यशैया 19:17

अनलक शाब्दिक बाइबल

यहूदाको देश मिश्रदेशलाई लरखराउने बनाउने कारण बन्‍नेछ । जब कसैले त्यसलाई तिनीहरूको याद दिलाउँछ, तिनीहरूका विरुद्धमा परमप्रभुले योजना बनाउँदै गर्नुभएको उहाँको योजनाको कारणले तिनीहरू भयभिय हुनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 14:24 : 24 सर्वशक्तिमान् परमप्रभुले शपथ खानुभएको छ, “निश्‍चय नै, जस्तो मैले इच्‍छा गरेको छु, त्यस्तै हुनेछ । अनि जे उद्देश्य मैले राखेको छु, त्‍यो पुरा हुनेछ ।
  • दानी 4:35 : 35 सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”
  • यशा 14:26-27 : 26 सम्‍पूर्ण पृथ्वीको निम्ति इच्‍छा गरिएको योजना यही हो र सारा जातिहरूमाथि पसारिएको बहुली यही हो । 27 किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको छ । उहाँलाई कसले रोक्‍न सक्छ र? उहाँको हात उचालिएको छ र त्‍यसलाई कसले फर्काउने छ र?
  • यशा 20:2-5 : 2 त्यस बेला आमोजका छोरा यशैयाद्वारा परमप्रभु बोल्नुभयो र भन्‍नुभयो, “जा र तेरो कम्मरबाट भाङ्ग्रा हटा र तेरो खुट्टाको जुत्ता फुकाल् ।” नाङ्गो भएर र खाली खुट्टाले हिंडेर तिनले त्‍यसो गरे । 3 परमप्रभुले भन्‍नुभयो, “जसरी मेरो सेवक यशैया तिन वर्षसम्म नाङ्गै र खाली खुट्टाले हिंडेका छन्, यो मिश्रदेश र कूशको निम्ति चिन्ह र शकून हो— 4 यसरी नै अश्शूरका राजाले मिश्रदेशका कैदी र कूशका निर्वासित, जवान र वृद्धहरूलाई मिश्रदेशलाई लाजमा पार्न नाङ्गै, खाली खुट्टा र चाक नै देखाएर लैजानेछ । 5 तिनीहरूका आशा कूश र तिनीहरूका गौरव मिश्रदेशको कारणले तिनीहरू व्याकुल र लज्‍जित हुनेछन् ।
  • यशा 36:1 : 1 ¶ हिजकिया राजाको चौधौं वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र ति कब्जा गरे ।
  • यशा 46:10-11 : 10 सुरुदेखि नै म अन्तको बारेमा, अनि अझसम्‍म नघटेको कुराका बारेमा पहिलेदेखि नै म भन्‍न सक्‍छु । म भन्छु, “मेरो योजना पुरा हुनेछ र मलाई जस्‍तो इच्छा लाग्‍छ त्‍यस्‍तै म गर्नेछु ।” 11 शिकारी चरालाई म पुर्वबाट बोलाउँछु, मैले रोजेको मानिसलाई म टाढा देशबाट बोलाउँछु । हो, मैले बोलेको छु । मैले यसलाई पुरा पनि गर्नेर्छु । मैले उद्देश्य राखेको छु, म त्‍यो पुरा गर्नेछु ।
  • यिर्मि 25:19 : 19 अरू जातिहरूले पनि यसलाई पिउनुपर्‍यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिस,
  • यिर्मि 25:27-31 : 27 परमप्रभुले मलाई भन्‍नुभयो, “अब तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः पिओ र मात, अनि बान्त गर, लडिबडि गर, र मैले तिमीहरूका बिचमा पठाउँदै गरेको तरवारको सामु खडा नहोओ ।' 28 तब तिनीहरूले पिउनलाई तेरो हातबाट कचौरा लिन इन्कार गरे भने, तैंले तिनीहरूलाई यसो भन्‍नू, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूले निश्‍चय पनि यसलाई पिउनैपर्छ । 29 किनकि हेर, मेरो नाउँद्वारा कहलाइने सहरमाथि मैले विपत्ति ल्याउनै लागेको छु, र के तिमीहरू आफूचाहिं दण्डबाट उम्कने छौ र? तिमीहरू उम्कने छैनौ, किनकि देशका सबै बासिन्दाको विरुद्धमा म एउटा तरवार पठाउँदैछु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।' 30 तिनीहरूका विरुद्धमा तैंले यी सबै वचनको अगमवाणी बोल्‍नुपर्छ र तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु उच्‍च ठाउँहरूबाट गर्जनुहुनेछ, र आफ्नो पवित्र बासस्थानबाट उहाँको स्‍वरले उहाँले चर्को गरी कराउनुहुनेछ, अनि आफ्ना जातिको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ, र अङ्गुर पेल्‍नेहरूजस्तै पृथ्वीमा बस्‍ने सबैको विरुद्धमा उहाँले चर्को गरी कराउनुहुनेछ । 31 युद्धको आवाज पृथ्वीको कुना-कुनासम्म गुन्‍जिनेछ, किनकि परमप्रभुले जाति-जातिहरूको विरुद्धमा अभियोग लगाउनुहुन्‍छ, र सबै मानिसमाथि इन्साप ल्याउनुहुने छ, अनि दुष्‍टहरूलाई उहाँले तरवारले काट्नुहुनेछ, यो परमप्रभुको घोषणा हो ।’
  • यिर्मि 43:8-9 : 8 त्यसैले तहपेनसमा परमप्रभुको वचन यसो भनेर आयो, 9 “तेरा हातमा केही ठुला-ठुला ढुङ्गाहरू ले, र यहूदाका मानिसहरूको दृष्‍टिमा तहपेनसस्थित फारोको दरबारको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि तिनलाई गाड् ।” 10 त्यसपछि तिनीहरूलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले नबूकदनेसरलाई मेरो सेवकको रूपमा बोलाउन सन्देशवाहकहरू पठाउनै लागेको छु । यर्मियाले गाडेका ती ढुङ्गाहरूमाथि म त्यसको सिंहासन बसाल्नेछु । नबूकदनेसरले तीमाथि आफ्नो मण्डप खडा गर्नेछ । 11 किनकि ऊ आउनेछ, र मिश्रदेशलाई आक्रमण गर्नेछ । मृत्युको लागि निधो गरिएको व्यक्ति मृत्‍युलाई दिइनेछ । निर्वासनको लागि निधो गरिएको व्यक्ति निर्वासनमा लगिने छ । तरवारको लागि निधो गरिएको व्यक्ति तरवारको धारमा पर्नेछ । 12 त्यसपछि म मिश्रका देवताहरूका मन्दिरहरूमा आगो लगाउनेछु । नबूकदनेसरले तिनलाई जलाउने वा कब्जा गर्नेछ । गोठालाहरूले आफ्ना लुगाबाट उपियाँ निखारेझैं उसले मिश्रदेशलाई रित्तो पार्नेछ । 13 उसले मिश्र देशको हेलियोपोलिसमा भएका ढुङ्गाका मूर्तिहरू भत्कानेछ । उसले मिश्रका देवताहरूका मन्दिरहरू जलानेछ ।”
  • यिर्मि 44:28-30 : 28 तब तरवारबाट बाँचेकामध्‍येका थोरै सङ्ख्या मात्र तिनीहरू मिश्रदेशबाट यहूदाको देशमा फर्कनेछन् । तब तिनीहरूको कि मेरो कसको वचन सत्य ठहर्दोरहेछ भनी मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी भएकाहरूले जान्‍नेछन् । 29 यो परमप्रभुको घोषणा हो, तिमीहरूका विरुद्धमा मैले तिमीहरूलाई यो ठाउँमा दिने चिन्‍हचाहिं यो हुनेछ, यसैले कि मेरो वचनले निश्‍चय पनि तिमीहरूलाई विपत्तिले आक्रमण गर्नेछ भनी तिमीहरूलाई थाहा होस् । 30 परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू र त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु । यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्‍तै त्‍यो हुनेछ ।’”
  • यहे 29:6-7 : 6 तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । किनकि तिनीहरू इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएका छन् । 7 जब तिनीहरूले तँलाई आफ्‍नो हातमा लिए, तब तैंले तिनीहरूका काँध भाँचिस् र च्‍यातिस् । अनि तिनीहरूले तँमा आड लिंदा, तँ भाँचिएको थिइस्, र तिनीहरूका खुट्टा लरबराउने बनाइस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 19:15-16
    2 पदहरू
    83%

    15मिश्रदेशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट, कसैले केही गर्न सक्दैन ।

    16त्यस दिनमा, मिश्रीहरू स्‍त्रीहरूजस्ता हुनेछन् । सर्वशक्तिमान् परमप्रभुले तिनीहरूमाथि उठाउनुहुने हातको कारणले तिनीहरू थरथर काँप्‍नेछन् र डराउनेछन् ।

  • यशा 19:18-21
    4 पदहरू
    77%

    18त्यस दिनमा मिश्रदेश पाँच वटा सहरहरू हुनेछन् जसले कनानको भाषा बोल्‍नेछन् र सर्वशक्तिमान् परमप्रभुप्रति निष्ठाको शपथ खानेछन् । यिमध्ये एउटालाई सूर्यको सहर भनिनेछ ।

    19त्यस दिन मिश्रदेशको माझमा परमप्रभुको एउटा वेदी हुनेछ र त्‍यसको छेउमा परमप्रभुको निम्ति ढुङ्गाको स्‍मारक हुनेछ ।

    20मिश्रदेशमा यो सर्वशक्तिमान् परप्रभुको निम्ति एउटा चिन्ह र गवाहीको रूपमा हुनेछ । अत्याचारीहरूको कारणले तिनीहरूले परमप्रभुमा पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एउटा उद्धारक र एक जना रक्षक पठाउनुहुनेछ र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुनेछ ।

    21मिश्रदेशले परमप्रभुलाई चिन्‍नेछ र त्यस दिन मिश्रीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन् । तिनीहरूले बलिदानहरू र भेटीहरूसित आराधना गर्नेछन्, अनि परमप्रभुको निम्ति भाकल गर्नेछन् र ती पुरा गर्नेछन् ।

  • यहे 30:10-11
    2 पदहरू
    75%

    10परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु ।

    11त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ ।

  • 74%

    15ए यहूदामा बाँकी रहेका मानिसहरू हो, परमप्रभुको यो वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूले मिश्रदेशमा नै जाने, त्‍यहाँ जाने र बस्‍ने पक्‍का गरिसकेका छौ भने,

    16तब जुन तरवारदेखि तिमीहरू डराउँछौ, त्यसले खेदेर तिमीहरूलाई मिश्रदेशमा भेट्टाउनेछ । तिमीहरू जुन अनिकालको विषयमा चिन्तित छौ, त्यसले नै तिमीहरूलाई मिश्रसम्म खेद्‍नेछ, र तिमीहरू त्यहीँ मर्नेछौ ।

    17त्यसैले मिश्रमा गएर त्यहीँ बस्‍ने निधो गरेका सबै पुरुष तरवार, अनिकाल र विपत्तिले मर्नेछन् । तिनीहरूका बिचमा कोही पनि बाँच्नेछैन, मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट कोही पनि उम्कनेछैन ।

    18किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जसरी मेरो रिस र क्रोध यरूशलेमका बासिन्दाहरूमाथि खन्याइएको थियो, तिमीहरू मिश्रमा गयौ भने त्‍यसरी नै मेरो क्रोध खन्याइनेछ । तिमीहरू सराप र त्रासको पात्र, सराप खाने पात्र र अपमानको कुरा बन्‍नेछौ, र फेरि तिमीहरूले यो देश देख्‍नेछैनौ ।”

    19तब यर्मियाले भने, “ए यहूदाका बाँकी रहेका मानिसहरू हो, तिमीहरूको विषयमा परमप्रभुले बोल्नुभएको छ । तिमीहरू मिश्रमा नजाओ । आज मैले तिमीहरूको विरुद्धमा गवाही दिएको छु भनी तिमीहरूलाई पक्‍का थाहा छ ।

  • यशा 19:1-4
    4 पदहरू
    74%

    1¶ मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्‍नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्‍लिनेछन्,

    2“मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मनिसले आफ्‍नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा लड्नेछ । सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ ।

    3मिश्रदेशको आत्‍मा भित्रभित्रै कमजोर हुनेछ । तिनीहरूले मूर्तीहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु ।

    4मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्‍य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।”

  • 74%

    12जातिहरूले तेरो अपमानको बारेमा सुनेका छन् । पृथ्वी तेरो विलापले भरिएको छ, किनकि सिपाहीहरू एक-अर्कामा ठक्‍कर खान्‍छन् । तिनीहरू दुवै एकसाथ ढल्‍छन् ।”

    13बेबिलोनका राजा नबूकदनेसर मिश्रदेशमा आउँदा र आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्‍नुभएको वचन यही होः

    14“मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।'

  • 73%

    11त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्‍ट गर्न मैले आफ्‍नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु ।

    12किनकि मिश्रदेशमा बस्‍न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्‍ट पार्नेछु । तिनीहरू सबै मिश्रदेशमा नष्‍ट होऊन् भनेर म यसो गर्नेछु । तिनीहरू सबै तरवार र अनिकालले ढल्नेछन् । सानादेखि ठुलासम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन् । तिनीहरू मर्नेछन्, अनि कसम, सराप, निन्दा र घृणाका पात्र बन्‍नेछन् ।

    13जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिएँ, त्यसै गरी मिश्रदेशमा बसेका मानिसहरूलाई दण्ड दिनेछु,

  • 72%

    19ए मिश्रदेशमा बस्‍नेहरू हो, निर्वासनमा लानलाई आफ्ना निम्‍ति पोकापन्‍तरा बाँध । किनकि मेम्फिस उजाड हुनेछ । यो भग्‍नावशेष हुनेछ, र त्यहाँ कोही पनि बस्‍नेछैन ।

    20मिश्रदेश एउटा सुन्दरी गाई हो, तर उत्तर दिशाबाट एउटा चिल्ने किरा आउँदैछ । त्‍यो आउँदैछ ।

  • 19म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

  • 72%

    27हेर, मैले तिनीहरूलाई भलाइको निम्ति होइन, विपत्तिको निम्ति हेर्दैछु । मिश्रदेशमा भएको यहूदाको हरेक व्यक्ति सखाप नभएसम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछ ।

    28तब तरवारबाट बाँचेकामध्‍येका थोरै सङ्ख्या मात्र तिनीहरू मिश्रदेशबाट यहूदाको देशमा फर्कनेछन् । तब तिनीहरूको कि मेरो कसको वचन सत्य ठहर्दोरहेछ भनी मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी भएकाहरूले जान्‍नेछन् ।

  • यहे 32:15-16
    2 पदहरू
    72%

    15जब म मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु, जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ, जब म त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्‍नेछन् ।

    16त्यहाँ विलाप हुनेछ । जातिका छोरीहरूले त्यसमाथि विलाप गर्नेछन् । मिश्रदेश र त्यसका सारा भीडमाथि तिनीहरूले विलाप गर्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”

  • 19यहूदाका मानिसहरूमाथि अत्याचार गरिएको हुनाले, तिनीहरूले आफ्नो देशमा निर्दोष रगत बगाएको हुनाले, मिश्र त्‍यागिएर उजाड हुनेछ, र एदोमचाहिं त्यागिएको उजाड-स्‍थान हुनेछ ।

  • 12तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्‍नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्‍नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ ।

  • 11किनकि ऊ आउनेछ, र मिश्रदेशलाई आक्रमण गर्नेछ । मृत्युको लागि निधो गरिएको व्यक्ति मृत्‍युलाई दिइनेछ । निर्वासनको लागि निधो गरिएको व्यक्ति निर्वासनमा लगिने छ । तरवारको लागि निधो गरिएको व्यक्ति तरवारको धारमा पर्नेछ ।

  • 8मिश्रदेश नील नदीझैं बढेर आउँछ । त्‍यो नदीको पानीझैं उर्लन्छ र झर्छ । मिश्रदेशले भन्छ, 'म माथि जानेछु र पृथ्वीलाई ढाक्‍नेछु । सहरहरू र तिनका बासिन्दाहरूलाई म नष्‍ट पार्नेछु ।'

  • यहे 29:9-10
    2 पदहरू
    71%

    9यसैले मिश्रदेश उजाड र बग्‍नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्‍यो बनाएको हुँ ।”

    10यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस् ।

  • 13परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्‍यर्थका मूर्तिहरूको अन्‍त्‍य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्‍यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु ।

  • 8अनि म यस सहरलाई भग्‍नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।

  • 8यसको निम्‍ति जमिन काम्‍नेछैन, अनि त्यसमा बसोबास गर्ने हरेकले विलाप गर्नेछैनन् र? त्यसको सबै थोक नील नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं त्यो छचल्‍किनेछ र डुब्‍नेछ ।

  • 71%

    24मिश्रदेशकी छोरी लाजमा पारिनेछे । त्यसलाई उत्तरबाट आउने मानिसहरूको हातमा दिइनेछ ।”

    25सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, थेबेसको अमोन, फारो, मिश्रदेश र त्यसका देवताहरू, त्यसका राजा फारोहरू र तिनीहरूमाथि भरोसा गर्नेहरूलाई मैले दण्ड दिनै लागेको छु ।

  • 17एदोमबाट भएर जाने हरेकको लागि यो त्रासको पात्र बन्‍नेछ । यसका सबै विपत्तिको कारण हरेक व्यक्ति तर्सनेछ र गिल्ला गर्नेछ ।

  • 7“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ ।

  • 23त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् ।

  • 5सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्‍लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्‍नेछन् ।

  • 4तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्‍नेछन् तब कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ — जति बेला तिनीहरूले त्‍यसका धन-सम्‍पत्तिहरू लानेछन्, र जब त्‍यसका जगहरू भत्‍काइनेछन्‌ ।

  • 6तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । किनकि तिनीहरू इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएका छन् ।

  • 15तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् ।

  • 15परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्‍ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकिन्छ ।

  • 7उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।