यशैया 11:6

अनलक शाब्दिक बाइबल

ब्वाँसो थुमासँग बस्‍नेछ र चितुवा पाठोसँग सुत्‍नेछ, बाछा, जवान सिंह र पोषिएको बाछा एकसाथ बस्‍नेछन् । एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 65:25 : 25 ब्वाँसो र थुमा सँगै चर्नेछन्, र सिंहले गोरूले झैं पराल खानेछ । तर सर्पको खाना धूलो हुनेछ । तिनीहरूले मेरो सबै पवित्र पहाडमाथि फेरि चोट पुर्‍याउनेछैनन् न त विनाश गर्नेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।
  • हो 2:18 : 18 “त्यस दिन मैदानका पशुहरूसँगै, आकाशका चराहरूसँगै, अनि जमिनमा घस्रने जीवजन्‍तुसँगै, म तिनीहरूसँग एउटा करार बाँध्‍नेछु । म देशबाट धनु, तरवार, र युद्धलाई हटाउनेछु, र म तँलाई सुरक्षासाथ पल्‍टिन दिनेछु ।
  • गलाती 3:26-27 : 26 किनकि ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका पुत्रहरू हौ । 27 तिमीहरूमध्ये सबै जतिको ख्रीष्‍ट येशूमा बप्‍तिस्मा भयो, तिमीहरू आफैँले ख्रीष्‍टलाई पहिरिएका छौ ।
  • एफिसी 4:22-32 : 22 तिमीहरूका पुराना आचरण, पुरानो मनुष्यताअनुसार गरिएका सबै कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ । यही पुरानो मनुष्यताको कपटी अभिलाषाहरूका कारण तिमीहरू नष्‍ट भइरहेका छौ । 23 तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग । 24 परमेश्‍वरले चाहनुभएअनुसार नयाँ मनुष्यता धारण गर्नको निम्ति यस्तो गर । यो नयाँ मनुष्यतालाई धार्मिकता र सत्यताको पवित्रतामा सृजना गरिएको हो । 25 त्यसैले असत्यतालाई त्याग । “सबैले आफ्नो छिमेकीसँग सत्य बोलोस्,” किनभने हामी एकअर्काका सदस्यहरू हौँ । 26 “रिस गर, तर पाप नगर ।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ । 27 दुष्‍टलाई मौका नदेओ । 28 चोर्नेले अब उसो नचोरोस् । बरु उसले परिश्रम गरोस् । आवश्‍यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति उसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाओस् । 29 तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्‍ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् । 30 र परमेश्‍वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ । छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको छ । 31 सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्‍टता तिमीहरूले त्याग्‍नुपर्छ । 32 एकअर्का प्रति दयालु होओ । कृपालु मनका होओ । जसरी ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ ।
  • कलस्सी 3:3-8 : 3 किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकाइएको छ । 4 जब ख्रीष्‍ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ । 5 त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभको अन्त्य गर, जुन मूर्तिपूजा हो । 6 यी कुराहरू गर्ने अनाज्ञाकारीका छोराहरूमाथि परमेश्‍वरको क्रोध आउँछ । 7 तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ । 8 तर अब यी कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ– रिस, क्रोध, खराब इच्छा, डाह र निन्दा, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।
  • तीत 3:3-5 : 3 किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्‍टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ । 4 तर जब परमेश्‍वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्‍यो, 5 हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्‍नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो ।
  • फिले 1:9-9 : 9 प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु, 10 म मेरा छोरा ओनेसिमसको निम्ति बिन्ती गरिरहेछु, जसको म कारागारमा हुँदा बुबा बनेँ । 11 किनकि एक पटक ऊ तिम्रो निम्ति काम नलाग्‍ने व्‍यक्‍ति थियो, तर अहिले ऊ तिमी र म दुवैको निम्ति काम लाग्‍ने भएको छ । 12 म उसलाई, जो मेरो हृदय हो, तिमीकहाँ पठाउँदै छु । 13 म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्‍ने थियो भनेर मैले उसलाई मसँगै राख्‍न चाहन्थेँ । 14 तर म तिम्रो अनुमतिविना केही गर्न चाहन्‍नँ, किनभने म तिमीलाई मेरो निम्ति केही असल काम गर्न जबरजस्ती गर्दिनँ, तर तिमी आफैँले राजीखुसीले गरेको म चाहन्छु । 15 सायद अब तिमीले सदाको लागि उसलाई फिर्ता पाउन सकोस् भनेर नै ऊ केही समयको निम्ति तिमीबाट अलग भएको थियो । 16 अब एक दासको रूपमा होइन, तर दासभन्दा अधिक एउटा प्रिय भाइको रूपमा ग्रहण गर । म उसलाई माया गर्छु र तिमीले पनि उसलाई प्रेम गर । तिमीले उसलाई शरीरमा र प्रभुमा भाइको रूपमा प्रेम गर ।
  • प्रका 5:9-9 : 9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्‍ट्रलाई तपाईंले परमेश्‍वरका निम्ति किन्‍नुभयो । 10 परमेश्‍वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।”
  • प्रेरि 9:13-20 : 13 तर हननियाले जवाफ दिए, “प्रभु, तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भन्‍ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु । 14 तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।” 15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् । 16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।” 17 त्यसैले, हननिया गए र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै उनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।” 18 तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे र तिनले दृष्‍टि पाए । तिनी उठे र बप्‍तिस्मा लिए । 19 तिनले केही खाएपछि तिनमा ताकत आयो । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे । 20 तुरुन्तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे ।
  • रोमी 14:17 : 17 किनकि परमेश्‍वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो ।
  • १ कोरि 6:9-9 : 9 अधर्मीहरूले परमेश्‍वरको राज्यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? झुटको विश्‍वास नगर । अनैतिक यौन-सम्बन्धहरू मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, 10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन् । 11 अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध परिएका छौ, तर तिमीहरू परमेश्‍वरमा अर्पण गरिएका छौ, येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरको आत्माद्वारा तिमीहरू परमेश्‍वरमा धर्मी ठहराइएका छौ ।
  • २ कोरि 5:14-21 : 14 किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्‍चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् । 15 अनि ख्रीष्‍ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो । 16 त्यसैले, हामीले एक चोटि ख्रीष्‍टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्‍टिकोणअनुसार मूल्याङ्कन गर्दैनौँ । अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौँ । 17 किनभने कोही ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो । पुराना कुरा बितेर गएका छन् । हेर, ती नयाँ भएका छन् । 18 यी सबै कुरा परमेश्‍वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ । 19 अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्‍वरले ख्रीष्‍टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ । उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ । 20 त्यसैले, परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्‍टका दूतको रूपमा नियुक्त गरिएका छौँ । “परमेश्‍वरमा मिलापमा आओ!” भनेर हामी तिमीहरूसित ख्रीष्‍टको खातिर अनुरोध गर्छौं । 21 उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।
  • यहे 34:25 : 25 त्‍यसपछि म तिनीहरूसँग शान्तिको करार गर्नेछु र देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनेछु, ताकि तिनीहरू उजाड-स्‍थान सुरक्षित बस्‍नेछन् र जङ्गलहरूमा सुरक्षित सुत्‍नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 11:7-9
    3 पदहरू
    91%

    7गाई र भालु सँगै चर्नेछन् र तिनीहरूका बच्‍चाहरू सँगै सुत्‍नेछन् । गोरुले झैं सिंहले पराल खानेछ ।

    8एक जना दूधे बालक सर्पको दुलोमा खेल्नेछ, र दूधे छाडेको बालकले सर्पको दुलोभित्र हात हाल्नेछ ।

    9मेरो सबै पवित्र पर्वतमा तिनीहरूले चोट पुर्‍याउनेछैनन् न त विनाश नै गर्छन् । किनकि जसरी पानीले समुद्र ढाकेको छ त्यसरी नै परमप्रभुको ज्ञानले पृथ्वी भरिपुर्ण हुनेछ ।

  • 25ब्वाँसो र थुमा सँगै चर्नेछन्, र सिंहले गोरूले झैं पराल खानेछ । तर सर्पको खाना धूलो हुनेछ । तिनीहरूले मेरो सबै पवित्र पहाडमाथि फेरि चोट पुर्‍याउनेछैनन् न त विनाश गर्नेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 11एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्‍मा गर्नुहुन्‍छ र तिनीहरूलाई आफ्‍ना हृदयको छेउमा बोक्‍नुहुन्‍छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्‍याउनुहुन्‍छ ।

  • 5धार्मिकता नै उहाँको कम्मर पेटी हुनेछ र विश्‍वस्‍तता उहाँको पटुका हुनेछ ।

  • 25त्‍यसपछि म तिनीहरूसँग शान्तिको करार गर्नेछु र देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनेछु, ताकि तिनीहरू उजाड-स्‍थान सुरक्षित बस्‍नेछन् र जङ्गलहरूमा सुरक्षित सुत्‍नेछन् ।

  • 10तिनीहरूले परमप्रभुको अनुसरण गर्नेछन्, र उहाँ सिंहझैं गर्जनुहुनेछ । जब उहाँ गर्जनुहुन्छ, उहाँका छोराछोरी पश्‍चिमबाट थरथर काम्दै आउनेछन् ।

  • नहू 2:11-12
    2 पदहरू
    74%

    11सिंहको गुफा, जहाँ जवान सिंहहरूलाई खुवाइन्थ्यो, जहाँ सिंह र सिंहनी आफ्ना डमरुहरूसँग हिँड्थे, जहाँ तिनीहरू कोहीसँग डराउँदैनथे, त्यो ठाउँ कहाँ छ?

    12सिंहले आफ्ना डमरुहरूका निम्ति त्यसका शिकारहरूलाई टुक्रा-टुक्रा गर्‍यो । त्यसले आफ्ना सिंहनीहरूका निम्ति शिकारको घाँटी निमोठी मार्‍यो, र आफ्नो गुफालाई शिकारहरूले, र आफ्नो ओडारलाई टुक्रा-टुक्रा पारिएका सिनुहरूले भर्‍यो ।

  • 6म देशमा शान्ति ल्याउने छु, र तिमीहरू कुनै डरविना नै निदाउने छौ । म तिमीहरूका देशबाट हिंसक पशुहरूलाई हटाइदिने छु, र तिमीहरूका देशमा तरवार प्रहार हुने छैन ।

  • 17तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् र भग्‍नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन् ।

  • 21त्यस दिन, एक जना मानिसले एउटा कोरली र दुई वटा भेडा पाल्नेछ,

  • 18“त्यस दिन मैदानका पशुहरूसँगै, आकाशका चराहरूसँगै, अनि जमिनमा घस्रने जीवजन्‍तुसँगै, म तिनीहरूसँग एउटा करार बाँध्‍नेछु । म देशबाट धनु, तरवार, र युद्धलाई हटाउनेछु, र म तँलाई सुरक्षासाथ पल्‍टिन दिनेछु ।

  • 9त्यहाँ कुनै सिंह हुनेछैन, कुनै डरलाग्‍दो जङ्गली जनावर हुनेछैन । तिनीहरू त्यहाँ भेट्टइनेछैनन्, तर उद्धार पाएकाहरू त्यहाँ हिंड्नेछन् ।

  • 13इस्राएलका बाँकी रहेकाहरूले अब उसो अन्याय गर्नेछैनन् वा झुटो बोल्नेछैनन्, र तिनीहरूको मुखमा छलपूर्ण जिब्रो पाइनेछैन । यसैकारण तिनीहरू खानेछन् र पल्टिनेछन्, र तिनीहरू भयभीत हुनेछैनन् ।”

  • 23किनकि तपाईंको खेतमा भएका ढुङ्गाहरूसित तपाईंले करार बाँध्‍नुहुनेछ, र वनका पशुहरू तपाईंसित मिलापमा रहनेछन् ।

  • 6त्यसैले झाडीबाट निस्केर आउने सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ । अराबाबाट आउने ब्वाँसोले तिनीहरूलाई नष्‍ट पार्नेछ । ढुकेर बस्‍ने चितुवा तिनीहरूका सहरहरूको विरुद्धमा आउनेछ । आफ्नो सहरबाहिर जाने कोही पनि टुक्राटुक्रा पारिनेछ । किनकि तिनीहरूका अपराध बढ्दो छन् । तिनीहरूका विश्‍वासहीन कामहरू असीमित छन् ।

  • 17किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्‍याउनुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।”

  • 10किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।

  • 8याकूबका बाँकी रहेकाहरू राष्‍ट्रहरू र जातिहरूका माझमा हुनेछन् । तिनीहरू जङ्गलका पशुहरूका बिचमा भएको एउटा सिंहझैँ, र भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन् । जब त्यो तिनीहरूका बिचबाट जान्छ, त्यसले तिनीहरूलाई कुल्चनेछ र तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछ, अनि तिनीहरूलाई बचाउने त्यहाँ कोही हुनेछैन ।

  • 4परमप्रभुले मलाई यसो भन्‍नुहुन्छ, “गोठालाहरूका समूह आफ्‍नो विरुद्धमा आउँदा पनि जसरी सिंह अर्थात् जवान सिंह आफ्‍नो शिकारमाथि गर्जेर झम्‍टन्‍छ तर तिनीहरूका सोर सुनेर डराउँदैन, न तिनीहरूका सोर सुनेर भाग्‍छ, त्‍यसरी नै सर्वशक्तिमान् परमप्रभु सियोन पर्वतमा अर्थात् त्यो पहाडमा लडाइँ गर्न ओर्लनुहुनेछ ।

  • 16किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्‍नेछ ।

  • 28तिनीहरू फेरि जातिहरूका निम्‍ति लुट हुनेछैनन्, र पृथ्वीका जङ्गली पशुहरूले तिनीहरूलाई खानेछैनन् । किनकि तिनीहरू सुरक्षित बस्‍नेछन्, र तिनीहरूलाई कसैले पनि त्रासमा पार्नेछैन ।

  • 38बेबिलोनीहरू जवान सिंहहरूजस्तै गर्जन्छन् । तिनीहरू सिंहका बच्‍चाहरूजस्तै कराउँछन् ।

  • 3गोठालाहरू र तिनका बगालहरू तिनीहरूकहाँ जानेछन् । तिनीहरूले चारैतिर त्यसको विरुद्धमा पालहरू टाँग्‍नेछन् । हरेक मानिसले आफ्नो हातले चराउनेछ ।

  • मीका 5:4-5
    2 पदहरू
    71%

    4परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।

    5किनभने हाम्रो शान्तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन्, र जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्‍छन्, त्यसबेला हामी तिनीहरूका विरुद्ध सात गोठाला र मानिसहरूमाथि आठ अगुवा खडा गर्नेछौँ ।

  • 9ए मैदानमा भएका सबै जङ्गली पशुहरू, वनका सबै जङ्गली पशुहरू आओ र खाओ!

  • 12सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'अहिले न त मानिस न त पशु भएको यस उजाड-स्थानमा— यसका सबै सहरमा फेरि खर्कहरू हुनेछन्, जहाँ गोठालाहरूले आफ्ना बगालहरू चराउनेछन् ।

  • अय्यू 4:10-11
    2 पदहरू
    70%

    10सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन् ।

    11सिकारको अभावले बुढो सिंह नष्‍ट हुन्छ । सिंहनीका डमरुहरू जताततै छरपष्‍ट भएका हुन्‍छन् ।

  • जक 11:3-4
    2 पदहरू
    70%

    3गोठालाहरू वेदनामा रुन्छन्, किनभने तिनीहरूको महिमा नष्‍ट पारिएको छ! जवान सिंहहरू गर्जन्छन्, किनकि यर्दन नदीको घमण्ड नष्‍ट पारिएको छ ।

    4परमप्रभु मेरा परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “गोठालाले झैँ काटिनको निम्ति अलग गरिएको बगालको हेरचाह गर्!

  • 4उहाँले जातिहरूका बिचमा न्याय गर्नुहुनेछ र धेरै जना मानिसहरूका निम्ति निर्णय दिनुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरू पिटेर फालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन् । एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि युद्धको निम्ति तालिम नै दिनेछन् ।

  • 29तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ । जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्छन् र शिकार समात्‍नेछन् र छुटाउने कोही नभई त्‍यो घिसारेर लैजान्छन् ।

  • 7सबै भेडा र गोरु अनि मैदानका पशुहरू,

  • 12परमप्रभु यस्तो भन्‍नुहुन्छः “जसरी गोठालाले सिंहको मुखबाट दुईवटा खुट्टा, वा कानको एक टुक्रामात्र छुटाउँछ, यसरी नै सामरियामा बस्‍ने मानिसहरूलाई पनि छुटाइनेछ । तिनीहरूसित केवल पलङ्गको एउटा कुना वा खाटको एक टुक्रा मात्र छोडिनेछ ।”

  • 15मेरो बगालको गोठालो म आफैंले गर्नेछु र तिनीहरूलाई म आफैंले बसाल्‍नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो,

  • हो 13:7-8
    2 पदहरू
    69%

    7तिनीहरूका निम्ति म एउटा सिंहझैं हुनेछु, र चितुवाझैं म तिनीहरूको बाटोभरि ढुक्‍नेछु ।

    8छाउराहरू खोसिएको माउ भालूले झैं म तिनीहरूलाई आक्रमण गर्नेछु । तिनीहरूका छातीहरूलाई म च्यात्‍नेछु, र त्यहाँ म तिनीहरूलाई सिंहले झैं निल्‍नेछु जसरी जङ्गली पशुले तिनीहरूलाई टुक्रा-टुक्रा पार्छ ।

  • 22म आफ्‍नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बिचमा म न्याय गर्नेछु!

  • 24हेर, मानिसहरू सिंहनीजस्तै उठ्छन्, सिंहजस्तै उठ्छन् र आक्रमण गर्छन् । त्यो आफ्नो सिकारलाई नखाएसम्म र त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन ।”

  • 3उहाँले धेरै जातिहरूको न्याय गर्नुहुनेछ र टाढा-टाढा भएका धेरै जातिहरूका विषयमा निर्णय गर्नुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरूलाई पिटेर हलोका फाली र आफ्ना भालाहरूलाई छिमल्ने हँसिया बनाउँनेछन् । एउटा जातिले अर्को जातिको विरुद्ध तरवार उठाउने छैन, नत तिनीहरूले अबदेखि युद्धको निम्ति तालिम लिनेछन् ।

  • 7तिनीहरूसँगै जङ्गली साँढेहरू, अनि वृद्ध साँढेहरूसँगै जवानहरू ढल्नेछन् । तिनीहरूका देश रगतले मात्‍नेछ र तिनीहरूका माटो बोसोले मोटाउनेछ ।

  • 13तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ । तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ ।

  • 44हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ । किनकि तिनीहरूलाई म तुरुन्‍तै त्यहाँबाट भाग्‍न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु । किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?

  • 13किनकि प्रशस्त पानीको छेउमा भएका सारा पशुलाई म सर्वनाश गर्नेछु । मानिसको खुट्टाले अबदेखि कहिल्यै पानीलाई हल्लाउनेछैन, न त पशुहरूका खुरले त्यो हल्लाउनेछ ।