • इब्रा 10:14-15
    2 पदहरू
    75%

    14किनकि उहाँले एउटै बलिद्वारा परमेश्‍वरमा समर्पित भएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ ।

    15र पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ, किनभने पहिला उहाँले भन्‍नुभयो,

  • इब्रा 9:22-26
    5 पदहरू
    75%

    22अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ । रगत नबगाइकन क्षमा हुँदैन ।

    23त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्‍यो ।

    24किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ सत्यताको एक नक्‍कल मात्र हो । बरु, उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो, अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्‍वरको सामु उपस्थित हुनुहुन्छ ।

    25उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पुजारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्दछन् ।

    26त्यसो भएको भए, संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दुःख भोग्‍नुपर्ने हुन्थ्यो । तर यस युगको अन्त्यमा एक पल्ट उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ सधैँका निम्ति एकै पल्ट प्रकट हुनुभएको हो ।

  • इब्रा 8:4-7
    4 पदहरू
    74%

    4अब यदि ख्रीष्‍ट पृथ्‍वीमा हुनुभएको भए, उहाँ सबैका पुजारी हुनुहुने थिएन किनकि त्‍यहाँ व्‍यवस्‍थाअनुसार भेटी चढाउनेहरू छँदै छन् ।

    5तिनीहरूले स्‍वर्गीय कुराहरूको नक्‍कल र छायाँको मात्र सेवा गर्दछन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्‍वरद्वारा मोशालाई चेतावनी दिइयो, परमेश्‍वरले भन्‍नुभयो, “हेर, तिमीलाई पहाडमा देखाइएको नमुनाबमोजिम तिमीले हरेक थोक बनाउनू ।”

    6तर अहिले ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ । किनभने उहाँले मध्‍यस्‍थता गर्नुभएको करार धेरै उत्तम छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्‍थापना गरिएको छ ।

    7किनकि यदि पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्‍यकता नै पर्दैन थियो ।

  • इब्रा 7:27-28
    2 पदहरू
    74%

    27प्रधान पुजारीले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाई रहनुपर्दैन । जब उहाँले आफैँलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैँका निम्ति गर्नुभयो ।

    28किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्‍यो, जससँग कमजोरी हुन्थे । तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको छ ।

  • 17यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्‍ट हुनुहुन्छ ।

  • इब्रा 10:18-19
    2 पदहरू
    71%

    18अब जहाँ यी कुराहरूको क्षमा हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन ।

    19यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ ।

  • इब्रा 7:11-12
    2 पदहरू
    71%

    11अब यदि लेवीको पुजारी पदद्वारा पूर्णताको सम्भव भएको भए (किनकि जसबाट मानिसहरूले व्यवस्था प्राप्‍त गर्दछन्), हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाअनुसार अर्को पुजारी स्थापित गर्न किन आवश्यक पर्थ्यो?

    12किनकि जब पुजारी पद परिवर्तन हुन्छ, तब व्यवस्था पनि परिवर्तन हुनुपर्दछ ।

  • 40हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो ।

  • 10हामीसँग एउटा वेदी छ, जसबाट पवित्रस्‍थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन ।

  • 2मानिसले बनाएको होइन, तर परमेश्‍वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ ।

  • 13“नयाँ” भन्‍नुहुँदा उहाँले पहिलो करारलाई पुरानो बनाउनुभयो । र जुन काम नलाग्‍ने र पुरानो भएको छ, त्यो हराएर जानै लागेको छ ।

  • 10किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्यो महिमित छैन ।

  • 1¶ अब पहिलेको करारमा आराधनाका निम्ति नियमहरू र सांसारिक बासस्‍थान थिए ।

  • 18त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन ।

  • 16उहाँ शारीरिक पुर्खाहरूका नियमका आधारमा पुजारी हुनुभएको होइन, तर बरु उहाँ अविनाशी जीवनको शक्‍तिमा पुजारी हुनुभयो ।

  • 34इस्राएलका मानिसहरूका सबै पापका कारण यो सधैँका लागि तिमीहरूले तिनीहरूका निम्ति वर्षमा एक पटक प्रायश्‍चित्त गर्ने विधि होस् ।” परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै यो भयो ।

  • 26किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन ।