यशैया 33:23

अनलक शाब्दिक बाइबल

तिमीहरूका जहाजका डोरीहरू खुकुलो छन् । तिनीहरूले मस्तुललाई पक्रन सक्दैनन् । तिनीहरू पाल टाँग्‍न सक्दैनन् । जब ठुलो लूट बाँडिन्छ, लङ्गडोले पनि लूटको माल घिसारेर लानेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 7:8 : 8 जब कुष्‍टरोग लागेका मानिसहरू छाउनीको बाहिरी भागमा आइपुगे, तब तिनीहरू एउटा पालभित्र पसे र खानपान गरे अनि चाँदी, सुन र लुगाहरू उठाए र गएर ती लुकाए । तिनीहरू फर्केर आए र अर्को पालभित्र पसे र त्यहाँबाट पनि लुटका माल लगे र लुकाए ।
  • १ कोरि 1:27 : 27 तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले दुर्बल कुरालाई छान्‍नुभयो ।
  • भजन 68:12 : 12 फौजका राजाहरू भाग्छन्, तिनीहरू भाग्छन्, र घरमा पर्खिरहने स्‍त्रीहरूले लुटको माल बाँड्छन्
  • यशा 33:1 : 1 ¶ विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।
  • यशा 33:4 : 4 तपाईंको लूट सलहरूले जस्तै बटुलिन्‍छ । सलहहरू उफ्रेझैं मानिसहरू उफ्रन्छन् ।
  • यशा 33:21 : 21 बरु, परमप्रभु आफ्‍नो वैभवमा फराकिलो नदीहरू र खोलाहरूको ठाउँमा हामीसँग हुनुहुनेछ । पतवारले चलाइने कुनै पनि युद्धका पानी जहाजहरूले यात्रा गर्नेछैनन् र कुनै पनि ठुला पानी जहाजहरू जानेछैनन् ।
  • यहे 27:26-34 : 26 तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन् । पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्‍वंस पारेको छ । 27 तेरा धन-सम्‍पत्ति, सामान र व्‍यापारका माल । तेरा माझीहरू र तेरा नावीहरू, र जहाज बनाउनेहरू । तेरा व्‍यापारीहरू र तँसँग भएका तेरा युद्धका योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो सर्वनाशको दिनमा समुद्रको गहिरोमा डुब्‍नेछन्‌ । 28 समुद्रका सहरहरू तेरा नावीहरूका चित्‍कारको आवाजले थरथर हुनेछन्‌ । 29 दाबिलो खियाउनेहरू सबै जना आफ्‍ना जहाजबाट तल आउनेछन् । माझी र समुद्रका सबै नावीहरू किनारमा खडा हुनेछन्‌ । 30 तब तिनीहरूले आफ्‍ना सोर तँलाई सुनाउनेछन् र ठुलो स्‍वरले विलाप गर्नेछन्‌ । तिनीहरूले आफ्‍ना टाउकोमा धुलो हाल्‍नेछन् । तिनीहरू खरानीमा लडीबडी गर्नेछन्‌ । 31 तिनीहरूले तेरो लागि आफ्‍नो कपाल मुण्‍डन गर्नेछन्, र आफूमा भाङ्‌ग्रा बाँध्‍नेछन्, अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् र तिनीहरू कराउनेछन्‌ । 32 तेरो निम्‍ति तिनीहरूले विलाप गर्नेछन्, र तँलाई हेरेर तिनीहरूले शोकगीत गाउनेछन् । टुरोस जस्तै को छ, जो समुद्रको बिचमा चुप शान्‍त पारिएको छ । 33 जब समुद्र किनारमा तेरा व्‍यापारका माल जान्‍थे, तिनले धेरै जना मानिसलाई सन्‍तुष्‍ट पार्थे । तेरा धेरै धन-सम्‍पत्ति र व्‍यापारका मालले तैंले पृथ्‍वीका राजाहरूलाई धनी तुल्‍याइस्‌ । 34 तर समुद्रले गहिरो पानीले जब तँलाई ध्वंस पार्‍यो, तब तेरा तेरा मालहरू र तेरा सबै चालक दल डुबे ।
  • प्रेरि 27:19 : 19 तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्‍त्रण गर्न सामान पुन: फाले ।
  • प्रेरि 27:30-32 : 30 जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौँ भनी बहाना बनाए । 31 तर पावलले सिपाहीहरू र उनीहरूका कप्‍तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्‍नुहुने छैन ।” 32 त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए ।
  • प्रेरि 27:40-41 : 40 त्यसैले तिनीहरूले लंगरहरू काटेर र समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलि दिए अनि बतासतिर जहाजका पालहरू फर्काए, र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे । 41 तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीँ अड्‌कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो ।
  • २ राजा 7:16 : 16 मानिसहरू बाहिर निस्के र अरामीहरूको छाउनी लुटे । त्यसैले जस्‍तो परमप्रभुले भन्‍नुभएको थियो त्‍यस्‍तै भयो, एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बेचियो ।
  • २ इति 20:25 : 25 जब यहोशापात र तिनका मानिसहरू उनीहरूका लूटका माल जम्‍मा गर्न आउँदा, तिनीहरूले उनीहरूका बिचमा प्रशस्त सामानहरू, लुगाफाटा र बहुमूल्‍य थोकहरू भेटाए, जसलाई तिनीहरूले बोक्‍न सक्‍नेभन्‍दा धेरै आफूसँग लगे । लूटका माल ओसार्न तिनीहरूलाई तीन दिन लाग्यो । त्‍यो सह्रै धेरै थियो ।
  • १ शमू 30:10 : 10 तर दाऊदले आफू र आफूसँग भएका चार सय जान मानिसले पिछा गरिरहे, किनकि दुई सय जना पछाडी नै बसे, जो यति धेरै थाकेका थिए, कि तिनीहरू बसोर खोल्सा पारि जान सकेनन् ।
  • १ शमू 30:22-24 : 22 तब दाऊदसँग गएका सबै दुष्‍ट र वेकामका मानिसले भने, “यी मानिसहरू हामीसँग नगएका हुनाले हामीले फिर्ता ल्‍याएका कुनै पनि लूटका मालहरू हामी तिनीहरूलाई दिनेछैनौं । हरेक मानिसले आफ्ना पत्‍नी र छोराछोरी लिन र तिनीहरूलाई लिएर जान सक्छ ।” 23 तब दाऊदले भने, “ मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्‍तो व्‍यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ । 24 तिमीहरूको यो कुरा कसले सुन्‍नेछ? किनभने युद्धमा जानेहरूको हिस्‍सा जत्ति हुन्छ सामानहरू कुर्नेहरूको हिस्‍सा पनि त्‍यत्ति नै हुनेछ । तिनीहरूले बाँड्‍नेछन् अनि बराबर बाँड्‍नेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 27:25-29
    5 पदहरू
    76%

    25तर्शीशका जहाजहरूले तेरा व्‍यापारका सामानहरू ढुवानी गर्थे । समुद्रका बिचमा व्‍यापारका सामानले तँ भरिपूर्ण, गह्रौं भएको थिइस् ।

    26तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन् । पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्‍वंस पारेको छ ।

    27तेरा धन-सम्‍पत्ति, सामान र व्‍यापारका माल । तेरा माझीहरू र तेरा नावीहरू, र जहाज बनाउनेहरू । तेरा व्‍यापारीहरू र तँसँग भएका तेरा युद्धका योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो सर्वनाशको दिनमा समुद्रको गहिरोमा डुब्‍नेछन्‌ ।

    28समुद्रका सहरहरू तेरा नावीहरूका चित्‍कारको आवाजले थरथर हुनेछन्‌ ।

    29दाबिलो खियाउनेहरू सबै जना आफ्‍ना जहाजबाट तल आउनेछन् । माझी र समुद्रका सबै नावीहरू किनारमा खडा हुनेछन्‌ ।

  • 22तर यिनीहरू ठगिएका र लुटिएका मानिसहरू हुन् । तिनीहरू सबै खल्डाहरूमा जाकिएका, कैदहरूमा राखिएका छन् । तिनीहरू कसैले उद्धार नगर्ने लूटका माल भएका छन् र कसैले यसो भन्‍दैन, “तिनीहरूलाई फिर्ता ल्‍याओ ।”

  • 1¶ विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।

  • आमो 2:14-15
    2 पदहरू
    73%

    14तेज दौडने उम्केर जान सक्‍नेछैन, र बलियोले आफ्‍नो बलमाथि बल पाउनेछैन, न त शक्तिशालीले आफैंलाई बचाउन सक्‍नेछ ।

    15धनुधारी खडा हुनेछैन । तीव्र गतिमा दौडने उम्कने छैन । घोडचडीले आफैंलाई बचाउन सक्‍नेछैन ।

  • 24के योद्धाहरूबाट लूटको माल लिन सकिन्छ, वा क्रूरबाट कैदीहरूलाई छुट्टाउन सकिन्छ?

  • यहे 27:33-34
    2 पदहरू
    73%

    33जब समुद्र किनारमा तेरा व्‍यापारका माल जान्‍थे, तिनले धेरै जना मानिसलाई सन्‍तुष्‍ट पार्थे । तेरा धेरै धन-सम्‍पत्ति र व्‍यापारका मालले तैंले पृथ्‍वीका राजाहरूलाई धनी तुल्‍याइस्‌ ।

    34तर समुद्रले गहिरो पानीले जब तँलाई ध्वंस पार्‍यो, तब तेरा तेरा मालहरू र तेरा सबै चालक दल डुबे ।

  • 14ए तर्शीशका पानी जहाजहरू हो, कराओ । किनकि तिमीहरूका शरणस्थान विनाश गरिएको छ ।

  • 16त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् । किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्‍नेहरू सबैको म बिगार गर्नेछु ।

  • 34तँ महासमुद्रमा सुतिरहने व्यक्तिझैँ वा मस्तुलको डोरीको मास्तिर बस्‍नेझैँ हुने छ ।

  • यशा 33:3-4
    2 पदहरू
    72%

    3ठुलो आवाजमा मानिसहरू भाग्‍छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्‍छन् ।

    4तपाईंको लूट सलहरूले जस्तै बटुलिन्‍छ । सलहहरू उफ्रेझैं मानिसहरू उफ्रन्छन् ।

  • 9उहाँले बलियामाथि एक्‍कासि विनाश ल्यानुहुन्छ, जसले गर्दा किल्लाहरूमा विनाश आउँछन् ।

  • 7पूर्वीय बतासले तपाईंले तर्शीशका जहाजहरू तोड्नुहुन्छ ।

  • 24याकूबलाई कसले लुटेराको हातमा र इस्राएललाई लुटाहाको हातमा सुम्प्यो? के परमप्रभुले नै होइन, जसको विरुद्धमा हामीले पाप गरेका छौं, जसको बाटोमा हिंड्न तिनीहरू इन्कार गरे र जसको व्यावस्था पालन गर्न तिनीहरूले इन्कार गरे?

  • यहे 26:17-18
    2 पदहरू
    72%

    17तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन्‌ र तँलाई यसो भन्‍नेछन्‌: नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्‍ट भइस्‌ । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्‍दाहरूले आफ्‍ना नजिक बस्‍ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए ।

    18अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्‍छन्‌ । तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन्‌ ।'

  • यशा 23:10-11
    2 पदहरू
    71%

    10ए तर्शीशकी छोरी हो, नील नदीलाई जोतेझैं आफ्नो खेत जोत् । टुरोसमा अब फेरि बजार-क्षेत्र छैन ।

    11परमप्रभुले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ र उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ । फोनिकेको विषयमा त्‍यसका किल्लाहरूलाई नाश गर्ने आज्ञा उहाँले दिनुभएको छ ।

  • 22बतासले तेरा सबै गोठालालाई उडाएर लैजानेछ, र तेरा मित्रहरू निर्वासनमा लगिनेछन् । तब तेरा सबै दुष्‍ट कामद्वारा तँ निश्‍चय नै लज्‍जित हुनेछस्, र अपमानित हुनेछस् ।

  • 1¶ टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ । किनकि त्यहाँ न घर छ न बन्दरगाह नै छ । साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ ।

  • 12उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, र तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन्‌ र तेरा आरामदायी घरहरू भत्‍काउनेछन्‌ । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्‌ ।

  • 22किनकि परमप्रभु हाम्रो न्यायकर्ता हुनुहुन्छ, परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्छ, परमप्रभु हाम्रा राजा हुनुहुन्छ । उहाँले हामीलाई बचाउनुहुने छ ।

  • 23किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ ।

  • 7जब तिनीहरूले तँलाई आफ्‍नो हातमा लिए, तब तैंले तिनीहरूका काँध भाँचिस् र च्‍यातिस् । अनि तिनीहरूले तँमा आड लिंदा, तँ भाँचिएको थिइस्, र तिनीहरूका खुट्टा लरबराउने बनाइस् ।

  • 1¶ हेर! परमप्रभुको त्यो दिन आउँदै छ जब तिमीहरूको लुटको सम्पत्ति तिमीहरूका माझमा बाँडिनेछ ।

  • 12लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्‍नो हात उठाउनेछु ।’

  • 11यसैकारण, परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “एउटा शत्रुले देशलाई घेर्नेछ, र तिमीहरूका गढहरूलाई नाश गर्नेछ र तिमीहरूका किल्लाहरूलाई लुट्नेछ ।”

  • 13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।

  • 5साहसी हृदय भएकाहरू लुटिएका थिए । तिनीहरू मस्त निद्रमा परे । सबै योद्धाहरू असहाय थिए ।

  • 17जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए । त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो ।

  • 29तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ । जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्छन् र शिकार समात्‍नेछन् र छुटाउने कोही नभई त्‍यो घिसारेर लैजान्छन् ।

  • 5त्‍यो समुद्रको बिचमा जालहरू सुकाउने ठाउँ हुनेछ, किनभने मैले नै यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— र त्‍यो जातिहरूका निम्‍ति लूटको माल हुनेछ ।

  • 16तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्‍नेछौं,' यसरी तिमीहरू भाग्‍नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्‍नेहरू झन् छिटो हुनेछन् ।

  • 4त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्‍ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”

  • 15तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्‍नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्‍ने त्‍यहाँ कोही छैन ।”

  • 2तिनीहरू एकसाथ झुक्छन् र घुँडा टेक्छन् । तिनीहरूले मुर्तिहरूलाई छुटकारा दिन सक्दैनन् र तिनीहरू आफै कैदमा गएका छन् ।

  • 17के त्यसले यसैकारण आफ्नो जाल रित्त्याउँदै जान्छ, र जाति-जातिहरूलाई निर्दयतापूर्वक काटिरहन्छ?”

  • 14जो झुकेका छ, परमप्रभुले मुक्‍त गर्न हतार गर्नुहुनेछ । ऊ मर्ने र तल खाडलमा जानेछैन, न रोटीको कमी हुनेछ ।

  • 14मेरा आज्ञा उल्लङ्घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको छ । ती सँगसँग बाँधिएर मेरो काँधमा राखिएका छन् । उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको छ । परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, र म खडा हुन सक्दिनँ ।

  • 14तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।

  • 17हेर्, परमप्रभुले तँलाई फाल्‍न लाग्‍नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्‍न लाग्‍नुभएको छ । उहाँले तँलाई कसेर समात्‍नुहुनेछ ।

  • 18अश्शूरको राजा, तेरा गोठालाहरू सुतेका छन्, तेरा शासकहरू विश्राम गर्दै पल्टेका छन् । तेरा मानिसहरू पर्वतहरूमा छरिएका छन्, र तिनीहरूलाई त्यहाँ भेला गर्ने कोही छैन ।

  • 27तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो ।

  • 33सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः यहूदाका मानिसहरूसँगै इस्राएलका मानिसहरूलाई थिचोमिचो गरिएको छ । तिनीहरूलाई कब्जा गर्नेहरूले अझै पनि तिनीहरूलाई थुनिराखेका छन् । तिनीहरूले उनीहरूलाई जान दिन इन्‍कार गर्छन् ।