यशैया 28:10

अनलक शाब्दिक बाइबल

किनकि यो आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 36:15-16 : 15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिस र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो । 16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए ।
  • यशा 28:13 : 13 त्यसैले तिनीहरूको निम्ति परमप्रभुको वचन आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ हुनेछ । ताकि तिनीहरू जान र पछि हट्न र तोडिन र समातिन सक्छन् ।
  • यिर्मि 25:3-7 : 3 तिनले भने, “यहूदाका राजा अमोनका छोरा योशियाहको तेह्रौं वर्षदेखि आजको दिनसम्म अर्थात् तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आइरहेको छ, र मैले तिमीहरूसित पटक-पटक बोलेको छु, तर तिमीहरूले सुनेका छैनौ । 4 परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पटक-पटक पठाउनुभयो, तर तिमीहरूले सुनेका वा ध्यान दिएका छैनौ । 5 यी अगमवक्ताहरूले भने, ‘हरेक मानिस आफ्नो दुष्‍ट चाल र आफ्ना भ्रष्‍ट अभ्यासहरूबाट फर्कोस्, अनि परमप्रभुले प्राचीन समयमा तिमीहरूका पिता-पुर्खाहरू र तिमीहरूलाई स्थायी उपहारको रूपमा दिनुभएको देशमा फर्कोस् । 6 त्यसैले अरू देवताहरूको पुजा गर्न वा तिनीहरूको सामु निहुरिन तिनीहरूको पछि नलाग, र उहाँले तिमीहरूको हानि गर्ने गरी तिमीहरूका हातले बनाएका कामबाट उहँलाई रिस नउठाओ ।” 7 तर तिमीहरूले मेरो कुरा सुनेका छैनौ । त्‍यसैले तिमीहरूको हानि गर्न तिमीहरूका हातको कामले उहालाई रिस उठाएका छौ, यो परमप्रभुको घोषणा हो ।’
  • मत्त 21:34-41 : 34 जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए । 35 तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए । 36 फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे । 37 त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’ 38 तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ ।’ 39 यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे । 40 जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान्?” 41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्‍ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्‍कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन् ।”
  • फिलि 3:1 : 1 ¶ अन्त्यमा मेरा भाइहरू हो, परमप्रभुमा आनन्द गर । तिमीहरूलाई बारम्बार एउटै कुरा लेखिरहनु मेरो निम्ति झर्कोलाग्दो कुरो होइन । यी कुराहरूहरूले तिमीहरूलाई सुरक्षित राख्‍नेछन् ।
  • २ तिमो 3:7 : 7 यी स्‍त्रीहरू सधैँ नयाँ कुरा सिक्‍न प्रयास गरिरहेका हुन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् ।
  • इब्रा 5:12 : 12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ ।
  • यिर्मि 11:7 : 7 किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याएको दिनदेखि वर्तमान समयसम्म निरन्तर रूपमा तिनीहरूलाई चेताउनी दिंदै र 'मेरो आवाज सुन,' भन्‍दै गम्भीर आज्ञाहरू दिंदै आएको छु ।
  • नहे 9:29-30 : 29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे । 30 धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो ।
  • यशा 5:4 : 4 मेरो दाखबारीको निम्‍ति मैले नगरेको त्यस्‍तो के कुरा त्‍यसको निम्ति गर्न सकिन्थ्यो? त्‍यसले दाख फलाओस् भन्‍ने मेरो आशा हुँदा, त्‍यसले किन जङ्गली दाखहरू फलायो?
  • व्यव 6:1-6 : 1 ¶ अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् । 2 तिमीहरूको आयु लामो होस् भनेर तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका नातिनातिनाहरूले जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू र उहाँका सबै विधान र आज्ञा मान्‍नू । 3 त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्‍ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक । 4 हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ । 5 तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू । 6 आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 28:11-14
    4 पदहरू
    90%

    11साच्‍चै, यी मानिहरूसँग उहाँले गिल्‍ला गर्ने ओठहरू र विदेशी भाषामा बोल्‍नुहुनेछ ।

    12विगतमा उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो विश्राम हो, जो थकित हुन्‍छ त्यसलाई विश्राम गर्न देओ । अनि यो ताजा हुने कुरा हो,” तर तिनीहरू सुन्‍दैनन् ।

    13त्यसैले तिनीहरूको निम्ति परमप्रभुको वचन आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ हुनेछ । ताकि तिनीहरू जान र पछि हट्न र तोडिन र समातिन सक्छन् ।

    14त्यसैले ए गिल्ला गर्नेहरू हो, तिमीहरू जसले यरूशलेममा भएका यी मानिसहरूमाथि राज्‍य गर्छौ, तिमीहरूले परमप्रभुको वचन सुन ।

  • 9त्यसले कसलाई ज्ञान सिकाउनेछ र त्यसले कसलाई सन्देश बताउनेछ? जसलाई दूध छोडाइएका छन् वा जसलाई बरखरै दूधबाट अलग गरिका छन्?

  • यशा 29:11-13
    3 पदहरू
    69%

    11सबै प्रकाश तिमीहरूको निम्ति मोहोर लगाइएको एउटा पुस्तकजस्तो हुनेछ, जसलाई मानिसहरूले कोही जान्‍ने मानिसलाई “पढिदिनुहोस्” भन्‍दै देलान् । उसले पनि भन्छ, “म पढ्न सक्दिनँ, किनकि यसमा मोहोर लगाइएको छ ।”

    12कोही पढ्न नसक्‍नेलाई “यो पढिदिनुहोस्” भन्दै दिंदा, उसले भन्‍छ, “म पढ्न सक्दिनँ ।”

    13परमप्रभु भन्‍नुभयो, “यी मानिसहरू आफ्‍ना मुखले मेरो नजिक आउँछन् र आफ्‍ना ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढा छ । मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिं मानिसहरूले सिकाएका आज्ञा मात्र हुन् ।

  • 26त्यसको परमेश्‍वरले त्यसलाई सिकाउनुहुन्छ । उहाँले त्यसलाई बुद्धिमनीसाथ सिकाउनुहुन्छ ।

  • यशा 30:20-21
    2 पदहरू
    69%

    20परमप्रभुलले दुःखको रोटी र कष्‍टको पानी दिनुभए तापनि, र त्‍यसो हुँदा पनि तिमीहरूका शिक्षक तिमीहरूबाट लुक्‍नुहुनेछैन, तर तिमीहरूले आफ्नो शिक्षकलाई आफ्नै आँखाले देख्‍नेछौ ।

    21जब तिमीहरू दाहिने फर्कन्‍छौ वा जब तिमीहरू देब्रे फर्कन्‍छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्‍नेछन् “बाटो यही हो, यसैमा हिंड ।”

  • यशा 28:16-17
    2 पदहरू
    68%

    16यसकारण परमप्रभु परमेश्‍वर भन्‍नहुन्छ, “हेर्, म सियोनमा एउटा जगको ढुङ्गा, जाँचिएको ढुङ्गा, बहुमूल्‍य कुनेढुङ्गा, एउटा बलयो जग राख्‍नेछु । जसले विश्‍वास गर्छ ऊ लाजमा पर्नेछैन ।

    17न्यायलाई म नाप्‍ने लट्ठी र धर्मिकतालाई साहुल बनाउनेछु । असिनाले झुटको शरणस्थानलाई बढार्नेछ र बाढीले लुक्‍ने ठाउँलाई डुबाउनेछ ।

  • 14उहाँले भन्‍नुहुनेछ, 'बनओ, बनाओ! बाटो सफा बनाओ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्‍ने कुराहरू हटाओ'!”

  • 2म तिमीहरूलाई असल निर्देशनहरू दिँदै छु । मेरो शिक्षालाई नत्याग ।

  • 11किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।

  • 11परमप्रभुले मसँग बोल्नुभयो, उहाँको बलियो बाहुली ममाथि थियो र यी मानिसहरू हिंडेका मार्ग नहिंड्न मलाई चेताउनी दिनुभयो ।

  • 24ती आत्मामा गल्ती गर्नेहरूले समझ प्राप्‍त गर्नेछन् र गनगन गर्नेहरूले ज्ञान सिक्‍नेछन् ।”

  • 6बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।

  • 8अन्यायसित कमाएको धेरै धन-सम्पत्तिभन्दा बरु ठिकसित कमाएको थोरै नै उत्तम हुन्छ ।

  • 20व्यवस्था र गवाहीतिर लाग! तिनले यसो भन्दैनन् भने, तिनीहरूसँग बिहानको मिरमिरे उज्यालो नभएको हुनाले नै हो ।

  • यशा 30:8-10
    3 पदहरू
    67%

    8अब जा, तिनीहरूको सामु यो एउटा पाटीमा लेख् र एउटा मुट्ठामा यो लेख्, ताकि आउने समयको निम्ति यो गवाहीको रूपमा सुरक्षित हुन सकोस् ।

    9किनकि यी विद्रोही मानिसहरू, झुट बोल्ने छोराछोरी, परमप्रभुको शिक्षा नसुन्‍ने छोराछोरी हुन् ।

    10तिनीहरूले दर्शीहरूलाई भन्छन्, “नहेर्नुहोस्,” र अगमवक्ताहरूलाई भन्छन्, “हामीलाई सत्य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्‍ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् ।

  • 9बुझ्नेको व्यक्तिको लागि ती सबै सिधा छन् । ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन् ।

  • 17केही क्षणमा नै लेबनानलाई खेत बनाइनेछ र खेतचाहिं जङ्गल हुनेछ ।

  • 13बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो ।

  • यशा 30:12-13
    2 पदहरू
    66%

    12यसकारण इस्राएलका परमपवित्र भन्‍नुहुन्छ, “तिमीहरूले यो वचन इन्कार गरेको र अत्यचार र छलमा भरोसा गरेको अनि त्‍यसमा अडेको छौ,

    13त्यसैले यो पाप खस्‍नलाई तयार भएको टुटेको थोकजस्तै, तुरुन्तै अचानक रूपमा खस्‍न लागेको अग्‍लो पर्खालको निस्केको भागजस्तै हुनेछ ।”

  • 23किनकि आज्ञाहरू बत्ती र शिक्षा ज्योति हुन् । निर्देशनद्वारा आउने सुधार जीवनका मार्ग हुन् ।

  • 8हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।

  • 10के तिनले तपाईंलाई सिकाउने र भन्‍ने छैनन् र? के तिनले आफ्ना हृदयहरूबाट वचन बोल्ने छैनन्?

  • 26उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘ सुन्‍न त तिमीहरू सुन्‍नेछौ तर बुझ्दैनौ, देखेर देख्‍नेछौ तर सजग हुनेछैनौ ।

  • 5परमप्रभु फेरि मसँग बोल्नुभयो,

  • 12तेरो हृदयलाई अर्तीतिर लगा, र तेरा कानलाई ज्ञानका वचनहरूमा लगा ।

  • 15धेरै जना मानिस यसमा ठेस खानेछन् र लड्नेछन् र चकनाचूर हुनेछन्, र जाल फस्‍नेछन् र समातिनेछन् ।

  • 1¶ धेरै पटक हप्की पाएर पनि हठी हुने मानिस निको नहुने गरी एकै क्षणमा नष्‍ट हुने छ ।

  • 20मूर्खलाई सुधार गर्ने, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ ।

  • नीति 1:4-5
    2 पदहरू
    66%

    4यी हितोपदेशहरू सोझाहरूलाई बुद्धि दिन र युवाहरूलाई ज्ञान र समझदारी दिनलाई पनि हो ।

    5बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,

  • 1¶ हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।

  • 2यी हितोपदेशहरू बुद्धि र निर्देशनक कुराहरू सिकाउन र अन्तर्दृष्‍टिका वचनहरू सिकाउनलाई हो,

  • 9बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ । धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ ।

  • 20याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,

  • 25डामको सट्टा डाम, चोटको सट्टा चोट र कुटाइको सट्टा कुटाइ मिलोस् ।

  • 32तब मैले देखेका कुरामा मैले विचार गरेँ । मैले हेरेँ र अर्ती प्राप्‍त गरेँ ।

  • 12किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ ।

  • 20किनकि तन्केर सुत्‍नलाई ओछ्यान छोटो छ र आफूलाई ढाक्‍न कम्बल सानो छ ।”

  • 4परमप्रभु परमेश्‍वरले मलाई सिकाइएको व्यक्‍तिको जस्तो जिब्रो दिनुभएको छ, ताकि थकितलाई म सम्भाल्‍ने वचनहरू बोलूँ । उहाँले मलाई बिहान-बिहान जगाउनुहुन्छ । सिकाइएकाहरूका जस्‍ता कुरा सुन्‍न उहाँले मेरा कानलाई खोल्‍नुहुन्छ ।

  • 3धेरै जना मानिसहरू आउनेछन् र भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा माथि जाऔं, ताकि उहाँले आफ्‍ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिंड्न सकौं ।” किनकि सियोनबाट नै व्यावस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ ।